मन्त्रीको अठोटः सिण्डिकेट तोड्छौँ, पायक पर्ने ठाउँसम्म लिफ्ट दिई सहयोग गर्नुस्

शुक्रबार, बैशाख २१, २०७५



- रघुबीर महासेठ भौतिक पूर्वाधार तया यातायातमन्त्री

खारेज भइसकेको यातायातको सिण्डिकेट पुनः लागु गर्छु भनेर कसैले पनि नसोचे हुन्छ । केही यातायात व्यावसायीले सवारी साधनजस्तो अत्यावश्यक सेवा बन्द गराउन खोज्नु उनीहरूकै अहितमा छ ।  यात्रुले पक्कै दुःख पाएका छन् । मैले त्यसलाई राम्रोसँग बुझेको छु । तर, सिण्डिकेट अन्त्य गर्ने अभियानमा यात्रुले सरकारलाई पूर्ण साथ दिएका छन् । आफू जाने गन्तब्यसम्म आफ्नो सवारीमा अट्ने यात्रु राखेर आफूलाई पायक पर्ने ठाउँसम्म लिफ्ट दिई सहयोग गर्नुस् अरु सिन्डिकेट तोड्ने काम हामी गर्छौ । अव मुलुकमा सिण्डिकेट रहँदैन ।

असार पछाडि यातायातका संघसंस्थाहरू रहँदैनन् । कम्पनी ऐन अन्तर्गत यातायातका साधन दर्ता गरेर संचालन गर्न सकिनेछ । संघसंस्थालाई मोटो रकम दिएर चलाउनुपर्ने बाध्यता अव रहँदैन । सच्चा यातायात व्यावसायीले शुक्रबार पनि गाडी चलाएका छन् । तर, जसले बीचमा बसेर चलखेल गरिरहेको थिए, उनीहरू भने भाग खोसिने डरले हडतालको नाममा चालक, सहचालक र यात्रुलाई सास्ती दिइरहेका छन् । सरकार आफ्नो अडानमा स्पष्ट छ, जनताको पक्षमा सरकारले काम गर्ने हो । आम व्यावसायी र यात्रुको हितमा सिण्डिकेट हुनैसक्दैन । त्यो खारेज भइसक्यो, अव जसले जे गरेपनि सिण्डिकेट आउँदैन, कानुन विपरित गर्नेहरूलाई सरकारले कानुनी दायरामा ल्याउँछ ।

मलाई अहिले पनि विश्वास छ–यातायात व्यावसायीहरूले आन्दोलन फिर्ता लिनेछन् र कम्पनी ऐन अनुसार आफ्ना यातायातका साधन सञ्चालन गर्नेछन् । अव कम्पनी ऐनको विकल्प छैन् । सिण्डिकेटको अन्त्य र कम्पनी ऐन अनुसार यातायातका साधन संचालन गर्नुपर्ने सरकारी निर्णयलाई स्वीकारेर आउनुहोस, बाँकी विषयमा के–के समस्या छन खुलस्त भन्नुहोस । समस्याको समाधान गर्न सरकार तयार छ । तर, नियमकानुनभन्दा बाहिर जाने कोसिस नगर्नुहोस् । सरकार कानुनी राज्यको पक्षमा छ ।

324 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank