नेकपा पूर्णताले निम्त्याएको चर्चा परिचर्चा

बुधबार, बैशाख ११, २०७६



- सीता ओझा

विगत लामो समय देखि नेपालका कम्युनिस्ट पार्टीहरू एकै स्थानमा रहँदै वा पार्टी नै एकीकृत गर्दै उनीहरुले नेपाली जनतालाई २००६ साल देखि देखाएका सपनाहरु पुरा गरुन भन्ने वाम समर्थक जनताहरुको इच्छा, चाहना र  धारणा रहेकाे थियाे ।  नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु पूर्व एमाले र माओवादी केन्द्र संसदीय राजनीतिमा एक भएर जनतामाझ आउन भन्ने चाहना नेपाली जनताले पटकपटक गरिरहें । जनताका लाख कोशिसका बाबजुद गत स्थानिय तहको निर्वाचनमा फरक फरक राजनीतिक धारसगँ रहेर निर्वाचनमा गए । सिद्दान्त, दर्शन र विशेषता समान भएका राजनीतिक पार्टीहरु कुर्सीकै कारण एकले अर्कालाई स्वीकार नगर्ने मात्र हैन  कटाक्ष गर्न पनि पछि हट्दैनथे । दुनियाँलाई चकित पार्दै दुई ठुला कम्युनिस्ट पार्टी राष्ट्रिय तथा प्रादेशिक निर्वाचनमा ६०/४० को तालमेल गर्न राजी भए । फलस्वरूप सामाजिक, आर्थिक भुमिकामा स्थायित्व दिने र दिगो विकासको निकास दिने भन्दै गत जेठ ३ गते  तत्कालिन एमाले र माओवादी केन्द्रलाई औपचारिक रुपमा बिदा गर्दै शक्तिशाली नेकपा  निर्माण गर्न सफल भए ।

निर्वाचन मुखि कार्यगत एकताले पहिलो र दोस्रो जनआन्दोलनको सहकर्मी तथा प्रजातान्त्रिक आन्दोलनमा २००४ साल देखि भुमिकामा रहेको नेकालाई निकै असर पार्यो । तर नेकाले यसो भनिरहदा आफ्नो दलिय संरचना भित्रका धेरै आन्तरिक विषयलाई व्यवस्थापन र संयोजन गर्न नसकेको कारण,परिणाम आफ्नो पक्षमा नआएको कुरा विर्सेर बाम एकता हुनुलाई नै आफ्नो पराजय ठान्न पुग्यो । यो नेपाली कांग्रेसको आम्मरति मात्रै थियो । यस्तो तितो पोख्नु नै नेकाको कमजोरी थियो ।

एकता शव्द आफैंमा शक्ति / बल या ताकत भएको शव्दको रूपमा परिचित छ । शक्ति / बल या ताकत  जोसगँ सन्चित हुन्छ । उसले शक्ति या बललाई परिचालन गर्न सकेन भने त्यो घातक अथवा प्रति उत्पादक हुन सक्छ । यो कुरा शक्तिको सञ्चय कर्तालाई महसुस हुनै पर्छ । नत्र अनपयुक्त शक्तिले  शक्ति सञ्चय गर्नेलाई नै घात गर्न पुग्छ । अहिले यो विषय बहसमा छ ।  त्यस्तै धेरै शेरहरूका अनौठा गुणको सदुपयोग हुने हो या सिकार नपाएर आफ्नै मासु कोपर्न लाग्ने हुन ? साथै सम्बन्धित दलहरूको आफ्नो संगठनको सुदृढीकरण ,घात र अन्तरघातका पिडादायक बज्रपातहरू सङ्ल्याउनु  पर्ने विषय पनि निकै महत्त्वपूर्ण हुन भन्ने कुरा नेतृत्वले बुझ्नै पर्छ ।

हरेक परिवर्तनको आन्दोलनमा समर्पित भइरहदा परिवार बेपत्ता र शहीद भएका, जिन्दगी नै राजनीतिमा खर्च गर्दा आर्थिक हैसियतबाट कमजोर  भएका, घाइते, राजनीतिक आन्दोलनमा लाग्दालाग्दै शैक्षिक योग्यताबाट बन्चित भएका, बेरोजगार, अनेकौ समस्याबाट पीडित राजनीतिक कार्यकर्ता , लगातार पाटी काममा लागिरहदा राजनीतिक अवसरबाटै बन्चित साथै राजनीतिक सामाजिक काममा लागिरहने कार्यकर्ताहरूको संरक्षणको विषय पनि सम्बोधन हुनुपर्ने होइन र ? भन्ने कुरा पनि सम्मानको कार्यक्रमले व्युताएको छ । यी र यस्ता विषय अहिले ओझेलमा परेको कारण नै कसैलाई अवसर नै अवसर कोहि उपेक्षा नै उपेक्षामा परेको जस्तो देखिन्छ । पार्टी एकतापश्चात पदीय जिम्मेवारी दिने क्रममा नेतृत्वले उल्लेखित विषयवस्तुलाई  विशेष ढंगले  सम्बोधन गर्नु अनिवार्य हुन पुगेको छ ।

हरेक राजनीतिक दल र त्यसका शिर्ष नेताहरूको गुटहितोपोषण भित्र राम्रा हैन, हाम्रा मान्छे ( कार्यकर्ता ) कति परे ? भन्ने विषयले  प्रसस्तै ठाउँ पाएको देखिन्छ । अहिले देखिएको राजनीतिक करोबार या चलनचल्ती हेर्दा एकता राजनीतिक दलको हैन पार्टीमा  आफ्नो पक्षीय  गुटपोषण या कार्यकर्ताहरूको व्यवस्थापन भन्ने हो कि जस्तो पनि देखिन्छ । तर  राजनीतिक दलहरूको एकीकरण हुनुले धेरै कुरामा प्रभाव पारेको हुन्छ । त्यसभित्र व्यक्ति भन्दा संस्थालाई नै बढी लाभ हुन्छ भन्ने विषय नै प्रमुख हो भन्नेको पंक्ति निकै ठूलो र आशावादी रहेको देखिन्छ  । यो नै एकताको बलियो आधारशिला हो भन्ने  चर्चा भित्र एकताले  स्थान पाएको छ । कहिलेकाहीँ एकताको विपक्षमा उभिने  कार्यकर्ताको भावना उसको अवसरसगँ जोडिन्छ । त्यो उकुसमुकुस नै अहिले विरोधी भावना हो की भन्ने शंकास्पद वातावरण पनि पार्टी  भित्र छ ।

वि. स. २०७६ साल बैशाख ९ गतेको पार्टी स्थापना दिवसको दिनमा पार्टीको सांगठनिक एकता घोषाणाले केही कमजोरीका बाबजुद  एकतासगँ जोडिएको ८० प्रतिशत काम फत्ते गरेको छ । यस्तो समयमा दुवैतिरका सबै कार्यकर्ताले एकताको सन्दर्भलाई निकै गम्भीरतापूर्वक सोच्नु पर्दछ । पार्टी भित्रको अवसरवाद अहिले कार्यकर्तामा भन्दा धेरै नेताहरूमा हावी भएको छ ।  त्यस्ता कुरा विचारले बलिया कार्यकर्तामा भन्दा विचार कम अवसरमा अघि देखिएका झुन्डहरू जो नेताका अघि पछि लाग्छन् । त्यस्तै र  तिनीहरूसगैं जोडिएर  राजनीतिक लाभ लिने समूह निर्माण हुने गरेको अवस्थाले अहिले पार्टीहरू निकै कमजोर भएका हुन । यस्तो प्रवृतीले पार्टीभित्र सुन्ने, बुन्ने र निषेध गर्ने परिपाटी बढ्छ । सुन्ने, बुन्ने र थुन्ने कुराले असन्तुष्टि र अन्तरविरोध बढ्छ । यस्तो प्रवृती हावी भएको बेला अन्तरविरोधको व्यवस्थापन गर्ने कुरा निकै  कठिन हुन्छ । विशेष गरेर इमानदारीपूर्वक काम गर्ने कार्यकर्ताहरूलाई यस्तो बेला सेक्ने र छेक्ने  गरिन्छ । त्यसो हुनु गलत हो । यो निकै पुरानो रोग हो । यस्तो रोगले अन्तरकुन्तरमा सुरक्षित स्थान पाइरहेको छ । यो रोग जो पायो त्यहिले भेट्न र देख्न निकै गार्‍हो छ । यस्तो बेलामा नेताहरूले रोगलाई सुस्त ढङ्गले छोडि दिन्छन् । त्यसले निस्कृयलाई होइन काम गर्नेलाई नै भेट्छ र उठ्नै नसक्ने गरि डस्छ । डसिएको प्रमाण डसिनेले अर्को नडसिए सम्म चालै पाउन्न । निशुल्क राजनीतिक सेवाभित्रको यो अचम्मको रोग ( रोग पाल्ने र फाल्ने प्रचलन) युगौ देखि जिवित छ  । यो रोग  बेलाबेलामा  सुत्छ,  यस्ता बेलामा सल्बलाउछ ।

जे जस्तो अवस्था भए पनि  नेपाल कम्युनिस्ट पाटीले अहिले ७१औं स्थापना दिवस तथा ७०औं बार्षिकोत्सव सम्पन्न गरेको छ । साथै स्थापना अवसरमा नेकपाले ७० वर्षको इतिहासमा प्राप्त गरेको ऐतिहासिक उपलब्धिहरु  प्रति गर्व गर्दै अग्रजहरुमा सम्मान गर्ने परम्परा शुरू गरेको छ । यो प्रसंशनीय काम हो ।  यससँगै जोडेर आगामी दिनमा कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको  उपलब्धिहरुलाई  संस्थागत गर्दै  अघि बढ्ने उद्घोषलाई कार्यकर्ताले सकरात्मक रुपमा लिएका छन् । नेतृत्वले कार्यकर्तामाझ गरेको सम्बोधनलाई कार्यन्वयन गर्न  सफल भएको खण्डमा पार्टी र मुलुकलाई  निकै लाभ हुनेछ । पाटीहरू भित्र मौलाएको अवसरवाद , अराजकतावाद, अर्थवाद, शक्ति,बल, मसल, हेलो भित्रको पैसाको खेलो हाबी भएको बेलामा पाटीले कसरी अग्रजहरूलाई सम्झियो ? भन्ने विषय अहिले चर्चामा छ । अग्रज कार्यकर्ताहरुलाई  सम्मान गर्ने कामले नयाँ पुस्तालाई पार्टी राजनीति प्रति भावनात्मक रुपले नै सबल बनाउने  वातावरण बनाउने सङ्केत दिन खोजेको  देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank