लगानीकर्ता र श्रमिकले यो पनि सोच्ने कि !

सन्दर्भः १२९ औं मे दिवस

मङ्लबार, बैशाख १८, २०७५



- सीता ओझा

श्रम भन्नासाथ काम, कामदार र काम बनाउने या दिने अथवा लगानी गर्नेहरू सँग सम्बन्ध जोडिएको शव्दका रुपमा हामीले बुझ्ने गर्दछौ । वास्तवमा यी शव्दहरू र यहाँ जोडिएका मानव श्रोतहरू एक अर्काका लागि परिपुरक देखिन्छन । श्रम या काम शव्दले काम या लगानीको औपचारिक र अनौपचारिक साथै घरायसी कामलाई पनि समेट्छ । यसरी बुझने चलन पनि हामी कहाँ भर्खरै भित्रिदै छ भन्न सुवाउँछ । यहि कारण श्रम र श्रमिक शव्दसँग महिलाको पनि स्वामित्व जोडिदै गरेको जस्तो देखिन्छ ।

वास्तमा महिलाको घरायसी कामको कुरा पनि अनौपचारिक श्रम र त्यसको मुल्याङकनसँग जोडिएदेखि महिलाको समाजमा स्थान र मानमा फरक पहिचान बन्ने थियो होला । त्यसैले श्रमिक दिवस मनाइरहँदा श्रमिकका संगठनहरूले यस्ता विषयमा पनि चर्चा गर्दा उतम हुने थियो की ! साथै यस्ता विषयहरूले मुलुकको उत्पादन शक्ति, क्रय र विक्रयको क्षेत्र, उपभोक्ता हुँदै राष्ट्रिय अर्थतन्त्रमा महिलाको आयश्रोत वृद्दिमा समेत तथ्यांकीय हिसावले फरक पार्ने थियो होला ।

हरेक मानिसको जीविकोपार्जनसँग श्रम शव्दको सम्बन्ध जोडिनपुग्छ । यसरी काम गर्ने मानिससँग आज भन्दा १३२ वर्ष पहिले अमेरिकाको शिकागो शहरमा कारखानामा काम गर्ने कामदारहरूले हरेक कामदारहरूलाई आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको आवश्यकता पर्दछ भन्ने माग राख्दै सन् १८८६ मे १ तारिकदेखि कारखानाको काम छोडेर अधिकारको लागि शिकागोको सडकमा आन्दोलन सुरुवात गरेको ऐतिहासिक दिनको रुपमा लिइन्छ र मजदुर दिवसको रुपमा विश्वभरि मनाइन्छ । यस दिनले विश्वका मजदुर अथवा श्रमिकहरूलाई आफ्नो अधिकारको लागि संगठित हुन पनि आव्हान गर्दछ । साथै अधिकांश मजदुरले मजदुरको अधिकार पाएको दिन र अधिकारको प्राप्तीको दिन, सेवामा सिप र क्षमता अभिवृद्दिको माग गर्ने, कार्यस्थललाई मजदुर र काममैत्री बनाउने दिनका रुपमा पनि लिइन्छ । सन १८१९ मे १ कै दिन सयकडौँ मजदुरले संगठित हुने संगठन, काम, आराम र मनोरञ्जनको मानवीय आवश्यकतालाई लगानीकर्ता र राज्यले बुझ्नुपर्ने कुरा औल्याएका थिए ।

यसरी आफ्ना न्यायोचित माग सडकमा विरोध प्रदर्शनमा निस्कदा सयौँ गिरफतार, दर्जनौ घाइते भए । तात्कालिन अमेरिकी सरकारले ९ जना मजदुरहरूलाई प्रदर्शनकै क्रममा मारिदियो । यसरी आफ्ना साथीको बलिदानपछि पनि मजदुरहरू आन्दोलनबाट पछि हटेनन् । यो आन्दोलन ४ वर्षसम्म चलिरह्यो । सन १९८९ मा एंगेल्सको नेतृत्वमा सम्मेलन सम्पन्न भयो । त्यो सम्मेलनले सन १९९० मे १ तारिकलाई अन्तराष्ट्रिय रुपमै मजदुर दिवसको रुपमा मनाउने निर्णय गर्यो । अहिलेसम्म विश्वका मजदुरले त्यहि ऐतिहासिक महत्वलाई आफ्ना मागसँग जोडेर मे दिवसको रुपमा मनाउदै आएको देखिन्छ । त्यसपछि विश्वभरि यो दिन विषेश रुपमा मजदुरहरूको एकता, विरता, सर्घष, अधिकारको प्राप्ति र उपलब्धीको महत्वपूर्ण दिनको रुपमा लिने गरेको देखिन्छ ।

नेपालमा श्रमिकहरूले वि.स. २००४ सालमा विराटनगरको जुटमिलबाट मजदुरका कामको सुरक्षा, सगंठित हुने सहित राजनीतिक अधिकारको माग गरेको तथ्य ऐतिहाँसिक अध्ययनमा भेटिन्छ । यसरी आन्दोलन गर्नेहरूमा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालासगँसगै लड्ने प्रेरणादायी महिला नन्दा नेपालको पनि नाम श्रमिक आन्दोलनले विर्सन सक्दैन । त्यसैगरी विद्यालयका शिक्षकहरूले वेतन, सञ्चयकोष, निवृत्तिभरणसहित संगठित हुन पाउनु पर्ने माग सहित वि.स. २०३६ सालबाट शिक्षकहरूको आन्दोलन सुरु भयो । त्यो आन्दोलनमा धेरै शिक्षकहरू घाइते भए, त्यतिकै गिरफतार भए । सयाँैलाई जेल चलान गरियो । निकै लामो संघर्ष पश्चात वि.स. २०३७ साल चैत्र २९ गते शिक्षक संगठित हुने अवसर सहितका केहि मागहरू पुरा गर्न सरकार बाध्य भएको कुरा शिक्षकहरूको संघर्षको इतिहास खोजी गर्दा भेटिन्छ । त्यसबेलाको शिक्षक आन्दोलनको बाहिरी र भित्री दुवै नेतृत्वमा महिलाको पनि महत्वपूर्ण सहभागिता देखिन्छ । यसरी हेर्दा श्रम र श्रमिकहरूको काम र कार्य क्षेत्रमा अधिकारको आवश्यकता र सर्घषमा महिलाहरूको सहभागिता मैत्रीपूर्ण र आवश्यकीय महसुस गरेको र उल्लेखनीय नै भएको भन्ने आधारहरू प्रसस्तै छन तर अहिले सहभागिताको पक्ष समावेशी र गुणस्तरीय पक्ष कमजोर भएको हो की भन्ने चर्चा निकै चलेको सुनिने गरेको छ । यो कुरा पनि यस्ता दिवसले सम्बोधन गर्नु पर्छ होला की !

हाम्रो जस्तो देशमा यस्ता आन्दोलनहरूले पेसामा पेसागत दक्षता, उपादन क्षमता उत्पादनमा वृद्दि र विकास सहितको राष्ट्रिय पुँजीको वृद्दिमा सहयोग पुग्ने र पुर्याउनका लागि पनि हुनुपर्छ भन्ने आम धारण अझै विकास हुन सकेको छैन की जस्तो लाग्छ । यस्ता विषयमा पनि आम चासोसहित लगानीकर्ता, श्रमिकका सगंठन र राज्यले छलफलको विषय बनाउन सके मुलुकको लागि हितै होला की भन्ने पनि सुनिने गरेको बुझिन्छ । त्यस्तै लगानीकर्ता, श्रमिक र राज्यबीचको त्रिकोणात्मक सम्बन्ध र सौदावाजीको कुराबीच पनि खास तालमेल नभएको होकी भन्ने कुरा त्रिपक्षीय मिडियाबाजी हँुदा र सेवाग्राहीले सुविधाबाट बन्चित हुनुपर्दा मात्र थाहा पाउने परिपाटीको अन्त्य गर्न सेवाग्राहीको आवाज कहाँ सुनुवाई हुने या सेवाबाट बन्चित हुनेले त्यसको क्षतिपुर्ति कसरी पाउने होला ? यो र यस्ता विषय पनि छलफल हुन जरुरी देखिन्छ । राज्य तथा लगानीकर्ता दुबैले काम र कामदारको महत्व बुझेर ट्रेड युनियनको समुचित व्यवस्थापन र सहकार्यको विषयमा अब सोच्नैपर्छ । नत्र लगानी तथा काम दुबै असुरक्षित हुने अवस्था राज्यले पटक–पटक व्यर्होनु पर्ने हुनसक्छ । अब हामी कसैले पनि सामान्य संवाद गर्न व्यवस्थापन, राज्य या मजदुर भएर होइन राष्ट्रिय पुँजीको जोहो गर्न विभिन्न माध्यम र विचारको अनेकताभित्र पुँजीको संरक्षण र लगानीमैत्री वातावरण बनाउनै पर्छ । नत्र हाम्रो सम्वृद्दिको नारा कार्यक्रममा होइन, नारामा मात्रै सिमित नहोला भन्न सकिन्न ।

अहिले हामी दलीय व्यवस्थामा छौँ । दलीय संरचनासँग श्रम संगठनहरू पनि जोडिएका छन् । यसरी जोडिएको सम्बन्धभित्र कार्यक्रममा एक रुपता हुन नसक्दा पनि मुलुकको श्रमशक्ति क्षय हुन सक्छ । यस्ता हेर्दा साना देखिने तर विकास र आर्थिक सम्वृद्दिलाई प्रभाव पार्ने विषयमा राज्य र राज्य सञ्चालकहरू निकै गम्भीर हुनुपर्ने देखिन्छ । अहिले मुलुकको राज्य संरचना संघीयतामा गएको छ । यस्तो बेला थोरै मानवश्रोतले धेरै काम गनुपर्ने हुन्छ । यो अहिलेको मुलुकको आवश्यकता पनि हो । यहि मुलुकका हामी सबै नागरिक हौँ र छाँै पनि । त्यसैले सबैको शिर ठाडो हुने मुलुक बनाउन, सबैका परिवार यहि देशमा बस्न सक्ने अवस्था सृजना गर्न हामी सबै एक पटक मनदेखि लाग्नु पर्ने हुन्छ की श्रमिहहरूले पनि सोच्ने हो की । मुलुक भए हामी रहन्छौँ मुलुकमा राष्ट्रिय पुँजीको जगेर्ण गर्न सके हाम्रा सुविधाहरू बढ्लान । सोचनीय विषय यो पनि हो की !

श्रमिक संगठन र संगठनभित्रको सांगठनिक पद्दतीमा देखिएको निषेधिकरणका घेराबन्दी पनि पेसागत दक्षता अभिवृद्दिको र विकासको बाधक तत्वको रुपमा रहेको देखिन्छ । श्रमिकका संगठनहरूभित्र विचारमुखी श्रमिक सदस्यमात्र ग्राह्य देखिन्छ । फरक विचारका श्रमिक विचारभित्र पनि र बाहिर पनि टिक्न सक्ने वातावरण छैन । यस्तो वातावरणले श्रमिक हुन पनि राजनीतिक विचार राख्नैपर्छ । यस्तो वातावरणले काममा गुणस्तर होइन विचारमा निकटताको मानिसको छनौट हुने परिपाटी बस्छ । त्यसो हुने परम्पराले राम्रो मान्छे पछि पर्छ हाम्रो मान्छे हात लाग्छ । यो परम्परा सेवा क्षेत्रमा पटक्कै राम्रो होइन । एउटा मानिसको कारण कहिले काँहि सम्पूर्ण सेवा क्षेत्र नै जोखिममा पर्न पनि सक्छ । कामदार लगानीमैत्री वाताबरण हुन नसक्ने अवस्था सिर्जना हुनु भनेको हायर र फायरको अबस्था हो ।

यो र यस्तो सोचले देखाउने कुरा भनेको ठोस योजना विना मुलुकको अग्रगमको कुरा गर्नु भन्ने अवस्था आउनु पनि हो । एउटा व्यक्तिको संवेगले या व्यक्ति लोकप्रिय हुने कार्यक्रम कुनै संस्थाका लागि दिर्घकालिन रुपमा लाभ गर्ने हुन सक्दैन् भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । अहिलेको सम्वृद्दिको नारा नाराको रुपमा होइन योजनावद्द विकासको कार्यक्रम बन्न र बनाउन यस पटकको मे दिवसका हरेक कार्यक्रमहरु सार्थक बनुन । हामी सबैलाई १२९ औं मे दिवसको शुभकामना !!!

327 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank