परिवर्तनका लागि नेता होइन निर्णय क्षमता चाहिन्छ

शुक्रबार, अशोज ५, २०७५



- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र

नेपाली राजनीतिकि शिखर हस्ती सहाना प्रधानको चौथो स्मृति दिवस मनाइरहदा नेपाली राजनीति भित्रका केही दलीय राजनीतिक सोच र केही महिला आन्दोलनमा देखिएका विषयलाई पनि चर्चा गर्न पर्छ जस्तो लागेर केही विषयहरू उढाउने प्रयास गरेको मात्रै हो । अधिकारको आन्दोलन गरिरहदा हामीले निकै गमेर सोच्नु जरूरी हुन्छ जस्तो लाग्छ । त्यो के हो भने अधिकारका कुरा को केन्द्रीत  । किन उनीहरू केन्द्रीकृत ?  कसरी उनीहरूले अधिकार प्राप्त गर्न सक्छन त ? भन्ने उदेश्य निर्धारण भएको या भएर नै हामीले संगठन बनाएका हुन्छौ । त्यसैले हामीले गर्ने काम मेरो लाभ र हानी या अवसर केन्द्रीकृत नभइ सामाजिक न्याय केन्द्रित बनाउनु उपयोगी हुन्छ भनिन्छ ।

परिवर्तन या रूपान्तरणको लागि हामीले इतिहास बनाउने महिला या  पुरूष पदमा पठाउने  अथवा बनाउने कुरा  होइन, निर्णय गर्न सक्ने महिलाको सहभागिता  सहितको राजनीति र राज्य सञ्चालनको संयन्त्र बनाउन खोजेका हौ , भन्ने कुरा बुझ्न सक्यो भने मात्रै सुखी नेपाली र सम्वृद्द नेपाल बनाउने सपना साकार होला ।

अहिले सम्म कृपाबाट राजनीतिक नेतृत्व दिने र लिने प्रवृत्तिले महिला आन्दोलनलाई कम्जोर मात्रै होइन  समग्र विकास र निकास सहित आन्दोलनले स्थापित गरेका हक र अधिकार नै ध्वस्त नै पार्न सक्छ । भन्ने कुरा राजनीति र गैर राजनीतिक क्षेत्र दुबैले बुझ्न जरुरी छ ।

महिलाहरू विहान सबैरै देखि रातीको अबेर सम्म काम गरेर पृष्ठभूमि बनाउँछन तर इतिहासमा नाम पुरूषको लेखिदा मेरो भुमिका रहेको कारण तिमी पनि जोडिएर आयौ चाहिँ भन्न सक्दैनन् । यतिको काम र व्यवस्थापन गरिरहदा गरेको नेतृत्वदायी भुमिसहितई  न महिलाले नेतृत्व गरेको हो भन्न सक्छन् न पुरूषले देखेर लेखिदिन्छ । नेपालको राजनीतिक आन्दोलनका सबै पक्ष या  दलहरूमा यहि र यस्तै प्रचलनले ठाउँ पाएको छ । यो अवस्था हटाउन पहिले दलहरूमा नेतृत्व गर्नेहरूले विकास,समावेशीकरणको प्रकृया , सहभागिता र महिलावाद पढ्न र बुझ्न जरूरी छ । यो नपढेका दलका नेता र कार्यकर्ताले सहाना प्रधानलाई बुझ्न र सम्मान गर्न जान्दैनन् ।

यहि नेर स्त्रीत्व र पुरूषत्वको कुरा पनि जोडिन आउँछ । महिला र पुरूषमा भएको जैविकीय क्षमताको पहिचानलाई विर्सेर आर्थिक,सामाजिक , सांस्कृतिक  र धार्मिक मान्यताभित्र  हामीले बनाएका प्रचलनलाई आधार मानेर स्त्रीत्व र पुरूषत्वको परिभाषा गर्ने चलनमा दृष्टिकोणीय रूपले फेरवदल नगरे सम्म समानताको दृष्टिकोणको  विकास समाजमा स्थापित गर्न निकै कठिन छ ।

समान अधिकारको कुरा गर्दा पुरूषपक्षले अधिकार दिने र महिलापक्षले लिने  भनेर वाद विवाद गर्ने  विषय होइन नि ! यो त मानविय सहकार्य र सहभागीतासँगै जोडिएको दिगो विकासको एउटा खुट्किलो हो । अर्को मानविय समानताको आधार तयार गर्ने कार्यक्रम हो भनेर बुझ्ने कुरा पनि होइन र ?  यस्तो परिभाषाको समाज बनाउन शैक्षिक क्रियाकलाप सहितको व्यवहारवादमा उतार्न विद्यालयको शिक्षाबाटै विभेद मुक्त वातावरण निर्माण गर्ने विषय बनाउदै घर व्यवहारमा लागू गर्न सक्यौं भने समानताको नारा बीस वर्ष पछि हाम्रो घर र परिवार भित्र  स्वत प्रवेश गराउन सक्छौं नत्र नारा मात्रै  सिमित रहेर समाज यथास्थिति तिर जाने खतरापूर्ण अवस्था पनि देखिदै छ ।

   राजनीतिक इच्छाशक्ति भए यस्ता विषयहरूलाई दलहरूले दलका विषय बनाएर छलफल गराउथें । यस्ता विषयहरू समाजसँग जोडिन्थें तर अहिले त दलहरूले राजनीतिलाई समाजसगँ जोड्न सकेकै छैनन ।  राजनीति भित्र जोड्न चाहेको पनि देखिन्न ।त्यसैले महिलाका मुद्दाहरू अझै ओझेलमा पर्दैछन । निर्वाचनको या अन्य प्रशिक्षणहरूमा भाषण गरेको जस्तो कुराले समाज रूपान्तरण हुदैन । समाजले बनाएको सामाजिक र सांस्कृतिक  कानुन,धार्मिक सांस्कृतिक प्रचलन र मुल्य मान्यताका कुरा महिलाले मात्रै तोड्ने र कानुनी कुराको साहारा लिने या लिन खोज्ने विषयले महिलाहरूमाथि हिंसा हुने या बढ्ने खतरा देखिन्छ ।

साथै पारिवारिक आर्थिक गतिविधिमा महिला सामेल बनाउने,व्यवहारीक प्रयोग गर्ने, दलका शिर्ष नेता र कार्यकर्ताहरूमा कार्यक्रम एकरूपता गराउने कुराहरूमा दलहरू अनि दलका महिला अधिकारका लागि कार्यरत संगठनहरू साथै दल भित्रका दलिय महिला सदस्यहरूले   बोल्न सक्छन कि सक्दैनन् त ? यस्ता  विषयमा कति बोल्छन र लड्छन त्यसमा अधिकारको स्थापना र महिलाका मुद्दाको समाजिकीकरण र  दलीयकरण हुन र गर्न सकिने हुन्छ भनेर पनि स्व मुल्यांकन गर्न पर्ने अवस्था छ । यो र यस्ता प्रकृतिका कुरा राजनीति भित्रको धन,डन र मन प्रवृत्तिले निकै धराशायी बनाएको जस्तो देखिन्छ । यस्तो अवस्थामा महिलाका मात्रै होइन अन्य विभेदमा परेका सबै वर्ग र पेसा व्यवसायमा रहेका जनताको कुरा सम्बोधन हुन कठिन हुन्छ ।

हिजो या विगतमा सँगसँगै राजनीतिक काममा सहभागी भएका महिला र पुरूषबीच भएको प्रेम अथवा राजनीतिक सहमतीको विवाह भए पनि विवाह पश्चातकाे राजनीतिक सहभागितामा महिलाले राजनीति त्याग गरेर घरायसी काम र मामको व्यवस्थापनमा लाग्नु पर्ने अवस्था अझै रहिरहेको छ । यो र यस्ता महिलाको राजनीतिसँग सम्बन्ध राख्ने विषयहरूलाई अझै कसरी वातावरणलाई व्यवस्थापन गरेर सहज सकृयता बढाउने भन्ने विषय अहिले राजनीतिक दलको खासै चासोको विषय छैन । त्यस्तै पारिवारिक राजनीतिक सहभागिताले पनि  महिलालाई नै  राजनीतिमा निरूत्साहित गरिरहेको इतिहास पढाउने चलन छ र देखाइन्छ ।

राजनीति कसले गर्ने ? राजनीतिलाई समाजमा  कसरी पुर्याउने ?  पुरूषहरूलाई राजनीतिक विषय र सामाजिक आर्थिक मुद्दामा कसरी  सशक्त बनाउने विषयहरू पनि अझै दलिय व्यवस्थाका राजनीतिक विषयमा परेका छैनन । यसै  कारण राजनीतिक,सामाजिक,आर्थिक र सांस्कृतिक पक्षसगँ महिलाले  परिवारको व्यवस्थापनको नाममा सम्झौता गर्नु पर्ने अवस्था  अझै छ । समस्याले रूप फेर्यो होला  सारमा हिजो जतिकै आज पनि महिलाकोलागि जंजिर जस्तै बेरिएको छ ।

  महिलाको राजनीतिक सहभागिता र सामाजिक आर्थिक काममा गतिशीलता खोज्ने पुरूषहरूले पनि यस्ता विषयमा महिलाको विषय दलमा र घरमा सहयात्री र श्रीमतीको विषयमा असरल्लै छोडी दिन्छन । धोरै व्यवस्थापनको विषय उठायो भने रिस र अधैर्यताले टाडिने चलन राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा काम गर्नेहरूमा प्रसस्तै भेटिन्छन । थोर सियरीङको कुरा गर्यो भने पनि   चासो पटकै लिन्नन् । यस्तो अव्यवस्थापनमा महिलाकाले राजनीतिक काम मात्रै होइन पेसागत कामलाई पनि अघि बढाउन निकै गार्‍हो हुन्छ । यो काम  सँग मात्रै महिलालाई अझै हेरिदैछ भन्ने कुराको प्रमाण हो  साथै क्षमताको असहयोग हो भन्ने पनि बुझिन्छ।

  महिलालाई काम,काज,लेखपढ,बौद्धिक बहस,पत्रपत्रिका नियमित पढ्नु पर्छ र  विचारको धारण आफै  बनाउनु पर्छ भन्ने ज्ञान कमैमा छ भए पनि पिता र  श्रीमानर दाइ या भाइ पुरूषले बोलेका या राखेका विचारमा फरकमत राख्नु भन्दा प्रभावित भएर त्यसैमा समर्थन गर्नुर चित्त नबुझे मौन बस्नु नै उत्तम विधि मान्ने चलन पनि छ ।

आफुसँग भएको थप सृजनात्मक विचार समझदारी पुर्वक राखेर बौद्धिकता थप्न खोज्यो  भने कि गाली खान्छन कि एक्लयाउनेर झर्कनेर या त्यै त नि आदि शव्दले हियाउने प्रचलन,घर,परिवार, समाजम र  राजनीति भित्र प्रशस्तै छन ।यी र यस्ता प्रचलनहरू  पुरूषका या महिलाहरूमा भएका  पछौटे चिन्तनहरू हुन्न भन्ने नबुझे सम्म  महिला सहभागीताको कुरा देखाउने र भाषण गर्ने विषय मात्रै बन्ने खतरा अहिले पनि बलियो देखिन्छ । त्यसैले हामीले सहाना प्रदान प्रति श्रद्धाञ्जली अर्पण गरिरहदा यी र यस्ता विषयमा वहसर पैरवी गर्ने गरौं । नेपाली राजनीतिकि अग्रणी प्रति  चौथो स्मृति दिवसको अवसरमा हार्दिक शब्द श्रद्धाञ्जली !!!

595 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank