मुख्यमन्त्रीले जे गर्नुभयो, गलत गर्नुभयो, त्यसको गम्भीर समीक्षा हुनुपर्छ

शनिबार, बैशाख २९, २०७५



नेपाल र भारत दुवै स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न छिमेकी राष्ट्र हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीबीच पहिले भएका भेटवार्ताका क्रममा हेर्दा जुन जति सम्झौताहरू भएका छन्, ती सम्झौताहरू कार्यान्वयन नभए खारेज गर्ने भनिएको छ । यो अहिले भएको भ्रमणको राम्रो पक्ष हो । मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपकरण दिने, पञ्चेश्वरको काम, अरुणको कुरा छ । यस्तै रामायण सर्किटको उद्घाटन भएको छ ।
तर यससँगै बुद्द सर्किटलाई पनि लैजाने भनेकाले आशंका पनि थपिएको छ । यो भ्रमण राजनीतिक रुपमा हेर्दा राम्रो छ अर्थात सफल भएको छ । भ्रमणका बिषय र स्वागत सम्मानको बिषय त्यति ठुलो कुरा पनि भएन । छिमेकी राष्ट्रका अतिथि आउँदा हामीले सम्मान र स्वागत गर्नुपर्छ । हामीले त्यही गरेका हौँ ।
तर, प्राविधिक रुपमा भने केही कमिकमजोरी भएका छन् । जस्तो दुई देशका प्रधानमन्त्रीहरू बोल्दै गर्दा जुन प्रेस मिट भयो, जसमा भएका कुराहरू हामीबीच यस्तो कुरा भयो भनेर बाहिर ल्याउनुपथ्र्यो । र भारतीय प्रधानमन्त्रीले पनि दुई देशबीच भएका कुराहरूमा रेस्पोन्स गर्नुपथ्र्यो । सवै कुरा वेल प्रिपियर भएर विचारहरू व्यक्त हुनुपथ्र्यो । त्यो भएन्  ।

प्रदेश २ मा मुख्यमन्त्री बोल्दा प्रधानमन्त्री ओली पनि हुनुपथ्र्यो तर रक्षामन्त्री मात्र बस्नुभयो । नेपालको संविधान अनुसार मुख्यमन्त्री भएर, सोही अनुसार सपथ लिएर विदेश सरकारको अगाडि जुन हिसावले हात जोड्ने काम भएको छ । त्यो सरासर गलत हो । ‘हामी सरकारबाटै थिचोमिचो, अन्यायमा पर्याै’ भनेर आपत्तिजनक कुरा गर्नुभयो । उहाँको कार्यशैलीप्रति विदेशी सरकारप्रतिको घुँडा टेकाईले गर्दा हिमाल, पहाड, तराई मात्र होईन सिङगो नेपाली जनता नै आक्रोसित भएका छन् ।
मुख्यमन्त्रीले जे गर्नुभयो, गलत गर्नुभयो । उहाँका माग नेपाल सरकारसमक्ष नै राख्नुपर्ने थियो, छिमेकी देशका सरकार प्रमुखसँग होइन । यो ठूलो समीक्षाको विषय हो ।

मोदीले पनि जनकपु, पशुपति, मुक्तिनाथको दर्शन गर्दा लुम्बिनी पनि छुटाउनु हुँदैनथियो । यसले अर्कै आशंका थपिएको छ । शंका गर्नेहरूलाई बल पुगेको छ ।
समग्रमा हेर्दा नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने, व्यापार घाटा रोक्ने, भारतले सधैँ आयात निर्यातमा सहज बनाउने प्रतिबद्दता गर्ने र हामी भुपरिवेष्ठित राष्ट्रले पाउने अधिकारको कुरा गर्ने अवस्था छ । संयुक्त राष्ट्र संघले प्रत्याभूत गरेका हकअधिकारमा भारतले बखेडा झिक्नु हुँदैन । यसरी हामीले सम्बन्ध अगाडि बढायौँ भने रोजीरोटीको जस्ता सामान्य कुरा आउँदैनन् । अहिले सानातिना कुरामा पनि हामी अल्झिरहेका छौँ । हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता जस्ता कुरामा हामी एकले अर्काेलाई सहयोग गर्नुप¥यो भने पक्कै पनि हामीबीच सानातिना कुरामा फाटो आउँदैनन् । यसरी समग्रमा हेर्दा मोदीजी आउनुभयो, केही महत्वपूर्ण कुराहरू हामीमाझ राखेर जानुभएको छ । धार्मिक उदेश्यले आउनुभएको कुरा बढी उल्लेख भएको छ । तर सँगसगै हामीबीच भएका विभिन्न सन्धि, सम्झौताको कार्यान्वयन भयो भने मोदीको नेपाल भ्रमण पक्कै पनि उदेश्यमूलक र सफल भएको भन्न सकिन्छ । मोदीको नेपाल भ्रमण सफल या असफल भनेर अहिल्यै भन्नुको अर्थ रहँदैन ।
(पूर्व परराष्ट्रमन्त्री पाण्डेसँगको कुराकानीमा आधारित)

370 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank