निरर्थक जनयुद्धका छदमभेषीहरुलाई पत्तासाफ गरौं

सोमवार, फाल्गुन २, २०७३

loading...


जनयुद्धको उदगम र समापन दक्षिण छिमेकको रुचि, रोजाई र रोडम्याप अनुरुप भैदिएको नांगो सत्यले भन्न करै लाग्छ, भारतीय ईशाराको कथित जनयुद्ध नेपाललाई कमजोर पार्ने दिल्लीको झेल्ली थियो भने माओवादी क्रान्तिको मुुकुुण्डो भिरेका प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य र बादलहरु तिनका अस्थायी खेताला मात्रै थिए ।

 

ठीक २२ बर्ष अघिको फागुन १ बाट बन्दुुकको नालबाट साम्यवादी सत्ता स्थापना गरी देश बदल्ने कसम खाएर हतियार युद्धमा देशलाई दशकसम्म होम्ने तत्कालिन माओवादीका सुुप्रिमो प्रचण्ड २२ औं वर्षमा फेरि देशको कार्यकारी सरकार प्रमुखमा बिराजमान छन । तर बितेको दशक लामो जनयुद्ध होस वा शान्ति संझौतापछिका कालखण्ड कुनै पनि अवधिमा जनताले सुख, शान्ति र सम्वृद्धिको अतृप्त तृष्णा पुरा गर्न पाएका छैनन । त्यसैले सीमित मोआवादी तप्काका लागि महान भनिएको जनयुद्ध आम जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मातको आख्यान सरह भएको छ भन्दा अतिशयोक्ति हुुने छैन ।


देश बदल्ने कसम खाएर जनताको ठूलो तप्कालाई बलिदानी गर्न विवश पारेका माओवादी व्यानरको तथाकथित युद्ध खेतीको उत्पादनका रुपमा केवल नयाँ धनवादी शक्तिको उदय नै समग्र जनयुद्धको उपलव्धी भएको तथ्य सुुन्नमा कठोर लागे पनि वर्तमानको सत्य हो ।


 

सिद्धान्ततः माओवादीले तीन पट्क कार्यकारी सरकार प्रमुख भएर सत्तायात्रा गरेको र सत्ता सहयोगीका रुपमा पनि पट्क पट्क सत्तामा रहेका कारण माओवादीको सत्ताकालिन यात्राको तराजुुमा नाप्ने हो भने उसको जनयुद्ध सफल मानिएला । तर जनताको जनवादी सत्ता स्थापनार्थ भन्दै १७ हजार बढी निहत्था जनताको रगतमाथि होली खेलिएको जनयुद्ध हात्ति आयो हात्ति आयो फुुस्सा शिवाय केही सावित नभएको नै कटुु धरातलीय यथार्थ हो । देश बदल्ने कसम खाएर जनताको ठूलो तप्कालाई बलिदानी गर्न विवश पारेका माओवादी व्यानरको तथाकथित युद्ध खेतीको उत्पादनका रुपमा केवल नयाँ धनवादी शक्तिको उदय नै समग्र जनयुद्धको उपलव्धी भएको तथ्य सुुन्नमा कठोर लागे पनि वर्तमानको सत्य हो ।


तत्कालिन जनयुद्धका कमाण्डर, सत्तानायक प्रचण्डले नै ती आयोगलाई आफ्नै प्रधानमन्त्रीत्वकालमा पंगुु र निकम्मा बनाउन जानीजानी भुमिका खेलिरहेका छन ।


 

देश बदल्ने कसम खाएका माओवादीहरु जसै जसै आफै बदलिदै गए, त्यसै महान भनिएको जनयुद्ध बेकार र वाहियात मात्रै सिद्ध भैरहेको छैन, त्यो केवल सत्तामा जाने मुर्खतापूर्ण अभ्यास मात्रै थियो भन्ने पनि समयक्रमले पुष्टि गरेको छ । यस अर्थमा माओवादी जनयुुद्धको वीरता, बलिदान वा उपलव्धी क्रमशः स्खलित छन, उपादेयतामाथि हजारौं हजार अनुुत्तरित प्रश्नहरुका पहाड छन ।
सरकारले वेपत्ता छानविन तथा सत्य निरुपण आयोगको दुुई वर्षे उपलव्धीबिहिन कार्यकाल सकिन एकाध घण्टा मात्रै बाँकी हुदा बिहिबार आकस्मिक मन्त्रीपरिषद वैठक मार्फत १ वर्षे म्याद थप गरयो । तत्कालिन जनयुद्धका कमाण्डर, सत्तानायक प्रचण्डले नै ती आयोगलाई आफ्नै प्रधानमन्त्रीत्वकालमा पंगुु र निकम्मा बनाउन जानीजानी भुमिका खेलिरहेका छन । जनयुद्ध त बेकार थियो थियो शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउने प्रचण्ड वाचा पनि मिथ्या थियो भने संकेत ती दुुई आयोगहरुको निष्प्रभावी भुमिका र काम व्यवहारले सिद्ध गर्छ । प्रत्यक्ष वा परोक्ष रुपमा त्यसका मतियारका रुपमा प्रधानमन्त्री प्रचण्ड नै देखा पर्नुु पनि जनयुद्धको आलोकमा खोजिएको वृहत शान्तिको राजनीतिक खिल्लीटिउरी नै हो ।

२०५२ फागुन १ देखि २०७३ फागुन १ सम्मको समयम देशलाई माओवादी व्यानरका सत्तालिप्सावादीहरुको निरर्थक प्रयोगशाला बनाईयो भन्दा शायद अतिशयोक्ति हुने छैन । यस विचमा जति पनि राजनीतिक परिवर्तनहरु भए ती माओवादी व्यानरमा सत्तामा जान रचिएका वैध अवैध खेल मात्रै सावित भएकै कारण देशले २२ वर्षे लामो अवधि कथित संघर्ष र कथित संक्रमणका वीच गजार्नु परेको तितो सत्यले भन्छ जनयुद्ध केही नेताको लहडी भुलको क्षतीपूर्ण सकस थियो । जनयुद्धका बेला विकास ठप्प पारेर जनधनको अपुुरणीय क्षती गराउने माओवादीले राष्टियताको चर्को नारा उछालेर बाहय हस्तक्षेपका लागि रातो कार्पेट बिछयाएकै कारण आज देशको सार्वभौमिकतामाथि स्थायी प्रश्नहरु उठ्न थालेका छन ।


कथित जनयुद्धः२ को आँधीबेहरी  सृजना गर्ने उदघोष सहितका विप्लव वाणीहरु वा नयाँ प्रजातान्त्रिक मसिहा सावित हुने डा. बाबुुराम भट्टराईको छदमभेष खासमा जनता र देशप्रतिका नयाँ शैलीका झुट र बेईमानीका परिवर्तित रुप मात्रै हुन ।


 

जनयुद्धको उदगम र समापन दक्षिण छिमेकको रुचि, रोजाई र रोडम्याप अनुरुप भैदिएको नांगो सत्यले भन्न करै लाग्छ, भारतीय ईशाराको कथित जनयुद्ध नेपाललाई कमजोर पार्ने दिल्लीको झेल्ली थियो भने माओवादी क्रान्तिको मुुकुुण्डो भिरेका प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य र बादलहरु तिनका अस्थायी खेताला मात्रै थिए । जनबादको नाराबाट धनबादको बाटोको अग्र यात्री बनेका माओवादीले देशका सबै अंगहरुलाई तरंगित र त्रसित बनाए । फलतः देश अझैं राजनीतिक संकटको भुुमरीबाट माथि उठन र उम्कन सकेको छैन । संविधानसभाका प्रयोगहरु र त्यसबाट करीब ८ बर्षपछि मात्रै बनाएको संविधान नै अहिले दलीय ध्रुुवीरकणको कारक बन्न पुग्नुु नै माओवादी जनयुद्धको देन भएको परिप्रेक्ष्यमा त्यो आन्दोलन मात्रै मिथ्या सावित भएको छैन, देशले अरु दुख पाउने कारण बनिरहेको छ ।

यसअर्थमा त्यो देशको हितका लागि थिएन भन्ने स्वयंसिद्ध भैसकेको छ । सत्तामा जादा फुुट्ने र देश र जनताका पक्षमा कुनै सिन्को भाँच्न नसक्ने माओवादीहरुले अहिले नेता अनुसारका परक फरक वाम पार्टी पसल चलाएर अझै पनि कथित क्रान्तिका रोमान्सहरु सुनाउन र जनतालाई झुुक्याउन भुलेका छैन्न । कथित जनयुद्धः२ को आँधीबेहरी  सृजना गर्ने उदघोष सहितका विप्लव वाणीहरु वा नयाँ प्रजातान्त्रिक मसिहा सावित हुने डा. बाबुुराम भट्टराईको छदमभेष खासमा जनता र देशप्रतिका नयाँ शैलीका झुट र बेईमानीका परिवर्तित रुप मात्रै हुन ।

मोहन वैद्यहरुको कोठे क्रान्ति वा विप्लवहरुको चन्दा क्रान्ति भन्दा पनि खतरनाक अहिले डा. बाबुरामहरुको नामै मात्रैको कथित नयाँ शक्तिको आवरणका राजनीतिक अभ्यास हो । हजार बिरालोको भोजन गरेर हज यात्री बनेको चतुर बिरालोको भेष र शैलीमा डा. बाबुरामले प्रजातन्त्रको खोल ओढेर फेरि जनतालाई झुुक्याउने नयाँ षडयन्त्र गरिरहेका छन । यस्तो बेला जनताले यी छदमभेषी असफल वामे गैरवामे बर्कोधारीहरु समयमा नै चिन्न र जनताबाट पत्तासाफ पार्न एक मिनेट पनि ढिलो गर्नुु हुदैन । त्यसो भयो भने मात्रै जनयुद्धबाट प्रताडित हजारौ आत्मा र जीवनहरुले शान्ति पाउनेछ ।

2575 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv