पुटिनको २० वर्षे कार्यकालका उपलब्धीहरू

सोमवार, पुस १४, २०७६



- ई द्वारिका अधिकारी

सोभियत सङ्घबाट टुक्रेको पिडामाथि अझै गरिबी, अशान्ति, भोकमरिको पिडा बरकरार रहेको अवस्थामा बोरिस येल्त्सिनको कार्यकालमा एक जमानाको शक्तिसम्पन्न र गौरवशाली रुसी जनताहरूमाथि अपमान थोपरियो। उदार तर जडिया राष्ट्रपति, अपमानपूर्ण विदेशी व्यवहार र विश्वशक्तिको स्थानबाट घोक्रेठ्याक भएको अवस्थामा रुसी जनताले शक्तिशाली राष्ट्रप्रमुख खोजिरहेका थिए जसले गुमेको शाख फिर्ता ल्याएर पुन बलियो रुसी नागरिकको परिचय दिलाउन सक्थ्यो। बोरिस येल्त्सिन्को पारिवारिक पृष्ठभूमिभित्रबाटै रुसी जनताले नयाँ राष्ट्रपति पाउने कल्पना गरिएकाे समयमा   भ्लादिमिर पुटिनको अनुहार कार्यकारी राष्ट्रपतिको रूपमा देखा पर्‍यो।

इ स १९५२ मा लेनिन्ग्राड (हाल सेन्ट पिटेरबर्ग) मा जन्मेका पुटिन रुसी खुफिया संस्था  केजीबीका पूर्व लेफ्टिनेन्ट कर्नेल थिए। कार्यकारी अवस्थामा रहेका पुटिनले चुनावमा आफूलाई प्रमाणित गरेर २००० को राष्ट्रपति निर्वाचनमा विजय भए। पुटिनले “सहस्राब्दीको संघारमा रुस“ नामक एक कार्यक्रममा देशको विगत र समस्याहरूका बारेमा आफ्नो विचार व्यक्त गरे। पुटिनको दृष्टिकोणमा पहिलो कार्य भनेको फलदायी र रचनात्मक कार्यहरूद्वारा विभाजित रुसको समाजको सुदृढीकरण गर्नु थियो। अर्को तर्फ एक्काईसौ शताब्दीमा रुसले अन्तर्राष्ट्रिय राजनीतिमा दावेदारी प्रस्तुत गर्नु पर्ने अन्यथा संसारको नक्सामा गायब हुनु पर्ने जम्मा दुईवटा मात्र विकल्प रहेकोमा पहिलो विकल्प आफूले रोजेको समेत उल्लेख गरेका थिए, जसका लागि लोकतान्त्रिक पद्धतिमा आधारित शक्तिशाली सङ्घीय कानुनी राज्यको दिसामा अगाडि बढ्ने सङ्केत गरेका थिए। आर्थिक समस्याहरूको बारेमा, पुटिनले आर्थिक दक्षतामा उल्लेखनीय सुधार ल्याउनु पर्ने, गरिबीसँग लड्नको लागि सुसङ्गत र परिणाममा आधारित सामाजिक नीति कार्यान्वयन गर्नु र जनताको हितको स्थिर विकासको आवश्यकता औँल्याएका थिए ।उनले विज्ञान, शिक्षा, संस्कृति, स्वास्थ्य सेवालाई सरकारको सहयोगको महत्त्वको बारेमा बयान गरेको छ किनभने जहाँ मानिसहरू शारीरिक र मनोवैज्ञानिक रूपमा स्वस्थ छैनन्, गरिब र अशिक्षित छन्, उनीहरू विश्व सभ्यताको चुचुरोमा कहिल्यै उक्लनेछैनन् र तात्कालिक अवस्थामा देशको हालत विगतका ३०० वर्षकै कमजोर भएको कारण देशका भौतिक, बौद्धिक र नैतिक शक्ति एकसाथ उभिएर आफ्नो स्थान पुन प्राप्त गर्न लागि पर्नु पर्ने बिचार राखेका थिए ।

जुलाई २००० मा, पुटिनले आफ्नो अर्थव्यवस्था नीतिको वकालत गर्दै व्यक्तिगत कर १३% र कर्पोरेट कर ३५ प्रतिशतबाट २४% मा घटाएर साना व्यवसायहरूलाई प्रोत्साहन गरेका थिए। पुटिनले स्वास्थ्य सेवा, शिक्षा, आवास र कृषिको क्षेत्रमा राष्ट्रिय प्राथमिकता परियोजनाहरू सुरु गरे। विशेष गरेर कार्यक्रममा सुधार गरेर जनसङ्ख्या वृद्धिदरलाई सकारात्मक अङ्कमा ल्याउन प्रयास गरे। न्यायपालिकाको सुधार गर्नुपर्ने आवश्यकताप्रति पुटिन कट्टर थिए त्यसैले सोभियत संघताकाको कानुनी अभ्यासलाई आधुनिकीकरण गर्दै नवीनतम कानुनी प्रयोग र व्याख्या गर्दै न्यायपालिकामा सुधार गरे। मिखाइल खोदोरोभ्क्सी, बोरिस बेरेजोव्स्की, भ्लादिमिर गुसिन्स्की जस्ता एक दर्जन जहानियाँ सम्भ्रान्तहरू व्यापारीहरू जसले राज्यका औद्योगिक प्रतिष्ठानहरू कौडीको भाउमा किनेर राज्यको स्रोत साधनमाथि ब्रह्मलुट मच्चाइरहेका थिए, तिनीहरूको सम्पत्ति जफत र तिनीहरूमाथि राज्यको नियन्त्रण राखे। राज्यको सबै आन्तरिक र बाह्य ऋण तिरे । रुसको निजी अर्थतन्त्रमा राज्यको हस्तक्षेप पश्चिमी मुलुकमा आलोचना गरिएको थियो तर २००८ मा ’बैङ्क अफ फिनल्यान्ड इन्स्टिच्युट फर इका‘नोमिसन इन ट्रान्जिसन’ ले गरेको एक अध्ययनले राज्यको हस्तक्षेपले रुसका धेरै कम्पनीहरूको कर्पोरेट गभर्नमेन्समा सकारात्मक प्रभाव पारेको र रसियामा कर्पोरेट शासनको गुणस्तरमा वृद्धि भएको देखायो।

पुटिन सत्तामा आउँदा रुसमा खराब शासन स्थापना थियोस् अर्थव्यवस्था पूर्ण विकेन्द्रीकृत भएको थियो र राज्यले केन्द्रीय अधिकार गुमाइसकेको थियो भने जहानियाँ सम्भ्रान्तहरू व्यापारीहरूले देशलाई लुटेर शक्ति संस्थालाई नियन्त्रणमा राखेका थिए । पुटिनले राज्यको आर्थिक, प्रशासनिक र मिडिया श्रोतहरू नियन्त्रण गर्न सक्षम संस्थाको रूपमा सरकारको भूमिकालाई पुनर्स्थापना गराए । यसरी बढ्दो ऊर्जा मूल्य, ठोस वित्तीय नीतिका कारण पुटिन शासनलाई अब अन्तर्राष्ट्रिय ऋण वा आर्थिक सहयोगको आवश्यकता रहेन र पश्चिमी सरकारहरूसँगको बढ्दो तनावको बाबजुद ठुलो विदेशी लगानी आकर्षित गर्न कुनै समस्या भएन। २००८ को वित्तीय सङ्कटको समयमा कार्यकारी नहुँदा समेत जनतालाई मन्दीको असरबाट बचाउन लागि परेका पुटिनले रुसमा उद्योग धारादायी हुन बाट बचाए। उद्योग र मजदुर बिचको मतभेदका कारण उद्योग बन्द हुन दिएनन् हालाकी बेलाबखत व्यक्तिगत रूपमा नै त्यस्ता मतभेदमा अप्रिय निर्णय लिन समेत पछि परेनन्।

यसरी ९० को दशकको अराजकतापश्चात् आएका पुटिनको दोस्रो कार्यकालको अन्त्य सम्ममा सामाजिक र राजनीतिक स्थिरता र वार्षिक ७५ को आर्थिक वृद्धिदर रुसले पायो र सानो जनसङ्ख्या बाबजुद विश्वको १० ठुलो अर्थतन्त्रभित्र टायो। स्कुल र अस्पतालको आधुनिकीकरण, उकासिएको आर्थिक जीवनस्तर र विजयमा सकिएको दोस्रो चेचेन युद्ध पुटिनको पहिलो ८ वर्से उपलब्धि रहे।

जुन २००० मा पुटिनको अनुमोदित “रुसी सङ्घको विदेश नीति अवधारणा“ जसमा विदेश नीतिको मुख्य उद्देश्यहरू रुसको सुरक्षा ग्यारेन्टी गर्ने , रुसको सुरक्षा ग्यारेन्टी गर्ने , स्थिर, न्यायसङ्गत र प्रजातान्त्रिक विश्व व्यवस्था सिर्जना गर्न विश्वव्यापी प्रक्रियाहरूमा रुसको प्रभाव राख्ने, रुसी सीमाको परिधि वरिपरिको छिमेकी क्षेत्रको गठन, रुसका राष्ट्रिय प्राथमिकताहरू र समस्याहरूको समाधानको प्रक्रियामा विदेशी देशहरू र अन्तर्राष्ट्रिय सङ्घहरूसँग सम्झौता र मेलमिलाप गर्ने र रुसी नागरिकहरू र विदेशमा बस्ने रुसी हरूको अधिकार र चासोहरूको संरक्षण गर्ने थिए। यसरी रुसी जनताको गौरवमय उपस्थिति विश्वमंचमा राख्न पुटिन सफल भएकै हुन्। यसरी रुसी जनताको मान सन्मानलाई उँचो बनाउन मिहेनत गरेका र जनतालाई माया गर्ने पुटिनलाई रुसका सडकमा आज पनि जीवनभरि राष्ट्रपतिको रूपमा हेर्न चाहने जमात ७०५ भन्दा माथि रहेको पश्चिमा मिडियाको प्रतिवेदनले देखाउँछ।

सोभियत सङ्घको पतन पछि रुसी सेना अहिले आधुनिक लडाई अभियानहरू सञ्चालन गर्न अझ सक्षम भएको छ। २०१४ मा क्राइमियाको कब्जा र मास्कोले सिरियामा बशेर अलअसादको शासनप्रतिको प्रतिबद्धताको सामर्थ्य र आत्मविश्वास रुसको सशस्त्र सेनाको आधुनिकीकरण र पुनर्संरचनाकै देन हो। नयाँ TU-160M2 रणनीतिक बमवर्षकहरूको निर्माण र २०००० T -14 अरमाता, मुख्य युद्ध ट्याङ्कर, P-8A Poseidon जस्ता रणनीतिक बमवर्षकहरुको आवृत्ति र दायरामा बढेको छ। रसिया एसिया प्रशान्तमा एक कडा खेलाडीको रूपमा आएको छस् गुआम र अमेरिकी पश्चिमी तटमा लगातार रणनीतिक बमवर्षक गस्ती र गत २०१४ को जी २० सम्मेलनमा अस्ट्रेलियाको पूर्वी समुद्री किनारमा रुसी युद्धपोतहरूको पारगमनले यसको गवाही दिन्छ। रुसी र चिनियाँ सेना र साइबर डोमेनमा ठुलो मात्रामा सैन्य अभ्यास र सहयोग आदानप्रदान भएको छ, अझ २०१९ को जनवरीमा रुसले फिजियन सेनालाई अज्ञात हतियार पठाइएको घोषणाले दक्षिण प्रशान्तमा यसको रणनीतिक उपस्थिति बढिरहेको छ भन्ने देखाउँछ। २०१६ को अमेरिकी निर्वाचनमा रुसको भूमिका, नाटोको क्षयीकरण र आन्तरिक विवाद, चिन, भारत र टर्कीलाई एस(४०० को बिक्री गर्ने सामर्थ्य राख्नुले पश्चिमाहरू झस्किएकै छन्। रोनाल्ड रेगनको पालामा जालझेल गरेर नष्ट पार्न लगाइएका आणविक हातहतियारको अभावमा तेस्रो विश्वको दर्जामा आइसकेको सैन्य सेनालाई हाइपर्सो्निक हतियारहरू Poseidon, Sarmat, Avangard / laser technology दिएर विश्वलाई प्रविधिमा पछाडि पार्दै चरम आधुनिकीकरण गर्ने श्रेय यी महान् राष्ट्रपतिलाई जान्छ।

अर्को तर्फ रुसको नेतृत्वमा BRICS को गठन अमेरिकी साम्राज्यबादलाइ चक्मा दिन र संसारका ६०% जनसङ्ख्या र ४०% अर्थतन्त्रको एकीकृत डफ्फा भएको छ। आजको दिनसम्म आउँदा Dollar Dumping को नीति अगाडी सारेर डलरलाई अन्तर्राष्ट्रिय मुद्राबाट विस्थापन गर्न र/ SWIFT  बैंकिङ प्रणालीलाई त्यागेर नयाँ अन्तर्राष्ट्रिय प्रणाली शुरु गरिसकेका छन्। रुसी सानको रूपमा रहेको कार्यक्रमलाई अझ सुदृढ गर्न Vostochny Cosmodrome को स्थापना गरेर सञ्चालनमा समेत ल्याइसकेका छन्। अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकी भूमिकामा अङ्कुश लगाउँदै सिरियामा अमेरिकालाई हाबी हुन नदिनु, अझ सिरियाको शान्ति प्रक्रियामा अमेरिकालाई बाइपास गर्दै रुस, टर्की र इरान मिलेर सिरियाको भविष्य निर्क्योल गर्नु, अमेरिकाको छिमेकी भेनेजुएला र बोलिभिआमा अमेरिकी इसारामा प्रयास भएको सत्ता कु को प्रयासलाई प्रशान्त पारिबाट सैन्य उपस्थिति जनाएर रोक्ने ताकत र ल्याकत समेत रुसले बनाइसकेको अवस्थामा अमेरिकी प्रभुत्व घटेर रुसी प्रभाव बढेको देखिन्छ। अमेरिकाले लगाई आएको नाकाबन्दीलाई अवसरको रूपमा लिएर कृषि, स्वास्थ्य, विज्ञान प्रविधि र औद्योगिक उत्पादनमा आत्मनिर्भर बनाएर संसारभरिमै कृषि जन्य उत्पादन निर्यातमा पहिलो बनाउनु साधारण राष्ट्रपतिको बसको कुरा हैन जुन उनले गरेका छन्।

देश सभ्य र शक्तिशाली हुन राष्ट्रिय एकता र राष्ट्रवादी भावना हुन पर्छ भन्नेमा पूर्ण विश्वास भएका पुटिन सवालमा शून्य भएका व्यक्ति हुन्। जसलाई रुस र रुसी भाषाको माया छैन रसियामा बस्ने कुनै अधिकार छैन भन्ने जस्ता रास्ट्रप्रेमी बिचार राख्ने उनीले राष्ट्रियता र भौगोलिक बचाउन चेचेन्या र दागेस्थानमा समूहहरूलाई ठेगान लगाउन शक्तिको प्रयोग गरेर र्स्िस्त्रय शान्तिको सवालमा एक रौँ पनि सम्झौता गरेनन्। कम्युनिजमको मातृभूमिमा orthodox christinity आफ्नो देशको धर्म र प्रतीक मान्दै तथाकथित धर्म निरपेक्षताको वकालत गर्दै अमेरिकी प्रायोजनमा विभिन्न कालखण्डमा उगककथ चष्यत को नाममा रुसी चर्चमा चलाएको नाङ्गो नाचलाई डटेर निस्तेज पार्दै देशलाई धर्म, परिवार, जातीय विविधता र भिन्न भूगोलको आधारमा एकीकृत गर्दै राज्यलाई एक बनाएका छन्। खेलकुदमा समेत नाकाबन्दी लाउने पश्चिमी रवैया बाबजुद सोची ओलम्पिक २०१४ र विश्वकप फुटबल २०१८ को सफल आयोजना गरेर नयाँ रुस कति प्रगतिशील छ भनेर संसारलाई चिनाए पनि।

लेख्दै जाने हो भने हजारौँ पेजको कृति लेख्न सकिने राष्ट्रपतिको रूपमा पुटिन पर्दछन् जसले २० वर्षे आफ्नो कार्यकालमा रुसी जनताको स्वाभिमानलाई कहिले पनि गिर्न दिएनन्, अन्तर्राष्ट्रिय क्षेत्रमा रुसको ताक र उपस्थितलाई सारगर्भित बनाए, विज्ञान र प्रविधिलाई नयाँ उचाइमा पुर्‍याए, परिवार, समाज, धर्म, भाषा र एकता राष्ट्रियता निर्माणको आधारशिला हुन् भनेर रुसीलाई बुझाए र रुस अब महाशक्ति बन्नबाट कसैले रोक्न सक्दैन भन्ने सन्देश समेत सबैलाई दिए । कास नेपालीले पनि यस्तै राष्ट्रपति पाउन पाएको भए ।

ई द्वारिका अधिकारी जलश्रोतविज्ञ एवम् कानुन र राजनीति शास्त्रका विद्यार्थी समेत हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments