मधेशीभुमी दुई नम्बर प्रदेशमा राजनीतिक गणित, मधेसवादीदलको हैसियत

बिहिबार, पुस २१, २०७३

loading...


संविधानलाई स्वीकार नगरेका मधेश केन्द्रीत दलका प्रमुख नेताहरुलाई हरुवा नेता भन्ने गरिएको छ । उनिहरु कहाँ कहाँबाट कसरी हारेका रहेछन् भनी हेर्दा निम्न अवस्था देखिन्छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन प्रतिवेदन अनुसार तमलोपा अध्यक्ष महन्थ ठाकुर २०६४ सालमा भएको पहिलो संविधानसभाको चुनावमा सर्लाही—६ वाट १५,४१६ मत ल्याएका फोरम नेपालका उमेदवारवाट पराजित भएका रहेछन् भने २०७० को चुनावमा त्यही क्षेत्रवाट जम्मा  ७,०३२ मत ल्याई तेश्रो भएर पराजित भएका रहेछन् । उनी अहिले ७४ बर्षमा हिडिरहेका छन् । मधेशीको सवैभन्दा धेरै ‘मसिया’ ठान्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो २०७० को निर्वाचनमा सर्लाही—४ वाट ८,७९० मत ल्याई फोरम नेपालका उमेदवारवाट पराजित भएका रहेछन् ।

मधेशको हार्ट ल्याण्ड मानिने सप्तरी र सिराहावाट र महोत्तरी, बारा, पर्सा रौतहट गरी ८ मा ६ जिल्लावाट मधेश केन्द्रित दलका एक जना उमेदवार पनि प्रत्यक्ष निर्वाचनमा विजयी भएका रहेनछन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव २०६४ सालमा मोरङ्ग—५ र सुनसरी—५ दुवै ठाउँवाट विजयी भएकोमा २०७० मा मोरङ्ग—५ वाट पराजित र सुनसरी—५ वाट जम्मा ३८३ मतको फरकले विजयी भएका रहेछन् । तमलोपाका हृदेश त्रिपाठी २०७० मा नवलपरासी—६ वाट नेपाली काँग्रेसका उमेदवारवाट ६,०५६ को भारी मतान्तरवाट पराजित भएका रहेछन् । यस्तै, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा २०७० मा रौतहट—१ वाट जम्मा ४,२३४ मत मत ल्याई तेश्रो भएका रहेछन् । त्यस क्षेत्रवाट एमालेका माधव कुमार नेपाल विजयी भएका थिए ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी पछिल्लो चुनावमा महोत्तरी—१ र ६ दुवै निर्वाचन क्षेत्रवाट तेश्रो भई पराजित भएका थिए । राजेन्द्र महतोको सद्भावना पार्टीवाट जम्मा एक जना उम्मेदवार २०७० को धनुषा—४ वाट प्रत्यक्ष निर्वाचनमा विजयी भएका थिए । उनि पनि अहिले धनुषा बम काण्डमा संलग्न भएको आरोपमा जेलमा छन् ।

मधेशको हार्ट ल्याण्ड मानिने सप्तरी र सिराहावाट र महोत्तरी, बारा, पर्सा रौतहट गरी ८ मा ६ जिल्लावाट मधेश केन्द्रित दलका एक जना उमेदवार पनि प्रत्यक्ष निर्वाचनमा विजयी भएका रहेनछन् ।

दुई नम्बर प्रदेशका ८ जिल्लाका ४८ निर्वाचन क्षेत्रवाट २०७० को निर्वाचनमा मधेशवादी दलहरुको अवस्था निम्न वमोजिम रहेको रहेछः
क्र.सं.    जिल्ला    जम्मा सिट    ने.का.    एमाले    माओवादी   मधेशी दल    अन्य
१    सप्तरी    ६    २    १    ३    ०    ०
२    सिराहा    ६    ४    १    १    ०    ०
३.    धनुषा    ७    ५    १    ०    १    ०
४.    महोत्तरी    ६    २    २    १    ०    १
५.    सर्लाही    ६    २    १    १    २    ०
६.    रौतहट    ६    १    २    ३    ०    ०
७.    बारा    ६    ३    ३    ०    ०    ०
८.    पर्सा    ५    २    ३    ०    ०    ०
जम्मा    ४८    २१    १४    ९    ३    १

श्रोतः निर्वाचन आयोग

1015 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv