लुट्ने शहर !

बुधबार, अशोज ११, २०७४



- प्रेमबहादुर शाही

विश्वका प्रख्यात शहरहरुको आ–आफ्नै विशेषता हुन्छन । मानिसहरुले शहरलाई रहरको विषय बनाई रहेका हुन्छन । कतिपय शहरहरु मानिस बस्नको लागि राम्रा हुन्छन् भने कतिपय शहरहरु मानिसहरु बस्नलाई राम्रा हुदैनन् । शहरिया जीवन भनेको धेरै खर्चिलोपन हुन्छ । शहरमा बस्ने मानिसहरु यतिसम्मको काम गर्ने गर्दछन, त्यो काम मानिसको लागि घृणित हुने गर्दछ ।

जुन शहरको नाम नै जीवनमा कहिल्यै सुन्न र देख्न नपाईयोस भन्ने गर्दछन भने कतिपय शहरहरु मानिसका लागि स्वर्ग सरहनै हुने गर्दछन । तर हाम्रो देशको शहर भने लुट्ने शहरको रुपमा परिचित छ ।

यो विषय वस्तु हो । नेपालको राजधानि काठमाडौं । जो मानिशहरुलाई सदा लुटिरहेको हुन्छ । मेरो जन्म नेपालमा भएपनि नेपालका अधिकांक जिल्लाहरुका पुग्न बाँकी छ ।

समयले साथ दिएपछि अवश्य नै सवै जिल्ला घुमफिर गरी त्यहासको वस्तु स्थितिको बारेमा लेख्ने मेरो जीवनको सवैभन्दा ठूलो इच्छा छ । जीवनमा मैले केही गर्नु छ भने त्यो हो, नेपालको कुना कन्दरादेखि गाउँ–शहरसम्मको जानकारी लिने सोच छ ।

त्यहि सिलसिला वा काम विशेषले म नेपालको राजधानी काठमाडौसम्म पुगेको छु । मलाई यसमा गौरव लागेको छ । नेपालको राजधानी भनेको काठमाडौ हो । त्यहाँ देशभरीका मानिशहरुको बसोवास छ । सवै सुविधान सम्पन्न छ ।

सवै प्रकारका मानिशहरु काठमाडौमा वच्छन । सानो छदा मैले सुनेको र बुढापाकाले भन्ने गरेको सुनेको थिए । तर समय र पस्थितिले मलाई त्यो काठमाडौमा पुर्‍यायो । जहाँ मैले काठमाडौलाई नजिकबाट नियाल्ने मौका पाए । त्यहाँको वस्तुस्थितिलाई नियाल्दा नियाल्दै करिव एक साताको वसाईँ पनि वितेको थहा भएन । म चाहन्थे, काठमाडौमा के छ ? के छैन ? जसलाई पच्छाईरहेको थिएँ । त्यो बसाईँमा परिचित र अपरिचित सवै मानिससँग भेट भयो ।

बाहिरबाट आएका वा त्यहि ठाउँका रैथानेसँग मेरो धेरै समय भलाकुसारि नै भईरहन्थ्यो । जव मैले यहाँको बास्तुविकता बुझ्नु खोजे भेटिएका मासिनहरुको मुखबाट एउटै आवाज निस्किरहेको हुन्थ्यो ।

‘काठमाडौ भनेको गरिवका लागि बस्ने ठाउँ हैन ।’ मैले प्रतिप्रश्न गरिहन्थ्ये, मैले सानो छदा सुनेको कुरा काठमाडौमा जे छ त्यो नेपालको कुनै ठाउँ छैन । त्यहि सानो छदा सुनेको कुराको कौतुहल्ताले मेरो मन पिरलिरहेको थियो ।

आज म त्यहि भूमि उम्भिन पाएको छु । हजुरसँग भेटघाट र परिचित हुन पाईयो । मेरो लागि खुसीको कुरा हो । अनि हजुरहरुको लागि काठमाडौ किन यति घुणितको ठाउँ बनेको छ ? भन्दा उनीहरुले भनिरहेका हुन्थ्ये, तपाईँ एक महिना त यहाँ बस्नुहोस, त्यसपछि थाहाँ हुन्छ ।

काठमाडौ भनेको कस्तो ठाउँ हो ? म काठमाडौमा भएर पनि सानोमा जागेको कौलुहल्ता मेटिएन ।

म अहिले जान्छु । भोलि पर्सि भेट गरौंला भन्दै छुटिए । कोठमामा आएर दिनभरीका गतिविधिलाई डायरीमा लेख्थ्ये । अनि भन्न खोजिएको के रहेछ ? भन्दै आफै ब्याख्या विश्लेषण गर्न खोज्थ्ये, तर अझै काठमाडौको बास्तुविकता बुझिसकेको थिएन । दिन हुँ म काठमाडौको बारेमा बुझ्ने कोसिस गरे । मलाई विस्तारै विस्तारै थाहा हुदैं गयो । काठमाडौ शहर भनेको ‘लुट्ने शहर’ हो । जव म बुझदै गए ।

गाउँबाट विभिन्न काममा काठमाडौ हानिएका ब्यक्तिहरुसँग बुझन् खोजे उनीहरुको अनुहारमा केही परिर्वतन आउँथ्यो । अनि मलिन स्वरले भन्ने गथ्ये, हामी गाउँबाट आएकाहरुलाई यहाँका मानिशहरुले मानिस भन्दैनन् ।

पशुको भन्दा तल्लो स्तरको ब्यावाहार गर्दछन । सानो तिनो काम गर्दा पनि लाखौं कराडौ रुपैयाँको कुरा चलाउनछन । यतिमात्र हैन सडमा हिड्दा पनि हामीहरुलाई हेप्ने र चेप्ने गर्दछन । उनीहका यस्ता अनेकौं पीडाहरुलाई नजिकबाट नियाल्दा दियाल्दै काठकाडौको बास्तविकता बुझे ।

काठमाडौं भनेको गाउँबाट गएका मासिनहरको लागि लुट्को शहर रहेछ । एउकटा झोला र एक जोड कपडा बोकेर काठमाडौ हानिएका मानिसलाई काठमार्डौले केही दिदैन । सकेसम्म सवै लिने प्रयास गर्दछ । हो यो शहरबाट लिनेले धेरै कुरा लिएका छन । जोसको हिसाव गर्ने हो भने देश भन्दा ब्यक्ति धनी छन ।

उनीहरुले सधै अरुलाई थिचोमिचो गर्ने गरेका छन ।

काठमाडौ भनेको यस्तो शहर हो ‘जसले धन सम्पत्तीले भरीपूर्ण छ, त्यसले देशमा शासन चलाउने रहेछ । निमुखा र गरिवहरुको लागि काठमाडौ भनेको नाङ्गो बनाउने र मानिशहरुलाई जोगि बनाउन ठाउँ रहेछ । जो दुई चार रुपैया कमाएर कामको सिलसिलामा काठमाडौ गएकाहरुलाई रित्तो बनाएर फर्काउने गर्दछ । जसरी खाना लाउन नपाएर निरन्याउरा अनुहार लगाएर फर्कीने बनाउछ ।

यो आम देशवासीको लागि साँच्चिनै काठमाडौ भनेको ‘लुट्ने शहर’ रहेछ । यो पंक्तिकार पनि काठमाडौंको केही दिनको वसाईँपछि पुनः आफ्नो गृर्ह जिल्ला प्रस्थान गरेको छु । जो काठमाडौको बारेमा घृणित कुरा गरेका थिए । त्यसै गरी म पनि काठमाडौलाई एउटा ‘लुट्ने शहर’ को उपनाम दिएर फर्कीएको छु ।

लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष र आओर टुरिजम न्युजका सम्पादक हुन ।

586 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank