एक विमान दुई चालक : कसरी हुन्छ अबतरण ?

शुक्रबार, जेष्ठ ४, २०७५



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कम्युनिष्ट प्रवेश फरक फरक मोडमा भएको हो । कम्युनिष्ट आन्दोलनमा होमिनु अघिको केही आधार समान छन् तर त्यसपछिको यात्राका बाटोहरु निकै फरक देखिन्छ । तेह्रथुमबाट २०२२ सालमा बसाइसराई गरी झापा झरेपछि एसएलसी पास गरेर पढ्न नपाउँदै झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग भेट भयो २०२३ सालबाट राजनीतिमा प्रवेश गरे २०२७ सालमा भूमिगत भए ।

पुष्पकमल दाहाल प्रचण्ड छिमेकी धनबहादुर विक मार्फत रूपलाल विश्वकर्मासँग चिन जान भयो । उनीसँगै जोडिदै २०२८ सालमा विधिवत रुपमाउनी राजनीतिमा सक्रिय भएका थिए । राजनीतिक सक्रियतामा प्रचण्ड भन्दा ओली अलि जेठा देखिन्छन् ।

फरक सैद्धान्तिक धरातलका ओली र प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्र अनेक अन्योल र आशंकाचिर्दै अन्तत  एक बनाएका छन् । एकता अभियान घोषणा पछिको साढे सात महिने कसरत सफल भएको छ । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको स्मृति दिवस दिन पारेर भएको एकताले सिद्धान्तमा अब मतभेद छैन भन्ने सन्देश दिन खोजिएको छ ।

विश्वको एकता कम्युनिस्ट राजनीतिका लागि नै दुईदलको एकता महत्त्वपूर्ण घटना हो । फुटको परिचय बनाएका कम्युनिष्टहरु मिल्न सक्छन् भन्ने सन्देश पनि हो । एकता प्रक्रिया भाँडिने सजगता मानिकै चलाखीपूर्ण तयारीकाले महत्वपूर्ण नेताहरुलाई नै सूचना नदिई टुङ्गोमा पुरयाएको देखिन्छ । चलखेल हुन सक्ने जोखिमका कारण नेतृत्वले यसरी सजगता अपनाएको हुन सक्छ ।
तल्लो तहसम्म के हुन्छ ?

केन्द्रमा पार्टी एक भएपछि स्वतःगाउँ तहसम्म पनि एक भएको छ । तर त्यस बाहेक पार्टीसँगै भ्रातृ संगठनहरूको केन्द्रदेखि वडा तहसम्म एकीकरण गर्नेु पर्नेछ । यस क्रममा जन्मिने असन्तुष्टि व्यवस्थापन निकै ठूलो चुनौती दखिन्छ । त्यसका लागि पार्टी एक गराए जत्तिकै मेहनत केन्दै नेतृत्वले गर्नुपर्ने हुन्छ । हिजो नेता भएकाहरु अब कार्यकर्तामा रुपान्त्रण हुने भएकाले कसले कसलाई नेता मान्ने सवाल सुरु हुनेछ ।

 नेपालका लागि मात्र होइन, एसियाका लागि समेत सामान्य घटना होइन ।

सिद्धान्तमा बहस

पार्टी एकीकरण पछि सिद्धान्तमा कुनै समस्या छैन भनिएको छ । तर ‘माक्र्सवाद–लेनिनवाद’लाई मार्गदर्शक सिद्धान्त र ‘जनताको जनवाद’लाई तत्कालको कार्यनीति मान्ने सहमति भएको छ । एमालेले मान्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले मान्दै आएको ‘माओवाद र एक्काइसाै‌  शताब्दीको जनवाद’कसलाई आत्मसाथ गर्ने भन्ने समस्या देखिन्छ । केहीदिन पार्टी एकीकरणको स्वादमा रमाए पनि महाधिवेसनको बहस सुरु भएसँगै सिद्धान्तको बहस पनि निकै पेचिलो बन्नेछ ।
विश्वको दृष्टि

एमाले र माओवादी केन्द्रबीचको एकतालाई चीन, भियतनाम, रसिया, कोम्बोडियाका कम्युनिष्ट नेतृत्वले मात्रै होइन विश्वका अरु देशहरुले पनि चियाइरहेका छन् । अब त्यसको खुसीमा प्रतिक्रियाहरु आउन थाल्नेछन् । धेरै छिमेकहरु मौन देखिनेछन् । नेपालका लागि मात्र होइन, एसियाका लागि समेत सामान्य घटना होइन । दुई पार्टी एकीकरणपछि चीन र भियतनाम पछि विश्वकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ । दक्षिण एसियाको भने पहिलो ठूलो कम्युनिस्ट पार्टी हुनेछ । राजनीतिक हिसाबले विश्व कम्युनिष्ट आन्दोलनमा नै दूरगामी असर पर्नेछ ।
आर्थिक समृद्धि

एकता घोषणमा ओली र प्रचण्ड दुइटै अध्यक्षले पुरानो युग समाप्त भएको र समृद्धिको नयाँ युग सुरु भएको बताएका छन् । अब साच्चिकै भने अनुसार गडबड नभए एकताले नेपालमा राजनीतिक स्थायित्वको युग व्यवहारमै स्थापित हुनेछ  । सरकार बीचमै ढल्ने सम्भावना अब अन्त्य भएको छ । यसले देशमा विकास र समृद्धि पक्क आउन भन्ने मनोविज्ञान जर्बजस्त स्थापित गर्नेछ । एकतासँगै त्यसका लागि राजनीतिक अस्थिरता समाप्त भएको सन्देश पनि दिइसकेको छ ।

कांग्रेसलाई के हुन्छ ?

राजनीतिक ध्रुवीकरण निर्णायक बनेर नेपालमा कम्युनिस्ट पार्टी ठूलो शक्तिका रूपमा उदय भएको छ । संघ, प्रदेश र स्थानिय तहमा नेपाली कांग्रेस भन्दा निकै ठूलो शक्तिका रुपमा देखिएको छ । अब नागरिक मत उलटपुलट भएनभने कांग्रेस लामो समय सम्म शासन सत्ताबाट पछि धकेलिन सक्छ ।

248 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank