रक्तदानबारे स्वास्थ्यकर्मीमै चेतना छैन,किन ?

विश्व रक्तदाता दिवसको सन्दर्भमा

बुधबार, जेष्ठ ३१, २०७४



- जनार्जन पौडेल

संसारमा विभिन्न जाति, धर्म वर्ग र सम्प्रदायका मानिस छन् । ती मानिसहरुका हरेक कुराहरु  एक अर्कासँग मिल्दैनन । तर सन्सारका सबै मानवमा मिल्ने एउटा पदार्थ छ, त्यो हो रगत । जुन हरेक मानव शरिरको नशा नशामा  बगिरहेको हुन्छ ।   रगत कुनै देश , जाति , राज्य र धर्म र सम्प्रदायको को छुट्टै  छुट्टै हुन्न । एउटा नेपालीको हात काटेपनि रातै रगत वग्छ , अमेरिकनको हात काट्दा पनि रातै रगत बग्छ अनि इराकीको हात काटेपनि रातै रगत वग्छ । रगतको रङमा मात्र हैन गूणमा पनि समानता पाइन्छ ।एउटा नेपालीको ज्यान अमेरिकनको रगतले बचाउन सक्छ ,एउटा बाहुँनको ज्यान दलितको रगतले बचाउन सक्छ अनि एउटा हिन्दुको ज्यान  मुसलमानको रगतले बचाउन सक्छ । त्यसैले मानिसलाइ रगतको आवश्यकता पर्दा रगत कुन जातिको हो, कुन वर्गको हो ,भन्ने हेरिन्न । त्यतिखेर रक्तदातको रगतको समुह कुन हो ? उक्त रगत शुद्ध छ कि छैन ?  रगतमा आवश्यक पदार्थहरु छन कि छैनन ? रक्तदाताको शरिरमा प्रेसर , सूगर , हेपाटाइटिस ,मलेरिया एचआइभी एड्स जस्ता रोग लागेका छन कि छैनन ? भन्ने कुराहरु मात्र हेरिन्छ ।  जसको लागि प्रयोगशालामा परीक्षण गर्ने चलन छ ।

रगतका प्रकारहरु र यसको आयू
रगतका सयभन्दा बढि समुहहरु हुन्छन । नेपालको सन्दर्भमा  विभिन्न प्रयोगशालाहरुले आर एच र एबिओ मिलाएर रगतलाइ मुख्यत ८ समुहमा बिभाजन गर्ने गरेको पाइन्छ । जसमध्ये ओ नेगेटिभ समुहको रगत थोरै व्यक्तिमा पाइने हुँदा प्राय यो समुहको रगतको जहिले पनि अभाव नै खड्किरहेको हुन्छ । ओ पोजिटिभ समुहको रगत ओ नेगेटिभ समुह वाहेक प्राय अन्य सवै समुहलाइ मिल्ने हुदा यो समुहलाई यूनिभर्सल डोनर  भन्ने गरिन्छ भने एबी पोजिटिभ समुहको रगत चांहि जुनसुकै व्यक्तिले लिन सक्ने हुदा यो समुहलाइ यूनिभर्सल रिसिप्टेन्ट  भन्ने गरिएको छ ।सामान्यतया रगतमा पनि डब्लुबिसी को आयु एक हप्ता आरबिसी को आयु एक सय विस दिन र प्लेट्लेट्स को आयू दुई देखि तिन हप्ता सम्म हुन्छ । रक्तसंन्चार केन्द«मा राखेको रगत यदि माथि उल्लेखित अवधिमा  प्रयोग नगरिएमा फाल्नुपर्ने हुन्छ ।रक्त सन्चार केन्द्रले रगतमा हुने पदार्थ मध्ये रगतलाई बिभिन्न समुहमा बिभाजन गरी वितरण गर्दछ । जस्तो कि कुनै विरामीलाई आरबिस  आवश्यकता हुदा त्यहि मात्र र डब्लुबिसी मात्र आवश्यकता हुदा त्यहि मात्र उपलब्ध हुने गरि तयार गरेको हुन्छ । भने कसैको रगतमा एक्कासी  प्लेट्लेट्स  को मात्रा कमी भइ उपचारको क्र्रममा प्लेट्लेट्स   मात्र चाहिएमा प्लेट्लेट्स    मात्र उपलब्ध गराउँछ ।

ra

रक्तदान गर्न योग्य व्यक्ति
रक्तदान गर्न चाहने रक्तदाताको उमेर १८ बर्ष देखि साठी बर्ष विचको हुनुपर्दछ भने तौल ४५ केजी अनिवार्य हुनुपर्दछ । पे्रसर , सुगर एवं अन्य विभिन्न खालका सरुवा रोग लागेका व्यक्तिहरुले रक्तदान गर्नु हुदैन । एकपटक रक्तदान गरेको व्यक्तिले पुन रक्तदान गर्न तिन महिना काटेको हुनु पर्दछ ।

कसले गर्छ देशभर रगतको व्यवस्थापन ?
रगतको व्यवस्थापन गर्ने कार्यालयलाई रक्त सन्चार कार्यालय भनिन्छ । रेडक«सद्घारा सन्चालित रक्त सन्चार केन्द्र नेपाल रेडक्रस सोसाइटिको केन्द्रीय कार्यालय काठमाडौको प्रदर्शनी मार्गमा रहेको छ र अन्य ६२ जिल्लामा कार्यक्रम सेन्टर स्थापना गरेको छ । स्वयंसेवी रक्तदाताहरुको संगठन व्लड डोनर्स एसोसिएसनको को पनि गठन भइसकेको छ। । केहि अस्पताल वाहेक अधिकांश अस्पतालमा ब्लड बैक छैनन ।  सबै यहि केन्द्रीय रक्तसन्चार केन्द्रले नै धान्नु परिरहेको अवस्था छ भने  रक्तसंन्चार केन्द्रलाइ देशमा माग भइरहेको रगतको सहज ढंगले आपूर्ती गर्न कठिनाइ परिरहेको छ । प्रायजसो समयमा रगतको अभाव नै भइरहेको समाचारहरु सुन्नमा आइरहेको पाइन्छ । नेपालका अधिकांश जनतामा रक्तदान सम्वन्धि चेतना नहुनु र रक्तसन्चार केन्द्रको रगत संकलन गरेर राख्न सक्ने क्षमता कम भएको आदि कारणहरु नै रगतको अभावका मुख्य कारण हुन ।

कस्ता रोगीलाई रगत आवश्यक हुन्छ ?
विभिन्न खाले क्यान्सर , मुटुरोगको शल्यक्रिया , प्रसुति दुर्घटनामा परेका बिरामीहरुका लागि बढि रगत आवश्यक हुन्छ । त्यस्ता अपरेशनहरु गर्दा विरामीको शरीरबाट धेरै रगत वग्ने गर्दछ र कम्तीमा एक पाउन्ड देखि बढिमा आठ दश पाउन्ड सम्म रगतको जोहो गरेपश्चात मात्र डाक्टरहरुले अपरेशन गर्न शुरु गर्छन ।  मुटुको अपरेशन गर्दा भने फे्रस रगत पनि चाँहिने हुन्छ । फे्रस रगत तत्काल ठिक पारेर रगतका सबै परीक्षण गराए पछी मात्र अपरेशन शुरुगर्नु पर्ने हुन्छ । यसरी अपरेशन गरेको व्यक्ति मध्ये पनि केश हेरेर केहिलाइ तीन चार दिनसम्म पनि लगातार रगत दिनुपर्ने  हुन्छ । राजधानीमा नै जनसंख्या बृद्घि र रक्तदातको कमी भएको सम्स्याले गर्दा देशका अन्य भुभाग भन्दा राजधानीमा झन रगतको अभाव देखिएको छ ।

रक्तदान बारे आम नेपालीको धारणा
आम मानिसलाइ जीवनमा रक्तदान गर्नु पर्दछ , रगतले मानिसको जिवन बचाउँछ भन्ने कुराको भान त्यतिखेर मात्र हुन्छ जतिवेला उसको आफन्त वा एकदमै नजिकको प्रिय मानिस रगतको अभावमा मृत्यूशैयामा छट्पटाइ रहेको हुन्छ र एक पाउण्ड रगतको लागि उसले यत्रतत्र भौंतारिदै कुद्नु परेको हुन्छ । वास्तवमा जीवनमा कहिल्यै रक्तदान नगर्ने व्यक्तिलाई रगतको आवश्यकता भएको समयमा पाइएन भनेर गुनासो गर्ने अधिकार नै रहन्न । गुनासो गर्नु अघि उसले आफ्नै मनलाई प्रश्न गर्नुपर्ने हुन्छ । किन आजसम्म जिवनमा मैले एकपटक पनि रक्तदान गरिन ? यस भन्दा अघि मैले रक्तदान नगरेको कारणले कति जनाको अकालमै मृत्यु भयो होला ? अनि मेरो परिवारजन र आफन्तको रगतको अभावले मृत्यु भयो भने त्यसको जिम्मेवारी कसले लिने ?अस्पतालले , रक्तसन्चारले, सरकारले, कि म आफैंले ?  वास्तवमा रक्तदान नै जीवनदान हो । सन्सारमा जीवनदान भन्दा ठूलो दान कुनै छैन । आफ्नो शरिरभित्र कलकल बगिरहेको रगत दान दिइ अर्काको प्राण वचाउनु भन्दा ठूलो धर्म अरु केही होला त ?
आफनो शरिर निरोगी छउन्जेल, आफ्नो र आफ्नो परीवारमा कोहि सख्त विरामी नहुन्जेल कसैलाइ दुर्घटना नहुन्जेल,मानिसहरु भन्ने गर्छन । कसले दिन्छ रगत ? आफ्नो शरिरमा भएको रगत पनि कसैले दिन्छ ? रगत दिएपछि त कमजोर भइहालिन्छ नि ? अनि कमजोर भएपछि विभिन्न रोग लाग्छन । यस्तो भिटामीन जस्तो चिज पनि अरुलाइ दिन्छन त ? प्रायः आम मानिस यहि भन्छन । तर जव आफ्नो परिवारको आफन्तको लागि रगत आवश्यक हुन्छ  तव मात्र रगतको महत्व बुझ्दा रहेछन । जव रगतको अभावले कुनै नजिकको नातागोता गुमाउनु पर्छ अनि मात्र थाहा हुदो रहेछ रगतको महत्व । प्राय आम जनमानसमा रगत दिदा कमजोर हुने र  बिभिन्न रोगले संक्रमण हुने हुन्छ भन्ने भ्रम पनि फैलिएको छ  । तर वास्तवमा शरिरमा भएका रगतहरुमध्ये निश्चीत समयपछि पुरानो रगत पानी हुदै शरिरमा नयां रगत वन्छ भन्ने कुरा आम मानिसलाइ  थाहा नै छैन ।

स्वास्थ्यकर्मीमा नै छैन चेतना
यसको लागि मानिसमा चेतना बढाउनु आवश्यकता हुन्छ । रक्तदान गर्दा श्वास्थ्यमा कमजोरी हुने हैन रत्तदान गर्ने मानिसको श्वास्थ्य अन्यको तुलनामा झन राम्रो हून्छ भन्ने कुरा आम मानिसमा बुझाउनु पर्ने आजको आवश्यकता हो । प्राप्त तथ्याङ्कअनुसार श्वास्थ्यकर्मीमा पनि रक्तदान प्रति अभिरुची पाइएको छैन । यसो हुनुमा श्वास्थ्यकर्मीहरुमा नै चेतनाको कमी हुनुले हो । श्वास्थ्यकर्मीहरु रक्तदानमा चेतना ल्याउन सक्ने प्रमुख सम्वाहक हुन उनिहरुमै रक्तदान प्रति त्यति धेरै अभिरुची नपाइएको वर्तमान अवस्थामा सर्वप्रथम त श्वास्थ्यकर्मीमा अभिरुची बढाइ त्यसलाइ अन्य जनता सम्म पुराउनु आवश्यक देखिन्छ । यो नै आजको समाजको आवश्यकता हो ।
रक्तसञ्चार केन्द्रले के गर्नुपर्ला ?
अधिकांशलाइ पहिलो चोटि रक्तदान गर्दा अलि रिगटा लागेजस्तो अनुभव भएपनि त्यसको खासै पछिसम्म कुनै प्रभाव हुदैन । एक पटक रक्तदान गर्ने व्यक्ति पटकपटक रक्तदान गर्न तयार हुन्छन । रगत जस्तो बहुमुल्य चिजको कुनै सौदावाजी गर्ने कुरा गर्नु त्यति स्वाभावीक त नहोला । तापनी केही गर्दा मानवीय स्वभावमा परिवर्तन हुन्छ भने त्यसमा पक्कै केही गर्नुपर्दछ । जसका लागि रक्त सन्चार केन्द्रले सम्पूर्ण रक्तदाताहरुको लागत राम्रो संग राख्न जरुरी छ । उनीहरुको लागत राखी रक्तदान गर्ने व्यक्ति र उसका आफन्तलाई चांहिएको समयमा रगत अझ धेरै सजिलो तरिकाले उपलब्ध गराउने गर्नुपर्दछ ।  पटक पटक रक्तदान गर्ने व्यक्तिहरुको नाम, ठेगाना रगत समुह र सम्पर्क नम्वर सहितसहित राष्ट्रीय पत्रिकामा प्रकाशित गर्नुपर्दछ ।  पटक पटक रक्तदान गर्ने व्यक्तीहरुलाई छुट्टै सम्मानको व्यवस्था गर्नु पर्दछ । ७ पटक भन्दा माथी रक्तदान गर्ने रक्तदातालाई स्वास्थ्य सेवामा केही प्रतिशत छुट दिने जस्ता खालका योजना पनि ल्याउनुपर्दछ । यसरी जम्मा भएको रगत रक्त सन्चार कार्यालयले न्यूनतम परीक्षण शुल्क मात्र लिएर वितरण गर्ने व्यवस्था गर्नु पर्दछ  ।

918 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank