नेपालको संविधान २०७२ र महिला

बुधबार, अशोज ३, २०७५



- रम्भा पौडेल

आज संविधान दिवस !
यो दिवस मनाइरहदा सर्वप्रथम जनताको हक अधिकार सुरक्षित रहुन ! महिला र बालबालिकाले सुरक्षाको अनुभुति गरुन भन्ने कुराको नै सवैलाई शुभकामना दिन चाहान्छु ।
सरकारले राष्ट्रिय रुपमै विदा दिएर यो दिवस मनाउँदै छ । राष्ट्रिय दिवसहरू मनाइरहदा त्यसको गरिमा र महत्वलाई बुझेमा मात्र दिवस मनाएको सार्थक हुनेछ भन्ने मलाई लाग्दछ । संविधान दिवस मनाइरहदा देशका नागरिकहरूलाई यसमा लेखिएका कुरा, यसको महत्व, यसलाई अक्षरस पालन गर्नेतर्फ प्रेरित  गर्न सरकारको ध्यान विशेष रुपमा जान जरुरी छ ।
आज संविधानमा लेखिएका कुरा पालन नहुदा नै हत्या, हिंसा, बलात्कार र अनेकौ समस्या निम्तिएका छन । आगामी दिनमा यी दिवसहरू विशेष कार्यक्रमसहित मनाउन सरकारले आफ्नो कार्ययोजना बाहिर ल्याउन जरुरी छ ।
यो सविधान जनताको ठुलो आन्दोलनबाट प्राप्त भएको उपलब्धि पनि हो । जनताका प्रतिनिधिहरूको छलफल र सहमतिबाट बनेकोले यसलाई विश्वकै लोकतान्त्रिक संविधान पनि भन्ने गरिन्छ । यो सविधानले महिलाको पक्षलाई सवल बनाएकोले महिलामैत्री संविधान पनि भन्ने गरिन्छ ।
के छ त ? किन छ त ? यो महिलामैत्री ? धेरै जानकारीका लागि सिगो संविधान नै अध्ययन गर्न जरुरी छ । यहाँ मैले थोरै जानकारी राख्न चाहेँ ।
नेपालको संविधान २०७२ मा निम्न कुराहरू रहेका छन ।
—प्रस्तावना
—भाग ३५
—धारा ३०८
—अनुसुचि ९ रहेका छन ।
स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता ,र स्वाभिमानलाई कायम राख्दै जनताको सार्वभौम अधिकार स्वशासनको अधिकार कायम राखि सामन्ती निरंकुश केन्द्रिकृत व्यवस्थाको अन्त्य गरी बहुभाषिक, बहुजातीय, बहुभार्मिक र बहुसाँस्कृतिक, भौगोलिक बिबिधतायुक्त विशेषतालाई कायम राख्दै विविधता बीचको एकता, सामाजिक साँस्कृतिक ऐक्यवद्घता, सहिष्णुता र सदभावलाई संरक्षण गरि लैगिक, जातीय उत्पिडनको अन्त्य गर्दै आर्थिक समता, समृद्घि र सामाजिक न्यायका लागि समानुपातिक समावेशी सहभागितामुलक समाजको निर्माणमा जोड दिएको छ ।

भाग २ मा नागरिकता सम्बन्धि व्यवस्था छ ।
जसमा आमाको नामबाट नागरिकता दिने व्यवस्था छ । यो कुरा यो सबिधानले महिलाको पक्षमा दिएको उपलब्धि हो ।
मौलिक हक भाग ३ भित्र महिलाको हक भनेर छुटै सम्बोधन गरिएको छ । जसभित्र निम्न कुरा छन ।
—पैत्रिक सम्पत्तिमा लैंगिक भेलभाव बिना सवै सन्तानको हकको व्यवस्था ।
—समान कामको लागि पारिश्रमिक र सामाजिक सुरक्षा ।

—लैंगिक भेदभाव विना समान बंशीय हक ।
—महिलाविरुद धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मनोबैज्ञानिक, यौनजन्य वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्यकानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
—सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धि हक रहनेछ । आमा बन्ने र नबन्ने कुरा महिलाको हकको बिषय हो ।
—राज्यका सवै निकायमा समानुपातिक सिद्दान्तको् आधारमा सहभागि हुने हक हुनेछ ।
—शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षामा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ
—सम्पत्ति र पारिवारिक मामिलामा दम्पत्तिको समान हक हुनेछ ।

सम्पूर्ण महिला दिदीबहिनीहरू !
माथि लेखिएका विषय संविधानमा महिलाका पक्षमा लेखिएका महत्वपूर्ण कुरा हुन । यो भन्दा अघिल्ला सविधानले नदिएका कुरा यो संविधानले दिएको छ ।
ध्यान दिनु पर्ने कुरा के छ भने, सरकार कमजोर हुँदा पैसामा न्याय बिक्न सक्छ । अपराध छोपिन पनि सक्छ । संविधानले जनताको हक अधिकार सुरक्षित गर्ने काम गर्दछ र त्यो गरिनुपर्दछ । त्यसमा लेखिएका कुराहरू हामीले पनि पढौँ र त्यसलाई अक्षरस पालन गर्ने र गराउनेतिर हामी पनि अगाडि बढौँ ।

2115 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank