तिम्रो बोटमा फूलेकी म फूल

सन्दर्भ : आमाको मुख हेर्ने दिन 

सोमवार, बैशाख ३, २०७५



- रम्भा पौडेल

आमा तिमी बोट, म फूल त्यसको
हो दान तिम्रै जति जे छ मेरो ।
आज मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिन ।
आमाको महत्व माथि उल्लिखित दुई पंत्तिले नै प्रस्तुत गरेका छन् । आज हरेक सन्तानले जे–जति प्रगति गरेका छन्, जे– जस्ता नाम राख्न सफल भएको छन्, ती सबैको श्रेय तीनै आमाहरुलाई नै जान्छ जसले दस महिना आफ्नो कोखमा राखेर कठिनभन्दा कठिन पीडा सहेर आफ्ना सन्तानलाई यस धरतीमा जन्म दिन्छन्, आफ्नो छातिको अमृत पान गराएर हुर्काउँछन, तोते बोलीसंगै ज्ञानका कुराहरु सिकाउँन् । आमाहरुले नै घरको सारा काम सकेर सबैको चित्त बुझाउदेै आफ्ना बालबालिकालाई समय दिन्छन । आमाहरुले मेला¬–पात जाँदा पनि छोराछोरीलार्ई बोकेर लैजान्छन् र जस्तै कष्टमा पनि सकुसलै हुर्काउछन, पढाउाछन र ठुलोमानिस बनाउँछन् । आमाहरु नै हुन् जो सन्तानकै लागि आफू रित्तिदै जान्छन, सन्तानहरुलाई भर्दै जान्छन । आफू चिसोमा सुतेरपनि सन्तानलाई न्यानोमा राख्ने तीनै आमा हुन । सबै आप्mना दुखलाई आफैभित्र दबाएर पनि सन्तानलाई खुसी नेै देखाउने पनि तिनै आमा हुन । सन्तानका लागि कति दुख र पिडा आमाले सहन्छन त्यसको बयान गर्नका लागि कुनै शब्द नै छैन ।

आफैं आमा भएर भोगेका दुःख र पीडाका अनुभवले आमाप्रतिको श्रद्धा अझै बढेर गएको छ । आमाको माया नदी जस्तै छ बगिरहन्छ निरन्तर र निश्छल भएर । त्यसमा न कुनै स्वार्थ छ न कुनै द्धेश छ । सन्तानको खुसी, प्रगति र उन्नतिमा हरसमय रमाउने व्यक्ति भनेकै आमा आमा हुन् ।

हाम्रो समाज स्वार्थ र इष्र्याले भरिएको छ । परिवारभित्र वा बाहिर एकको उन्नति देखेर अर्काै जल्न सक्छ तर एउटै ब्यक्ति आमा हुन् जसले सन्तानको सुख र प्रगति देख्न चाहन्छिन् । हरेक आमाहरु आफ्ना सन्तानहरुले निरन्तर प्रगति गरेको देख्न देख्न चाहन्छुन्, उनीहरुको आँेठमा हांसो देख्न चाहन्छन, आपत–बिपत र दुखबाट उनीहरुलाइ हरसमय जोगाएर राख्न चाहान्छन् । त्यसैले त भनिन्छ “जननि, जन्म भूमिश्च स्वर्गादपि गरियसी ।” जन्मभूमि र जन्म दिने आमा स्वर्गभन्दा पनि ठूला हुन् ।

“तिमी मलाई एउटी असल आमा देउ, म तिमीलाई एउटा असल राष्ट्र दिन्छु” । नेपोलियन बोनापार्टको यो भनाई त्यसै आएको छैन । एउटी असल आमाले सिंगो परिवारलाई नै असल, सभ्य शिक्षित र एकताबद्ध बनाउन सक्छिन् । परिवारको स्वास्थ्य, शिक्षा र खानपानदेखि सिगो परिवारलाई सही बाटोमा डो¥याउने काममा अहम भुमिका आमाको नै हुन्छ । परिवारमा मेलमिलाप छाउँदा ंिसंगो परिवारको उन्नतिको ढोका खुल्दछ । धेरै असल परिवार मिलेर नै सभ्य समाज र राष्ट्रको निर्माण हुन्छ । त्यसैले आमाको भूमिका परिवार भित्र मात्रै सीमित छैन । यसरी देखिन्छ– सिंगो राष्ट्र निर्माणमा आमाको गहिरो भुमिका छ । सबै महिलाहरुले आफ्नो श्रीमान, छोराछोरी, बुहारी, नाति– नातिनीहरुको स्वतन्त्रता र आत्म सम्मानको ख्याल गर्दै सिंगो परिवारलाई एकजुट बनाउन सक्ने हो भने यो सिंगो राष्ट्र सुन्दर, शान्त र समृद्ध बन्नेछ । अब यही कुरालाई हरेक आमाहरुले मनन गर्नु पर्दछ ।
नेपाल आमा भएर मात्रै हाम्रा आमाहरुको अस्तित्व छ । यीनी त झन् ठूली आमा हुन् । जसलाई हामी थुक्छौ, कुच्छौ, यीनै माथि उफ्रिन्छौँ, जे गरेपनि सहनशील छन् । कतिबेलै यिनको प्रतिवाद छैन । आमाहरु पनि यस्तै हुन । यस्ती सहनशिल आमाको सम्मान गर्न त हामी सन्तानहरुले जान्नु पर्दछ तर आजको उपभोगवादी दुनियामा मानिसले हरेक कुरालाई उपयोगसंग माात्र जोडेको छ– आवश्यक परुन्जेल उपयोग गर्ने र त्यसपछि फ्याँकिदिने । आजका मानिसमा मन भावनात्मक पक्ष ज्यादै झिनो र कमजोर बन्दै गएको देखिन्छ । आफैलाई पनि चोइटयाउने त्रासबाट नेपाल आमाको पनि सुरक्षा गरौ ।

आजका मानिसले हरेक कुरालाई पैसासंग तुलना गर्दछन् । नाता–सम्बन्ध पनि नाफां र नोक्सानसंग गासिएका छन् । त्यस्तै विदेशी संस्कृतिको आक्रमण र टुट्देै गएको सयुक्त परिबारका कारण पुस्तैनी दुरी बढ्दै गएको छ । अघिल्लो पुस्ताका कुरा पछिल्लो पुस्ताले सुन्न र बुभ्mन पनि नचाहने भैसकेको अवस्था छ । हिजोआज यस्ता समाचार पनि सुनिन्छ– ”एउटी बुढी आमालाई उनैको छोराले तीर्थ गर्ने बहानामा पशुपतिनाथको मन्दिरमा लगे र आमालाई त्यहीँ छाडेर भागे ।“ बुढी आमा बिचल्लीमा परिन् र पशुपतिमा मागेर बाँच्ने कोशिस गर्दैछिन । यस्ता अनेकौँ समाचार सुन्नु र पढ्नु परिरहेको छ । त्यस्ता मानिसले आफनै कर्तब्यलाई बिर्सै ।

समय परिवर्तनशिल छ । हाम्रा आमाहरुले भोग्नुभएको समय र अहिलेको समयमा धेरै परिर्वतन आएको छ । परिवारका नयां पुस्ताले आमाका अनुभवहरुबाट सिकौं । वहाँहरुका राम्रा गुणहरु त्यसै हराएर जान नदिउँ । हरेक आमाले भोग्नु भएका दुख–कष्टहरु नयाँ पुस्ताका लागि संघर्षका इतिहास बनुन् । अभावकाबीचमा पनि कैले बिचलित नहुने पाठ बनुन् । सन्तानहरुलाई सधै चल्लाले जस्तै ढोपेर राख्ने र जीवनलाई अनुभुति दिलाउने आमाहरुका सघर्ष नेपाली समाजका कथा बनुन् ।

जीवन त संघर्षै–संघर्षले भरिएको हुन्छ । एउटा घटनालाई पार लगायो, अर्काे आउादो रहेछ । सामन्ती समाजका अवशेषहरु बाँकी नै छन् । पुजीबादी समाजका विशेषताहरु भित्रिँदै छन् । बुढ्यौली जीवन असुरक्षित र अपमानित बन्दैछ । आमाको सम्झना एक दिन मात्रै गरेर पुग्दैन, बाँचुन्जेल उनीहरुको सम्मान, सुरक्षा र गुणस्तरीय जीवनका निम्ति सबैले सोचौँ ।

आजका छोराछोरीहरले यही कुराको मनन गर्न सकुन् । जीवित छँदै हरेकले आफ्नी आमालाई संसारकै राम्री बनाउन सकौं । उनीहरुको बुढ्यौली जीवनलाई सुरक्षित र सम्मानित राख्न सकौं । आमा तिमी बोट हौ, हामी त्यसका फूल हौं भन्ने भावना सबै सन्तानमा जागोस् । सबै आमाहरुलाई सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना !

5887 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank