प्रेम,विवाह र नागरिकता !

शुक्रबार, चैत्र ८, २०७५



- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र

भनिन्छ प्रेम जीवन हो , विश्वास हो , मायाको गहिराइ हो । सागर हो  । शक्ति र सालिनता हो । विवेक या मानवता  हो । समर्पण र त्याग हो । दुई आत्माको मिलन हो ।

त्यस्तै मायालाई भावनामा पुकार्दै भन्ने गरिन्छ- प्रेम हर श्वासमा जीवन्त  हुन्छ,आवाजमा केन्द्रीकृत भएर  मुटुमा विभूषित हुने गर्छ !प्रेमपुर्ण जीवन अविरल अमृतधारा र सृष्टि चक्रको नदी हो । जसको गन्तव्य र अन्त्य सागरमा विलिन हुने साथै गहिराइमा हराउने प्रवृत्ति हो  !  त्यसैको बासनामा चराचर जीवले जीवन र जगतको प्यासको तृष्णा मेट्ने गर्छन । तर प्रेम प्रकृतिको उपहार बनेर क्षितिजमा मडारिरहन्छ । समर्पणको दियो बनेर अनवरत बलिरहन्छ ।

त्यस्तै स्वार्थ र सर्त रहित भएर  विश्वासको दियोले  संघर्ष र जीवनलाई प्रकाशवान बनाउन मद्दत गरिरहन्छ । प्रेमको रङ्ग,ढङ्ग,वर्ग,जात,धर्म,वर्ण,रूप अनि उमेर पनि हुदैन र यस्ता विषयले छुदैन पनि !

विवाह 

बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले बैधानिक पाउछ । सामाजिक रुपमा विवाह एउटा यस्तो समारोह हो जसले कुनै एक स्त्री र पुरुषलाई भावनात्मक सम्बन्धमा जोडिदिने प्रक्रिया भनेर मानिने गरिएको देखिन्छ ।

मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ । आफूले कसैले विवाह नगर्ने र सन्तानोत्पादन नगर्ने हो भने यो संसार क्रमशः मानवरहित बन्न जाला भनेर  पनि भनिएको छ

विवाह बन्धन भनेको आजीवन सम्बन्ध पनि हो । तर  कतिपय सन्दर्भहरूमा त्यस्तो पनि देखिन्न। विवाह उमेर पुगेका युवाहरूको शारीरिक सम्बन्धको  नियमित आवश्यकता पूरा गर्ने र प्रजनन प्रकृयाबाट नयाँ मानव उत्पादन गर्नकालागि सम्बन्ध बनाउने सामाजिक प्रकृया पनि हो । जसले सृष्टिको नियमिततालाई निरन्तरता दिईरहन्छ । त्यस्तै बिबाह त्यस्तो प्रक्रिया हो । जसले अलग परिवारका दुई विपरीत लिङ्गी  र समान लिङ्गका व्यक्तिलाई एक सुत्रमा बाँधिने प्रकृयालाई नियमितता दिने गरेको देखिन्छ । महिलाहरूको मनमा विवाहले  अलिकति डर , सन्त्रास,शंका, बन्धन ,सिमामा बाधेकै देखिन्छ ।

पश्‍चिमी  विवाह प्रकृयालाई उदाहरण मान्ने हो भने विवाह सुख र दुःखमा मृत्युले अलग नगरुञ्जेलको सम्बन्ध हो भनिन्छ ।  तर यी वाचाहरू आधुनिक समाजमा टिकीरहन नसक्ने अबस्थामा पनि पुगेका छन

अहिले पहिले भन्दा समय बदलिएको छ । कानुन बदलिएको छ । समाज र परिवारमा विवाहलाई हेर्ने र बुझ्ने कुरा परिवर्तन आएको छ ।महिला र पुरूष बीचको सम्बन्धमा हामीले बनाएका कानुनले आधुनिक र विश्वव्यापीकरणले  यस्ता विधि र प्रकृयालाई  खुला र फराकिलो पनि बनाएको छ ।  चाहे त्यो छोरी र छोराबीच रहेको विभेद होस या ज्वाइँ र छोरी या छोरा र बुहारीबीच व्यवहारमा गरिने रक्त नाता र फरक रक्त सम्बन्धमा देखिने विभेदलाई न्युनिकरण गर्न पनि सहयोग गरेको जस्तो देखिन्छ । त्यस्तै श्रीमान र श्रीमतीबीच हुने व्यवहार र गरिने व्यवहारमा पनि निकै सुधार हुन जरूरी देखिन्छ ।विवाह गर्नु या नगर्नु व्यक्तिको स्वतन्त्रताको कुरा हो । विवाह सामाजिक आवश्यकता हो तर व्यक्ति बाध्यता होइन । कतिपय बेलामा  हामी मानिसलाई जवर जस्त र उमेरै नपुगि  र पारिवारिक आवश्यकता ठानेर पनि  विवाह गराउछौ ।

नागरिकता  

एक विशेष सामाजिक, राजनीतिक,राष्ट्रिय वा मानव संशाधन समुदायको एक नागरिक हुने अवस्था हो। यो जन्म,कर्म,सम्मान र  राज्यमा आवश्यकता महसुस गरियो भने  राज्य दिन चाहेमा पनि प्राप्त गर्न हुनसक्दछ ।

यसरी मानिसको मानविय आवश्यकतासँग जोडिएर गाँसिएको भावनात्मक सम्बन्ध र सम्बन्धबाट जन्मिएका सन्तान जो जन्मदेखि यहीँ बसोबास गरेर हुर्किएका र आमाको संरक्षणमा बाचेका छन तिनीहरूलाई नागरिकता दिन र आमाले आफ्ना सन्तानलाई स्वस्फूर्त नागरिकतामा हस्ताक्षर गर्न नपाउने र नदिने कुराले परिवर्तन र परिवर्तन पछि प्राप्त अधिकारको संरक्षण गर्न सक्ला त रु प्रश्न दृष्टिकोण र सोचमा रहेको पछौटे चिन्तन हटाउनका लागि उठाउन खोजिएको हो ।

प्रेम होस या विवाह यो एउटा सामाजिकिकरण र यौन जीवनको बैधानिकता पछिको प्रजनन प्रकृयाबाट सृजना भएको बालकको नागरिकताका लागि हामी विवाद गरिरहेका छौ । अझै पुरूषको  यौनिक चाहाना पूरा गरेर छोडेको अवस्थामा जन्मिएको बालकको बाबुको पहिचान भनेर बालकको मनोविज्ञानमा ठेस पुर्याएर बहस गर्छौ ।  राष्ट्रवादी बन्ने कोसीस गर्ने हामीहरू भुगोल र सिमा जोडेर अबोध मानसिकतालाई धुरूधरू रूवाउछौं। टेबुल मुनिको आम्दानीको अनौपचारिक श्रोत बनाउछौ । राष्ट्र विखण्डन हुने चेतावनी दिन्छौ र त्यहि देसमा जन्मेको ,हुर्केको,बढेको,पढेको बालकको आठ कक्षा देखिको शिक्षा बन्चित गर्छौ । आर्थिक ,सामाजिक आर्थिक सरोकारका सम्पुर्ण कामबाट बन्चित गर्दै राज्य विहिन बनाउने अवस्थामा पुर्याउछ ।

विवाहका बारेमा मानिसका व्यक्तिगत चाहाना र योजना  सपना पनि हुन भनेर सोच्ने प्रचलन अझै विकास हुन सकिरहेको छैन । यसरी विवाह परिवारसँग जोडियो भने  सम्बन्ध जटिल हुन्छ । जब विवाहित दम्पतीले नाता सम्बन्धका आवशयकता पूरा गर्न सक्दैनन् । अनि परिवारमा अन्तरविरोध जन्मन्छ र कुरा काट्ने ,छल्ने ,लुकाउने या झुट बोलेर आवश्यकता पूरा गर्ने कुरा जोडिन्छ । अनि परिवारमा तनाव वढछ ।

पारिवारिक अन्तर विरोघसँगै दम्पतीमा पनि समस्या सृजना हुन्छ र मन मुटाव बढ्छ । विशेषगरी केटाहरूले केटीलाई परिवारसँग नमिलेको आरोप लगाउछन । घरमा छोराहरू हुदा गरिने व्यवहार र बुहारी हुदा गरिने व्यवहारमा विभेद हुन्छ । महिला बिस्तारै बन्धनभित्र बाँधिदा परिवारमा सुख हुन्छ भनेर  सबै खुसि हुन्छन तर त्यही कुरा पुरूषका लागि  बनाइदैन । यसले महिलाको आत्मसम्मानमा बिस्तारै चोट पर्छ । घरका सबैले थपिएको सदस्यसँग कामको अपेक्षा गर्छन । घरको पुरूषसँग गर्दैनन् । पुरूषको नाता पहिलो हुन्छ । तर भुमिका दोस्रोको खेल्छ । आफ्नो पहिलो भुमिका दोस्रो नाता भएकी श्रीमती मार्फत पूरा गराउन खोज्दा नै नाताका कारण कुराकानी र व्यवहार पहिलो नाताका सबैकालागि अस्विकार्य बन्छ र हेला होचो र घोचपेच शुरू हुन्छ । यस्तै कारण सम्बन्ध विग्रन जाने र विवाह दर्ता लगायतका सन्तानको नागरिता दिने या पाउने कुरामा समस्या आउन सक्छ ।

अहिलेको परिवारको व्याखाले व्यक्ति  पनि परिवार हो । व्यक्तिका सामाजिक आर्थिक , सास्कृतिक सम्बन्धहरू हुन्छन । त्यसको आधारमा उसको सामाजिक ,राजनीतिक र आर्थिक हक सगँ सास्कृतिक हक स्वतन्त्र पुर्वक अपनाउनर मनाउन पाउनु पर्छ भन्ने चिन्तन विकास हुन सकेको छैन । अझै पनि व्यवहारिकहरूले परिवारमा आर्थिक निर्णय गर्न पाउन्नन् । सामाजिक सम्बन्ध र भेटघाट अपुरो बनाइन्छ । सामाजिक हैसियत दिइदैन । हरेक पटक विवाह नगरेको विषय अपराध गरेको झै बहस गरिन्छ र गराइन्छ । कतिपय बेलामा उपहास गराइन्छ । अझै सन्तानको नागरिकता पाउने हकमा पनि राष्ट्र विखण्डन र भान्जा भान्जीको सम्बन्ध देखाएर लिङ्गको आधारमा विभेद गरिरहन खोज्नु प्रजातान्त्रिक प्रकृया हो भन्ने विद्वानहरूको विचारको दरिद्रता देखेर दुख लाग्छ ।

वास्तवमा यसो गर्नु र गर्न प्रेरित गर्नु वा उडाउनु सामाजिक अपराध हो । हेपाइ, मानविय हिंसा, पछौटे चिन्तन र विभेद हो ती किन यस्तो गरिदैछ । मानिसको सक्रियतालाई निस्कृय गराउने यो खराव प्रवृत्ति र उसको स्वतन्त्र अस्तित्व प्रतिको हस्तक्षेप साथै व्यक्तिको मानव अधिकारको हनन् र हस्तक्षेप हो । अविवाहित व्यक्ति प्रति लक्ष्यित  सामाजिक आर्थिक भुमिका प्रति गरिएको निषेध  हो । त्यसैले यो दण्डनीय हुनुपर्दछ ।

विवाह र प्रेम एकै प्रकृतिका तर फरक विशेषता भएका भावनात्मक सम्बन्धहरू हुन् । यी दुई मध्ये वैवाहिक  सम्बन्धले प्रजननलाई अनिवार्य गर्ने गर्छ भने प्रेम भावनात्मक रूपमा नजिक भएर पनि  विवाह भन्दा फरक स्थान र मान ओगटेर स्थापित मानविय सम्बका रूपमा रहेको देखिन्छ । अधिकाँश प्रेमहरू विवाहमा परिणत हुन्छन र नयाँ पारिवारिक र भावनात्मक सम्बन्धबाट परिवारको नयाँ सामाजिक संरचना तयार हुन्छ  ।

विवाहमा सिमा , सम्बन्ध , धर्भ,जात,रक्तनाता क्षेत्र ,वर्ण र  मानिसले परिभाषित गरेको रूपले प्रभाव पारेर साँगुरियाएको  साथै प्रभाव पारेको देखिन्छ तर प्रेमलाई भौगोलिक सिमाले रोग्दैन र छेक्न पनि सकेको देखिन्न् । त्यसैले नै प्रेम भावनासगँ जोडिएको हुन्छ भनिन्छ !

प्रेम र प्रेम भित्र  विकास भएको सम्बन्धबाट जन्मिएका सन्तानहरूलाई नागरकता दिने या नागरिक बनाउने या नबनाउने भन्ने विषय मुलुकको स्वाधीनता र सर्वभौमिकतासँग जोडेर बालबालिकालाई राज्य विहिन बनाउने कुरा मानवअधिकार , बाल अधिकार र संविधानको मौलिक हक विरोधी कुरा होइन र ?  अग्रगमनको कुरा गर्ने,प्रगतिशील र वैज्ञानिक तथ्यलाई आधार बनाएर समाज रूपान्तरणमा भुमिका निर्वाह गर्नु पर्ने व्यक्तित्वहरूको नागरिकताको पैरवी सुनेर बौद्धिकताको दरिद्रता  प्रति टिठ लागिरहेछ ।

यो लेखकको नीजि बिचार हो । लेखकको बिचारमा सहमती र असहमती राख्ने  अधिकार पाठकहरुमा सुरक्षित छ ।  

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank