विकासकोे लागि गुणस्तरीय शिक्षा– शुत्र

सोमवार, बैशाख ९, २०७६



- शिवराज न्याैपाने

नेपालको विकास पछि परेको र शिक्षा नै विकासको आधार भएका कारण शिक्षाको गुणस्तरको चुनौति रहेको परिप्रेक्षमा सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्किँदो र विद्यालयहरु मर्ज गर्नु पर्ने अवस्थामा पुगेको छ । यसकारण यसको गुणस्तरका लागि हामीले नसोचे कसले सोच्ने,अहिले नसोचे कहिले सोच्ने भनेर नयाँ कामको थालनी गरिएको छ । उपयुक्त विषयवस्तुको अध्यययन गर्दै सदुपयोग गरेको खण्डकोमा मुलुकको समृद्धिमा कोशे  ढुङ्गा सावित हुनेछ ।
१) सिकाईको सिद्धान्त :

  •  सुनेको,पढेको,लेखेको विर्सिन्छ । यसकारण घोके घोकाएर शिक्षा हुँदैन ।
  •  देखेको सम्झिन्छ । देखेको कुरा सुनेको,पढेको भन्दा बढी याद हुन्छ । तर पुरा ज्ञान हुँदैन ।
  • गरेको जानिन्छ । पढाइका कुराहरु व्यवहारमा उतार्न पाए नविर्सने सम्भावना हुन्छ । नत्र परिक्षा पछि विर्सन्छ ।
  •  गरिरहे बानी पर्छ र संस्कार बन्छ । जानेका कुरा गरिरहने वातावरण भएमा बानी र संस्कार बन्छ र स्थायी हुन्छ । स्वत ः व्यवहारमा आउँछ । सिक्नु सिकाउनु पर्दैन ।

२) ज्ञानः सिप र धारणा :   ज्ञान दिमागमा, धारणा हृदयमा र अभ्यास हातमा, तीनवटै एकैसाथ भएमा मात्र एकाग्र हुने, सम्झिने, व्यवहारमा उत्रने र संस्कार बन्ने हुन्छ । यसका लागि एकग्रताको प्रतिशतसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । यसकारण नेपालको पढाउने,पढाउने,सिक्ने,सिकाउने शैली परिवर्तन नगरी विकास हुनेवाला छैन ।

३) सिकाइमा बाधक तत्वहरु :
ज्ञान,सिप र धारणामा भएको कमि र उत्प्रेरक वातावरणको अभावले कठीनाई महसुश हुन्छ । अनेक बहाना बनाउन मनलाग्छ । विभिन्न समस्या,बाधा अडचनहरु तँछाड मछाड गरेर आउने गर्छन । यसरी गुणस्तरीय शिक्षा हुन सक्दैन । सिक्ने र सिकाउने दुवैमा सवै उपयुक्त वातावरण र इच्छा शक्ति जाग्रित हुनु पर्छ । एकाग्रतामा बाधा मानिएका र भनिने गरेका बाधक तत्वहरु निम्नानुसार सूचिवद्ध गर्न सकिन्छ । यस्ता कैयौँ अरु पनि हुनसक्छन ।

उदाहरणको लागि :

  • वाल,महिला,गरिव,दलित,अपाङ्ग,रोगी, विरामी, वेसहारा,कमजोर,नराम्रो वातावरण आदि ।
  • अल्छ्याईँ, डर,त्रास,थकाई,मनोरञ्जनको अभाव,बढी कार्यभार, निराशा, भोक,समस्या,अपमान,हिंसा आदि
  • आवश्यक समयको अभाव, स्वार्थी र असहयोगी,अरुको दुःख मन पराउने समाज आदि ।
  • स्वास्थ्य,शिक्षा,वातावरणको समस्या ।

४) सिकाईको लागि अवसर र क्षमता

  • सबै मानवमा असिमित क्षमता,शक्ति छ तर प्रस्फुटनका लागि उपयुक्त जानकारी,वातावरण,उत्प्रेरणा, सहयोगको भावना,सेवाको भावना, विश्वास, अभिभावक,शिक्षक,संगत,धन,आँट, बुद्धि, विबेक, अभ्यास,लगनशिलता, मेहनत, जाँगर,समय, वातावरण आदिका कारण दिमागको विकास,सदुपयोग कम हुन्छ र कोही दुरुपयोग गर्छन ।
  •  सर आइज्याक न्यूटनको अन्य बैज्ञानिकको भन्दा बढी अर्थात ३ प्रतिशत दिमाग विकास भएको थियो भनिन्छ । सर्वसाधारणको १ प्रतिशतसम्म विकास भएको पाईन्छ । तर भगवन र बैज्ञानिक दुवै भएको गौतम बुद्धको भने ५ प्रतिशत दिमाग विकास भएको थियो भनिन्छ । उनको पनि ९५ प्रतिशत शक्ति भने खेर नै गएको थियो ।
  •  बोल्ने,सोध्ने सीपः प्रभावकारीता,स्रोत,साधन,सुविधा,समय उपलव्धता,आँछ, र प्रयोग गर्ने, सिक्ने, जान्ने,चाहाना,इच्छाको तिब्रता, अविभावक,शिक्षक, साथी संगत, छिमेकीको देखासिखी अभिभावकको अभिभावकत्वको स्तर, क्षमता, बुद्धि आदि कुरामा भर पर्ने हुन्छ ।
  • सिक्ने,सिकाउनेको इच्छा शक्ति, अभ्यास,कुलत वा लत, चालचलन, सभ्यता, लगनशिलता,अनुशासन, शान्ति, एकग्रता आदिमा भर पर्ने हुन्छ ।
  • सवै मानिस,जनावर,जिवजन्तु,वनश्पति,प्रकृति,विज्ञान सबैबाट सधैँ सिकाई गर्न सकिन्छ भन्ने भावना,बुद्धि,विचारको भाव अभाव ।

योजना–कटिवद्धता, प्रतिवद्धता, लगनशिलता,बुद्धि,विवेक,चलाखी,क्षमता,इज्जत,नैतिकता,दृष्टिकोण, अनुकरण,अवलोकन,तापक्रम, मैत्री वातावरण आदि धेरै कारकहरुको प्रभाव ।

सकारात्मक तरंगको प्रभाव
१) लडाईँ जितेका सिपाईको घाउ छिटो निको हुन्छ र हार्नेकोे निको हुन कठिन हुन्छ ।
२) सफल व्यक्तिहरुको अनुभव,सिकाइ,बुझाईमा :

 परिवारमा मित्रवत व्यवहार गर्ने चलन ।

  • पढाईमा सहयोगी स्रोत,साधन,समय,स्थान, वातावरणको उपलव्धता ।
  •  एकाग्रताको वातावरण,इच्छा,चाहाना,जाँगर,लक्ष्य,संगत,विद्यालयको शिक्षा गुणस्तर
  •  घोकेर छिटो भन्दा बुझेर ढिलो पढ्नु राम्रो हुन्छ । नम्बर कम आए पनि त्यसको फाईदा पछि बुझेर पढेको नै बढि हुने गर्छ ।
  • घर तथा तल्ला कक्षाहरुबाटै वातावरण,संस्कार,सिकाईको आधार बनाएर नियमित अघि जानु पर्छ ।
  •  समुह योगदान, समन्वय,सहयोग आदान प्रदान, अतिरिक्त सहयोगी कृयाकलापहरु, अभ्यासको अवसर ।
  •  कम्तिमा दिनको ४,५ घण्टा कुनै हालतमा पनि रुटिन बनाए पढने । सानो कारणले नछाडने ।
  • एकनास र एकरुपले पढ्ने । जाँचमा बढी पढ्ने, कम सुत्ने हैन ।
  •  अभिभावकसँग समन्वय,सहयोग र मित्रवत व्यवहार ।
  •  ठूलाठूला सफल व्यक्तिको उत्प्रेरणादायी लेख,कथा,भिडियो पढने,हेर्ने,सुन्ने अवसर नियमितरुमा केहि न केही
  •  टिभि,रेडियो,मोवाइल,कम्प्यूटर,साथी,खेल आदिमा पनि एउटा नियम वा रुटिन बनाएर तोकेको समयमा विवेकपूर्वक छनौट गरेको विषयमा तोकिएको मात्र समय दिने गरी प्रयोग गर्न सकिन्छ ।
  •  मनलाई आफनो बुद्धि,विवेक,ज्ञान,सीपले नियन्त्रणमा राख्ने ।
  •  मनोरन्जन,मिठो,राम्रो भलाई हुने विषयबाट मात्र लिनु पर्छ । बेफाइदा हुन सक्ने विषयबाट मनोरञ्जन लिन हुन्न । अस्थायी आनन्द,साथीको चित्त बुझाउन भनेर नराम्रो गर्ने, खान,लाउन,हर्न,पढन केही गर्न हुँदैन । स्थायी समस्या आउँछ । हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गर्नु बुद्धिमानी हैन ।
  •  म पनि नेपाल टप गर्न सक्छु भन्ने मनमा विश्वास साथ लिन सकेमा मेहनत गर्ने इच्छा,चाहना,जाँगर,क्षमता प्राप्त हुन्छ र सफल हुन सकिन्छ ।
  •  युवाहरुले पढेर ठुलो मान्छे हुने कुरा राम्रो हो तर पैसा कमाएर धनी हुन्छु भन्ने सोच्नु राम्रो हैन । पैसा आफैँ आउँछ ।
  •  नेपालको मुल्यांकन पद्धति केवल घोकन्ते विद्या र जाँचमा मात्र पढेर भोलीपल्ट विर्से पनि हुने अति फितलो रहेकोले देश विकास हुन सकेको छैन । मूल्यांंकन नियमित र विभिन्न कोणबाट जाँच लिने गर्नु पर्छ ।
  •  अभिभावक र शिक्षकहरुको कडाईबाट बनाईएको डर र करको अनुशासन र मेहनत भन्दा मैत्रीपूर्ण व्यवहारबाट बनेको उत्प्रेरणाले गुणस्तरिय सिकाई हुन सक्छ ।
  •  बुझेर पढेर थोरै अंक ल्याएको नागरिक घोकेर धेरै अंक ल्याएको भन्दा धेरै गुणस्तरीय हुने गरेको पाईएको छ ।
  • जीवन जीउने कलाबाट पढनु शुरुमा केहि कठिन भए पनि केहि पछि यो सरल र गुणस्तरीय हुने भएकाले हाल धेरै देशहरुले Life Skill  सहितको शिक्षण सिकाई शुरु गरेका छन ।
  •  शुरुमा फेलै भए पनि साना लडाईँ हारेर युद्ध हारिन्न । साना समस्यमै हार महसूश गरेमा युद्ध हारिन्छ ।
  •  सबैको आफनो जीवनको सपना बनाउनु र सपना पुरा गर्न धैर्यतापूर्वक,नियमित,कडा मेहनत साथ लाग्नु पर्छ । केहि समयमै साधारण भन्दा माथि पुगे पछि त उत्प्रेरण समाजले दिन थाली हाल्छ ।
  • आफनो सपनामा लगनशिल र एकाग्र भए पछि एकाग्रता बढछ र सबै विषय राम्रो हुँदै जान्छ ।
    Addiction to Education (पढने लत) राम्रो कुराको लत बनाउन सकिन्छ तर नराम्रो कुराको लत बनाउँन अवसर दिनु हुन्न
  •  पढने कुरा पनि बुद्धि,विवेक लगाएर,एकाग्रतामा जोड दिएर, ठीक समय दिएर,अनुभव,महसुश,अभ्यास,परिक्षण गरेर समय विताउनु पर्छ । एकोहोरो घोकेर मात्र पढने लत बसाउनु हुँदैन ।
  •  पढेको पढेकै गर्ने घोकन्तेले भन्दा कम पढने वा नपढनेले राम्रो नाम धन पद कमाएको पनि देखिन्छ । क्षमताको आधारमा कर्मचारी,शिक्षक, नेता छान्ने चलन भएको भए पढेका मान्छे भन्दा बढी नपढेका आउन सक्थे होलान किन भने हाम्रो घोकन्ते विद्याको प्रमाण पत्र चाहिन्छ र मात्र ।
  •  लत बनाउन पहिले आफनो,इच्छा,क्षमता,परिवारको क्षता,वातावरण सबै सोचेर मात्र विषय छानौँ । पछि परिवर्तन गर्नु ठूलो घाटा हुनछ ।
  •  राम्रो सोचेको विषय पछिका लागि स्थायी नराम्रो हुने पो सम्भावना छ की । नराम्रोमा फँसि पो सकेका छौँ की ?

४) 5 Study Tips

  • Study 30-60 Minutes and have 10 minutes break on refreshment break.
  • Study as per subject.

-Care to Reading-10% learning,

-Hearig-20% learning,

-See- 30% learning.

-See and hear-50% learning.

-See, hear and write-70% learning.

  • Practice Monk Test. Old is gold..
  • Points-note keeping and highlighting.
  • Study questions, aim of the subject, title as per the objectives/class and start reading to find answers where and how it is explained.

5) Shivakheda:

  • Body langage 97%
  • Speech is 3% effective for learning. e.g Touch Chin “Touching Chick”
  • Make servant to your mind. Do not follow your mind which requests you for temporary satisfaction but bad sadness for long time.
  • We can make path/road when we walk form a track regularly.
  • Concentration can make perfect as the degree of concentration.
  • As religious monks-concentration can gain knowledge having third eyed this can be seen from closed eyes.

E.g. Aditya Dahal, Shristhi KC, Buddha, Jhamak Ghimire, Kautilya Pandit, Ayus Krishnanayan etc..

 

 

६) जस्तो सोच्यो उस्तै हुन्छ
– सकारात्मक सोचः
– मेरो जीवनमा सबै राम्रो हुन्छ ।
– सबैले मलाई माया,सहयोग र विश्वास गर्छन ।
– म सबै कुरा गर्न सक्छु र गर्छु ।
– मलाई सबैकुरा राम्रो,सही समयमा हुन्छ र भएको छ ।

 नकारात्मक सोचः
– मेरो साथी नै किन म प्रति बेखुश छ ?
–  मलाई कुनै अवसर प्राप्त हुन्न किन ?
– मलाई कोही सहयोग गर्दैन र माया पनि गर्दैनन ।
– मेरो जीवन दुःखी छ र सधैँ दुखी तथा असफल रहने छ ।

७) अर्पण शर्मा कटेल : Glory of Nepal, Memory King, Memory World Record.

  • – सबैको दिमागको बनावट र क्षमता बराबर हुन्छ । हामीले १ प्रतिशत पनि दिमाग प्रयोग गर्न सकेका छैनौँ ।
  •  भविश्यमा पानी मुनी बसेर २ गड्डी तासको सम्झनाबाट गिनिज रेकर्ड बनाउने योजना छ ।
  •  सम्झना शक्ति बढाउन विषय बस्तुलाई कहानी बनाएर सम्झन कोशिस गर्ने बढनै जान्छ ।
  •  दोह¥याएर भन्दा समय लगाएर बुझेर, व्यवहारमा कसरी लागु होला कल्पना गरेर, पढनु पर्छ ।
  • ध्यान गर्ने Meditation) मा भगवानका ११२ प्रविधिहरुको अभ्यास गरिरहेको छु ।
  • नराम्रो काममा साथी पाइन्न भने एक्लै भए पनि धैर्यतासाथ काम गर्नु पर्छ । सफल भइन्छ । अझै पनि मेरो युवा साथी छैनन । साथीहरुसँग मिल्दिन र बुझाउन पनि सक्थिन । मलाई बहुलाहासम्म भनेका हुन साथीले ।
  •  विद्यार्थीलाई पढाईको किरो बनाएर प्रमाण पत्र नलिनोस,नदिनोस ।
  •  पढेकाले भन्दा नपढेकाले धेरै Creation गरेको देखिन्छ ।
  •  मोवाईलमा पहिलो फोन गरेको सुन्नेले फलानो बहुलाएछ भन्थे ।
  • जहाज चिल जस्तै आकासमा उडाउन सकिन्छ भन्दा बहुलाहा भनेका थिए Right Brothers’ लाई ।
  • पहिले पृथ्वी गोलो छ भन्नेलाई बहुलाहा भनेर चेप्टो भन्नेको बहुमतले ज्यान समेत मारेका थिए ।
  •  सबैभन्दा चाहिने विषय बस्तु मात्र छानेर हेरने,पढने,प्रयोग गर्ने गरनु पर्छ ।
  • देव्रे र दाहिने दिमागलाई Conesus mind and  Sub Conesus mind भनिन्छ ।
  •  देव्रे र दाहिने दिमाग च्बm बलम ज्बचम मष्कप जस्तै हो । दाहिने दिमागलाई तेस्रो नेत्र (त्जष्चम भ्थभ) भनिन्छ जसमा जति पनि सम्झना राख्न सकिन्छ । देव्रेमा सिमित मात्र ठाउँ भएकाले विर्सिन्छ ।
  •  रटेर पास हुन भन्दा बुझेर पढेर फेल हुन जाति । बरु १ बर्ष छोडी दिनुस केहि फरक पर्दैन ।
  •  आफू एउटा बच्चालाई हुर्काउन सक्ने क्षमता भए पछि मात्रै जोडी खोज्नोस । ब्रम्हचर्य २५ बर्ष ।
  •  आफू रक्सिखाएर,चुरोट खाएर धन र स्वास्थ्य सक्ने । छोराछोरी श्रीमती कुटने अनि छोराछोरी बुद्ध बनाउँछु भनेर कहाँ हुन्छ । नमुना बनेर देखाउनोस कस्तो बन्ने हो ।
  • हाम्रा बालबालिकालाई अरुको सृजनाको घोडा बनाएर हैन सृजनशिल बनाएर अघि बढाउनु पर्छ ।
  • अरुको सपना पुरा गर्न घोडा बन्ने हैन आफनो उद्धेश्य पुरा गर्न अरुलाई प्रयोग गर्न सक्ने बनाउनोस र बन्नोस ।
  •  पहिले त्यस पाठको सिकाईको लक्ष्य केहो र यसको लागि कस्तो प्रश्नको उत्तर खोज्नु पर्छ जानेर मात्र पाठ शुरु गर्नु पर्छ । तव मात्र पढन चाख,इच्छा,चाहाना,उत्साह,उत्प्रेरणा,जाँगर,आँट,मन सबै लागेर एकाग्र हुन सक्छ ।
  • ठुला पदका कर्मचारी,नेतालाई खुशी पारेर फायदा लिने भावना छोडौँ र केहि गरेर आफु भन्दा पनि देश र जनताको लागि फायदा पु¥याऔँ । आफुलाई फाइदा आफैँ हुन्छ ।
  •  १४ बर्षको उमेरसम्म दाहिने दिमागले पनि काम गर्छ पछि माया प्रिती ,डर,त्रास,धम्की,दवाव, करकाप,घर व्यवहारको चिन्ता,धन सम्पत्ति, विवाह, घर,छोराछोरीको कल्पना तर्फ मन विभाजित हुन्छ र Runnin memory left brain -Ram dfq मात्र चल्न सक्छ । दायाँ दिमाग चलाउन त यो भौतिक युगका सन्यासीले पनि सकिरहेका छैनन । तर मेहनत र विश्वास गरेमा एकाग्रताबाटै दायाँ दिमाग चलाउन सकिन्छ ।
  •  आजका युवा हिरोहिरोइन बन्न रक्सि,चुरोट,खैनी,रंगरोगन लगाएर, खर्चालु बनेर, अप्राकृतिक जीवनशैली देखाउँछन तर जिरो बनिरहेका छन ।
  • शिक्षा दिनेले पनि आफु नमुना बनेर, विद्यार्थीको मन मुटु छुने गरी बुझाएर पढाउन सकेमा सझिने र व्यवहारमा परिवर्तन हुने गर्छ । महत्व नबुझाई घोकाएको शिक्षाले उत्प्रेरणा हुँदैन र पढन मनै लाग्दैन । करले पढेको काम लाग्ने हुँदैन ।
  • आफैैँले विधा बुझेर विषय छानेर पढेको युवाले वास्तविक सफलता पाउन सक्छ ।
  • Junk food खाँदै नखानुस र अरुलाई पनि नखान उत्प्रेरणा दिनुहोस । स्थानीय उत्पादन, प्राकृतिक भोजन खाने खुवाउने बानी बसालौँ । स्थानीय बारी बाँझो राखेर बाहिरबाट धन कमाउन पठाइएका ल्पास्टिकमा पोको पारेका, औषधी छरेका बस्तुको प्रयोगले हाम्रो कल्याण छैन ।
  •  नेपालीहरुले आफैँले विगारोको देशलार्ई घृणा गर्ने भावनाले ग्रसित छौँ । विदेशमा गएर अनुशासन सिकेर पनि नेपालमा आएर जथाभावी फोहर फाल्ने हाम्रो घिनलाग्दो बानी दुर्भाग्यको कुरा छ ।
  • नेपालीका पुराना सिर्जनाहरु हराउँदै र केवल नक्कल गर्ने गर्नाले हाम्रो उद्योग धन्दा हराउने र परनिर्भर बन्ने । स्नातकोत्तर गरेका विद्धान बुद्धिजिविहरु विदेशमा गएर भेडा चराउने,ढुँगा बोक्ने गरेर पढाई पनि विर्सने, बानी विगार्ने, नेपालमा आएर त्यो काम नगर्ने, अरु नपाउने नसक्ने भए पछि के होला नेपालको भविश्य ।
  •  पढने समय विहानलाई सबैभन्दा मानेका छन सबै विज्ञहरुले तर हामी रातभर लेखपढ,काम गर्ने विहानभरी सुत्ने सभ्यता मान्न थालेका छौँ ।
  •  रातको समयमा ६ देखि ८ घण्टा मस्त निन्द्रा निदाउने बानी नियमित,निश्चित सयमा पार्नु पर्छ ।
  • साथीहरुसँग छलफल गर्नु पर्ने वा सोध्नु पर्ने भएमा मात्र समुहमा बस्ने । अन्यथा एकाग्रताको लागी एक्लै ठीक छ ।\
  •  पढीसके पछि छोटकरीमा द्रुत्त गतिमा दोह¥याउनु पर्छ तर घोक्ने हैन बुझेका कुरा नै दोह¥याउने गर्नु पर्छ ।
  • पढाईको विचमा गरिने विश्राम समयमा शुद्ध अक्सिजन,शुद्ध पानी,शुद्ध फलफूल खान सकेमा धेरै राम्रो हुन्छ ।

जीवन परिवर्तन गराउने शुत्र

सन्दिप माहेश्वरी
१) मनबाट हैन दिलबाट जे आउँछ तेहि गर्नु पर्छ । मनले हतार गर्छ । हृदय धैर्य भएर आउँछ ।
२) अकबरको औँला शिकार खेल्दा टुट्यो । राम्रो भयो सरकार पिर नगर्नुस भने पछि राजा रिसाए र झुण्डाएर मार्ने सजायको घोषण गरे । विरबलले त्यो पनि राम्रो भयो भनेका थिए । घुम्दै जाँदा जंगली जनजातिले भगवतिलाई भोग दिन लाग्दा खोटी दिन हुन्न भने पछि राजाले विरबलको ज्यान बचाई दिए । फेरि विरबलले भने, मलाई हजुरले मार्ने सजायँ घोषणा नगरेको भए म बलि चढने थिएँ । त्यो पनि राम्रो भयो ।
३) बच्चा छँदा डर त्रासमा हुर्काउनु हुँदैन । एउटा हात्ती सानो छँदा डोरी छिनाल्न खोज्दा सकेन र कोर्रा पनि खानु पर्यो । तेहि डरको छापले अहिले जत्रो साँङ्लो पनि छिँदाल्न सक्ने बेला आँटै आउन्न र मानिसको नोकर बनेर हिँड्नु परेको छ ।
४) सत्य ढिला धैर्य भएर स्थायी रुपमा आउँछ । तर असत्य छिटो आउँछ । र छिटै टुटेर जान्छ ।
५) कुनै पनि राम्रो काम गारो भनेर छोड्नु राम्रो हैन । गारो भनेको मानेको मात्र हो । साँचो मान्यौँ भने साँचै पछि गारो भएर आउँछ ।
५) कसैले केहि गर्न हुन्न भनेर सुझाव दियो भने त्यहि सधैँ मनले ल्याउँछ । मनको दवावमा निर्णय ग¥यौँ भने गलत हुन्छ । र पछि ठूलो धोको हुने सम्भावना रहन्छ । कसले के भन्छ भन्दा वास्तविकता विवेकले के भन्छ सोच्नु पर्छ ।
६) सबैभन्दा ठूलो सम्पत्ती स्वास्थ्य हो । स्वास्थ्यलाई हेलचक्र्यार्इँ गरेर विगार्न हुँदैन ।
७) समस्या ठुलो मानेमा ठुलै भएर आउँछ र सानो मानेमा सहजै समाधान भएर पनि जान्छ ।
८) बाहिरको आवाज मात्र सुनेर हतारमा निर्णय गर्नु हुँदैन ।
९) सपना नदेख्नु, प्रयास नगर्नु, अभ्यास नगर्नु समस्या हो । डर,जोखिम,झन्झट, अल्छि, समय कमि, स्रोतको कमि आदि सबै बहाना मात्र हुन ।
१०) भित्री आवाज भनेको गर्ने,नगर्ने मुख्य इच्छा हो । जसले जति दर्द, दुःख,खर्च, समय, भए पनि खुसी हुन्छ । सन्तोष हुन्छ ।
११) मन र मुटुको समन्वयात्मक एकाग्रतामा मात्र दायाँ दिमाग खुल्छ र विशेष शक्ति प्राप्त हुन्छ ।
१२) संसारमा भएका अत्याधिक सूचनाहरु छनौट गरेर मात्र दिमागमा लिनु पर्छ । अनावश्यक र फाइदा लिन नसकिने कुराहरु वास्ता नगर्ने, नसुन्ने, नसम्झने गर्नु पर्छ । अनावश्यक विज्ञापन,समाचार,विरोधको लागि विरोध ।
धार्मिक सन्देश
१) क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमबाट बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भए पछि तर्क नष्ट हुन्छ । तर्क नष्ट भए पछि मानिसको पतन हुन्छ ।
२) सफलातका लागि आत्मा अनुशासन तथा आत्म संयमः

  • विषय भन्दा बाहिर केहि नसोचौँ ।
  •  बर्तमान समयको अत्याधिक सदुपयोग गरौँ ।
  •  राम्रो कुनै पनि काम गर्न सकिन्छ भन्ने सकारात्मक सोच राखौँ ।
  • आफनो बर्तमानको मुख्य काममा एकाग्रताका लागि बाधा पु¥याउने कुनै पनि लतमा नलागौँ ।पछि पछूतो हुन्छ छोडन सकिँदैन । आफू मात्र हैन परिवार र समाजसम्म सताउने घृणाको पात्र भएर मर्न नपरोस । हाई हाई भएर मर्न पाइयोस ।

क) धर्मले मानव कल्याणको लागि दिएको अनुशासनको मन्त्र

  •  २५ बर्ष ब्रम्हचर्याश्रमा बसरे एकाग्रतासाथ पढनु पर्छ । ज्ञान बुद्धि भ्रष्ट पार्ने मतिबाट छुटकारा भै एकाग्रताको लागि यौन इच्छा संयम हुनु पर्छ ।
  • २५ देखि ५० बर्षसम्म घरव्यावहार,जागिर,सेवा, विवाह, सन्तान सहयोग सेवा, राष्टिय सेवा, बृद्धबृद्धाको स्याहार आदि गर्ने ।
  •  ५० बर्षबाट ७५ बर्षसम्म समाज सेवा,धर्मकर्म, धन,जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण, धैर्यता,शान्ति, स्वस्थता ।
  • ७५ देखि १०० बर्षसम्म सन्यास आश्रम अर्थात माया,मोह,इष्र्या,घृणा,लोभ,क्रोध,अहंकार,ज्यानको माया केहि नभएको ।
    ख) अन्य संयममा 
  • विना ब्रेकको कार, लगाम विनाको घोडा, अंकुस विनाको हात्ती र अनुशासन विनाको मानिस आफू,परिवारा,समाज र देश समेतका लागि खतरा र दुर्भाग्यपूर्ण हुन्छ । समाजको काँडो भएर बाँच्न नपरोस । यसैले समयमा सफल जीवनको लागि संयम अपनाउनु पर्छ ।
  • आहार संयमः हित भोक, शित भोक, मित भोक सिद्धान्त अनुसार खाना खानु आवश्यक छ । शुद्ध पञ्चतत्वको प्राकृतिक रुपमा शरीर र स्वास्थ्यको लागि खाने गरौँ । मिठो र मजाको भ्रममा परेर आफनो जीवन रोग,खर्च,झगडा,समस्या र मृत्यूसम्मको जोखिममा पारेर,परिवार र समाजको घृणा,समस्याको पात्र बनेर बाँचन र मर्न नपरोस ।
  • बोली संयमः सबैलाई माया,आदर, सम्मान सहित मधुर बचन र तर्कसँगत, स्रोतालाई उत्प्रेरणा मुलक होस ।
  •  विचार संयमः आफनो,परिवार,समाज र देशलाई नोक्सान हुन सक्ने कुनै पनि नकारात्मक सोच विचरा नआवस । अनुशासन हीनताको विचार, लागु पदार्थको सेवन गर्ने विचार, जुवातास खेल्ने विचार, विवाह बाहिरको यौन आकर्षण । कसैको हानी हुने वा गराउने ध्येयले केहि गर्ने विचार, रिस पछि अरुका खुटटा तान्ने विचार आदि हुन दुर्भाग्यपूर्ण हुनछ ।
  • इन्द्रिय संयमः
  •  कान–अनावश्यक र नराम्रो सुन्ने बानी,लत,
  • मुख– बोली संयम र खाना संयम,
  •  हात– सहिकाम मेहनत साथ आफ्नाे र सबैको भलाइको लागि काम गरोस ।
  •  आँखा–नचाहिँदो, अस्थायी यौनिक वा अन्य मनोरञ्जनको लत,
  •  छालाः– अनावश्यक अस्थायी र असम्भव वा क्षमता गुमाउने आनन्द महसूशीकर०ा आदि ।
  •  आत्म संयम:  आत्माको सल्लाह मात्र पालना गरौँ । मनको अस्थायी मजा र रमाईलोको लोभमा नफसौँ । आत्म बोध–म कोहुँ, मेरो कर्तव्य केहो । के गर्न हुन्छ, के गर्नु हुँदैन । म को प्रति जिम्मेवार छु आदि बोध ।
    अनुशासनकाे महत्वः
    १) कुनै पनि सफलताका लागि विषयगत अनुशासन अनिवार्य रहेको हुन्छ ।
    २) अनुशासनले स्वतन्त्रता दिन्छ र स्वतन्त्रताले विवेक दिन्छ । विवेकबाट सृजनाको लागि एकाग्रता प्राप्त हुनछ । एकाग्रताबाट मात्र बौद्धिक सफलता पाईन्छ । बुद्धि नै मानव विकासको आधार हो ।
    ३) चौराहाको बत्ति दुर्घटनाबाट बचाउनको लागि हो । दुर्घटना हुनु अघि नै पालना गरौँ । नराम्रो नमानौँ ।
    ४) आमा बाबुको चडकन भलाईको लागि मात्र हुने भएकाले आशिर्वाद सँझौँ ।
    ५) खराव कुरा कतै शुरु गरिसकेका छौँ भने मनलाई धैर्य गरेर छोडौँ । विर्सन कोशिस गरौँ । जे पनि सम्भव छ आत्म संयमबाट ।
    ६) राम्रो काम गर्दा आउने समस्यासँग नडराऔँ । समस्याबाट क्षमता प्राप्त हुन्छ । ज्ञान हुन्छ । अनुभव सिकाई हुनछ ।
    ७) राम्रो कामको सपना पुरा गर्न महसूश गरौँ , अभ्यास गरौँ । गाडी चलाउन, पौडन पढेर मात्र सकिन्न अभ्यास गर्र्नै पर्छ ।
    ८) सधैँ खुशीसाथ मुश्कुराने अभ्यास गरौँ । समस्याको घाटाबाट दुःखित हुनु भन्दा अवसरको खोजी गरौँ ।
    ९) राम्रो कामको लागि बहाना नगरौँ । प्रकृतिले सधैँ तथास्तु भन्दै हिँडेको हुन्छ । जे चाहेका छौँ तेही हुन्छ ।
    १०) यथा सम्भव प्रकृतिबाट टाढा नजाऔँ । पर जानेको लािग आफैँ जिम्मेवार हुनु पर्छ ।
    ११) संघर्षबाट हुर्केको मानव मात्र दुःख सहन गर्न सक्छ । जिराफले बच्चालाई लात्ताले हानेर लडाउँछ र छिटो उठ्न, दौडन भाग्न अभ्यास गराउँछ । चराले पनि प्वाँख आएका बच्चालाई गुँडबाट बाहिर आफैँ खाना खोज्न जान निकालिदिन्छ । लेकालीहरुले बच्चाको भारीमा गोप्यरुपमा ढुँगा हालिदिन्छन र पछि झिकेर भारी हल्का भएको महसूश गराउँछन ।
    १२) हिजोको काम इतिहास भयो विति गयो । भोली रहस्यमयः र अनिश्चित छ । आज उपहार भएको छ । बर्तमानलाई सबैभन्दा महत्वपूर्ण ठानेर उपयोग गरौँ । पश्चाताप नहोस ।
    १३) पद,पैसाका लागि हैने समाज र देशको सेवाका लागि लक्ष्य बनाऔँ । पैसा आफैँ आउँछ ।                                                                                                                                                                      लेखक युएन ह्याभिडेट अन्तर्गत बद्रिया र अर्घाखाँची जिल्ला संयोजक हुनुहुन्छ । 
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank