मधेशलाई कश्मिरसंग दाँज्नु सम्मान की अपमान ?

विमती

शुक्रबार, चैत्र १८, २०७३



- विकास ज्ञवाली

एमाले र मोर्चाको कसरी तुलना हुन सक्छ ? मुद्धामा ! हेर्नुस दुई पार्टीका घोषणापत्रले समावेश गरेका आम जन चासोका विषयहरु, संगठनमा ! हेर्नुहोस् राष्ट्रव्यापि संगठनको स्वरुप र क्रियाशिलता, सिद्धान्तमा ! हेर्नुस आन्तरिक जीवनमा रहेका सैद्धान्तिक एकता र मतभिन्नता, जनाधारमा ! हेर्नुस् चुनावी नतिजा…….। एउटा भुगोल खुम्चिएको शक्ति र अर्को राष्ट्रिय राजनीतिको प्रभावशाली शक्तिलाई एकै तराजुमा राखेर विश्लेषण गर्दा कसरी तर्कसंगत होला र !


 एउटा वामपन्थी राजनैतिक कार्यकर्ता भएका नाताले मलाई ‘लिवरल स्कुल अफ थट’ र ‘नियो–लिवरल स्कुल अफ थट’लाई सधै विरोधी विचारधाराको रुपमा ग्रहण गर्न सिकाइएको हुन्छ । भनिएको हुन्छ, यस्ता पुजिवादी विचार धाराहरुले समाजको यथास्थितिवादको पक्ष पोषण गर्ने गर्दछन् । यस्ता विचार धाराका विद्धानहरु विकराल विभेदका विषयलाई सामान्य सुधारका योजना मार्फत विषयान्तर गर्न प्रयोग गरिएका हुन्छन् ।

जव, अमित ढकालहरुले नै आजका आधुनिक बौद्धिक जमातमा अपवाद बन्दै गएको कम्युनिष्ट आन्दोलनलाई नै विषय बनाएर समर्थन र आलोचनाका विचारहरु व्यक्त गर्दछन्, मलाई मेरा राजनैतिक अग्रजहरुले ‘रिवरल’ र ‘नियो–लिवरल’ विचारधारा प्रति देखाएको वितृष्णा प्रतिको विश्वास घट्दछ । म त्यस्ता विचारलाई पनि कम्युनिष्ट विचारधाराका मित्रवत विचारको रुपमा देख्न पुग्दछु ।

पत्रकार अमित ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेचि–महाकाली अभियान संचालन गरेकै समयको सन्दर्भलाई पृष्ठभुमिमा राखेर ‘कश्मिरको बाटो– भाग १ र भाग २’ नामका लेखहरु निकाले । आफ्नै पार्टीको अभियानको विचमा कुनै प्रतिभावान युवा पत्रकारले निकालेका लेखहरुलाई आलोचनात्मक दृष्टिकोणले अध्ययन गर्न मन लाग्यो ।


ढकालको लेखमा राजविराज घटनाका दृष्यहरु देखा पर्दछन् । ढकालले ‘नेपालको राजनीति अब कुन बाटो जान्छ ?’ प्रश्न गर्दै त्यसको उत्तरमा लेख्दै ‘यो प्रश्नको जवाफ राजविराजमा आमने सामने भएका दुई राजनैतिक शक्ति एमाले र मधेसी मोर्चाको व्यवहारले धेरै हदसम्म तय गर्नेछ’ भन्दै दुवै शक्तिलाई उक्त घटनाको लागि उत्तिकै जिम्मेवार ठहर्याउन खोजेका छन् ।


 आफ्नो पहिलो लेख ‘कश्मिरको बाटो– भाग १’ को सुरुमा नै ढकालले ‘मधेस र पहाड, सानो र ठुलो जातको सीमा रेखा त्यहाँ छैन’ भन्दै धुर्मुस–सुन्तली फाउन्डेशनको प्रसंसा गरेका छन् । धुर्मुस–सुन्तली फाउन्डेशनले गरेको सकारात्मक क्रियााशिलाताको लागि जति धेरै प्रसंसा गरे पनि त्यो कम हुन्छ किनभने धुर्मुस–सुन्तलीका जोडीहरु समाज जोड्ने तन्तुहरु हुन् र आजको नागरिक अभियानका नेतृत्वकर्ता हुन् । ढकालले आफ्नो लेखमा त्यहि प्रसंसालाई फराकिलो पारे ।


ढकालले आफ्नो लेखमा कतै प्रासांगिक नबनाएको विषय हो; के एमालेको ठाउँमा कांग्रेस भएको भए अवस्था फरक हुन्थ्यो ? के एमालेको ठाउँमा माओवादी भएको भए अवस्था फरक हुन्थ्यो ? पृष्ठभुमिले देखाउँदछ, मोर्चा बाहेका कुनै शक्तिले पनि राजविराजमा कार्यक्रम गर्न खोजेको भए अवस्था यस्तै यस्तै हुने थियो ।

त्यसपछि ढकालको लेखमा राजविराज घटनाका दृष्यहरु देखा पर्दछन् । ढकालले ‘नेपालको राजनीति अब कुन बाटो जान्छ ?’ प्रश्न गर्दै त्यसको उत्तरमा लेख्दै ‘यो प्रश्नको जवाफ राजविराजमा आमने सामने भएका दुई राजनैतिक शक्ति एमाले र मधेसी मोर्चाको व्यवहारले धेरै हदसम्म तय गर्नेछ’ भन्दै दुवै शक्तिलाई उक्त घटनाको लागि उत्तिकै जिम्मेवार ठहर्याउन खोजेका छन् ।

तर, ढकालले आफ्नो लेखमा कतै प्रासांगिक नबनाएको विषय हो; के एमालेको ठाउँमा कांग्रेस भएको भए अवस्था फरक हुन्थ्यो ? के एमालेको ठाउँमा माओवादी भएको भए अवस्था फरक हुन्थ्यो ? पृष्ठभुमिले देखाउँदछ, मोर्चा बाहेका कुनै शक्तिले पनि राजविराजमा कार्यक्रम गर्न खोजेको भए अवस्था यस्तै यस्तै हुने थियो । राजविराजमा एमाले र मोर्चा आमने सामने भएका थिएनन्, लोकतन्त्र र निषेधको राजनीति आमने सामने भएका थिए । त्यो घटना एमालेको समाजलाई जोड्ने घोषित उद्देश्यबाट निर्देशित अभियानलाई नश्लिय राजनितिको प्रयोगद्धारा विफल गराउने षड्यन्त्र अन्तर्गत घटाइएको थियो । कुनै न कुनै रुपमा राजविराजको घटना घुर्मुस–सुन्तलीेको विरुद्ध मुसहरलाई उचाल्ने प्रयत्न थियो ।


ढकालले ‘पृथकतावादी आन्दोलनका बाद शाह त आखिर राउत नै हुन्’ भन्दै एउटा अपराधिक विषयलाई राजनीतिकरण गर्ने प्रयत्न गरेका छन् । मधेसको राजनीतिमा सीके राउतलाई देखाएर काठमाण्डौ तर्साउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । त्यसको लागि राउतलाई ‘रोमान्टिसाइज’ गर्ने प्रयत्न हुदैछ ।


 ‘आमने सामने भएका दुई राजनैतिक शक्ति’को रुपमा उल्लेख गर्दै ढकालले एमाले र मोर्चालाई समान शक्तिका रुपमा प्रस्तुत गर्न खोज्नु भएको छ । तर, एमाले र मोर्चाबीच कुनै पनि विषयमा तुलना हुन सक्दैन । एमाले र मोर्चाको कसरी तुलना हुन सक्छ ? मुद्धामा ! हेर्नुस दुई पार्टीका घोषणापत्रले समावेश गरेका आम जन चासोका विषयहरु, संगठनमा ! हेर्नुहोस् राष्ट्रव्यापि संगठनको स्वरुप र क्रियाशिलता, सिद्धान्तमा ! हेर्नुस आन्तरिक जीवनमा रहेका सैद्धान्तिक एकता र मतभिन्नता, जनाधारमा ! हेर्नुस् चुनावी नतिजा…….। एउटा भुगोल खुम्चिएको शक्ति र अर्को राष्ट्रिय राजनीतिको प्रभावशाली शक्तिलाई एकै तराजुमा राखेर विश्लेषण गर्दा कसरी तर्कसंगत होला र ! स्वयं मधेसमा समेत कुनै पनि दृष्टिकोणले एमाले र मोर्चा एक अर्काका आमनेसामनेका प्रतिस्पर्धी होइनन् । ढकालले यो लेखमा एमालेलाई हदैसम्म ‘अन्डर इष्टिमेट’ रमोर्चालाई ‘ओभर इष्टिमेट’ गर्न खोजेको देखिन्छ । यस्तो वैचारिक पक्षधरताले एमालेका कार्यकर्ताहरुको अवमुल्यन गरेको छ भने मोर्चाका कार्यकर्तालाई आफ्नो राजनैतिक शक्तिको यथार्थ धरातलको जानकारीबाट विमुख गराएको छ ।


व्यक्तिगत रुपमा म ढकालको यो तर्कमा धेरै सहमत छु । नेपालको अहिलेको संविधानले पनि आम नेपाली जनताका राजनैतिक चाहनाहरुलाई पुर्ण रुपमा समेट्न सकेको छैन । समानताको दस्तावेजको रुपमा हेरिएको संविधान जारि भए पछि पनि जातिय, धार्मिक, राजनैतिक, वर्गिय, भाषिक, सांस्कृतिक, प्राज्ञिक क्षेत्रमा रहेका विभेदहरु यथावत नै छन् ।


 ढकाल लेख्दछन्, ‘मोर्चाका नेता–कार्यकर्तामा अहिले देखिएको असन्तोष उनीहरुले भनेजस्तो संविधान भएन, आफुले पाउनुपर्ने अधिकार पाएनौं, काठमाडौँले हाम्रो कुरा सुनेन । हामी उपायहीन हुन लाग्यौ भन्ने हो’ । व्यक्तिगत रुपमा म ढकालको यो तर्कमा धेरै सहमत छु । नेपालको अहिलेको संविधानले पनि आम नेपाली जनताका राजनैतिक चाहनाहरुलाई पुर्ण रुपमा समेट्न सकेको छैन । समानताको दस्तावेजको रुपमा हेरिएको संविधान जारि भए पछि पनि जातिय, धार्मिक, राजनैतिक, वर्गिय, भाषिक, सांस्कृतिक, प्राज्ञिक क्षेत्रमा रहेका विभेदहरु यथावत नै छन् । त्यस्ता विभेदहरुले बहुसंख्यक नेपाली जनतामाझ निरन्तर राजनैतिक वितृष्णा जगाउने कार्य गरिरहेका छन् ।

तर, राज्य संरक्षित त्यस्ता विभेदहरु केवल एउटा समुदाय प्रति मात्र लक्षित छ भन्ने जुन तर्क मोर्चाले दिन खोजेको छ त्यो अत्यन्त पक्षपातपुर्ण छ । के कर्णाली विभेदमा छैन ।  ? के कमैया विभेदमा छैनन् ? के महिला तथा लैङ्गिक अल्पसंख्यक विभेदमा परेका छैनन् ? के विदेशिन बाध्य युवाहरु विभेदमा परेका छैनन् ? के बृद्ध-बृद्धा विभेदमा परेका छैनन ? मोर्चाले जस्तै विभेदमा परेका सवै समुहहरुले निषेधको राजनीतिलाई प्रोत्साहन गर्दा के विभेदकारी शासन व्यव्स्थामा सुधार ल्याउन सकिएला ?


नागरिकतावाट बञ्चित तल्लो वर्गका आदिवासी मधेसीहरुको विषयलाई प्रधानता नदिने तर सदैव अगिंकृत नागरिकको विषयलाई प्रमुख मुद्धा बनाउने, बहुसंख्यकले प्रयोग गर्ने मैथली, अवधि, भोजपुरी लगायतका स्थानिय भाषाको प्रवद्र्धनमा कुनै प्रयत्न नगर्ने तर विस्तारवादी चरित्र बोकेको भाषालाई सम्पुर्ण मधेशभर संस्थागत रुपमा विस्तार गर्ने प्रयत्न गर्ने, आफ्ना मागलाई राजनैतिक कम नश्लिय बढी प्रचारित गर्ने मोर्चाका कदमहरुले अरुलाई शसंकित बनाउने गरेका छन् ।


ढकालले लेखेका छन्, ‘मोर्चा अहिलेसम्म यी दुवै काममा असफल देखिएको छ’ । ति दुई काम हुन्, ‘एउटा, अन्य पार्टीलाई मनाएर सहमतिमा पुग्ने । अर्को, मधेशमा पुरै शान्तिपुर्ण आन्दोलन मार्फत् मधेसी जनतालाई आफ्नो पक्षमा गोलबद्ध गर्दै व्यापक जनदवाव सिर्जना गर्ने’ । तर, मोर्चा संसदीय अभ्यास र सडक आन्दोलन दुवै फाँटमा असफल भएको होइन तिरस्कारमा परेको शक्ति हो । मोर्चासडक र संसद÷सरकार दुवै फाँटमा प्रशस्त सफलताहरु प्राप्त गरिसकेको राजनैतिक शक्ति हो । सडकको शान्तिपुर्ण आन्दोलनमा स्थापित भएर मोर्चाका नेताहरुले चुनावमा राम्रो सफलता प्राप्त गरे ।

कुनै समयमा मोर्चा सरकार फेरबदलको मुल मियो जस्तै बनेको थियो । मोर्चाले सडक र सदनलाई आफ्नो विश्वासमा लिन सक्ने प्रसस्त आधारहरु तयार भएका थिए । तर, मोर्चाका नेताहरुले दुवै फाँटलाई आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति गर्ने ठाउको रुपमा निरन्तर दुरुपयोग गरे । राजनैतिक मद्धाहरुलाई संस्थागत गर्ने प्रसस्त अवसर हुदा हुदै पनि मोर्चा त्यो अवसरको सदुपयोग गर्नवाट चुक्यो । मोर्चाका गठबन्धन तथा योजनाहरु सत्ता प्राप्तिमा मात्र सिमित रहन पुगे । जसको परिणामस्वरुप सडक र सदनमा मोर्चाको विश्वसनियता घट्दै गयो । र अहिले, मोर्चा आफ्नो अन्तिम राजनीतिक अस्त्र ‘नश्लिय वितृष्णा’ लिएर राजनैतिक सट्टा बजारमा उत्रेको छ ।

ढकालले मोर्चाका नेताहरुको बास्तविक पिडालाई संवोधन गर्दै लेखेका छन्, ‘पछिल्लो मधेश आन्दोलनमा ५० जनाभन्दा धेरै मानिसको ज्यान गयो, संविधान संसोधन नभई हामी कुन मुख देखाउन जनता कहॉ जानु ?’ ढकालसंग मोर्चाका नेताले राखेको यो दुखेको स्वभाविक देखिन्छ । तर, त्यसको विवेचना गर्न मोर्चाका मागहरुलाई देशभित्रका विभिन्न जात, धर्म, भाषा, वर्ग, क्षेत्र, समुदायले कसरी ग्रहण गरेका छन् त्यो बुझ्न जरुरी छ । मोर्चाको माग सरकारसंग मात्र जोडिएको भए सरकारले सहज रुपमा पुरा गर्न सक्दथ्यो र समास्याको सहज समाधान निस्कन सक्दथ्यो ।

तर, मोर्चाका मागहरु देशभित्रका विभिन्न जात, धर्म, भाषा, वर्ग, क्षेत्र, समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने खालका छन् र त्यस्ता मागको जनस्तरबाटै प्रतिकार भैरहेको छ । प्रदेश टुक्रयाउने मागको प्रतिरोधमा भएको विरोध त्यसको एउटा उदाहरण हो ।


मोर्चा अव ‘तातै खाँउ जल्दि मरौं’ भन्ने मानसिकता भन्दा माथि उठेर परिपक्व राजनैतिक शक्तिको रुपमा स्थापित हुनु बुद्धिमतापुर्ण देखिन्छ । मोर्चाका राजनैतिक संघर्षहरुले मधेशका जनताका सरोकारका धेरै मुद्धाहरुलाई स्थापित गरिसकेको छ र कति मागहरु स्थापित हुने चरणमा रहेका छन् ।


 नागरिकतावाट बञ्चित तल्लो वर्गका आदिवासी मधेसीहरुको विषयलाई प्रधानता नदिने तर सदैव अगिंकृत नागरिकको विषयलाई प्रमुख मुद्धा बनाउने, बहुसंख्यकले प्रयोग गर्ने मैथली, अवधि, भोजपुरी लगायतका स्थानिय भाषाको प्रवद्र्धनमा कुनै प्रयत्न नगर्ने तर विस्तारवादी चरित्र बोकेको भाषालाई सम्पुर्ण मधेशभर संस्थागत रुपमा विस्तार गर्ने प्रयत्न गर्ने, आफ्ना मागलाई राजनैतिक कम नश्लिय बढी प्रचारित गर्ने मोर्चाका कदमहरुले अरुलाई शसंकित बनाउने गरेका छन् ।

तसर्थ, सरकारले तत्काल चाहेर पनि मोर्चाका मागका मागलाई सार्थक रुपमा पुरा गर्ने कुनै सम्भावना देखिदैन । मोर्चाको कुनै माग पुरा गर्न प्रयत्न गर्दा देशभर त्यसको प्रतिरोध हुने कुरा प्रदेश टुक्रयाउने विषयमा निस्केको विरोधले देखाइसक्यो । मोर्चा अव ‘तातै खाँउ जल्दि मरौं’ भन्ने मानसिकता भन्दा माथि उठेर परिपक्व राजनैतिक शक्तिको रुपमा स्थापित हुनु बुद्धिमतापुर्ण देखिन्छ । मोर्चाका राजनैतिक संघर्षहरुले मधेशका जनताका सरोकारका धेरै मुद्धाहरुलाई स्थापित गरिसकेको छ र कति मागहरु स्थापित हुने चरणमा रहेका छन् । मोर्चा अव प्राप्त उपलब्धीको रक्षा गर्दै नयाँ उपलब्धी हाँसील गर्ने दीर्घकालिन राजनैतिक यात्रामा अगाडी बढ्नु पर्ने देखिन्छ ।


‘पहाडीया र मधेसी’ ‘डाइकोटोमी’ मधेसी जनतालाई भ्रममा राखेर आफ्नो राजनैतिक स्वार्थ पुर्ति गर्ने केहि क्षेत्रिय नेताहरुको अचुक अस्त्र जस्तो देखिन्छ ।

ढकालले मोर्चालाई पृष्ठभुमिमा राखेर लेखमा प्रस्तुत गर्नु भएको ‘पहाडीया र मधेसी’ ‘डाइकोटोमी’ अत्यन्त प्रतिकात्मक छ । के यो ‘डाइकोटोमि’ कांग्रेस, एमाले, माओवादी, फोरम (लोकतान्त्रिक), विशेन्द्र पासवानको दल लगायतका राजनैतिक पार्टीमा आस्था राख्ने आम जनताको भावना विपरित छैन र ! के मोर्चाले मात्र गर्दछ मधेशको प्रतिनिधित्व ? के अन्य सवै दलहरु पहाडिया हुन् ? के प्रमुख राजनैतिक दलले मधेशमा प्राप्त गरेको जनादेश झुटो हो ! होइन भने एमाले माथिको आक्रमणको प्रसंगलाई ‘पहाडीया र मधेसी’ ‘डाइकोटोमी’ मा विश्लेषण गर्दा कसरी स्विकार गर्लान् मधेशका एमालेका लाखौं कार्यकर्ता तथा मतदाताहरुले ! ‘पहाडीया र मधेसी’ ‘डाइकोटोमी’ मधेसी जनतालाई भ्रममा राखेर आफ्नो राजनैतिक स्वार्थ पुर्ति गर्ने केहि क्षेत्रिय नेताहरुको अचुक अस्त्र जस्तो देखिन्छ । तर, पाटनमा नेवार समुदायले सदियौ देखि हप्तै पिच्छे वाचन गर्ने मैथली भजनहरुले स्वत खारेज गरिदिन्छन् ‘पहाडीया र मधेसी’ तुच्छ ‘डाइकोटोमी’लाई !

ढकालले ‘पृथकतावादी आन्दोलनका बाद शाह त आखिर राउत नै हुन्’ भन्दै एउटा अपराधिक विषयलाई राजनीतिकरण गर्ने प्रयत्न गरेका छन् । मधेसको राजनीतिमा सीके राउतलाई देखाएर काठमाण्डौ तर्साउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । त्यसको लागि राउतलाई ‘रोमान्टिसाइज’ गर्ने प्रयत्न हुदैछ । सिके राउतको व्यक्तित्वलाई जसरी प्रस्तुत गरिदैछ स्वयं त्यसमा त्रुटि देखिन्छ । राउतले गरिरेहका गतिविधि अपराधिक कृयाकलाप हुन् । त्यसको समाधान साहित्यिक र राजनैतिक रुपमा ‘रोमान्टिसाइज’ गरेर हुदैन कानुनि रुपमा नियन्त्रण गरेर हुन्छ । बिडम्वना, सिके राउत धेरै देशि विदेसि शक्तिहरुको सत्ता बार्गिनिङ्गका लागि गतिलो कार्ड बनेका छन् । र, त्यो कार्डले बौद्धिक मसला पनि दिइरहेको छ, काठमाण्डा्रै र दिल्लीमा रहेका केहि बुद्धिजीवीहरुलाई ।


‘कश्मिर भाग–२’ को सुरुवात ढकालले उद्दरण गरेको प्रशान्त झाले बाल्यकालमा भोगेको विभेद कक्षा कोठामा विद्यार्थी बीच कसैलाई बाहुन, कसैलाई भोटे, कसैलाई ज्यापु र कसैलाई मधेशि भनेर समाजले बाललालिकालाई सिकाइएको विभेदीकरण हो ।


 अत्यन्त असमावेशी देश भित्र मैले पढेको स्कुल भने केहि समाबेशी नै थियो । त्यहाँ म थिए ‘बाहुन’, संजीव भोटे थियो, निर्मल ज्यापु थियो, उमेश मधेशी थियो……। स्कुलका घनिष्ठ सहपाठी हामीहरु आजसम्म पनि विकास, संजीव, निर्मल र उमेश हुन सकेका छैनौ एक अर्काको लागि….। मैले हाल कार्यरत अफिसको भवन छेवैको सटरमा बाहुन बाजेको चिया पसल छ तर उनी सवैका दाई हुन्, अफिस मुनिको सटरमा मधेशीको हार्डवेययर छ उनी साहुजी हुन, माथिल्लो फ्याटमा तामाडको मेनपावर छ उनी सर हुन् सवैका । आफ्नो लेख ‘कश्मिर भाग–२’ को सुरुवात ढकालले उद्दरण गरेको प्रशान्त झाले बाल्यकालमा भोगेको विभेद कक्षा कोठामा विद्यार्थी बीच कसैलाई बाहुन, कसैलाई भोटे, कसैलाई ज्यापु र कसैलाई मधेशि भनेर समाजले बाललालिकालाई सिकाइएको विभेदीकरण हो ।


यदि त्यस्ता भनाई कुनै समुदाय प्रति लक्षित हो भने त्यो निन्दनिय छ तर यदि त्यो भनाई कुनै राजनैतिक दल ‘मधेशी मोर्चा’ प्रति लक्षित हो भने त्यो स्वभाविक छ; किनभने राजनीतिमा क्रिया- प्रतिकृया स्वभाविक हुन्छन् । राष्ट्रिय झण्डा जलाइएको प्रसंगलाई गौण देख्ने तर कुनै लुगालाई राजनैतिक विम्बको रुपमा प्रयोग गरिएको प्रसंगलाई प्रधान देख्ने हाम्रो बौद्धिकता पक्षपात पुर्ण देखिन्छ ।


 त्यो राज्य संरक्षित विभेद हो भन्नु त्यसको सामाजिक गुणलाई नजरअन्दाज गर्नु मात्र हो । मेरो अफिसको जातिय वातावरण पनि समाजकै प्रतिविम्व हो । त्यहा गरिव बाहुनको सम्मान उसले बेच्ने चियाको गुणस्तर र सेवामा भर पर्दछ, अर्थात मिठो चिया ठिक समयमा उपलब्ध गराए उनको सम्मान बढ्छ नत्र घट्छ । मधेशी साहुको प्रतिष्ठा उनको व्यापारको सम्बृद्धिसंगै जोडिएको छ, अर्थात् हप्तौ पिच्छे सामान भरिएका ट्रक उनको पसलमा अनलोड हुदा सवैले वाह भन्छन् नत्र गन्दैनन् । म्यानपावर तामाङ्ग सरले चढ्ने नयाँ नयाँ मोडेलका गाडीले उनको सामाजिक प्रतिष्ठा निर्धारण गर्ने गर्दछ । यसरी आजको अर्थ राजनैतिक व्यवस्थामा विभेद आर्थिक आधारमा निर्धारण हुदैछ । त्यो प्रधानतालाई गौण देख्दै सामाजिक÷सास्कृतिक विभेदलाई अझै पनि राजनैतिक विभेदको रुपमा जसरी व्याख्या गरिदैछ, त्यो नश्लिय राजनितिको प्रवद्र्धन मात्र हो ।

आफ्नो लेख ‘कश्मिर भाग–२’ मा ढकालले केपी ओलीको भनेको भनिएको ‘समथर भागजति देख्नै नहुने, सबै मधेश प्रदेश बनाउनुपर्ने, त्यसो भए युपी–बिहार पनि मिसाउने ?’ भन्ने प्रसंग र झलनाथ खनालले भनेको भनिएको ‘के धोतीजस्तो लामो प्रदेश बनाउने?’ मधेशका जनता प्रति लक्षित हो वा मधेशी मोर्चाप्रति त्यसमा लेखक अझ बढी स्पष्ट हुनु पर्ने देखिन्छ । यदि त्यस्ता भनाई कुनै समुदाय प्रति लक्षित हो भने त्यो निन्दनिय छ तर यदि त्यो भनाई कुनै राजनैतिक दल ‘मधेशी मोर्चा’ प्रति लक्षित हो भने त्यो स्वभाविक छ; किनभने राजनीतिमा क्रिया- प्रतिकृया स्वभाविक हुन्छन् । राष्ट्रिय झण्डा जलाइएको प्रसंगलाई गौण देख्ने तर कुनै लुगालाई राजनैतिक विम्बको रुपमा प्रयोग गरिएको प्रसंगलाई प्रधान देख्ने हाम्रो बौद्धिकता पक्षपात पुर्ण देखिन्छ ।

त्यस्तै प्रसंग भैरहवामा वामदेव गौतमले बोलेको प्रसंग ‘मशेशी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय, टुंगो लगाउनु पर्छ ।’ र दाङ्घको लमहीमा माधव नेपालले बोलेको प्रसंग ‘म मोर्चाका नेतालाई सोध्न चाहन्छु, तपाईहरुलाई नेपाली भएकोमा गौरवबोध हुन्छ कि हुन्न ?’ लाई पनि जोड्न सकिन्छ । कुनै बाहिरी देशको रणनैतिक उद्येश्य पुरा गर्न आफ्नै देशका नागरिकलाई बन्धनमा राख्ने, भैसकेका सहमतिलाई विदेशी इशारामा तोड्ने, सामान्य राजनैतिक निर्णय लिदा समेत दुतावास र दिल्ली धाउने मोर्चाका नेता प्रति के कसैले शंका गर्न नपाउने ? हिजो ‘राष्ट्रघाति…….भारत तिर छिरीजा’ भन्दा त्यो स्वभाविक राजनैतिक नारा भयो आज त्यहि नारा एउटा राजनैतिक दलका नेता÷कार्यकर्ता ‘एमालेका’ ले अर्को राजनैतिक दल ‘मधेशी मोर्चा’ विरुद्ध लगाउदा कसरी अस्वभाविक हुन्छ । के मोर्चालाई राजनैतिक आरोप प्रत्यारोप भन्दा विशिष्ठ स्थानमा राखेर उसको राजनैतिक शक्तिलाई आरक्षित गरिदिनु पर्ने हो ? वा मोर्चाले पनि स्वभाविक राजनैतिक आरोप प्रत्यारोपको सामना गर्नु पर्दछ ।


कुनै बाहिरी देशको रणनैतिक उद्येश्य पुरा गर्न आफ्नै देशका नागरिकलाई बन्धनमा राख्ने, भैसकेका सहमतिलाई विदेशी इशारामा तोड्ने, सामान्य राजनैतिक निर्णय लिदा समेत दुतावास र दिल्ली धाउने मोर्चाका नेता प्रति के कसैले शंका गर्न नपाउने ?


ढकाले ‘ओली सरकार सत्ताबाट झरेपछि एमाले नेताका भाषण र निरन्तर घोच-पेचले मधेशी युवाहरुलाई काठमाडौंसंग झनै चिढ्याएको छ ’ भन्ने तर्क गरेका छन् । यसरी मोर्चाका कार्यकर्तालाई चिढ्याएको पक्कै होला तर मधेशका युवालाई चिढ्यायो भन्ने तर्क कसरी गरे ढकालले ! मधेशका युवालाई चिढ्यायो वा मधेश युवाहरुको भावनाको संवोधन गर्यो सम्भवत त्यो आगामी निर्वाचनको परिणामले देखाउने छ ।

ढकालले धुर्सुस–सुन्तली देखि सीके राउत र प्रशान्त झासम्मका पात्रहरुका प्रसंग जोड्दै लेखको अन्त तिर मधेश ‘नेपालभित्रै काश्मिर बन्न भने सम्भव छ’ देखे । तर, उनले बताएनन्, काश्मिरको ६÷७ दसक अगाडीको स्वतन्त्र अस्तित्वको बारेमा, काश्मिर भित्रकै धार्मिक÷जातिय विविधताको विषयमा, काश्मिरको भौगोलिक विकटताको बारेमा, काश्मिरको कट्टरपन्थि पाकिस्तान र अफगानिस्थानसंगको भौगोलिक÷सांस्कृतिक÷सामाजिक÷धार्मिक निकटताको बारेमा ! आर्थिक रुपमा विश्व शक्तिको रुपमा उदय हुदै गरेका चीन र भारत बीचमा अवस्थित रहेको मधेश आर्थिक गतिविधिबाट पृथक रहेर नश्लिय मुद्धाको दलदलमा फसिसहन्छ भनेर सोच्नु पनि राजनैतिक ‘प्यारानोइया’ मात्र पो हो की !

अत्यन्त धेरै विमति राख्ने ठॉउहरु देखिन्छन् ढकालको लेखमा । तर, जव उनले ‘त्यसैले झक्झक्याउँ–मधेशी–पहाडीया सबैले, सबैलाई’ लेख्दछन्, उनको लेख प्रतिका सम्पुर्ण विमतिहरु सहमतिको विन्दुमा आइपुग्दछन् । बास्तवमै हाम्रो राज्य संचालन प्रक्रियामा अनेकन समस्याहरु देखा परेका छन् । वर्गिय, जातिय, धार्मिक, क्षेत्रिय, भाषिक, लैङ्गिक विभेदहरु, भ्रष्टाचार, हिंसाको राजनिति हाम्रा राज्य संचालन प्रकृयाका प्रतिनिधि समस्याहरु हुन् । त्यस्ता समस्याहरुको समाधान आम जनताहरुको दवावबाट मात्र सम्भब हुन सक्दछ । थुप्रै चुनौतिका बाबजुत पनि अन्तमा आपसि मेलमिलापद्धारा सम्युक्त रुपमा गरिने संघर्षलाई ढकालले जोड दिए अनुरुप, त्यो नै आजका हरेक राजनैतिक समस्याहरुको समाधानको प्रभावकारी उपाय हो भनेर सहर्ष स्वीकार गर्न सकिन्छ ।

ढकालले हाम्रो आगामी बाटोको सन्दर्भमा ‘लोकतन्त्रको बाटो, समावेशी र सबैको आत्मसम्मानको बाटो अगाडी जाने हो’ लेखेका छन् । आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । देशका सम्पुर्ण भुभाग तथा राजनैतिक दलहरु निर्वाचनको तयारीमा जुटि सकेका छन् । निर्वाचनको परिणामले नै संविधानका कमी कमजोरीलाई सुधार गर्दै जानेछ । निर्वाचनले जनताका मुल मुद्धाको निर्णय गर्ने अधिकार जनतालाई नै प्रदान गर्नेछ । जनताको नाममा राजनैतिक विचौलियाको भुमिका निर्वाह गरिरहेका शक्तिहरुलाई आफ्नो धरातलको बारेमा जानकारी दिने अपेक्षा गर्न सकिन्छ ।

यी लेखकका निजी विचार हुन । -सम्पादक

1774 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank