अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा एकता र विवाद

सिद्धान्त -बहस

बुधबार, फाल्गुन १८, २०७३



- – मोहन विक्रम सिंह

सडकमा मानिसहरूले सोध्ने गर्दछन् : कम्युनिष्टहरू किन यति धेरै फुट्ने गर्दछन् । उनीहरूका बीचमा किन यति धेरै विवाद हुने गर्दछन् ? यहाँसम्म कि कैयौँ पत्रकार र बुद्धिजीवीहरूले पनि त्यही कुरा उठाउने गर्दछन् । उनीहरूले त्यस प्रकारका फुट वा विवादका कारणहरmलाई सही प्रकारले बुझ्न वा विवादसित सम्बन्धित बेग्लाबेग्लै तर्क मध्ये कुन सही छन् ? त्यो कुरालाई पत्ता लगाउने प्रयत्न गर्नेतिर ध्यान दिन्नन् ।


 

द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादी–लेनिनवादी दर्शनको आत्मा हो । तर त्योभन्दा कैयौँ गुणा बढी त्यो प्रकृति, समाज, जीवन र चिन्तनको एउटा आधारभूत प्राकृतिक नियम हो । प्रत्येक चीजमा द्वन्द्व हुन्छ र द्वन्द्वद्वारा नै विकास हुन्छ । माक्र्सवादी–लेनिनवादी दर्शनको विकास भएको त एकाध शताब्दी मात्र भयो । दर्शनमा भौतिकवादी वा द्वन्द्वात्मक चिन्तनको प्रादुर्भाव भएको पनि बढीमा केही सहश्राब्दी मात्र भयो ।

तर प्रकृतिमा भौतिकवाद वा द्वन्द्ववादको अस्तित्व हजारौँ, लाखौँ, करोडौँ, अरबौँ वर्ष देखि छ । अर्का शब्दमा सृष्टिको प्रारम्भदेखि नै भौतिक तत्वको अस्तित्व रहँदै आएको छ, त्यसमा द्वन्द्व हुँदै आएको छ र त्यो द्वन्द्वको प्रक्रियाद्वारा नै सृष्टिको प्रारम्भ भयो । आकाशका खरबौँ तारामण्डल, सम्पूर्ण विश्व, सौर्यजगत, पृथ्वी, वनस्पति, प्राणी वा मानव जीवनको विकास हुँदै आयो । प्रकृति, समाज वा मानव जीवनको निर्माणको अध्ययनको क्रममा नै दर्शनको विकास भयो । हजारौँ वर्षको त्यस प्रकारको अध्ययनको उच्च वैज्ञानिक र भौतिकवादी रूप द्वन्द्वात्मक भौतिकवादी थियो । दर्शनको क्षेत्रमा विकास हुँदै आएका भौतिकवाद र द्वन्द्ववादलाई समिश्रण गरेर माक्र्सले द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको प्रतिपादन गरे । माक्र्सको महत्वपूर्ण र मौलिक योगदान यो रह्यो कि त्यो दार्शनिक सिद्धान्तलाई उनले इतिहास र समाजको विकास क्षेत्रमा प्रयोग गरे र त्यही ऐतिहासिक भौतिकवाद हो ।

समाज, जीवन वा चिन्तनको प्रत्येक चीजलाई सही परिप्रेक्ष्यमा बुझ्न ऐतिहासिक भौतिकवादले मद्दत गर्दछ । धृतराष्ट्र अन्धा थिए । विदुरलाई दिव्यदृष्टि प्राप्त भएको थियोे । त्यसका आधारमा उनले (विदुरले) सबै चीजलाई देख्न सक्दथे, त्यसको वयान धृतराष्ट्रलाई गर्न सक्दथे र महाभारत युद्धको वयान सविस्तार उनलाई बताउन सक्दथे । त्यो अध्यात्मिक र काल्पनिक कथा थियो । तर ऐतिहासिक भौतिकवादले गत कालमा घटेका वा भविष्यमा घट्ने प्रत्येक चीजलाई सही प्रकारले बुझ्न मद्दत गर्दछ । त्यसका आधारमा हामीले भूत, वर्तमान र भविष्यमा घट्ने घटनाहरूका प्रवृत्तिहरूलाई ठीकसित बुझ्नु सम्भव हुन्छ ।

त्यही आधारमा माक्र्सले खालि समाजको आदिम साम्यवादी युगदेखिको समाजलाई ठीकसित बुझ्न, अतिरिक्त मूल्य र पुँजीवादको सम्पूर्ण संरचनालाई बुझ्न मात्र सकेनन्, पुँजीवादको गर्भमा काम गरेको त्यसको विनास तथा समाजवाद र साम्यवादको स्थापनाबारे पनि सही भविष्यवाणी गर्न सके । पुँजीवादी दार्शनिक, समाजशास्त्री, अर्थशास्त्री आदि सबैले विश्व समाजवादी व्यवस्थाको पतनपछि कम्युनिष्ट आन्दोलनको कुनै भविष्य नभएको बताएका छन् । जसले ऐतिहासिक भौतिकवादबारे ठीकसित बुझ्न सक्दैनन्, उनीहरू त्यसप्रकारका पुँजीवादी तर्कहरmद्वारा प्रभावित हुन सक्दछन् । तर जसले ऐतिहासिक भौतिकवादलाई सही बुझ्दछन्, उनीहरूमा पुँजीवादको अन्त र समाजवादको भविष्यबारे कैल्यै शङ्का रहँदैन । विदुरले झै उनीहरूले विश्वमा समाजवाद कायम भएको र त्यसको साम्यवादतिर सङ्क्रमण भएको कुरालाई आँखाका अगाडि छर्लङ्ग देख्न सक्दछन् । जसलाई द्वन्द्वात्मक भौतिकवादबारे ज्ञान छैन, उनीहरूले त्यसलाई कल्पना वा दिवा स्वप्न ठान्न सक्दछन् ।


द्धन्द्धात्मक भौतिकवादले कुनै चीजलाई त्यसभित्रका गति, द्वन्द्व, परिवर्तन र विकासको प्रक्रिया वा समग्रतामा बुझ्ने प्रयत्न गर्दछ । त्यसले कुनै चीज जस्तो छ, त्यही रूपमा हेर्ने प्रयत्न गर्दछ । एउटा उखान छ, जहाँ रवि पुग्न सक्दैन, त्यहाँ कवि पुग्न सक्दछन् । त्यही कुरा ऐतिहासिक भौतिकवादवारे पनि सत्य हो ।


 

ग्यालिलियोले पृथ्वी स्थिर छैन, घुमिरहेको छ भन्ने मत प्रकट गर्दा कट्टरपन्थीहरूले उनलाई आफ्ना मतको खण्डन गर्न लगाए । तर त्यसरी आफ्नो मतको खण्डन गर्दा पनि उनले गुनगुनाउँदै भनिरहेका थिए : ‘पृथ्वी अहिले पनि घुमिरहेको छ’, ग्यालिलियोको आफ्नै मतको खण्डनले पनि पृथ्वीको गति रोकिएन । त्यही कुरा समाजको परिवर्तनका सन्दर्भहरूबारे पनि सत्य हो । समाजवादका विरोधीले समाजवादको कुनै भविष्य छैन भनेर जति चर्को आवाजले हल्ला गरे पनि समाजको गति समाजवादको दिशामा उन्मुख छ । तर माक्र्सवादी दर्शन वा ऐतिहासिक भौतिकवाद विदुरको दर्शनभन्दा गुणात्मक दृष्टिले नै धेरै माथि छ । विदुरले कुनै घटेको घटनाको मात्र व्याख्या गर्न सक्दथे । तर माक्र्सवादी दर्शनले, माक्र्सले भने झै, यसले घटनाक्रमलाई गति र शक्ति पनि दिने गर्दछ ।

द्वन्द्वात्मक भौतिकवाद वा ऐतिहासिक भौतिकवादको नियमले समाज वा जीवनका अन्य सबै क्षेत्रहरूमा झैं समग्र रूपमा कम्युनिष्ट आन्दोलन र विशेषतः अहिले प्रस्तुत विषय ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा एकता र विवाद’को प्रश्नलाई पनि ठीकसित बुझ्न मद्दत गर्दछ । अधिभूतवाद द्वन्द्वात्मक भौतिकवादका विरुद्धको कुरा हो । अधिभूतवादले प्रत्येक विचार वा कार्यहरूलाई स्थिर रूपमा हेर्ने वा बुझ्ने प्रयत्न गर्दछ । तर द्धन्द्धात्मक भौतिकवादले कुनै चीजलाई त्यसभित्रका गति, द्वन्द्व, परिवर्तन र विकासको प्रक्रिया वा समग्रतामा बुझ्ने प्रयत्न गर्दछ । त्यसले कुनै चीज जस्तो छ, त्यही रूपमा हेर्ने प्रयत्न गर्दछ । एउटा उखान छ, जहाँ रवि पुग्न सक्दैन, त्यहाँ कवि पुग्न सक्दछन् । त्यही कुरा ऐतिहासिक भौतिकवादवारे पनि सत्य हो ।

बाहिरबाट जुन चीज जस्तो देखिन्छ, त्योभित्र कैयौँ तथ्यहरू लुकेका हुन्छन् र तिनीहरूलाई उद्घाटन गर्नुपर्ने आवश्यकता हुन्छ । त्यही कुरा ऐतिहासिक भौतिवादले गर्दछ । अधिभूतवादले कुनै चीजमा भएको पतनशील र उदीयमान पक्ष, विकास तथा विकासको प्रक्रिया, निम्नबाट उच्च रूपमा हुने विकासको प्रकृया समेतलाई ठीकसित बुझ्न सक्दैन । ऐतिहासिक भौतिकवादको दृष्टिकोण त्योभन्दा मौलिक रूपले बेग्लै हुन्छ र त्यसले चीजलाई समग्र रूपमा र द्वन्द्वात्मक रूपले बुझ्ने प्रयत्न गर्दछ । त्यसैले त्यसका आधारमा जुन निष्कर्षमा पुगिन्छ त्यो बढी सही र यथार्थ हुन्छ ।

एङ्गेल्सले यो लेखेका छन् : आम जनताको चिन्तनपद्धति द्वन्द्वात्मक कम र अधिभूतवादी प्रकारको बढी हुन्छ । कुनै चीजलाई द्वन्द्वात्मक वा समग्र रूपमा बुझ्ने प्रक्रिया अपेक्षाकृत जटिल र कठिन हुन्छ । त्यसैले मानिसहरू अधिभूतवादी प्रणालीमा नै बढी अभ्यस्त हुन्छन् । आम रूपमा पाइने अधिभूतवादी चिन्तन कम्युनिष्ट आन्दोलनभित्र पनि प्रसस्त प्रतिविम्बित हुने गर्दछ । त्यसैले कम्युनिष्ट आन्दोलनलाई द्वन्द्वात्मक अर्थमा बुझ्नेभन्दा पनि अधिभूतवादी अर्थमा बुझ्ने प्रवृत्ति प्रसस्त पाइन्छ । त्यस प्रकारको अधिभूतवादी दृष्टिकोण कम्युनिष्ट आन्दोलनसित सम्बन्धित एकता र विवादको प्रश्नमा पनि देखा पर्दछ । त्यो कुरा अन्तर्राष्ट्रिय र राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सन्दर्भमा पनि सत्य हो । विषयलाई हेर्ने त्यो गैर–माक्र्सवादी–लेनिनवादी अवधारणा हो । हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा एकता र विवादको प्रश्नलाई अधिभूतवादी रूपमा होइन, द्वन्द्वात्मक प्रकारले बुझ्ने् प्रयत्न गर्नुपर्दछ ।


केही गुण्डाहरूले कुनै महिलामाथि हातपात गर्ने वा बलात्कार गर्ने प्रयत्न गरे । केही मान्छेहरू महिलालाई बचाउन गुण्डाहरूसित लड्न थाले । उनीहरूका बीचमा चल्ने झगडालाई सम्मिलित रmपले एकै प्रकारले हेर्ने र त्यसलाई पुरै विरोध गर्दछन् भने त्यो कुरालाई सही भन्न सकिन्न । त्यो चीजलाई हेर्ने अभिधूतवादी तरिका हो । हिटलरले अन्य देशहरूमा आक्रमण गर्दछ र अन्य देशहरूले त्यो युद्धका विरुद्ध युद्ध गर्न थाल्दछन् । ती दुवै प्रकारका युद्धहरूलाई एकै प्रकारले विरोध गर्ने वा उनीहरूका बीचमा अन्तर गर्ने ?


सडकमा मानिसहरूले सोध्ने गर्दछन् : कम्युनिष्टहरू किन यति धेरै फुट्ने गर्दछन् । उनीहरूका बीचमा किन यति धेरै विवाद हुने गर्दछन् ? यहाँसम्म कि कैयौँ पत्रकार र बुद्धिजीवीहरूले पनि त्यही कुरा उठाउने गर्दछन् । उनीहरूले त्यस प्रकारका फुट वा विवादका कारणहरmलाई सही प्रकारले बुझ्न वा विवादसित सम्बन्धित बेग्लाबेग्लै तर्क मध्ये कुन सही छन् ? त्यो कुरालाई पत्ता लगाउने प्रयत्न गर्नेतिर ध्यान दिन्नन् ।

एउटा उदाहरण लिउँ । केही गुण्डाहरूले कुनै महिलामाथि हातपात गर्ने वा बलात्कार गर्ने प्रयत्न गरे । केही मान्छेहरू महिलालाई बचाउन गुण्डाहरूसित लड्न थाले । उनीहरूका बीचमा चल्ने झगडालाई सम्मिलित रmपले एकै प्रकारले हेर्ने र त्यसलाई पुरै विरोध गर्दछन् भने त्यो कुरालाई सही भन्न सकिन्न । त्यो चीजलाई हेर्ने अभिधूतवादी तरिका हो । हिटलरले अन्य देशहरूमा आक्रमण गर्दछ र अन्य देशहरूले त्यो युद्धका विरुद्ध युद्ध गर्न थाल्दछन् । ती दुवै प्रकारका युद्धहरूलाई एकै प्रकारले विरोध गर्ने वा उनीहरूका बीचमा अन्तर गर्ने ? ती दुवै कुरालाई एकै प्रकारले हेर्ने वा दुवैलाई समान प्रकारले विरोध गर्ने कार्यलाई सही भन्न सकिन्न । त्यही कुरा कम्युनिष्ट आन्दोलनमा चल्ने फुट र विवादका सन्दर्भमा पनि सत्य हो ।
डा. रायमाझीले राजाको पक्ष लिएपछि अन्य कम्युनिष्टहरूले उनका विरुद्ध विद्रोह गरे । त्यसलाई खालि कम्युनिष्टहरूका बीचमा चल्ने फुट र विवाद भनेर सबैको अवमूल्यन गर्ने वा राजावादी भटकावका विरुद्ध विद्रोहलाई समर्थन गर्ने ? यी दुवै कार्यको वीचमा अन्तर गर्नुपर्दछ । ख्रुश्चेभले संशोधनवादी लाइन लिएपछि माओले त्यसका विरुद्ध संघर्ष गरे । त्यही क्रममा विश्व कम्युनिष्ट आन्दोलनमा फुट पनि भयो । त्यो फुट वा विवादको सैद्धान्तिक कारण के थियो ? त्यसबारे विचार नगरिकन दुवैको विरोध वा अवमूल्यन गर्नु अधिभूतवादी दृष्टिकोण हो । त्यस प्रकारको अधिभूतवादी दृष्टिकोणका आधारमा विश्वमा वा नेपालमा पनि चल्ने कम्युनिष्ट आन्दोलनलाई सही प्रकारले बुझ्नु सम्भव हुन्न ।

यो आम रूपमा सत्य हो कि कम्युनिष्ट आन्दोलनमा देखा परेको विवाद वा फुट विश्व कम्युनिष्ट आन्दोलनको नै एउटा गम्भीर समस्या हो । त्यो कारणले विश्व समाजवादी व्यवस्थाको अन्त भयो भने कैयौँ देशका कम्युनिष्ट आन्दोलनहरू कमजोर भएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको बारेमा पनि त्यो सत्य हो । कम्युनिष्ट आन्दोलनमा देखा परेका विवाद वा फुटहरूका कारणले विश्वको कम्युनिष्ट आन्दोलन झै नेपालको कम्युनिष्ट आन्दोलन पनि धेरै कमजोर भएको छ । प्रश्न यो हो : यो स्थिति कसरी उत्पन्न भयो र त्यसको समाधानको उपाय के हो ?

कम्युनिष्ट आन्दोलनमा देखापर्ने गरेको विवाद वा फुटबारे कम्युनिष्ट आन्दोलनका शुभेच्छुकहरूले प्रसस्त चिन्ता प्रकट गर्ने वा विरोधीहरmले टिकाटिप्पणी गर्ने गरेको पाइन्छ । तर त्यसबारे जुन चिन्ता प्रकट गर्ने वा टिकाटिप्पणी गर्ने गरिन्छ, त्यसको प्रकृति सन्तुलित, व्यवहारिक वा द्वन्द्वात्मक प्रकारको हुनेभन्दा अधिभूतवादी प्रकारको नै बढी हुन्छ । त्यसैले त्यस प्रकारको टिकाटिप्पणी वा आलोचनाहरूबाट चीजलाई सही प्रकारले बुझ्नु वा समाधान गर्नु सम्भव छैन । चीजलाई सही प्रकारले बुझ्न द्वन्द्वात्मक चिन्तन पद्धति अपनाउनु पर्दछ । यो कुराको पहिले नै चर्चा भइसकेको छ कि प्रकृति, समाज, जीवन वा चिन्तनका अन्य क्षेत्रहरूमा झैं कम्युनिष्ट आन्दोलन पनि द्वन्द्वात्मक प्रकारले अगाडि बढ्दै आएको छ । अर्का शब्दमा, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको द्वन्द्वका बीचमा नै विकास हुँदै आएको छ । समाजको इतिहास सधैँ द्वन्द्व र सङ्घर्षका बीचमा हुँदै आएको छ । विश्वको इतिहासमा कुनै देशको कुनै यस्तो काल पाइ“दैन, जहाँ समाज सङ्घर्ष नभइकन अगाडि बढेको होस् । त्यही कुरा कम्युनिष्ट आन्दोलनको सन्दर्भमा पनि सत्य हो ।

प्रकृतिमा लगातार सङ्घर्ष चल्दै आएको छ । प्राणी जगतमा अविरल रूपले नै सङ्घर्ष चलिरहेको हुन्छ । एकातिर प्रकृति र अर्कातिर, मानव समाजमा पनि आदिकालदेखि नै सङ्घर्ष चल्दै आएको छ । समाजको विकासको साथसाथै सङ्घर्षका रूपहरू बदलिन्छन् । तर सङ्घर्षहरू चलिरहन्छन् । समाज साम्यवादी अवस्थामा पुगेपछि मात्र अहिले जुन रूपमा सङ्घर्ष चल्ने गर्दछन्, ती त्यही रूपमा रहने छैनन् । तर त्यो बेला पनि ती नया रूपमा अवश्य पनि अगाडि आउने छन् । समाज वा जीवनका अन्य सबै क्षेत्रहरूमा झैं कम्युनिष्ट पार्टीभित्र पनि एक वा अर्को रूपले सधै“ सङ्घर्ष चलिरहन्छ । रूस र चीनमा समाजवादी व्यवस्था भएपनि विवाद, फुट वा सङ्घर्षको सिलसिला रोकिएन । ती कुराहरूको कहिल्यै अन्त हुन्न । तर ती मध्ये के सही छन् र के गलत छन् ? तिनका बीचमा अन्तर गरेर विकासलाई सही दिशामा अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ ।


लेनिन र स्टालिनको नेतृत्वको रूसको कम्युनिष्ट पार्टी र माओको नेतृत्वको चीनको कम्युनिष्ट पार्टीको इतिहास पनि लगातारको अन्तरसङ्घर्ष वा फुटले भरिएको छ । संसारका सबै देशहरूका कम्युनिष्ट पार्टीहरूको त्यही प्रकारको इतिहास रहेको छ । नेपालको कम्युनिष्ट पार्टीको इतिहास पनि त्यसबाट अपवाद छैन ।


 

कुनै बेला गलत पक्ष बढी शक्तिशाली भयो भने सही दिशामा विकास हुन सक्दैन । त्यसकारण सही विचारका आधारमा विकासलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । त्यसैले निर्णयात्मक महत्वको कुरा यो हो ः कुनै खास बेलामा सही विचार अगाडि बढद्छ वा गलत ? सही विचारले नै चीज वा विकासक्रमलाई अगाडि बढाउन मद्दत गर्दछ, अन्यथा परिणाम प्रत्युत्पादक हुन्छ । चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति सफल भएको भए त्यहाँ समाजवादको विकासको प्रक्रिया अगाडि बढ्दथ्यो । त्यो असफल भयो ।

परिणामस्वरूप त्यहाँ पुँजीवादको पुनस्र्थापना भयो । रूसमा स्तालिनको नेतृत्वदायी भूमिका हुँदासम्म त्यहाँ समाजवादको विकास अगाडि बढ्यो र त्यहाँ साम्यवादतिर जाने सम्भावना देखापरेको थियो । खु्रश्चेव र संशोधनवादीहरूको प्रभाव बढेपछि त्यहाँ पुँजीवादको पुनस्र्थापना भयो । कुनै देशमा सही वा गलत विचार मध्ये कुन शक्तिशाली हुन्छ ? त्यसले परिणाममा कति अन्तर ल्याउँछ ? त्यसका कैयौं उदाहरणहरm हाम्रा अगाडि छन् । हिटलरको फासीवादी विचार शक्तिशाली भएपछि जर्मनीमा र विश्वमा पनि कुन प्रकारको परिस्थिति तयार भयो ? इतिहास त्यसको साक्षी छ । यी केही उदाहरणहरmबाट इतिहासका प्रत्येक कालमा र कम्युनिष्ट आन्दोलनमा पनि सही विचारले धेरै नै महत्व राख्दछ भन्ने कुरामा कुनै शंका रहन्न । तर समस्या के छ भने सबै गलत विचारले पनि आफूलाई सही नै बताउँछन् । जुन बेला उनीहरू गलत छन् भन्ने ज्ञान हुन्छ, त्यो बेलासम्म धेरै नै ढिलो भइसकेको हुन्छ ।

माक्र्स–एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र तयार पारेपछि नै कम्युनिष्ट आन्दोलनको विकास सुरु भयो, यद्यपि त्यसको ऐतिहासिक पृष्ठभूमि लामो छ । विश्वको इतिहासमा लामो समयदेखि चल्दै आएको वर्गसङ्घर्ष, उत्पादक शक्तिहरmको उच्च रुपमा विकास तथा दार्शनिक र बौद्धिक विकासको लामो पृष्ठभूमिमा नै माक्र्सवादको जन्म भएको थियो । तर कम्युनिष्ट आन्दोलनको जन्मकालदेखि नै त्यसमा लगातार विभिन्न प्रकारका विवाद र सङ्घर्षहरू चल्दै आएका छन् । त्यस प्रकारको आपसी सङ्घर्षका कारणले नै कम्युनिष्ट लीगको विघटन भयो । प्रथम अन्तर्राष्ट्रियको कालमा पनि कैयौं समूहहरू थिए । एउटा माक्र्सवादीहरूको समूह थियो भने बाकुनिनवादी, पु्रधोवादी, लासलवादी आदि करिब एक दर्जनभन्दा बढी समूहहरू पनि थिए । अन्तमा उनीहरूका बीचको अन्तरसङ्घर्षका कारणले नै प्रथम अन्तर्राष्ट्रियको विघटन भयो ।

आपसका मतभेद र अन्तरसङ्घर्षका कारणले नै द्वितीय अन्तर्राष्ट्रियको पनि विघटन भयो । त्यो बेला विश्वमा नै समाजवादी क्रान्तिको सफलताका लागि वस्तुगत र आत्मगत परिस्थितिको निर्माण भएको थियो । त्यो बेला द्वितीय अन्तर्राष्ट्रियको नेतृत्व गरिरहेको जर्मनीको पार्टी र त्यसका नेता काट्रस्कीले अपनाएको गलत नीति वा उनको गद्दारीका कारणले त्यो बेला विश्वमा समाजवादी क्रान्तिको परिस्थिति तयार हुनुका बाबजुद विश्व समाजवादी क्रान्ति सफल हुन सकेन र खालि लेनिनले सही नीति अपनाएको हुनाले नै रूसमा मात्र समाजवादी क्रान्ति सफल भयो ।

लेनिन र स्टालिनको नेतृत्वको रूसको कम्युनिष्ट पार्टी र माओको नेतृत्वको चीनको कम्युनिष्ट पार्टीको इतिहास पनि लगातारको अन्तरसङ्घर्ष वा फुटले भरिएको छ । संसारका सबै देशहरूका कम्युनिष्ट पार्टीहरूको त्यही प्रकारको इतिहास रहेको छ । नेपालको कम्युनिष्ट पार्टीको इतिहास पनि त्यसबाट अपवाद छैन । हाम्रो पार्टीको इतिहास पनि लगातारको विवाद, अन्तरसङ्घर्ष वा फुटले भरिएको छ । तर त्यस प्रकारका विवाद, सङ्घर्ष वा फुटहरूको महत्वपूर्ण सकारात्मक पक्ष वा योगदान पनि रहेको छ । माक्र्स र एङ्गेल्सले त्यो बेलाका विभिन्न अराजकतावादी वा दक्षिणपन्थी विचारहरूका विरुद्ध कडा र सम्झौताहीन सङ्घर्ष नगरेको भए माक्र्सवादी सिद्धान्तको विकास हुने थिएन ।

लेनिनले लेनिनवादी ढाँचामा कम्युनिष्ट पार्टीको निर्माणका लागि पनि कडा सैद्धान्तिक र सङ्गठनात्मक सङ्घर्ष गर्नुपरेको थियो । त्यसो गर्दा त्यहाँको कम्युनिष्ट पार्टीमा फुट पनि भएको थियो । ट्राटस्कीले एउटा देशमा मात्र समाजवादको निर्माणलाई गद्दारी बताएका थिए । स्टालिनले त्यसप्रकारको सोचाइको विरुद्ध सङ्घर्ष नगरेको भए रूसमा समाजवादी व्यवस्थाको निर्माण हुन सक्ने थिएन । फासिवादको विरुद्ध साम्राज्यवादीहरूसित संयुक्त मोर्चाको क्रममा ट्राटस्कीले स्तालिनको कडा आलोचना गरेका थिए । त्यस प्रकारका विचारहरूको विरुद्ध सङ्घर्ष गरेर संयुक्त मोर्चाको नीतिलाई अगाडि बढाउन नसकेको भए विश्वयुद्धमा फासिष्ट जर्मनीलाई पराजित गर्न र सोभियत सङ्घको रक्षा गर्न सम्भव हुने थिएन ।


नेपालको कुरा गर्ने हो भने रायमाझीको राजावादी नेतृत्वका विरुद्ध विद्रोह नगरेको भए सम्पूर्ण पार्टी राजावादी क्याम्पमा पुग्दथ्यो र रायमाझी गुटको जसरी विघटन भयो, त्यसरी कम्युनिष्ट पार्टीको पनि विघटन हुन्थ्यो । पछि हाम्रो पार्टीले उग्रवामपन्थी र दक्षिणपन्थी भड्काव, राजापरस्त, काङ्ग्रेसपरस्त सोचाइहरm, मध्यपन्थी अवसरवाद, रूसी संशोधनवाद, चीनीयाँ संशोधनवाद, रिमको नवट्राटस्कीवाद आदिका विरुद्ध सङ्घर्षहरूबाट पनि पार्टीको क्रान्तिकारी चरित्रलाई कायम राख्न धेरै नै मद्दत पुगेको छ ।


 

संक्षिप्तमा यी कुराहरूको यो निष्कर्ष हुन्छ कि कम्युनिष्ट आन्दोलनमा सही विचारधारका आधारमा चल्ने सैद्धान्तिक सङ्घर्ष वा कतिपय अवस्थामा फुट वा विद्रोहको पनि ठूलो अर्थ वा महत्व हुन्छ । तर अधिभूतवादी चिन्तनले चीजहरूलाई यसरी सही, विश्लेषणात्मक वा द्वन्द्वात्मक अर्थमा बुझ्ने क्षमता राख्दैन र एकतर्फी रmपमा सबै कम्युनिष्ट आन्दोलन भित्रका सबै विवाद, संघर्ष वा फूटहरmलाई गलत मान्दछ ।

समाजमा चल्ने सबै द्वन्द्व, सङ्घर्ष वा युद्धहरूलाई निरपेक्ष रूपले गलत वा सही भन्न सकिन्न । त्यसभित्र चल्ने अन्तरसङ्घर्ष, सङ्घर्ष वा फुटका प्रकृति पनि सही वा गलत हुन सक्दछन् । कुनै सङ्घर्ष वा फुटको प्रकृति गलत वा सही के हो ? त्यसबारे बेग्लाबेग्लै पक्षका सोचाइहरू बेग्लाबेग्लै हुन्छन्, त्यस अनुसार कुनै एउटा पक्षले जुन कुरालाई गलत ठान्दछ, अर्को पक्षले त्यसलाई सही भन्न सक्दछ ।

आज जर्मनीमा कतिपय नाजिवादी तत्वहरू छन्, जसले हिटलरको फासिष्ट नीति सही भनेर समर्थन गर्दछन् । पृथ्वीनारायण शाहद्वारा नेपालमा गरिएको एकीकरणको ऐतिहासिक महत्व छ । उनले त्यसो नगरेको भए नेपाल अङ्ग्रेजको शासनमा जान्थ्यो । उनी कुनै क्रान्तिकारी थिएनन् । उनले नेपालको एकीकरण राज्यको विस्तारको सामन्ती उद्देश्यले प्रेरित भएर नै गरका थिए । तैपनि उनको कामको ऐतिहासिक र सकारात्मक महत्व छ । उनको त्यो कार्य त्यस्तै हो, जस्तो कि जर्मनीमा विश्मार्कको, इटालीमा गैरिवाल्डीको एकीकरणको कार्य थियो । तर अब जर्मनी वा इटालीमा कसैले पनि उनीहरूको त्यो कार्यलाई गलत बताएर त्यसको विरोध गर्ने वा उनीहरूले गरेको एकीकरणलाई भङ्ग गरेर ती देशहरूलाई विखण्डन गर्ने कुरा गर्दैनन् । त्यसो गरेमा त्यो इतिहासको गतिलाई पछाडि फर्काउनु हुनेछ । रूसको विशाल राज्यको निर्माण पनि युद्धद्वारा नै गरिएको थियो र विशाल भारत राज्यको एकीकरण पनि ब्रिटिस साम्राज्यवाद अन्तर्गत नै भएको थियो । तर अब ती देशहरूमा पूर्व एकीकरणको अवस्थामा लैजाने प्रयत्न गरियो भने त्यहा“को स्थिति के हुनेछ ?

आज देशमा पृथ्वीनारायण शाहको एकीकरणको कार्यलाई गलत बताउने मानिसहरू पनि थुप्रै पाइन्छन् । कैयौँ प्रतिक्रियावादी शक्तिहरूले पनि प्रगतिशील काम गरेका हुन्छन् तैपनि माक्र्सवादी–लेनिनवादीहरूले उनीहरmका प्रगतिशील कार्यहरmको समर्थन गर्दछन् । हेगेल राजावादी र प्रतिक्रियावादी थिए । तर त्यो कारणले उनको द्वन्द्ववादको सिद्धान्तलाई अपनाउन माक्र्स हिचकिचाएनन् । माक्र्सले हेगल जस्ता प्रतिक्रियावादीको द्वन्द्ववादको सिद्धान्त अपनाएकाले बाकुनिनले माक्र्सको आलोचना गरेका थिए । जङ्गबहादुर प्रतिक्रियावादी भए पनि उनले सतीप्रथाको जुन उन्मुलन गरे त्यो कार्यलाई गलत भन्न सकिन्न । चन्द्र शमसेर निरङ्कुश र प्रतिकृयावादी भए पनि उनीद्धारा कमारा–कमारी प्रथाको अन्त प्रगतिशील र सकारात्मक कार्य थियो । राजा महेन्द्र प्रतिक्रियावादी भए पनि उनले कोदारी र पूर्वपश्चिम राजमार्गको निर्माण गरेको कार्यलाई हामीले गलत भनेनौँ ।

नेपालमा राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भयो । तर राजावादीहरूले नेपालमा गणतन्त्र होइन, राजतन्त्रलाई नै सही मान्दछन् र राजतन्त्रको पुनस्र्थापनामा जोड दिन्छन् । तर यसप्रकारका परस्पर विरोधी विचारहरm देखा परे पनि बेग्लाबेग्लै पक्षहरmको मूल्यांकन वा विश्लेषण गरेर के कुरा सही हो वा गलत हो ? त्यो कुरा छुट्याउनु पर्दछ । त्यही कुरा कम्युनिष्ट आन्दोलनका सन्दर्भमा पनि सत्य हो । त्यस अनुसार नै कम्युनिष्ट आन्दोलनमा देखा पर्ने विवादहरmलाई तिनीहरू जुन रूपमा हाम्रा अगाडि आउ“छन्, त्यसका आधारमा होइन, तिनीहरूबारे विश्लेषणात्मक आधारमा विचार गरेर नै कुन सही छन् वा गलत छन् ? त्यो कुरा छुट्टाउनु पर्दछ ।

उपरोक्त प्रकारको पृष्ठभूमिमा हामीले नेपालको कम्युनिष्ट आन्दोलनसित सम्बन्धित एकता र विवादका प्रश्नबारे पनि केही विचार गर्नुपर्ने आवश्यकता छ । नेपालको कम्युनिष्ट आन्दोलनमा भएका बेग्लाबेग्लै देखापरेका विवाद र फुटहरूका सन्दर्भमा तिनीहरूको बीचमा एकता कायम गर्नुपर्ने आवश्यकतामा पनि जोडदार रूपले विचार उठ्ने गरेका छन् । तर एकताको प्रश्नलाई निरपेक्ष, यान्त्रिक वा अधिभूतवादी अर्थमा बुझने गल्ति गर्नु हुन्न । उनीहरूका बीचका मतभेदहरूका कारणहरू के हुन् ? तिनीहरूको सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक प्रकृतिका बीचमा के अन्तर छ ? त्यसबारे स्पष्ट हुनुपर्दछ । उक्त प्रश्नहरूसित सम्बन्धित मूलभूत मान्यताहरूमा स्पष्टता वा वैचारिक एकता नभइकन पार्टी एकता कायम भयो भने त्यसबाट एकतालाई सही रूपमा स्थापित गर्न वा सुदृढ पार्न सकिदैन । त्यो कुरा हाम्रो पार्टी र एकताकेन्द्रका बीचमा भएको एकता असफल भएको र पुनः विभाजन भएको कुराले पनि बताउँछ ।
कतिपय बेलामा विभिन्न पक्षहरूका बीचमा मूलभूत सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक विषयहरूमा विचार नगरिकन नेतृत्व वा पदहरmबारे उपरी प्रकारले समझदारी कायम गरेर पनि पनि एकता गर्ने गरिन्छ । तर त्यसबाट वास्तविक रूपमा एकता कायम हुन वा सही अर्थमा कम्युनिष्ट पार्टीको निर्माण हुन सक्दैन । कम्युनिष्ट पार्टीको आवश्यकता क्रान्तिकारी सैद्धान्तिक वा राजनीतिक उद्देश्य पूरा गर्नको लागि नै हुन्छ वा हुनुपर्दछ । त्यो पक्षलाई उपेक्षा गरेर गरिने एकताले कम्युनिष्ट आन्दोलनमा कुनै अर्थ राख्दैन । तसर्थ त्यसबाट कम्युनिष्ट आन्दोलनलाई मद्दत नपुग्ने मात्र होइन, त्यसको परिणाम प्रत्युपादक हुन्छ ।

पार्टी एकताको सन्दर्भमा यो प्रश्नले पनि गम्भीर अर्थ राख्दछ ः कोे सही अर्थमा कम्युनिष्ट हो र होइन ? कम्युनिष्ट नाम राखेकाले मात्र सबैलाई कम्युनिष्ट भन्न सकिन्न । लामो समयसम्म डा. केशरजङ्ग रायमाझीले पनि आफ्नो सङ्गठनलाई कम्युनिष्ट पार्टी नै बताए । तर अब त्यो सबैका लागि प्रष्ट भइसकेको छ, उनको सङ्गठन कम्युनिष्ट पार्टी थिएन । २० औँ महाधिवेशनपछि रूसको पार्टीले पनि कैयौँ समयसम्म आफ्नो सङ्गठनलाई कम्युनिष्ट पार्टी बताइरह्यो । तर पछि स्पष्ट भयो, त्यो कम्युनिष्ट पार्टी थिएन र औपचारिक रूपले नै त्यसलाई विघटन गरियो । नेपालमा जसले आफूलाई कम्युनिष्ट पार्टी बताउँछन्, के ती सबै यथार्थमा कम्युनिष्ट पार्टी हुन् ?

त्यसबारे पनि उनीहरmसित सम्बन्धित सबै पक्षहरूमाथि ध्यान दिएर विचार गर्नुपर्ने आवश्यकता छ । यो कुरा बेग्लै हो कि ती सबैले आफूलाई कम्युनिष्ट पार्टी नै बताउँछन् । तर त्यो छुट्टाउनका लागि कुनै सर्वमान्य मापदण्ड छैन । त्यसैले त्यो अन्तर गर्न गम्भीर समस्या छ । त्यो समस्याको समाधान शायद समयको विकासका साथै हुनेछ, जस्तै कि रायमाझी र रूसको पार्टीहरूका सन्दर्भमा भयो ।

जो वास्तवमा कम्युनिष्ट होइन, त्योसित पनि पार्टी एकता गरियो भने त्यसका परिणाम कस्तो होला ? कम्युनिष्ट पार्टीसित असम्बन्धित वा पार्टीका शुभेच्छुकहरूले त्यसबारे आफ्नो राय दिनु सजिलो छ । तर बाह्य र उपरी प्रकारले कुरा जति सामान्य देखिन्छ, वास्तवमा कुरा त्योभन्दा कैयौँ गुणा कठिन र गम्भीर छ ।

निश्चय नै जोसित तुरुन्त पार्टी एकता गर्नका लागि आधार तयार भएको छैन, उनीहरूसित पनि पारस्परिक सहमति हुने विषयहरूमा कार्यगत एकता गर्न सकिन्छ । त्यसरी पार्टी एकताबारे हामीले अत्यन्त कडा नीति अपनाउनु पर्दछ । कार्यगत एकताबारे लचिलो नीति अपनाउनु पर्दछ र हामीले त्यसो गर्दै पनि आएका छौँ ।

कतिपय मानिसहरूले खालि पार्टी सानो भएकाले ठूलो बनाउनका लागि पार्टी एकता सम्बन्धी खुकुलो नीति अपनाउने कुरामा जोड दिन्छन् । पार्टीको सङ्गठनलाई ठूलो, व्यापक र शक्तिशाली बनाउन जोड दिनुपर्दछ । तर ठूलो बनाउने क्रममा त्यसको माक्र्सवादी–लेनिनवादी चरित्र नै समाप्त हुने वा त्यसबाट विचलन हुने स्थिति भयो भने के त्यो कम्युनिष्ट आन्दोलनको हितमा हुनेछ ? आफ्नो सङ्गठनलाई ठूलो बनाउने नाममा एमाले र माओवादी केन्द्रले उदार र खुला प्रवेशको नीति अपनाए । त्यसबाट उनीहरmको सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक चरित्रमा कति धेरै धराशयी भयो ? त्यो आम रूपमा थाहा भएको कुरा हो । ठूलो सङ्गठन बनेको कुरामा उनीहरूले आत्मसन्तुष्टि गर्न सक्दछन् । तर त्यसो गर्दा माक्र्सवादी–लेनिनवादी चरित्रबाट उनीहरू कति टाढा भएका छन् ? त्यसबारे उनीहरूको कम ध्यान गएको छ वा शायद अब त्यसबारे विचार गर्ने क्षमता पनि उनीहरूमा बाँकी रहेको छैन ।

ठूलो सङ्गठन बनाउने नाममा कम्युनिष्टहरू कहाँ सम्म जान सक्दा रहेछन् ? त्यसको अर्को ज्वलन्त उदाहरण नयाँ शक्ति पार्टी हो । उनीहरूले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई पूरै तिलाञ्ज्ली दिएर सबै प्रकारका मानिसहरूलाई आफ्नो सङ्गठनमा सामेल गर्दै गइरहेका छन् । अब खालि माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरू मात्र होइन, राष्ट्रियतालाई गौण बनाएर पृथकतावादी वा राष्ट्रिय विखण्डनका पक्षपाती संगठन सित पनि एकता गर्ने वा उनीहरूलाई आफ्नो सङ्गठनमा खुला प्रकारले सामेल गर्ने नीति अपनाएका छन् । ठूलो पार्टी वा शक्ति बनाउने कार्यलाई अनियन्त्रित रूपले अगाडि बढाउँदा कम्युनिष्ट पार्टीको कति धेरै पतन हुन सक्दो रहेछ ? नयाँ शक्ति पार्टी त्यसको एउटा ज्वलन्त उदाहरण हो ।

कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनलाई सही क्रान्तिकारी वा माक्र्सवादी–लेनिनवादी रुपमा कायम राख्नका लागि कम्युनिष्ट आन्दोलनमा एकताका नाममा देखा परेका त्यस प्रकारका सबै विकृतिहरूबाट बच्नु पर्दछ । अर्को शब्दमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका साथ नेपालको कम्युनिष्ट आन्दोलनमा पनि एकता र विवादको प्रश्नमा द्वन्द्वात्मक वा माक्र्सवादी–लेनिनवादी तरिकाले बुझ्ने र अपनाउने प्रयत्न गर्नुपर्दछ । कम्युनिष्ट आन्दोलनमा एकताको प्रश्नले धेरै नै महत्व राख्दछ र त्यसका लागि हामीले पूरा प्रयत्न गर्नुपर्दछ तर त्यो कार्य हामीले सही सिद्धान्त राजनीतिक लाइन र माक्र्सवादी लेनिनवादी संगठनात्मक पद्दतिका आधारमा नै पूरा गर्ने प्रयत्न गर्नु पर्दछ । अनि नै त्यसबाट कम्युनिष्ट पार्टी र क्रान्तिकारी आन्दोलनलाई मद्दत पुग्न सक्दछ ।

(नेकपा मशालका महामन्त्री सिंहले गत पुषमा काठमाडौँमा सम्पन्न कार्ल माक्र्स द्धिशतवार्षीकीमा उनका तर्फबाट उनको पार्टीका नेता योगेन्द्र ढकालले प्रस्तुत गरेको कार्यपत्र)

884 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank