विहारमा नजन्मिनु नै मेरो अपराध हो ?

बुधबार, बैशाख १३, २०७४



आधा दर्जन आफूलाई मधेश केन्द्रित भन्ने दलहरू मिलेर बनेको दलको नाम राष्ट्रिय जनता पार्टी राखेछन् । मलाई राम्रो लाग्यो । फेसबुकमा तुरुन्तै राम्रो भयो भनि लेखिहालेँ । अनि त्यसपछि सोचें कि के यो ठीक भयो ? कहिलेकाहीं हतारोमा प्रतिक्रिया दिइहालिन्छ अनि पछि सोचिन्छ कि ठीक भने कि गल्ती ? तर, पहिलो कुरा मलाई के राम्रो लाग्यो भने ६ वटा पार्टीको नामबाट मधेश शब्द झिकियो ।

धेरैजनाले फेसबुकमा तिरंगा भारतीय झण्डाको जस्तै राखेकोमा विरोध गर्दै लेखेका छन् : ‘इन्दिरा गान्धी भारतको प्रधानमन्त्री रहँदा उनको चुनाव चिन्ह हातको पञ्जा छापलाई सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहले नेपाल सद्भावना पार्टीको चुनाव चिन्ह बनाएका थिए ।’

व्यक्तिगत जानकारी हो, भन्न हुने हो वा होइन ? तर, पत्रकार हुँदा आफूले सुनेको जानेको सबै कुरा जनतालाई भन्नु पत्रकारको कर्तव्य हो भनिन्छ । नेपाल सद्भावना पार्टीको पहिलो ठूलो अधिवेशनको आयोजना विराटनगरमा भएको थियो । विराटनगर मेरो जन्मस्थल र वर्तमान शहर दुवै हो । अब म काठमाडौंमा बढी बस्दछु । तर, हरेक बर्ष केही समय विराटनगरमा बस्दछु । केही बर्ष पहिले सुनेको व्यक्तिगत कुरा हो–सद्भावना पार्टीको विराटनगरमा आयोजित त्यस भब्य समारोहताका भारतका विदेश राज्यमन्त्री आर.एल.भाटिया पनि सद्भावना पार्टीको त्यस समारोहमा आएका थिए ।

म तराईको किराँत नाम भएको एक मात्र जिल्ला मोरङमा जन्मेको हुँदा र मेरो पिताको जन्म पनि तराई मोरङमा भएको हो । तर, मधेशवादका झुटा मसिहाहरू मलाई मधिसे मान्दैनन् किनभने मेरो पुर्खा हालै वा ५०/६० देखि २०० बर्ष अगाडि बिहार वा उत्तरप्रदेशबाट नआएको हुँदा म मधिसे होइन् रे ।

गजेन्द्र नारायण सिंह उर्फ गज्जुबाबुले सप्तरीबाट बसाई सरेका विराटनगरका एक धेरै सफल उद्योगपति र व्यापारीलाई भन्नुभएछ ‘एकछाक तपाई कहाँ एकदम स्वादिष्ट शाकाहारी भोजनको प्रबन्ध गर्नुपर्‍यो जसमा आर.एल.भाटिया, तपाई र म छाडि अरुकुनै व्यक्ति हुने छैनन् ।’ विराटनगरका सेठहरूलाई यस्तो काम गर्दा साह्रै रौष लाग्दछ कि कुनै धेरै ठूलोबडो मान्छेलाई आफ्नो घरमा खुवाउने अवसर प्राप्त होस् । खाना खाँदाखाँदै गजेन्द्रनारायण सिंहले भन्नुभएछ–‘यो सम्मेलनमा एक करोड रुपैयाँ खर्च भयो ।’ आर.एल.भाटियाले भनेछन्–‘इतना पैसा आप लोगोको कौन देता है ?’ गज्जु बाबुले भनेछन्–‘आपही लोग तो देते है ।’म तराईको किराँत नाम भएको एक मात्र जिल्ला मोरङमा जन्मेको हुँदा र मेरो पिताको जन्म पनि तराई मोरङमा भएको हो । तर, मधेशवादका झुटा मसिहाहरू मलाई मधिसे मान्दैनन् किनभने मेरो पुर्खा हालै वा ५०/६० देखि २०० बर्ष अगाडि बिहार वा उत्तरप्रदेशबाट नआएको हुँदा म मधिसे होइन् रे ।

यसै साँघु साप्ताहिकको भर्खर अघिल्लो साता लेखेको थिएँ र कथाकथित मधेशवादी पार्टीहरूलाई सोधेको थिएँ कि ‘जनताबाट भागेर कसको लागि राजनीति गर्ने ?’

कयौं पत्रकारहरूले लेख्नुभएको छ–थ्रेसहोल्ड राखिएको कारण यो एकता भएको हो । तर, म भन्छु यो तथाकथित मधेशवाद एउटा झुटो कुरा हो । मधेशवाद एउटा कृत्रिमवाद हो । यसको न त कुनै वास्तविक आधार छ, न त कुनै ऐतिहासिक पृष्ठभूमि छ, न त कुनै धार्मिक, साम्प्रदायिक कारण छ । वि.सं. २०६२/०६३ को जनआन्दोलनको सफलतापछि जन्माइएका यी पार्टीहरू चुनाव आयोगमा दर्तावाल पार्टीहरू मात्र हुन् । महाराजा वीरेन्द्रको पालामा भारतको ठूलो गुप्त दबाबले गर्दा नेपालमा पहिलोपटक नागरिकताको प्रमाणपत्र बनाउने कुरा आयो र थालियो । नत्र भने मेरो पिता मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा न त वीपी कोइराला २००७ सालमा गृहमन्त्री हुँदा, न त २०१५ सालमा वीपी प्रधानमन्त्री हुँदा नै नेपालको नागरिकताको प्रमाणपत्र उहाँहरूसँग थियो । न त बेदानन्द मिश्र राजदूत हुँदा, न त भद्रकाली मिश्र मन्त्री हुँदा, न त भगवतिप्रसाद सिंह मन्त्री हुँदा नेपालको नागरिकताको प्रमाणपत्र थियो ।

कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदा महाराजा वीरेन्द्रले कुनै आन्दोलन वा उपद्रो नहुँदै नागरिकताको प्रमाणपत्र बाँड्ने व्यवस्था गरिएको हो । विराटनगरमा डा.लक्ष्मीनानी श्रेष्ठका पति दिलीपले मलाई भन्नुभयो–‘भारतको ठूलो दबाबपछि अब तराईमा हजारौं भारतीयलाई नागरिकताको प्रमाणपत्र दिने तयारी भएको छ ।’

म तराईको किराँत नाम भएको एक मात्र जिल्ला मोरङमा जन्मेको हुँदा र मेरो पिताको जन्म पनि तराई मोरङमा भएको हो । तर, मधेशवादका झुटा मसिहाहरू मलाई मधिसे मान्दैनन् किनभने मेरो पुर्खा हालै वा ५०/६० देखि २०० बर्ष अगाडि बिहार वा उत्तरप्रदेशबाट नआएको हुँदा म मधिसे होइन् रे । शरदसिंह भण्डारीलाई चाहिं मधिसे मान्ने उनीहरू, तर म कमल कोइरालालाई चाहिं मधिसे नमान्ने यो कुतर्क हो कि ? तर्क हो कि ? के औचित्य हो ? साँघु साप्ताहिकबाट

दार्जिलिङतिरका नेपाली वा गोर्खालीहरू यिनीहरूलाई बिहारी भन्दछन् जबकि उनीहरू भौगोलिक र राजनीतिकरुपले एउटै देशका हुन् । भारतको आसाममा यिनीहरूलाई बहिरागत(बाहिरबाट आएकाहरू) भन्दछन् । भारतकै बंगालमा यिनीहरूलाई बिहारी भन्दछन् । अनि राजनाथ सिंह जस्ता भारतका गृहमन्त्रीले यिनीहरूलाई भारतीय भन्दछन् तर हामी बंशज नेपालीहरूले कहिले त्यसो भनेका छैनौं र भन्दैनौं पनि । तर, दश/बाह्र बर्षदेखि नेपालमा विभाजन र विखण्डनको भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को डिजाइन बमोजिम यिनीहरू आफूलाई नेपाली नभनि मधेशी भन्न थालेका छन्, जो बंशज होइनन् अंगीकृत नागरिक हुन् ।

तर, यो कृत्रिम विभाजन नेपालमा कुनै हालतमा चल्न सक्दैन, र हालै पनि चलेन भन्ने कुरो यो तथाकथित ६ मधेशी पार्टीको एकता र पार्टीको नामबाट मधेश शब्द हटाएबाट स्पष्ट भएको मलाई लाग्दछ । यसअघि नै उपेन्द्र यादवको मजफो नेपालले आफ्नो पार्टीको नाम संघीय समाजवादी पार्टी राखिसकेको छ ।

के साँच्चै आफूलाई विदेशीहरूले उचाल्दा मधेश केन्द्रित भन्ने दलका नेताहरूले नेपालको यथार्थ बुझे ? र नेपाली जनताको चाहना बुझे ? के दश/बाह्र बर्षदेखि चलिआएको झुटो मधेशवाद नेपालमा स्थायी हुनसक्छ ? कसैले अनुहार सिंगारी दिंदैमा मुख अर्को हुन्छ ?

6737 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank