अब यस्ता विषयमा बहस गरौ की !

बिहिबार, फाल्गुन २४, २०७४



- सीता ओझा

हरेक वर्ष जस्तै यो वर्ष पनि अंगे्रजी महिना मार्च र नेपाली महिना फाल्गुन महिला बर्ष दिवस जस्तै रङ्गिन हुने गर्छ । महिला समानता, नागरिक हक, मतदानको हक, समान ज्यालाको हक, समान अस्त्त्विको हक लगायतका माग राखेर लगभग ४० वर्ष लडेर, लाखौ महिलाको निर्ममता पुर्वकको कत्लेआम गरिए पछि महिलाले जवरजस्त अधिकारलाई स्थापित गरेको दिन हो ।

वास्तवमा नै अन्तराष्ट्रिय श्रमिक महिला दिवस संसार भरका सबै वर्ग र तहका महिलाहरुको उत्सवको पनि उत्सव महा उत्सवको दिन नै हो यसरी मनाउने गरेको यो अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन सरकारी, गैर सरकारी राजनीतिक सबै तह र तप्काका सरोकारीत समुह विशेष नारा सहित प्रत्येक वर्ष मनाउने गरिन्छ । नाराहरु तय गर्दा समसामयिक उठाउनै पर्ने विषय छान्ने चलन छ । वास्तवमा यस्तो गहन र सान्र्दभिर्क विषय निर्धारण गर्दा वर्षभरि गरिने कार्यक्रम केन्द्रित उद्धेश्य बनाएर मनाउने परिपाटी बसाउन पाउ अझ राम्रो हुने थियो होला । अहिले सम्म यस्ता कुराहरुलाई हामीले संयोजन गर्न सकेका छैनौ की ! यस्ता विषयको आवश्यकता स्थान अनुसार कस्ता कस्ता मुद्दाहरुमा जोडिन आवश्यक छ ? कुन स्थान, प्रदेश अथवा केन्द्रमा कस्तो कार्यक्रमको आवश्यकता छ ? सम्बन्धित स्थानहरुमा कस्ता कस्ता कार्यक्रमहरु, कुन कुन सघंसस्थाहरुले गर्ने गरेका छन भन्ने कुरा पनि अबका दिनमा महिला अभियान्ता र अन्य सरोकारवालाको सोचनिय विषय बन्नु पर्छ होला ।

अहिले हामी संघिय लोकतान्त्रिक गणतन्त्रिक दलिय व्यवस्था भएको राज्यका नागरिक भएका छौ । दलिय व्यवस्था भित्र दलका विभिन्न संरचना र दलिय संगठनहरु पनि हुनेगर्छ र छन । तीनका संरचनाहरु सानो इकाइ सम्म हुने गर्छन । त्यसतै अन्य अभियानकर्ता सघ सस्थाहरु पनि थुप्रै छन । कतिपय दात्री निकायको सहयोगमा चलेका होला भने कतिपय विशुद्ध सामाजिक भावनाले सञ्चालन भएका छन । समुदायमा रहेका समानतामा पहुच नपुगेका वर्ग र तहका व्यक्ति र समुहका यस्ता उत्सवहरु सबैको साझा कार्यक्रमिक सहकार्य र छुट्टाछुट्टै कार्यक्रमका अभियान बनाएर मनाउन सके हरेक तह र वर्गका महिलामा पुग्न सकिने थियो होला । हरेकले मुल नाराको मर्म सगँ मेल खाने गरी जोडेका विषय त्यो वर्ग र तप्काका महिलाको समस्याको सम्बोधन, सहकार्य र गहिराइमा पुग्ने आधार पनि हुने थियो ।

उत्सवका लागि तोकिएको मुल नाराको पनि निश्चित उद्देश्य हुने गर्छ । तय गरिएको उद्देश्य र कार्यक्रम बनाएर देशै भरि अभियान सञ्चालन गर्न सके महिलाहरु साच्चिकै सशक्त हुने थिए होला । महिलासँग गाँसिएका समस्याको निवारणका लागि लगातार काममा लाग्ने मेसो सबै अभियान कर्ताले मिलाउन सके थोरै समयमा धरै समस्याहरु सम्बोधन हुने र समाजिकजडका अशंहरु रुपान्तरण हुदै दैनिक जनजिवनमा नै बदलाव देखिने थियो । अबको हाम्रो नजर संयोजन र व्यवस्थापनको बहसतिर पनि जाने हो की ?

नेपालमा निकै लामो समयसम्म स्थानिय तहको निर्वाचन हुन सकेन । निर्वाचन नहुँदा स्थानिय निकाय जनप्रतिनिधि विहिन भयो । जनताको काम नै अडकियो । साथमा विकास निर्माणको काममा पनि असहजता देखियो । विकासको कामसगै जोडिएको महिलाको सशक्तिकरण र सहभागिता पनि हरायो । यसले राष्ट्रिय राजनीतिमा त खासै फेरबदल पारेन होला तर महिलाको सहभागिता र सशक्तिकरणमा निकै बाधा पुर्यायो ।

यस्ता कुरा हेर्दा साना छन् तर गति बन्द गरिदिने धरापहरु हुन भनेर महिलाहरुले थाहा पाउनै पर्छ । वि स २०६२/०६३ को राजनीतिक परिर्वतन पछि निकै ठुलो कसरतले महिलाले पाएको अधिकारको व्यवस्थापनको विषय पनि स्थानिय निर्वाचन नहुँदा बेवारिसे बनेको छ । पैत्रिक सम्पतिमा छोरीको हक कायम हुने विषयमा अझै बहस र कार्यान्वयन हुन बाकी छ । अझै घर,गाँउतिर छोरीले अशँ पाउने कुरामा परिवार भित्रै उपहास गरिन्छ । यस्ता विषयमा संयोजन र बहसका लागि भुमिका खेल्न स्थानिय संरचनामा कम्तिमा दुइ महिला निर्वाचित भएका छन ।

ती महिला जागरणका लागि चलायमान शक्ति हुन । तर राज्य र राजनीतिक दलले यी निर्वाचित व्यक्तिहरुको समुहलाई सहि परिचालन गर्न ठोस कार्यक्रम र बजेटको व्यवस्थापन गर्न सकेको देखिन्न । राजनीतिक दलहरु र राज्य दुबैले अहिले पनि यता सोच्न सकेको छैन जस्तो देखिन्छ । यस्ता विषय पनि हाम्रा बहसका विषय हुनुपर्छ होला ।

त्यस्तै राज्यको संरचनागत विभाजनले ल्याएको कार्यक्रम र कार्ययोजना विचमा भएको अन्योलता अझै मेटिएको छैन । यस्ता कुराको मारमा विशेषगरि महिला नै पर्ने गर्छन । निकै ठुलो अन्योलता विच राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने गरि निर्वाचनका कार्यक्रम सम्पन्न भैसकेको अवस्था छ । सरकारको स्थायीत्वले विकासमा सहयोग पुग्छ भन्ने संकेत देखिन थालेको छ । अबका दिनमा राज्यका सबै संरचना जन मैत्री र उत्तरदायी हुनेछन । यस्ता कुरा हेर्दा जटिल देखिए पनि जनतासगँ बढी उत्तरदायी हुने गर्छ र हुनुपर्दछ । जन प्रतिनिधिहरु फेरि जनताबाट निर्वाचित हुने कारण पनि जिम्मेवार हुनुपर्दछ । यस्ता निकायमा महिलाहरुको सोझो सम्बन्ध र सम्र्पक हुने गर्दछ । यस्तो सम्बन्धले महिलाहरु विकासका काम र न्यायसगँ सम्बन्ध राख्न सक्ने हुन्छन ।

त्यस्तै सामाजिक सघंसस्था,राजनीतिक दलका तल्लो संरचनाका व्यक्ति र अभियानकर्ता पनि स्थानिय निकायसगँ सोझो सम्पर्कमा नै हुने गर्छन ।सामाजिक जागरणका लागि यस्तो सम्र्पक सम्बन्धको सम्योजन अति राम्रो र आवश्यक हुन्छ । त्यो संयोजनका लागि स्थानिय तहमा निर्वाचित महिलाले भुमिका खेल्नु पर्ने देखिन्छ । यस्ता विषयमा सरोकारित समुहहरुको सहकार्यको निकै जरुरत देखिन्छ । यी विषय पनि महिलाले वहस र चासो गर्नु पर्ने विषय हो ।

हिजोको जिवन शैली र दैनिकीको शैली साथै आजको जिवन शैलीमा अहिले निकै अन्तर आएको अवस्था छ । आवश्यकता र चाहानाहरुमा पनि अन्तर देखिन्छ । यस्ता अन्तरहरुले मानिसको जिवन शैली र दैनिकीलाई पनि फरक पारिरहेको हुन्छ । हिजोको सामाजिक मुल्य मान्यता,मानिसको सिकाइ,हुकाइ र भोगाइमा पनि त्यतिकै बदलाव आएको छ । अहिले देखिए मध्येका कतिपय कुराहरु पुरानो पुस्ताले स्वीकार्न गार्हो पर्ने छन भने नयां पुस्ताले पुरानोसगँ सिक्ने धेरै अनुभवहरु बाकी छन तर त्यस्ता विषयहरुमा सहज छलफल÷बहस गर्ने हाम्रो चलन नभएका कारण पनि घर,परिवार,नाता सम्बन्ध र समाजमा महिलाको अधिकारको कुरा निकै चुनौतिको विषय होकी जस्तो गरेको देखिन्छ । बोल्ने र लेख्ने महिला परिवार र समाजका बाधक नै हुन की जस्तो व्यवहार गरिन्छ ।

यो बुझाईमा भएको समस्या हो । यसले हरेक योजना निर्माणमा असर पारिरहेको हुन्छ । दलिय संयन्त्रभित्र महिला अधिकारकर्मिहरुलाई पनि हेर्ने र व्यबहार गर्ने तौर तरिकामा निकै अन्तर छ । यसरी हेदा राजनीतिभित्र नै बदलाव अस्विकार त होइन भन्न सकिन्छ । यस्ता व्यवहारहरु राजनीतिभत्रि नसङ्गिलए सम्म अभियान्ताहरु प्रति पनि राजनीतिकवृतका अधिकांश पुरुषहरुको दृष्टिकोण ठिक रहन्न । त्यसैले अबका दिनमा महिला अभियान कर्ता र दलिय संरचना विच पनि महिलाका हरेक विषयमा बहस हुन जरुरी देखिन्छ ।
हरेक मानिसका मानविय आवश्यकताहरु असिमित हुदाहुदै पनि विशेषगरि दुइ तहमा बाडेको भेटिन्छ । पहिलो आवश्यकता हो आधारभुत ; यो आवश्यकता मानिसको अस्तित्व र जीवन रक्षाका लागि अपरिहार्य हुन्छन । खाना,वास,कपडा,विश्राम,यौनसन्तुष्टि र शारीरिक सुविधासगँ सम्बन्धित आवश्यकताहरु आधारभुत आवश्यकता मानिन्छ । शारीरिक आवश्यकता पछि शान्ति र सुरक्षा अनिवार्य कुरा हो । यसले मानिसको मष्तिक्समा जिवनको सम्वृद्वि प्राप्त गर्न सहयोग गर्दछ । तर अहिले सम्म महिलाहरुले आफना आवश्यकताका बारेमा कति छलफल गरे ? र कहाँ कहाँ को को सम्मिलित भएर के कस्ता बहस गरे ? पुन : मुल्याकन गर्न आवश्यकता छ की ? यस प्रकृतिका आवश्यकता महिलाका पनि हुन भनेर अझै हामीले बहस गर्न सकेका छैनौ । किन होला ? सोचौ पनि ।

दोस्रो मानविय आवश्यकता भित्र अतिरिक्त आवश्यकता पर्दछ । हरेक मानिसमा उत्प्रेरण, माया स्नेह,स्वामित्व, अपनत्वका साथै चाहाना र भावनाको सम्मान पनि त्यतिकै आवश्यक हुन्छ । यी र यस्ता विषयसगँ गाँसिएका हरेक कुरा या महिलाका पनि हुन । महिला ; पुरुष जस्तै जन्मिएको फरक लिङ्ग भएको मानिस हो । पुरुषलाई आवश्यक पर्ने हरेक कुरा महिलाका पनि मानविय आवश्यकता हुन भनेर बहस किन बहस नगर्ने । महिला मानवको अबको सन्तुष्टि र सम्वृद्ध, महिलाको आत्म स्वाभिमान जहाँ छ त्यहाँ मात्र हुन्छ भन्न पनि सकौं । जहाँ कलह देखिन्छ त्यहाँ महिलाको स्थान र मानमा समस्या छ भनेर बुझौ र बुझाउ भन्ने सन्देस जान पनि आवश्यक जस्तो देखिन्छ ।

घर अथवा परिवार महिला र पुरुषको सहकार्यको बासस्थान हो । त्यसैले हरेक घरमा सहकार्यको दृष्टिकोण विकास गरौ । यस कुरामा कमि रह्यो भने दम्पतिमा सहकार्य हुन सक्दैन सहकार्य नदेखेपछि बालबालिकाले समानता सिक्न सक्दैनन् । हिजोको मुल्य मान्यता र आजको मुल्य मान्यताको बदलाव यसैसगँ जोडिएर आएको छ । हरेक महिलाले आफु बसेको स्थानमा स्थान,मान, परिचय सहितको पहिचान पाएन भने त्यो ठाँउमा टिकीरहन सक्दैन । छोडीदिन्छ ÷सम्बन्ध तोड्छ । अहिले समस्यामा परेका अधिकांश महिलाहरु यहि ठाँउमा आइपुगेका छन । यस कुराले समाजमा महिलालाई बुझ्ने कुरा समस्या मुलक बनाइदै छ । समाजमा महिला प्रति हेर्ने कुरामा फरकपन देखिनु अधिकारको प्राप्तिमा कार्यन्वयन कर्ताले समस्या सृजना गरेको कुरा पनि हुनसक्छ । सोचेर पाइला चालौं होला । यो अधिकार प्राप्तिको मध्यम खुट्किलो हो । अधिकारको आन्दोलनको सक्रमणको दोस्रो चरण पनि हो । समाजमा आएको यो विषयको पहिचानले अब महिलालाई हेर्ने दृष्टिकोण बदलिन्छ र बदलिएको पनि छ । यस्ता विषय अब सबैले चर्चा र बहसमा ल्याउन आवश्यक छ ।

हिजो घर,परिवार,नाता सम्बन्धमा जोडिएका महिला अहिले कार्यलयीय र पेसा व्यवसायमुखी भएका छन ।बाहिरको जिम्मेवारीमा प्रतिष्पर्दा साथै घरका हरेक विषयमा चासो र सरोकार राख्न थालेका छन । गैरहितकर र हितकर विषयमा बोल्न र छुट्याउन थालेका छन । सामाजिक र राजनीतिक विषयमा सरोकार र सहभागिता जनाएका छन । यी र यस्ता कुराले महिलाको आर्थिक सामाजिक सशक्तिकरण र सामाजिक जागरण भएको छ । त्यसैले यस्ता विषय पनि हाम्रा उत्सवहरुमा उठाउने गरौं ।

                                                                                       लेखक:  महिला अध्ययन केन्द्रकी अध्यक्ष हुन् ।

478 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank