नेपाली राजनीतिमा मदन भण्डारी

बुधबार, जेष्ठ ३, २०७४

loading...


- डा. कृष्ण पौडेल

नेपालको समकालीन राजनीतिमा वैचारिक हिसावले महत्वपूर्ण योगदान गरेका जननेता मदन भण्डारीको निधन भएको २४ वर्ष भएको छ । नेकपा (एमाले) का तात्कालिन महासचिवको रुपमा क्रियाशिल भण्डारी स्पष्ट विचारक, कुशल वक्ता र तीन वर्षको खुला जीवनमा सर्वाधिक चर्चित नेताको रुपमा स्थापित भएका थिए । सहयात्री जीवराज आश्रितसंगै चित्तवनको दासढुंगामा जिपदुर्घटनामा परी जीवन गुमाएका उनको निधन स्वभाविक थिएन यद्यपि त्यसका सत्य तथ्यहरु अझै बाहिर आउन सकेका छैनन् । २०४६ को जनआन्दोलनपछि खुला राजनीतिमा आएका भण्डारी तीन वर्षको अवधिमा नै सर्वाधिक लोकप्रिय नेता बन्न पुगेका थिए । विश्वव्यापी रुपमा रक्षात्मक बनिरहेको परिवेशमा उनले हुर्काएको नेपाली कम्युनिष्ट आन्दोलनले उत्साहजनक सफलता हासिल ग¥यो जुन उत्शाह अद्यापि कायम छ । उनले प्रस्तुत गरेको जनताको बहुदलीय जनवादले वैचारिक रुपमा मौलिक र सफल विचारकको रुपमा उनलाई उभ्यायो ।

भण्डारीले राष्ट्रियता र सार्वभौमसत्ताको अक्षुण्णताको सन्दर्भमा स्पष्ट अडान राखेका थिए । राष्ट्रियताका सन्दर्भमा मण्डले राष्ट्रवाद र उग्रराष्ट्रवादबाट नेपाललाई मुक्त राख्नुपर्ने र बाह्य हस्तक्षेप विशेषतः भारतीय विस्तारवादको अन्त्य गरी सम्पूर्ण रुपले स्वाधीन राष्ट्रबादको भण्डारीले वकालत गरे ।

नेपालको राजनीतिक, सामाजिक र आर्थिक अन्तरसम्वन्धवारे स्पष्ट विचारक र वक्ताको पहिचान बनाएका भण्डारी छोटो समयमा नै चर्चाको शिखर चढन सफल भए । वि.सं.२००९ मा ताप्लेजुंको ढुंगेसांगुमा जन्मनु भएका सानै उमेरदेखि विलक्षण प्रतिभा र चातुर्यताको धनी हुनुहुन्थ्यो । उहाँ किशोरावस्थामै माक्र्सवादी बिचारधाराबाट प्रभावित भई कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो । करिब डेढ दशकको भुमिगत जीवनमा नै कम्युनिष्ट आन्दोलनको प्रभावशाली नेताको रुपमा देखा पर्नुभएका भण्डारी ३ वर्ष छोटो सार्वजनिक जीवनमा नेपालमा यो सहस्राव्दीकै लोकप्रिय नेताको रुपमा स्थापित हुनुभएको छ । सार्वजनिक जीवनको पांच महिनामा नै उनले तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई हराउदै काठमाण्डौको दुईवटा क्षेत्रमा एकसाथ विजयी भएर सबैलाई आश्चर्यचकित बनाएका थिए । त्यतिखेर विश्वप्रसिद्ध अमेरिकी पत्रिका न्युजविकले उहांको सारगर्भित अन्तरवार्ता प्रकाशित गर्दै नेपाल जहां माक्र्स जिवित छन भन्ने टिप्पणी गरेको थियो ।

मदन भण्डारीले नेपाली क्रान्तिको मौलिक कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवादी (जवज) कार्यक्रम प्रस्तुत गरेपछि कम्युनिष्टहरु अधिनायकवादको आधारमा मात्रै होइन, लोककल्याणकारी कार्यक्रमको आधारमा जनताको मत जित्न सक्छन, क्रान्तिपूर्व पनि सरकारमा गएर जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने कुरा स्थापित भयो । संविधानको सर्वोच्चता, कानुनको शासन, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धा, बहुमतको शासन, अल्पमतको बिपक्ष, जनवादी व्यवस्थाको सुदृढीकरण र विशेष खुला आर्थिक प्रणालीलगायत विशेषताहरुसहितको जनताको बहुदलीय जनवादी कार्यक्रमका मुख्य विशेषताहरु रहेका छन । माक्र्सवाद, लेनिनवाद वा माओवाद वा कुनै पनि वादको अन्धानुकरण गर्ने भन्दा पनि आफनो मौलिकताको आधारमा सिद्धान्त र कार्यक्रमहरु तय गरेर अघि बढन सकिन्छ भन्ने मान्यता विदेशीहरुका लागि पनि रक्षात्मक विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणास्रोत बन्न पुग्यो । २०४९ मा सम्पन्न नेकपा (एमाले) को पांचौ महाधिवेशनले जबजलाई कार्यक्रमको रुपमा प्रस्तुत गर्यो र पछिल्लो महाधिवेशनहरुले मार्गनिर्देशक सिद्धान्तकै रुपमा अघि बढाउने निर्णय गर्यो । उनको अवशानको एक वर्षपछि २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचनमा एमाले मुलुकको सबैभन्दा ठुलो पार्टीको रुपमा स्थापित हुन पुग्यो ।

एमालेले बहुमत प्राप्त गर्न नसकेपनि सबैभन्दा ठुलो पार्टीको नाताले अल्पमतको सरकार बनाउन सफल भयो । उनै मनमोहन अधिकारी जसको नेतृत्वमा रहेको माक्र्सवादीलाई आफुले नेतृत्व गरेको मालेमा समाहित गरेर नेकपा (एमाले) बनाउदै आफनो अध्यक्षको रुपमा स्थापित गरेका व्यक्ति नै मुलुकको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्न सफल भए । भण्डारीको सोच र विचारका आधारमा सरकारको नेतृत्व गर्न पुगेका अधिकारी मुलुकको एक आदर्श र सफल सरकारका प्रधानमन्त्रीको रुपमा स्थापित भए । नौ महिना मात्र अल्पमतको सरकार चलाएको एमालेले आफनो गांऊ आफै बनाउ र वृद्धभत्ताजस्ता लोककल्याणकारी कार्यक्रम नै एमाले मुलुकको सबैभन्दा लोकप्रिय र सफल पार्टीको रुपमा अघि बढिरहने आधार बनेकोे कुरामा दुईमत छैन ।

क. भण्डारीको विचार र सिद्धान्तमा आधारित भएरै कम्युनिष्ट पार्टी संसदीय राजनीतिमा प्रवेश ग¥यो । विश्व पूंजीवाद र समाजवाद दुई ध्रुवमा शक्तिसंघर्षमा रहेको समयमा शोभियत संघ विघटन र युरोप महाद्विप लगायत विश्वका कतिपय मुलुकहरुमा कम्युनिष्ट पार्टीहरु असफल बनिरहेको परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक कार्यदिशा दिएर नेकपा (एमाले) लाई देशव्यापी, शक्तिशाली र लोकप्रिय पार्टीको रुपमा उभ्याए । कम्युनिष्टहरु पनि सिद्धान्त र कामका आधारमा जनमतको कसीमा जांचिन र श्रेष्ठता स्थापित गर्न सक्ने अभ्यास नेपालमा स्थापित भयो । बन्दुकको नालबाट सत्ता कव्जा गर्ने विश्वव्यापी कम्युनिष्ट अभ्यासलाई व्यालेटको माध्यमबाट सत्तामा पुग्न सकिने सोचमा यतिखेर नेकपा (एमाले) मात्रै होइन, उग्रबामपन्थको आधारमा दशवर्षे जनयुद्ध चलाएका माओवादीहरु पनि अन्ततः भण्डारीका विचार स्वीकार गरेर शान्तिपूर्ण र संसदीय राजनीतिमा आउन बाध्य भए ।

त्यस्तै भण्डारीले निरंकुशता र सामन्तवादका अवशेषहरु समाप्त भएर नेपाली राजनीतिले सही बाटो नपक्रेसम्म काग्रेस कम्युनिष्ट मिलेर काम गर्नुपर्ने तर्क प्रस्तुत गरेका थिए । उनको २०४८ को संसदीय निर्वाचनमा कांग्रेस र एमालेका शिर्षस्थ नेताहरुवीच प्रतिस्पर्धा नगर्ने र मिलेर काम गर्ने भावना कांग्रेसमा रहेको दम्भको कारण पुरा हुन सकेन । त्यही कारण २०४६ को परिवर्तन दीगो हुन सकेन । कांग्रेसी कुशासन, माओवादी उग्रबामपन्थ र दरवारियाहरुको आफनो गुमेको सत्ता फर्काउने प्रयासको कारण मुलुक लामो समय अन्तरविरोधमा फस्न पुग्यो ।

कहिले सरकार र कहिले प्रतिपक्ष अनि कहिले अर्धभूमिगत आन्दोलनमा रहेर यसवीचमा एमालेले काम गरेको छ । ओली नेतृत्वको सरकारले लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरेर पुनः पार्टीको छवि बढाउने काम गरे साथै राष्ट्रियता, सार्वभौमिकता, आर्थिक समृद्धिका सन्दर्भमा उनका धारणा, दृष्टिकोण र कार्ययोजनाको कारण पहिलो चरणको स्थानीय निर्वाचनमा देशीविदेशी षडयन्त्र र सत्तारुढहरुको संयुक्त मोर्चाबन्दीका बाबजुद पनि उत्साहजनक सफलता हासिल गरेको छ ।

भण्डारीले राष्ट्रियता र सार्वभौमसत्ताको अक्षुण्णताको सन्दर्भमा स्पष्ट अडान राखेका थिए । राष्ट्रियताका सन्दर्भमा मण्डले राष्ट्रवाद र उग्रराष्ट्रवादबाट नेपाललाई मुक्त राख्नुपर्ने र बाह्य हस्तक्षेप विशेषतः भारतीय विस्तारवादको अन्त्य गरी सम्पूर्ण रुपले स्वाधीन राष्ट्रबादको भण्डारीले वकालत गरे । भारतसंगको सुगौलीलगायत सबै सन्धी सम्झौताहरुको पुनरावलोकन गर्नु र्पदछ भन्दै टनकपुर प्रकरणमा आन्दोलनको अगुवाई गर्नुभयो । छिमेकीलगायत सबै राष्ट्रहरुसंग सन्तुलित सम्वन्ध स्थापित गर्नुपर्ने र मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय आवश्यकता अनुरुप विदेशी पूंजी र प्रविधिलाई उपयोग गर्नुपर्ने मान्यता भण्डारीको रह्यो । नेपाललाई बाह्यशक्तिको अखडा बनाउने र क्रमशः भुटानीकरण र सिक्किमीकरणको खतरा रहेको भण्डारीको तर्क अहिले पनि उतिकै सान्दर्भिक छ । खासगरी नेपाली जनताले आफनो संविधान आफैले बनाउन पाउने अधिकार र निर्वाध व्यापारलाई प्रतिकुल बनाउने गरी सिर्जित नाकाबन्दीका विरुद्ध एमालेले गरेको सम्झौताहिन संघर्षले सार्थकता पाएको छ ।

वास्तवमा शोषण उत्पीडन, गरीवी, बेरोजगारी समस्या हल गरेर समुन्नत समाज निर्माण गर्ने सोच भण्डारी आफैले कार्यान्वयनको अगुवाई गर्नु सक्नु भएन । तर उहांले जबजमार्फत जनजिविका अर्थात तथा रोजगारीको प्रत्याभूतिको बहश गरेका थिए । राजतन्त्रले सम्वैधानिक सीमा गुमाएर निरंकुशता र सामन्तवादको वकालत गर्दै सीमित लोकतान्त्रिक अधिकार खोस्ने तहमा पुगेपछि २०६२÷०६३ को निर्णायक जनआन्दोलन भएको हो, जसको वैचारिक र जनमत निर्माणको अगुवाई एमालेले नै गरेको हो । कांग्रेसलाई गणतन्त्रमा ल्याउने र माओवादीलाई शान्तिपूर्ण संघर्ष र सहकार्यमा ल्याउने ऐतिहासिक कार्यभारको अगुवाई एमालेले नै गरेको हो । एमालेकै सन्तुलित भूमिकाको कारण कांग्रेस र माओवादी एउटै टेबुलमा आउने वातावरण बनेको परिणामतः लोकतान्त्रिक गणतन्त्र स्थापनाको मार्गप्रशस्त भएको हो ।

मदन भण्डारीको योगदानले अघि बढेको पार्टी नेकपा (एमाले) जबजमा आधारित भएरै राष्ट्रियताको मामिलामा स्पष्ट दृष्टिकोणका साथ अघि बढेको छ । भण्डारीको अनुपस्थितिपछि मनमोहन अधिकारी र माधव नेपालको नेतृत्वमा उनकै विचार र योगदानको जगमा विभिन्न आरोह अवरोह पार गर्दै अघि बढयो । विगतमा लाग्ने गरेको अस्पष्ट अडान र ढुलमुले चरित्रको सन्दर्भमा खासमा उनकै एक सहयात्री केपी शर्मा ओली पार्टी नेतृत्वमा आएपछि धेरै हदसम्म हल भएको छ । ओलीको स्पष्ट अडान, भिजन र दुरदर्शिताको कारण एमालेको लोकप्रियता बढेको छ । यसवीचमा एमालेले विभिन्न समयमा सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । एमालेका बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले यो मुलुकको प्रधानमन्त्री हुने अवसर पाए ।

कहिले सरकार र कहिले प्रतिपक्ष अनि कहिले अर्धभूमिगत आन्दोलनमा रहेर यसवीचमा एमालेले काम गरेको छ । ओली नेतृत्वको सरकारले लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरेर पुनः पार्टीको छवि बढाउने काम गरे साथै राष्ट्रियता, सार्वभौमिकता, आर्थिक समृद्धिका सन्दर्भमा उनका धारणा, दृष्टिकोण र कार्ययोजनाको कारण पहिलो चरणको स्थानीय निर्वाचनमा देशीविदेशी षडयन्त्र र सत्तारुढहरुको संयुक्त मोर्चाबन्दीका बाबजुद पनि उत्साहजनक सफलता हासिल गरेको छ । यसले आशन्न दोस्रो चरणको स्थानीय निर्वाचन, प्रदेश तथा केन्द्रको निर्वाचनमा एमाले सबैभन्दा ठुलो पार्टी बन्ने सम्भावना देखा परेको छ । राजनीतिक अभियानको पूर्णतासंगै आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिने र समृद्ध नेपाल सुखी नेपालीको कार्यदिशालाई अघि बढाउने काममा एमालेको जिम्मेवारी बढदैछ ।

क. भण्डारीले नेपाली राजनीतिमा छोटो समयको योगदान कालजयी बन्दैछ । उनको सरल व्यक्तित्व, असाधारण क्षमता, वैचारिक स्पष्टता, प्रखर वक्ता, सहकार्य संस्कृति र सबैसंग मिलेर काम गर्ने मान्यताहरु अनुकरणीय छन । विशेषतः अनुत्तरित रहेको दासढुंगा घटनाको बास्तबिकताको सार्वजनिकता बहुप्रतिक्षित छ । भण्डारीको दुरदर्शी बिचार र व्यक्तित्वलाई आत्मसात गर्दै अघि बढन राजनीतिक दल र नेताहरुलाई प्रेरणा मिलोस ।

—000—

528 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv