सफा स्वच्छ दुध उत्पादन, व्यवस्थापन एवं महत्व

बिहिबार, असार १४, २०७५



कृषि प्रधान मुलुकको आर्थिक विकासमा दुग्ध उदयोगको महत्वपूर्ण योगदान रहेको छ । विगत केही बर्षमा यस क्षेत्रमा सराहनिय विकास भएको छ । विश्वव्यापीकरण तथा दुग्ध व्यापारीकरणमा उदारीकरणको नीतिका कारण धेरै नीजी क्षेत्रहरु दुग्ध तथा दुग्ध उत्पादनको उत्पादन तथा विक्री वितरण एवं प्रसोधन क्षेत्रमा अग्रसरता देखाएका छन् ।

स्वच्छ दुधको उर्पाजनको आधारमा स्वच्छ दुधको उत्पादनको माग निरन्तर बढी रहेको स्थीत छ । तर प्रतिस्र्पद्धाको यस युगमा हामी तव मात्र अघि बढन सक्छौं जव उपभोक्ताहरु लाई सर्वोत्तम सुरक्षित तथा राम्रो स्वादको दुध एवं दुग्ध उत्पादन उपलब्ध गराउन सक्छौ । स्वच्छ दुद्यबाट नै राम्रो गुणस्तर युक्त उत्पादनहरु त्यार पार्न सकिन्छ । अतः यो आवश्यक हुन आउँछ कि दुधको गुणस्तर कायम राख्नको लागि कठोर एवं प्रमाणिक तरीका दुध उत्पादनप क्रममा लागु गरीनु पर्दछ । दुध एउटा प्राकृतिक एवं सन्तुलित भोज्य पदार्थ मानिन्छ जसले मानव शरीरको बृद्धि एवं विकासको लागि लगभग सवै खाले पोषक तत्व उपलब्ध गराउँछ ।

स्वच्छ दुध त्यस्तो दुधको स्वस्थ्यको दुष्टिकोणले राम्रो गन्ध स्वाद तथा पोष्टीक तत्वयुक्त हुनका साथै सुरक्षित जसमा जीवाणुको संख्या कम से कम होस, एन्टीवायोटिक को अवशेष नभएको हुनुका साथै लामो समय सम्म संचय गरी राख्न सकियोस । दुध चाँडै बिग्रने खाद्य पदार्थ मानिन्छ , उच्च पोषक तत्व अनि आद्रताका कारण सुक्ष्म जीवाणुको सँख्या बृद्धिका लागि उपयुक्त माध्यम उपलब्ध गराउने हुँदा धेरै खाले खतरनाक रोगको श्रोत पनि बन्न पुग्दछ ।

स्वस्थ्य पशुको थुन फाचो बाट निस्कने दुधमा जीवाणुको सँख्या ५०० देखि २००० जीवाणु प्रति मिली लिटर हुने गर्दछ । जुन दुध उत्पादन प्रसोधनको विभिन्न चरणहरुमा दुषित हुँदै कैयेन लाख मिलीलीटर हुन पुग्दछन । त्यसैले दुध उत्पादन देखि लिएर उपभोग सम्मका प्रत्येक श्रृंखलाहरुमा दुधको गुणस्तरमा ध्यान दिन जरुरी हुन्छ । जसको लागि राम्रो व्यवस्थापन तथा सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ । दुध उत्पादनको स्तरमा कुशल प्रवन्धन को माध्यमवाट रोग फैलाउने जीवाणुहरु गोवर , दुषित पानी वायु एवं वातावरण तथा दुध दुहने, भण्डार गर्ने फोहर भाँडा कुडा तथा उपकरणहरुवाट सुरक्षित राख्न सकिन्छ । साथै दुध दुवानी तथा प्रसोधनमा सावधानी अपनाई दुधको गुणस्तर राम्रो राख्न सकिन्छ । स्वच्छ दुध उत्पादनको आवश्यकता निम्न कारणको लागि पर्दछ ।

दुध व्यवसायबाट ज्यादा लाभ एवं आर्थिक संवृद्धिको लागि दुध एवं दुधजन्य उत्पादनहरुको गुणस्तर स्थीर राख्न तथा तिनीहरुको संचय क्षमता बृद्धि गर्न मानिसवाट पशुमा तथा पशुबाट मानिसमा रोग सर्न तथा संक्रमण हुनवाट वचाउन विश्व व्यापार संगठनको गुणस्तर मापदण्ड पालना गर्नका लागि आन्तरिक एवं अन्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रीणका लागि विश्व व्यापार संगठन द्धारा निर्धारित प्रावधानहरुको सहि तरिकाले पालना गर्न पर्छ ।
स्वच्छ दुध उत्पानका लागि निम्न कुराहरु अवलम्बन गरीनु आवश्यक हुन्छ 

प्राय पशु बाँध्ने ठाउँ फोहर हुँदा तीनको थुन फाचोमा, छालामा गोवर माटो विभिन्न किसिमका श्राव, जीउका रौ, घाँस दानाको अंश टाँसिने गर्दछ । जसले गर्दा दुध दुषित तथा संक्रमित हुने गर्दछ ।अतः पशुको लागि स्वच्छ गोठको व्यवस्था हुनुपर्दछ । जुन अगलो ठाउँमा पानी नजम्ने , झिगा लामखुट्टेबाट मुक्त मानव बस्तीबाट टाढा हुनु पर्दछ । गोठको भुइ तल अली भिरालो हुनुपर्दछ ।

जसले गर्दा गोवर पिसाव सजीलै निष्काशन हुन सकोस । गोठमा दुध दुहनु भन्दा २–३ घण्टा पहिले वा पछि समय समयमा किटनाशक औषधी छर्नु पर्दछ । जसले गर्दा यसको दुर्गन्धबाट दुधलाई बचाउन सकियोस। गोठलाई यथा सम्भव सुख्खा राख्ने साथै बाँकी रहेको घाँस पराल दाना गोवर पिसाव निकाली नियमित सफा गर्ने दाना पानीको भाडा नियमित सफा गर्ने । प्रत्येक १५ दिनमा थुनेलो रोगको लागि दुधको संरचना तथा पशुको जाँच कैलीफोर्निया मेस्टाइटिस टेस्ट वा मैसट्रीप प्रयोग गरी गर्ने बेला वेला मा पशुलाई टि.वि. ब्रुसेला खौरेत जस्ता संक्रामक रोगको परिक्षण गराउनु पर्दछ ।

पशुहरुलाई नियमित सफाई गर्नुपर्दछ । विरामी पशुलाई निरोगी पशु भन्दा वेग्लै राख्नु पर्दछ । शरीरको पछाडीको भाग , पुच्छर तथा फाचो नजीक को लामौ रौं वेला वेलामा काटनु पर्दछ । पशुको दाना आहार एक्कासी बदलिनु हुँदैन । पशुलाई खनीज लवणयुक्त सन्तुलित दाना आहार दिनुपर्दछ । काउली, शलगम प्याज लहसुन जस्ता तरकारी पशुलाई खान दिनु हुँदैन जसले दुधमा दुर्गन्ध उत्पन्न गराउँछ ।

वासी ढुशी परेको , किटनाशक संक्रमित दाना पशुलाई दिनु हुँदैन । राम्रो गुणस्तरको दुध उत्पादनमा दुध दुहने कार्यमा संलग्न मानिसको भूमिका त्यत्तिनै महत्वपुर्ण हुन्छ । त्यसैले दुध दुहने मानिस हैजा, टाइफाइड, टि.वी रुघा खोकी हातमा संक्रमित घाउ, चोट वाट मुक्त भएको हुनु पर्दछ । ताकी संक्रमण रोक्न सकियोस दुध दुहुने मानिस को लुगा सफा, कपाल, दाडी नै नंग राम्रो सित काटेको हुनुपर्दछ । दुध दुहुने मानिसले दुध दुहुनु भन्दा पहिले तथा दुध दुही सकेपछि हात राम्रो सित धुनुपर्दछ ।

प्राय गाइलाई दुध दुहुँदा पछिल्लो खुट्टा डोरीले बाँध्ने चलनछ । यसरी बाँध्ने डोरी गोवर हिलो दुधको र्सिखा लाग्नाले फोहर हुने गर्दछ । त्यसैले डोरीलाई बेलाबेलामा सावुन पानीले घोएर सुकाएर सफा गर्नुपर्दछ । दुध दुहुनु भन्दा पहिलो थुन फाँचोर्ला सफा पानीले सफा गरी सुकाउनु पर्छ । दुध दुहदा थुनलाई मुठ्ठी भरी पारी ५–७ मिनेटमा दुध दोही सक्नुपर्छ । दुध दुँहदा पहिलो थुनवाट निस्कने सिख्रा छुटटै कप गिलास मा दोहेर टाढा फाल्नु पर्छ । दुध सुख्खा हातले दुहुनु पर्दछ । हातमा तेल नौनी वा दुध लगाएर दुहनु हुँदैन यसवाट संक्रमण को डर हुन्छ ।

दुध दही सकेपछि फाँचो लार्क सफा कपडाले पुछेर सफा गर एन्टीसेपटिक लगाउनु पर्दछ । दुध दुहुने वित्तिकै पशुलाई वस्न दिनु हुँदैन अन्यथा दुध दुहुदा खुलेको थुनको मुखबाट संक्रमण हुने जोखिम हुन्छ । एन्टीवायोटिक प्रयोग गरी उपचार गरीएको पशुहको दुध अरु पशुको दुधमा मिसाउन हुँदैन । थुनेलो ग्रस्त पशु सबै भन्दा अन्तीममा दुहनु पर्दछ । दुधलाई छोटो समयमा नै संकलन केन्द्रमा लानु पर्दछ । दुधलाई जती जती सकयो चाडै चिसो पार्नु पर्दछ । दुध चिस्याउन केन्द्रमा दुध ओसार्दा त्यसमा अन्य सामग्री ओसारनु हुँदैन ।

दुधको उत्पादन राम्रो संग गर्नाले यसको प्रारम्भीक गुणस्तर राम्रो हुन्छ नै साथै यस्तो दुधवाट प्रसोधन गरी तयार पारीने दुधजन्य उत्पादन पनी गुणस्तरीय मात्र हुँदैन स्वच्छ सफा अनी स्वस्थ्य पनी हुन्छन जसले वजारमा बढी मुल्य पनी पाउँछ । जसले गर्दा दुग्ध उत्पादन देखि दुग्ध पदार्थ प्रसोधन तथा विक्री वितरण गर्ने व्यवसायीले राम्रै नाफा कमाउन सक्छन नै उपभोक्त ले पनि स्व्चछ शुद्ध सफा स्वस्थ्य दुध तथा दुध जन्य उत्पादन उपभोग गर्न पाउने सुनिश्चिता गराउँदछ ।

181 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank