स्थानीय निर्वाचनका नौ सन्देश

मङ्लबार, असार २०, २०७४



- दीपेन्द्र पाण्डे ।

देश स्थानिय निर्बाचनको रत्यौलीमा झुमेको छ । दुलाहा अन्माएको घरमा गाँउ भरीका महिला जम्मा हुँदै संस्कृतीको नाममा रम्ने परम्पराको नाम हो रत्यौली । आफ्ना पिर मर्कालाई भुल्दै छोटो समय भएपनि मन र शरिरमा ताजगी भर्ने माध्यम रत्यौली आजकाल फिल्मको गीत बाट सुरु हुन्छ र अश्लीलतामा टुङ्गिन्छ ।

किस्ताबन्दीको रुपमा सम्पन्न हुँदै गैरहेको स्थानिय निर्बाचनको नतिजाहरु करीब अन्तिम अवस्थामा आइपुगेका छन । निर्बाचनको बिचमा सरकार परिवर्तन गरेर आफ्नो राजनैतिक स्थिति मजबुत बनाउने प्रम देउवाको आसय र मनसाय बिपरित नतिजा प्राप्त हुँदैगर्दा स्थानिय निर्बाचन मार्फत नेपाली जनताले राजनैतिक दलहरुलाई दिएको सन्देश बडो रोचक देखिएका छन । झण्डै बीस बर्ष पछी गराइएको स्थानिय निर्बाचन मार्फत जनताले दिएको सन्देश र निर्बाचनको कारण जनताले थाहा पाएका बिभिन्न पहेलीहरुलाई लिपिबद्ध गर्दै तपाई सामु पस्कदैछु ।

निरर्थक चुनाबी घोषणापत्र
सर्बसाधारण जनताले कुनै सरोकार नराख्ने केवल मिडिया खपतको निम्ती दलहरु द्वारा चुनाबको अगाडी जारी गरिने चुनाबी घोषणापत्र श्राद्धमा बिरालो बाँधे भन्दा भिन्न रहेन । जनताको आबश्यकता भन्दा दलहरुको हवाई कल्पनामा आधारित घोषणापत्र खुद लेख्ने मानिस र मिडियाले बाहेक कसैले पढेको नभेटिनु बर्तमान निर्बाचनको एक अहम पहेली हो भन्ने पङतीकारलाई लाग्दैछ ।

दलीय अवसरवादको भद्धा नमुनाको प्रयोग
देश स्थानिय निर्बाचनको रत्यौलीमा झुमेको छ । दुलाहा अन्माएको घरमा गाँउ भरीका महिला जम्मा हुँदै संस्कृतीको नाममा रम्ने परम्पराको नाम हो रत्यौली । आफ्ना पिर मर्कालाई भुल्दै छोटो समय भएपनि मन र शरिरमा ताजगी भर्ने माध्यम रत्यौली आजकाल फिल्मको गीत बाट सुरु हुन्छ र अश्लीलतामा टुङ्गिन्छ । पङ्तीकार स्थानीय निर्बाचन संग रत्यौलीको फ्य्रुजन गराउने बाध्यतामा किनपुग्यो ? के बर्तमान नेपालका निर्बाचनहरु अब रत्यौलीमा परिणत हुँदै औचित्यहिन हुँदैछन ? के निर्बाचन भनेको अबशरबादलाई संस्थागत गर्ने माध्याम हो ? निर्बाचनको नाममा दलहरुले निर्माण गर्ने अपबित्र गठबन्धन आलाकाच्चा कटाकेटीले गर्ने प्रेमालाप भन्दा फरक छैनन ? गम्भिर सबालको जन्म दलहरुले गरी दिएका छन ।

माओबादी राजमो , माओबादी ससफो, काँग्रेस माओबादी ससफो हुँदै एमाले लोफो समेत गठबन्धन गर्दै देशैभर ओली बेर्ना रोपियो । भनिन्छ, जब मानिस कमजोर र अबशरबादी बन्छ उसको लागी सब कुरा जायज र पबित्र लाग्छन ।ठिक त्यही अवस्थामा नेपालको दलहरु पुग्नुले उनीहरुको बर्तमान राजनीतिको असली अनुहार खुलेर प्रकट भएको पाइन्छ ।

गत बैशाख १९ देखी देश औपचारिक रुपमै रत्यौलीमा होमिएको छ ।दलहरु आ(आफ्नो सिद्धान्तलाई अन्माएर अबशरबादको रत्यौली खेल्न आँतुरछन । जसको बिचित्र प्रयोग काठमाडौ र ललितपुरमा एमाले ओलीले कमल थापासंग हात मिलाउँदै अबसरबादको बेर्ना राखे । ओलीको सिको गर्दै काँग्रेस माओबादी , माओबादी एमाले , एमाले काँग्रेस , माओबादी राजमो , माओबादी ससफो, काँग्रेस माओबादी ससफो हुँदै एमाले लोफो समेत गठबन्धन गर्दै देशैभर ओली बेर्ना रोपियो । भनिन्छ , जब मानिस कमजोर र अबशरबादी बन्छ उसको लागी सब कुरा जायज र पबित्र लाग्छन ।ठिक त्यही अवस्थामा नेपालको दलहरु पुग्नुले उनीहरुको बर्तमान राजनीतिको असली अनुहार खुलेर प्रकट भएको पाइन्छ ।
सिद्धान्त , बिचार , नैतिकता , त्याग , तपस्या ,जेलनेल बिर्साउँदै स्थानिय कार्यकर्ताको भाबनालाई लत्याउँदै ब्यक्तीगत स्वार्थको आधारमा गरिएका रत्यौली गठबन्धनले आक्रोशित दलिय कार्यकताहरु आफ्ना शिर्ष नेताबाट चालिएको कदम पछी कोही आक्रोशित छन भने कोही निराष । युद्ध र प्रेममा सबकुरा जायज हुन्छन भन्ने सिद्धान्तलाई बिर्साउने गरी गरिएको दलिय अबशरबादको भद्धा प्रयोग भबिश्यमा बिषबृक्ष बन्न नदिने मतदाताको चेतनास्तर सलाम योग्य देखिएको छ ।

संबैधानिक शक्तिको प्रयोग गर्न नसक्ने निर्बाचन आयोग
“नेपालको संविधान”को भाग २४ को धारा २४५ देखि २४७ सम्म निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ । संवैधानिक अङ्गको स्थान पाएको निर्वाचन आयोगको मार्गदर्शक सिद्धान्तहरू स्वायत्तता , निष्पक्षता , पारदर्शिता , व्यावसायिक दक्षता , सेवा उन्मुखता , समावेशिता, जिम्मेवारी र जवाफदेहिता , विश्वसनीयता , सहभागितामूलक पद्धति , लागत प्रभावकारिता , पूर्व क्रियाशीलता र नवप्रवर्तन जस्ता आधारभूत सिद्धान्तलाई भुल्दै सत्ता गठबन्धनको क्षणिक स्वार्थको अगाडी झुक्न पुग्दा आफ्नो स्वतन्त्र छबी माथी प्रश्न चिन्ह लगाउन पुगेको छ ।

संबिधान अनुसार ६ बर्षे अबधी प्राप्त गर्दै प्रमुख निर्बाचन आयुक्त बन्न सफल डाक्टर अयोधी प्रसाद यादबको नेतृत्वमा आयुक्तहरु इला शर्मा , नरेन्द्र दाहाल , इश्वरी प्रसाद पौडेल र सुधीर कुमार शाह काठमाण्डौको मुटु कान्तीपथ अबस्थीत आयोगको कार्यालयमा बस्दै गरिएको मुटु बिहिन गतिबिधीले आयोगको स्वतन्त्र र निष्पक्ष छबी माथी बिभिन्न कोणबाट प्रश्न खडा गरिदैछ । गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्बाचन अन्तर्गत चलीरहेको मतगणनाको अन्तीम समयमा भरतपुर महानगरपालिकामा मानबिय कमजोरी नभै सुनियोजीत तबरले घटाइएको आपराधिक घटनाको सहयोगी निर्बाचन आयोग बन्न पुगेको गतिबिधीले उसको बर्तमान स्थान गृहमन्त्रालयको एकशाखा भन्दा पृथक नदेखिएको पूर्व आयुक्तहरुको धारणाबाट प्रष्ट झल्किन्छ ।

निर्बाचन आयोगको आफ्नै गौरबपुर्ण इतिहासलाई कायम राख्न नसकेको बर्तमान नेतृत्व आफ्नै निर्णय क्षमताको कारण नराम्रोसंग चुकेको छ । निर्बाचन आचार संहिताको नाममा सामान्य खरदार समेत सरुवा , बढुवाको निम्ती रोकेको निर्बाचन आयोग आफ्नै सचिबको सरुवा गर्न पुग्ने निर्णयले उसको कार्यक्षमता माथी प्रश्नचिन्ह खडा हुनु आफैमा जायज देखिन्छ ।निर्बाचनको बिचैमा सरकार परिवर्तन र बजेट घोषणा जस्ता कार्य निर्बाध सम्पन्न भएको डा.अयोधी कार्यकाल इतिहासमै निरिह र लाचार रहेको भन्न थपप्रमाण खोजी रहनु नपर्ने मतदाताको धारणा रहेको पाइन्छ ।

दुई ध्रुबिय राजनीतिको जनादेश

प्रथम चरण र दोश्रो चरणको निर्बाचन मार्फत नेपाली मतदाताले नबिकरण गरेका प्रमुख दुई दल नेपाली काँग्रेस र एमाले हुँन भन्ने प्रष्ट आधार निर्बाचन मार्फत प्राप्त नतिजालाई लिन सकिन्छ । देशी बिदेशी शक्तीबाट गरिएको वा गराइएको प्रयोग मधेषी मोर्चा मार्फत काँग्रेस र माओबादी केन्द्र मार्फत एमाले कमजोर गर्ने रणनीतिमा आंसिक सफलता प्राप्त गर्दैगर्दा देश भने निकै कमजोर भएको खुल्दैछ ।

एमाले र काँग्रेसलाई नेपाली राजनीतिको मुलधारमा अझै केही समय रहन दिने जनादेश बाट माओबादी प्रयोग अनुपयुक्त ,बोझिलो र खर्चिलो थियो भन्ने तथ्य उसको उपस्थीती ०४८ साल कै हाराहारीमा पुग्नुले प्रमाणित भैसकेको छ ।

नयाँ शक्ती , साझा पार्टी र बिबेकशील रानीबेल
प्रायोजित दिमागले देखेको नेपाली राजनीतिको आबश्यक शक्ती नेपाली मतदाताको नजरमा परी नसकेको मान्न तीनै शक्तीलाई कर लाग्दैछ । कुण्ठा , रहर र चर्चाको भरमा सोसल मिडिया मार्फत राजनीति गर्ने अवसर त छ तर नतिजा आफू अनुकुल ल्याउन असम्भब त नभनौं कठिन छ भन्ने तथ्य मतादेश मार्फत खुली सकेको छ । नयाँ शक्ती , साझा पार्टी र बिबेकशिलका धारणालाई रानीबेल सम्झने नेपाली मतदाताको नबिन सोच तत्कालको निम्ती रानीबेल हेर्नेमात्र नफुटाउने निर्णय तीनै पार्टीको राजनैतिक उपस्थीती सोसल मिडिया मार्फत हैन जनस्तरमा घुलमिल मार्फत हेर्न चाहेको देखिन्छ ।

राप्रपा र राजपाको भबिष्य कठिन मोडमा
जुन सुकै कारण , तागत र स्वार्थले होस टुटफुट बाट एकजुट तिर लम्केका दुई राजनैतिक शक्ती धर्म र क्षेत्रीयताबाट माथी उठनु बाध्यात्मक बन्दै थियो । एकिकरण पश्चात आफ्नो राजनैतिक उपस्थीतीलाई जनै मान्ने राजपा नेपाल र संसदिय संख्याको आधारमा जनैको साँचो मान्न पुगेको राप्रपालाई निर्बाचन बहिस्कार र उपयोग नफापेको देखीदैछ । बर्तमान समयको पदचापलाई ठिक ढंगले लिन नसके लोपउन्मुख हुँने खतरामा रहेका यी दुई दलबाट बाँकी साना नाङ्ले पसलहरुले शिक्षा लिए जनादेशको सम्मान हुनेछ ।

जनता र राजनैतिक दलको चेतनास्तर प्रतिगमन आधा सच्चीए जस्तो
नेपालका राजनैतिक दलहरु आफ्नो स्वार्थ पुरा गर्न अनेक बहानाबाजी गर्ने गरेका काफी उदाहरण पाइन्छन । आफ्ना अनुपयुक्त निर्णयहरुलाई शब्द मार्फत उचित देखाउने कलाबाजीले जनता पटक पटक हायल कायल पारिएका असख्य घटना भेटिन्छन । गत बैशाख ३१ को चुनाबी नतिजापछी एमाले नेता ओली बरिष्ट पत्रकार बिजय कुमारसंग गफिंदै थिए , तमाम कमजोरीका बाबजुद काँग्रेसले कसरी यती सिट जित्यो ? जनताको अभिमत प्रती गुनासो नरहेको तर आश्चर्य भने जरुर रहेको ओली कथन अनुसार जनता जगाउन अझै मिहेनत नपुगेको मान्न तयार नै थिए । कुनै समय सत्ता स्वार्थको निम्ती राजा द्वारा निर्मित देउवा सरकारमा सहभागी हुन प्रतिगमन आधा सच्चीएको निष्कर्षमा पुग्ने एमाले निर्णय जस्तै प्रचण्डलाई बोक्दा पहिलो चरणमा पछी परेको सोच्ने काँग्रेसी मतदाता देउवा आफै प्रधानमन्त्री बनेपछी आधा सच्चीएको भन्दै काँग्रेसलाई मतदान गर्ने कला एमाले रोडम्यामलाई जनताले पछ्याएको मान्नु पर्ने देखिन्छ ।

कथित बुद्धिजिबीको बिचार अस्वीकृत
आफ्नो चुलो बाल्न जेपनि बेच्न तयार काठमाण्डौबाशी नेपालका तराई मधेष समर्थित कथित बुद्धिजिबीहरुको प्रायोजित खेती जनताको नजरमा नबिक्ने बाताबरणले जन्म लिएकोछ। तराई मधेषमा चुनाब हुनै सक्दैन भएमा रक्तपात हुन्छ भन्ने आयातित बिचार पस्कनेहरुको मनसुवा माथी पानी हालीदिने मतदाताको चेतनास्तर कथित बुद्धीजिबीको भन्दा हजारौं गुणा बढी रहेको भेटिदैछ । लोकतान्त्रीक गणतन्त्रमा जननिर्बा्चित सरकारले गराउने चुनाबलाई अनेकौं बहानामा बदनाम गर्ने खेतालाहरुको चाल नबिक्ने दिन सुरु भैसकेकोछ । नेपालको तराई मधेषलाई कसैको स्वार्थ अनुरुप कश्मिर बनाउँन खटाइएका शक्तीको वकालत गर्ने प्रायोजित मिडियाबाजी र सोचलाई पुर्णतया नकार्ने नेपालका तराईबाशी जनताको राष्ट्रभक्ती , लोकतन्त्र प्रतीको निष्टा र लगाबले कथित बुद्धिजिबीहरुको पसल बन्द हुने संकेत देखीएको छ ।

मुल्ला नसरुद्धिनहरु कम्युनिष्ट बन्दैछन
आजकल नेपालमा कम्युनिष्ट बन्ने फेसन चल्दैछ । कम्युनिष्ट किन बन्ने र कसरी बन्ने भन्ने कुरासंग कुनै लेनादेना नरहेको कम्युनिष्ट शैली राम्रोसंग बुझ्न मुल्ला नसरुद्धिनको कथा आबश्यक देखिन्छ । आफ्नो सामान प्रती अत्यन्त लोभी मुल्ला नसुरुद्धिन कम्युनिष्ट भएको हल्ला सुन्ना साथ मुल्लाको साथी उसलाई भेटन गयो ।

मित्र “ मुल्ला के तिमीलाई थाहा छ कम्युनिष्टको मतलब के हो ?
मुल्ला अँ मलाई थाहा छ ।

मित्र तिमीलाई थाहा छ , तिमी संग दुईवटा कार भए एउटा अरुलाई दिनुपर्छ ।
मुल्ला थाहा छ । म खुशीसाथ एउटा कार दिन तयार छु ।
मित्र तिमीलाई थाहा छ । तिमीसंग दुईवटा घर भए एउटा अरुलाई दिनुपर्छ ।
मुल्ला थाहा छ । म खुशीसाथ दिन तयार छु ।
मित्र यदी तिमी संग दुईवटा गधा भए एउटा अरुलाई दिन तयार छौ ।
मुल्ला कदापी सक्दिन । म यो कुरा संग मतलब राख्दिन । म बिल्कुल एउटा गधा दिन सक्दिन ।
मित्र किन ? यहाँ पनि त्यही नियम लागु हुनुपर्छ नि ।
मुल्ला किन कि म संग दुईवटा कार र घर छैन तर दुईवटा गधा छ ।

माथीको कथामा जस्तै नेपालमा कम्युनिष्ट बन्ने होडबाजी चल्दैछ । मुल्लाको दौड मस्जिद सम्म भने जस्तो जसरी पनि पद प्राप्ती गर्ने र आफ्नो स्वार्थ पुरा गर्ने नसरुद्धिनहरु कम्युनिष्ट बन्ने होडबाजी त्यही मुल्लाको किस्सा संग ठ्याक्कै मेल खान्छ । हजारौं शहीदको खेती गर्दै , लाखौलाई घरबार बिहिन बनाउँदै कम्युनिष्टको नाममा देशलाई खोक्रो बनाउने माओबादीहरु मुल्ला शैलीमा काँग्रेससंग गठबन्धन बनाउँदै देश लुटन तम्सिएको बर्तमान राजनीतिमा जनताबाट अनुमोदित हुँन पुगेको तथ्यसंग ओली आश्चर्य चकित हुनु जायज नै मान्नु पर्ने देखिन्छ ।

एमाले भित्र हुर्कदै गरेको मुल्ला संस्कृती र माओबादी केन्द्रको मुल्ला नीतिको कारण सयौं मुसा खाएर बिरालो धर्मगर्न हिडयो भन्ने संग नेपालको वामपन्थी आन्दोलन गुज्रदै गरेको जनताले थाहा नपाएको यो निर्बाचनको पहेली भबिश्यमा कुन रङ्गमा फुल्छ । त्यसैमा लोकतन्त्र र वामपन्थको भबिश्य टिकेको छ ।

1075 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank