यि कुुलमान, ती लोकमान !

आइतवार, माघ २, २०७३



- बविता ढकाल

 अहिले सर्वत्र चर्चा छ, दुुई मान अर्थात, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अख्तियारको प्रमुखका लागि अयोग्य भएको भन्दै  फैसला सुनाइएका लोकमान सिंह कार्कीको । नेपालीमा एउटा भनाई छ, ‘नाम होस या बदनाम, तर गुमनाम नहोस्’ । कुुलमान र लोकमानका हकमा अहिले त्यस्तै भएको छ । चर्चा राम्रोको मात्र होइन, नराम्रोको पनि हुुन्छ भन्ने नबुुझ्ने मानिस पनि चर्चाकै पछि लाग्न बाध्य छन् वा बनाइएका छन् ।

कुनै समय भनिन्थ्यो ‘नेपाल हल्लै हल्लाको देश हो ।’ अहिले भनाई बदलिएको छ, ‘नेपाल चर्चै चर्चाको देश हो ।’ चर्चा हुनुुु आफैमा राम्रो कुुरा हो । तर हाम्रो देशमा अनावश्यक कुरा र पात्रको चर्चा हुँदै गर्दा त्यसले अनावश्यक रुपमा सबैलाई तरङगीत बनाउने गर्दछ ।

केही समयदेखि नेपाली जनमानसको जिब्रोमा स्थान पाउन सफल दुुई नाम कुलमान र लोकमानले छापाहरुको राम्रो स्थान खपत गरिदिएका छन् । कुलमान राम्रो कामले चर्चित भैरहँदा लोकमान डर, त्रास, भए र अहङकारको नामले चर्चित बनेका छन् जनता माझ ।

    कुुलमान :  नेपाल विद्युुत प्राधिकरणका प्रबन्ध निर्देशक कुुलमान घिसिङ विद्युुतको व्यवस्थापन उचित ढंगले गर्दै चर्चामा आएका पात्र हुन् । उनको काम गर्ने शैलीले मर्माहत केही कुलक्षणयुक्त शक्तीहरु उनका विरुद्ध टाउको उठान नसक्ने अवस्थामा छन् । कमिशन र घुुसका भरमा पेट पाल्नेहरुलाइका लागि कुलमान एउटा कसिङगर बनिदिएका छन । जनताका लागि भने नायक ।

आखिर सफल व्यवस्थापन र जनताप्रतिको इमान्दारिता हुने हो भने जनतालाई १८ घण्टासम्म थोपरिएको लोडसेडिङ पनि एकाध महिनाका अन्तरमा शुन्यमा झार्न सकिदो रहेछ भन्ने उदारहण कुलमानले गरेर देखाईसकेका छन् । एउटा ज्वलन्त प्रश्न यहाँनेर छ की, अहिलेसम्म यति धेरै समय लोडसेडिङ किन र कसरी गराईयो ?

त्यस्ता मानिहरु को को हुन, जसले जनताका आँखामा छारो हालेर आफ्नो खल्ति भरे ? अब कुलमानले देश र जनतालाई साँची राख्दै त्यस्ता धमिराहरुका बारेमा बोल्ने आँट गर्नुपर्छ । ताकी भविष्यमा अन्य निकायहरुमा नियुक्ती लिनेहरुले पनि देश र जनतालाई ढाँटेर आफ्नो दुनो सोझ्याउने आँट नगरुन ।

नेपालको हरेक क्षेत्रमा अयोग्य र भ्रष्ट व्यक्तिहरुका बोलवाला चलिरहेको समयमा जनताको पक्षमा काम गर्ने कुलमान साच्चै कुल र लोककै राख्न सफल पात्र हुन् ।

 लोकमान : संवैधनिक परिषदको सिफारिसमा २०७० बैशाख २२ गते अख्तिायार अनुसन्धान आयोगको प्रमुुखको पदमा योग्य देखिएका लोकमान सिँह कार्की २०७० बैशाख २५ गते तत्कालिन राष्ट्रपति डा.रामवरण यादवबाट सपथ खुवाउने कार्यको सर्वत्र निन्दा र आलोचना भएको आज झै लाग्दछ ।

कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदका लागि योग्य मानिस होईनन् भन्ने कानूनी दावी गर्ने अधिवक्ता ओमप्रकाश अर्यालले सर्वाेच्च अदालतमा दायर गरेको मुद्दालाई किनारा लगाउँदै सर्वाेच्च अदालतका न्यायमूर्तीहरुले २०७३ पौष २४ गते एउटा ऐतिहासिक फैसला गर्दै लोकमानलाई अख्तियार प्रमुख पदको निम्ति अयोग्य भनि घोषणा गरिदिए ।

अनेकौ आरोपहरुलाई पाखा लगाउँदै अख्तियारको प्रमुख बन्न सफल लोकमान शाहीकालिन दम्भले अगाडी बढ्ने आँकलनलाई साँचो सावित गर्दै प्रतिशोधको आधारमा कामको सुरुवात गर्न थाले । राम्रो कामको अपेक्षा गर्ने नेपालीहरु उनमा अहङकार दम्भले भरिएको एउटा ‘भिलेन’ पात्रको तस्वीर देख्न थाले ।

लोमानले जहाँ जहाँ हात हाले, त्यहाँ त्यहाँ पैसाको मोलमोलाईमा उन्मुक्ती र कारबाहीको डण्डा बर्साए । कानुनको उपाहास गर्दै दादागीरी शैलीमा आफुलाई अघि बढाए । आफ्नो विरोध गर्नेको तीन पुस्तासम्मलाई डाम्ने गरी रिस साँध्ने काम गरे । समय बदलिदैँ जाँदा त्यो अरुका लागि मात्र नभएर उनकै लागि प्रत्युुत्पादक बनिदियो ।

काठमाण्डौमा पर्यावाची लोकमान आफ्नो पुरानो छवी सुन काण्ड, टिपेक्स काण्ड, सुपारी काण्डमा अरु काण्डहरु भर्न आतुर भए । अख्तियार प्रमुख भएर  भूकम्प पछि उनले निर्माण गरेका काण्डहरु, त्रिपाल काण्ड, यूटियल काण्ड र मेडिकल शिक्षा घोटाला काण्ड आलोचित हु्ँदै गर्दा अदालति पासोबाट उम्कने नयाँ काण्ड म्याद तामेली काण्डसम्म मच्चाउने हर्कतले एक महाकाण्ड मच्चाउने नायक बन्न पुुगेको पत्तै भएन ।

विवाह, प्रतिशोध, बार्गेनिङ, अटेरिपन र नयाँ राजा बनेको भ्रमको पोको लोकमान अख्तियारको नाममा प्रधानमन्त्री बन्ने सपना पाल्दै थिए भन्नेहरु प्रशस्तै भेटिन्छन्, नेपाली राजनीतिमा ।

लोकमान कसैबाट प्रयोग भए वा गरिए भन्ने कुरालाई लुुकाउन असफल लोकमान अख्तियार जस्तो निकायलाई पंगु बनाउँदै केवल आफ्ना फाईदाको निम्ति जसरी प्रयोग गर्दै थिए त्यसरिनै आफ्ना विरोधिहरुको घेरा ठुलो बनाउँदै थिए ।
उनी भित्र जागेको महत्वकांक्षाले अनावश्वक स्पष्टवाजी गर्ने लोकमान सार्वभौम संसद, सम्मानित अदालत आदीलाइ अटेरी गर्दै अगाडि बढ्ने क्रममा अदालत बाधक बन्दै गरेको महशुस गरी तिकडमका तानाबाना बुन्न विदेश सवारी हुँदा अदालती पासोको प्रक्रियामा भाँजो हाल्न लगाउने उनको निच क्रियाकलापले सर्वसाधारण जनता समेत  उनीबाट स्पष्ट हन पुुगे ।

फलस्वरुप: ठुलै काण्ड मच्चाउने योजनामा लामो विदा सकाउदै स्वदेश आउँदै गर्दा संसदमा दर्ता गरिएको महा अभियोगुप्रस्तावको चेपुवामा पर्दै पदीय हैसियतमा निलम्वित जीवन बिताउन बाध्य भए ।

सज्जन जति जेलमा अपराधि जति असनको साँढे जस्तो छाडा जिवन विताउने अवस्था सिर्जना गरिएको उनको कार्यकालमा त्रसित मानिसहरुलाई राहत दिँदै आएको सर्वाेच्चको फैसलाले न्याय अझै नमरेको आभास मिलिरहेको छ । एमाले र माओवादी केन्द्रको अपरिपक्व खेल महाअभियोग प्रस्तावलाई कांग्रेसको हुतिहारापनले संसदलाई निकम्मा सावित गरिदिँदा वर्तमान सांसदहरु र संसदको इज्जत बचाई दिने सर्वाेच्च फैसला आफैंमा नयाँ आशा र भरोसाको संकेत भन्नेहरु थुप्रै भेटिएका छन् ।

लोकमान अख्तियारको रुपमा ४४ महिना बहाल हुंदा उनले आफ्नो अयोग्य कामको निम्ती नेपाली ढुकुटीबाट बुुझेको रकम करिब २६ लाख र घरभाडा, भत्ता, बैदेशिक भ्रमण लगायत अन्य सुविधाहरु अशुल उपर गर्दै राज्य कोषमा दाखिला गर्नुपर्छ भन्ने चर्काे आवाज उठिरहेका बर्तमान समयमा के नेपाली जनाताको भवनाको संसोधन  दाहाल सरकारले गर्ला ? प्रश्न  आफैमा दमदार छ ।

अन्तमा समाजले राम्रो र नराम्रो कामको मुल्याङकन ढिलो या चाँडो गर्दो रहेछ भन्ने उदारहण कुलमान र लोकमान प्रकरणले देखाएको छ । नागरिकका हैसियतले भनौँ लोकान प्रवृक्तीलाई पुनरावृक्ती हुन नदिन कुनै आग्रह पुर्वाग्रह विना एकजुट हुन आवश्यक छ । यो कुनै व्यक्ती विशेष भन्दा पनि प्रवृक्तीको कुरा हो ।

1027 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank