स्ववियू निर्वाचन, उमेर हद र अंकल-आन्टी विद्यार्थी

बिहिबार, माघ २७, २०७३



- मुरारी ढुङ्गेल

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आगामी फागुन १४ गते स्ववियू निर्वाचन गराउने घोषणा संगै अहिले विद्यार्थी संगठनहरुबीच चुनावी सरगर्मी सुरु भएको देखिन्छ । चुनावलाई मध्य नजर गर्दै त्रिविले स्ववियु निर्वाचन हुने घोषणा गरेको मितिबाटै सम्पूर्ण क्याम्पसमा प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरेको जनाएको छ । केवल स्ववियु निर्वाचनलाई मात्र मध्य नजर गर्ने हो भने यो अत्यन्त सकारात्मक पक्ष हो ।

२८ बर्ष भन्दा माथि उमेरका विद्यार्थीले स्ववियु चुनावमा उम्मेद्बारी दिन नपाउने नियम स्वागत योग्य मान्नुपर्छ । जसले “ बुढो गोरुले गाइ ओगटे झै“ केवल राजनीति गर्न क्याम्पसमा भर्ना हुने अंकल र आन्टी विद्यार्थीहरुको सक्रियतामा कमि आउँछ र विद्यार्थीको लागी उपयोगी प्रतिनिधि छनौट हुने संभावना बढेर जान्छ ।

तर ब्यवहारिक रुपमा हेर्दा विद्यार्थी भर्ना रोकिनाले साँच्चै नै पढ्न चाहाने बिद्यार्थी भने मारमा परेको देखिन्छ । विद्यार्थी भर्ना हुनबाट वन्चित भइरहेका छन् । विगत करिब एक दशक देखि हुन नसकेको स्ववियु निर्वाचन होलाकि नहोला भनी अझै पनि विद्यार्थीहरुले संका नलिइ बस्न सकेका छैनन् । अप्रत्याशित रुपमा राजनीतिले कोल्टे नफेरे आगामी १४ गते स्ववियु निर्वाचन हुने पक्का देखिएको छ ।

यसपटकको स्ववियु निर्वाचनलाई माउ पार्टीहरुले आफ्नो प्रतिष्ठाको बिषयमा हेरिरहेका छन् । हालको स्ववियु निर्वाचनको परिणामले आगामी बर्षमा हुने तीन थरिका चुनावी परिणामलाई आँकलन गर्ने छ भनी राजनैतिक दलले हरेक हत्कण्डा प्रयोग गर्न सक्नेछन् । त्यो प्रकारको सम्भाब्यतालाई यस पटकको त्रिभुवन विश्वबिद्यालयले जारी गरेको आचारसंहिताले थोरै भए पनि रोक लगाएको छ ।

आचारसंहिताको सबैभन्दा मुख्य बहसको विषय भनेको उम्मेद्बारी हुन उमेरको हदबन्दि हो । जुन अलि पेचिलो विषय भए पनि सच्चा विद्यार्थीको हकहितमा लाभप्रद नै देखिन्छ । शिक्षालयलाई आफ्नो नीजि स्वार्थपुर्ण राजनैतिक पेशा बनाउन खोज्ने केहि ब्यक्ति वा संघसंगठनबाट यसको विरोध भए पनि यसले दीर्घकालीन सकारात्मक परिणाम दिन्छ । नवप्रतिवाशाली, केहि गर्न इच्छा बोकेका, उमेरले क्षमतावान भएका उर्र्जा्शिल, प्रगतिशील युवाशक्तिलाई थकित ब्यक्तिहरुले मैदान खाली गरिदिनु पर्छ जसले शिक्षा क्षेत्रलाई लक्ष्यमा पुर्याउन सक्छन् । मानिसको उमेरले जोस, जागर र शक्तिलाई निर्धारण गर्छ । उचित समयमा गरेको उचित कर्मले उचित प्रतिफल दिन सक्छ । यसर्थ उमेरको हद त्यो अर्थमा पनि उचित हुन सक्छ ।

ब्यक्तिगत लाभ हासिल गर्न खोज्ने केहि माउपार्टीका कार्यकर्ताहरुबाट क्याम्पस मुक्त हुनुपर्छ । शिक्षा आर्जनको थलोलाई भरसक राजनीतिबाट टाढा राखिनुपर्ने हो त्यो बर्तमानमा संभव नभएपनि यतिले पनि ठुलो राहत हुन सक्छ । स्वतन्त्र रुपमा विद्यार्थीको हकहितलाई मध्यनजर राख्ने हो भने २८ बर्ष भन्दा माथि उमेरका विद्यार्थीले स्ववियु चुनावमा उम्मेद्बारी दिन नपाउने नियम स्वागत योग्य मान्नुपर्छ । जसले “ बुढो गोरुले गाइ ओगटे झै“ केवल राजनीति गर्न क्याम्पसमा भर्ना हुने अंकल र आन्टी विद्यार्थीहरुको सक्रियतामा कमि आउँछ र विद्यार्थीको लागी उपयोगी प्रतिनिधि छनौट हुने संभावना बढेर जान्छ ।

उमेर हदको विषयले अदालतको ढोका सम्म ढक्ढक्याउदै रीट परेको छ । त्रिबिले लामो समयसम्म स्ववियुको चुनाव गर्न नसकेको अवस्थामा अदालतबाट यो सालबाट नै उमेरको हदलाई लागु नगर्नु भन्ने आदेस जारी हुन पनि सक्ने सम्भावना उत्तिनै छ ।

क्याम्पस राजनीति कर्मीहरुको मुल थलोको रुपमा विकसित हुनु पक्कै पनि राम्रो होइन । स्ववियु प्रतिनिधि भनेको विद्यार्थीलाई शिक्षा आर्जन गरिरहदा क्याम्पस भित्र र बाह्र क्षेत्रबाट आइपर्ने बाधा अड्चन सावधानमा, विद्यार्थी हकहितमा सहयोग मिलोस भनेर निर्माण गरिएको संगठन हुनु पर्नेमा अचेल केवल स्ववियू निर्वाचन जित्ने अनि आफ्नो पार्टीका नेता रिझाउन जाने, भरसक कार्यकाल भरि क्याम्पसमा देखा नै नपर्ने जस्ता गलत संस्कृतिको बिकास भएको विद्यार्थी पक्ष कै गुनासो छ । त्यो बेथितिमा केहि न केहि सुधारको अपेक्षा गर्न सकिन्छ ।

बर्सेनी चुनाव कै लागी क्याम्पसमा भर्ना हुने, चुनाव जित्न जस्तोसुकै बितन्डा मच्चाउने राजनैतिक पृष्ठभुमि भएका बुढा ब्यक्ति स्ववियु प्रतिनिधि बन्दै चुनाव जीते पछि विद्यार्थीका समस्या जीउकातिउ छाडेर आफु भावी पार्टीको केन्द्रीय कमिटीमा कसरी पुग्ने ? भावी पार्टीको संसदिय उम्मेद्बार बन्ने दाउमा समय खर्चिने परिपाटीको केहिहद सम्म भएनि छुट्कारा पाउला भन्ने अपेक्षा गर्न सकिन्छ । पंतिकारले यसो भनिरहँदा राजनीतिलाई नै आफ्नो पृष्ठभुमि बनाइ अहिले सम्म क्याम्पसमै राजनीति गरेका उमेरको हदले उम्मेद्बारी दिन नपाएका विद्यार्थी नेताको समस्यालाई नबुझेको होइन तर पनि सकारात्मक परिवर्तनका लागि कहिलेकाहिँ इमानदार पनि मारमा पर्ने घटनालाई स्वभाविक रुपमा लिन सक्नु पर्दछ । मकै पिस्दा दुई चार वटा घुन पिसिनु स्वभाविक मान्नु पर्दछ ।

उमेर हदको विषयले अदालतको ढोका सम्म ढक्ढक्याउदै रीट परेको छ । त्रिबिले लामो समयसम्म स्ववियुको चुनाव गर्न नसकेको अवस्थामा अदालतबाट यो सालबाट नै उमेरको हदलाई लागु नगर्नु भन्ने आदेस जारी हुन पनि सक्ने सम्भावना उत्तिनै छ । केही ब्यक्तिले यस प्रकारको निर्णयलाई लामो समय क्याम्पस मै राजनीतिको क्यारियर बनाएका विद्यार्थी माथीको अन्याय भयो भन्ने तर्क प्रस्तुत गरिरहँदा अदालतले के भन्ने हो जिज्ञासा रहेको पाइन्छ । तर आशा छ अदालतले लाखौं विद्यार्थीको पक्षमा निर्णय गर्दछ ।

त्रिविले निर्वाचन तालिकासहित आचारसंहिता सम्बन्धी निर्दे्शिका जारी गरेको छ । यस पटकको आचारसंहितामा धेरै सकारात्मक पक्ष समेटिएको देखिन्छ । विद्यार्थी संघरसंगठन वा समूहले क्याम्पसको कम्पाउन्ड वालको बाहिर–भित्र र क्याम्पस परिसरमा वाल पेन्टिङ गर्न बर्जित गरिएको छ । तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न पाइने छैन । सातबुँदे आचारसंहिता जारी गर्दै त्रिबिको अनावश्यक फजुल खर्च हुनबाट जोगाउने प्रयास सहरानायोग्य मान्न सकिन्छ । सके सम्म निर्वाचन विद्युतीय मतदानबाट गराउने प्रयास अर्को स्वागतयोग्य पक्ष हुन सक्छ । जसले फर्जी मतको सम्भाब्यतालाइ रोक्दै धाधली गर्ने परम्पराको अन्त्य हुनसक्छ ।

1515 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank