“”

नेपालमा जेष्ठ नागरिक र बढ्दो चुनौती

सन्दर्भः नजिकै आइरहेको जेष्ठ नागरिक दिवसको

सोमवार, असार १२, २०७४



- पूर्णशोभा चित्रकार

काठमाडौको कलंकीमा एक परिवार थियो । श्रीमान् श्रीमती दुबै शिक्षित थिए । दुबैको अफिस थियो । केटाकेटीहरु स्कूल जान्थे । घर कुर्ने एकजना बुढी आमा । घरको रखवाली । छोरा बुहारी र नाती नातीना बाहिर जाँदा घर रक्षाको निम्ति ढोकाहरु र गेटै पिच्छे ताल्चा लगाइन्थे । सुनिन्थ्यो खाजाको लागि एक पुरिया बिस्कुट र पानी छोडेर जान्थे । बिहान नौ बजेदेखि साँझको छ या सात बजेसम्मको दिनचर्या यस्तै गरेर बित्थ्यो ती बुढी आमाको ।

नेपालमा वर्षेनी सयौं किसिमका दिवश र उत्सवहरु मनाउँदै आईरहेका छन् । तर त्यसको विषयवस्तु के हो ? विचारलाई व्यवहारसंगको बीचमा तादम्यता के छ ? चुनौतीहरु के छन् भन्ने बारेमा मानिसहरुले नजर अन्जाद गरिरहेका हुन्छन् । त्यस्तै जुलाई १५ का दिनलाई जेष्ठ नागरिक अन्र्तराष्ट्रिय दिवशको रुपमा मनाउन थालेका छन् । नेपालमा पनि जेष्ठ नागरिकहरुको हक अधिकार, सुरक्षाको लागि काम गर्ने संघ संस्थाहरुले मनाइ रहेकाछन् ।

jeshtha-nagarik

यसै दिनको सम्झनामा मैले सुनेका, देखेका आफ्ना छिमेक, नातागोताका घर परिवारका जेष्ठ नागरिकहरुको अवस्थाका बारे केही सम्झनाहरु गरिरहेकी छु ।

काठमाडौको कलंकीमा एक परिवार थियो । श्रीमान् श्रीमती दुबै शिक्षित थिए । दुबैको अफिस थियो । केटाकेटीहरु स्कूल जान्थे । घर कुर्ने एकजना बुढी आमा । घरको रखवाली । छोरा बुहारी र नाती नातीना बाहिर जाँदा घर रक्षाको निम्ति ढोकाहरु र गेटै पिच्छे ताल्चा लगाइन्थे । सुनिन्थ्यो खाजाको लागि एक पुरिया बिस्कुट र पानी छोडेर जान्थे । बिहान नौ बजेदेखि साँझको छ या सात बजेसम्मको दिनचर्या यस्तै गरेर बित्थ्यो ती बुढी आमाको ।

साँझदेखि राती सम्म, कहिले काहीँ त बिहानै पनि घरको चार दिवारलाई चिरेर निस्केको कर्कस आवाजहरु छिमेकीहरुको कान कानमा पस्थ्यो । तँ अलच्छिनी पिचास, यो तेरो घर हो र ? जा निस्केर जा । बोक्सी, चण्डाल आदि आदि । कहिले काँही त भित्तामा घनले ठोकेको जस्तो आवाज बाहिरसम्म आउँथ्यो । भोली या पर्सी या निको पर्सी पछि मात्र छिमेकीहरुले छतको माथिबाट केही ईशाराहरुको बारेमा बुझ्थे । ती आमाको हातमा आगोले झोसेको घाउ, भित्तामा ठोक्काएर टाउकोमा टुटुल्को उठेको, कपाल लुछिंदा टाउकोको केहि भाग खुईलिएको आदि ।

बुढी आमाको छोरीहरु पनि थिए । आमाको मुख हेर्ने दिनमा छोरीहरुले गेटको प्वालबाट केहि खानेकुराहरु छोडेर गएको छिमेकीहरुले कहिले काहीँ देख्दथे । छिमेकीहरु बुढीआमा प्रति सहानुभूति स्वरुप च्च च्च च्च…त गर्दथे । तर सवै जना टोलकै शान्तीको लागि चुप लाग्दथे । त्यस परिवारबाट कोहि पनि छिमेकी चौबाटोमा बसेर सात पुस्ता देखिको नारकीय गाली सुन्न तयार हुन्नथिए । सबैले आफूलाई ईज्जतदारु ठान्दथे । ईज्जतपूर्वक बाँच्न चाहन्थे । एकदिन ती बुढीआमाले सबै दुख बिर्सेर सधैंको लागि आँखा चिम्लिन् ।

एक दिन म एकजना बिरामी दिदी भेट्न छाउनी अस्पताल पुगेकी थिएँ । दिदीको छेउ मै अर्को बेडमा एकजना पाको उमेरका बिरामी थिए । बिरामीलाई स्याहार गर्ने थुप्रै मानिसहरुको ओहोर दोहोर र पालो फेर्ने काम भैरहेको देखिन्थ्यो । बिरामीलाई कहिले सुप, कहिले फलफुलको जुस, कहिले मासुको झोल ‘सुरुप्प गर्नुहोस् त, नखाए कसरी तागत बढ्छ’ भन्दै बच्चालाई फकाए जस्तै फकाई रहेको देखिन्थ्यो । बिस्कुट र अरु खानेकुराहरुको लर्को लाएको देखिन्थ्यो । केही दिन पछि म फेरि अस्पताल पुगेँ । तर त्यो बेडको स्थिति भिन्दै देखियो । सुनसान, न जुस न खानेकुराको लर्को । एकजना नर्सले औषधी र खाना खुवाउन सहयोग गर्दैथिन् । मैले दिदीसंग सोधें आज यो वेडमा किन सुनसान ? कुरा के भएको थियो भने छोरी ज्वाईहरुले बिरामीलाई फकाई फकाई सबै जग्गाजमिन उनीहरुको नाममा पास गर्न मागेछन्, बुढो बाले नमानेपछि सबैले छोडेर गएछन् ।

जिब्रोले बेला बेलामा केही नयाँ स्वाद पनि खोज्न थाल्यो । आमा बुबामा बढ्दै गएको उमेरको साथसाथै देखा परेको व्यथा र परिवर्तन के छोराछोरीले बुझ्न सके त ? अहँ, बरु उल्टै आफ्ना ढल्कदै गएको आमा बाबु बढी खर्चालु र बोझ लाग्न थाले । ती आमा बाबुलाई सिधै काठमाण्डौंको एक वृद्धाश्रममा ल्याए र बेबारिसे बनाई छोडे ।

एउटा भेटघाटमा एकजना छोरीले एउटा घटना सुनाएकी थिईन् । एकजना दम्पतिको चार जना छोराछोरीहरु एक एक गर्दै अमेरिका गएछन् । सबैले बिबाह गरेछन् र आमाबुबालाई उतै बोलाएछन् । चारै जोडीले दुई दुई सन्तान जन्माएछन् । अमेरिकामा चारै जोडीको आठवटा सन्तान हुर्काउन धेरै नै सहयोग पुग्यो आमाबाबुबाट । किनकी बिना ज्याला, बिना कुनै हक अधिकारको दाबा, न कुनै आराम खोज्ने आमा बुबा जो साथ थिए । अमेरिकामा दासदासी राख्न पाउने कानून छैन । मलाई छोराछोरीले दासदासी जस्तो व्यवहार गरे भनेर उजुरी हाल्ने आमाबाबुको मनले मानेन वा जानेनन् । छोराछोरीको पनि छोराछोरीहरु हुर्किदै गए ।

नातीनातिना हुर्काउने आमाबुबाको आँखा, घमिलो हुन थाल्यो, जिउ कुप्रिन थाल्यो । कहिले कहाँ दुख्यो, कहिले कहाँ दुख्यो हुन थाल्यो । जिब्रोले बेला बेलामा केही नयाँ स्वाद पनि खोज्न थाल्यो । आमा बुबामा बढ्दै गएको उमेरको साथसाथै देखा परेको व्यथा र परिवर्तन के छोराछोरीले बुझ्न सके त ? अहँ, बरु उल्टै आफ्ना ढल्कदै गएको आमा बाबु बढी खर्चालु र बोझ लाग्न थाले । ती आमा बाबुलाई सिधै काठमाण्डौंको एक वृद्धाश्रममा ल्याए र बेबारिसे बनाई छोडे । चार छोराछोरीका दुई बुहारी, दुई ज्वाई र आठ वटा नाती नातिनीहरुको हृदय साँच्चिकै के ले बनेको थियो होला है ?

सरकार र राजनीतिक पार्टीहरुले विकासको विकेन्द्रीकरणको नारा जतिसुकै लगाएपनि ग्लोबल सिटिजन बनाउनको लागि गुणस्तरिय विद्यालय, कलेज, अस्पताल, बाटोघाटो आदि गाउँ र जिल्ला स्तरमा बन्न सकेको छैन । राम्रो आम्दानी गर्न चाहने जो सुकैको लागि ग्रामीण क्षेत्रमा आर्थिक आधार बनी सकेको छैन । त्यसैले वयस्क जोडाजोडीले आफ्नो केटाकेटीका साथसाथै आप्mना वृद्ध आमाबुबा सहित शहरमा बसोबास गर्न थालेकाछन् । शहरको बसाई केटाकेटीहरुको लागि गाउँमा जस्तो खुल्ला र स्वतन्त्र जीवन नभएपनि स्कूलको वातावरणले केही हद सम्म सहयोग पु¥याईरहेको हुन्छ । तर जेष्ठ नागरिकहरुको हकमा भने शहरी जीवन कठोर बन्न थालेकोछ ।

गाउँहरुमा वृद्धवृद्धाहरुको सम्पतिको रुपमा खासै के हुन्छ र ? केही बोरा धान चामल, साना ठूला केही दराजहरु, दुई चारवटा थाल कचौराहरु, केही बाख्रा, गाई भैंसी बस् । झलक्क हेर्दा गाउँका वृद्धवृद्धाहरुको यो जीवन दुखिया लागेपनि उनीहरुको लागि त्यो जीवन अति सुखमय जीवनको आभाष ती वृद्धवृद्धाहरुले मात्र गर्न सक्छन् । त्यसको कारण हो भने आफ्नो सम्पतिको मालिक आफैं वा आप्mनो स्वतन्त्रता । सानो झुपडी भए पनि बाहिरको खुल्ला वातावरण, साथीभाई, छिमेकी, ईष्टमित्रहरुसंग खुला कचहरी, भेटघाट र भलाकुसारी, आफुसंग भएको सम्पति आफु खुशी खर्च गर्न आफनो मर्जि ।

आफुसंग भएको धान चामल चाहे परेवालाई दिउन्, चाहे जोगीलाई दिउन्, चाहे छोराछोरीलाई ख्वाउन् आफ्नै मर्जी । सानो सन्दुस खोल्यो, बन्द ग¥यो आफ्नै मर्जी । यो खुल्लापन, आफ्नोपन, स्वतन्त्रताका कुराहरु मात्र वृद्धवृद्धाहरुले अनुभव गर्न सक्छन् । छोरा बुहारीहरुले वृद्धवृद्धाहरुलाई खाना, लुगाफाटो, गरगहना, भौतिक सुविधा, मनोरन्जन आदि उपलव्ध गराउँदा पनि वृद्धवृद्धाहरु शहरी वातावरणमा रमाउन नसक्ने कारण हो त्यो । उनीहरुको सम्पतिको मालिकत्वको भावना, संगती, सामुहिकताको भावना र स्वतन्त्रताको अनुभव गर्न सक्ने कुराको अभाव हुनु हो शहर बसाईको असन्तुष्टी ।

जेष्ठ नागरिकहरुको समस्याको बारेमा बग्रेल्ती सुन्न पाईन्छ । सडक, गल्ली जहाँ पनि चिसो भूईँमा कक्रेर बसेका जेष्ठ नागरिकहरुको अवस्था कसले नदेखेको छ र ? सरकार वा गैरसरकारी संस्थाहरुबाट खोलेका केहि बृद्धाश्रमहरुमा कुनै अति नै अव्यवस्थित र भद्रगोल छन्, कुनै दातामा आश्रित र जहिले पनि अर्को महिना वा बर्ष कसरी कटाउने भन्ने पिरलो र कुनै अति महँगो ।

जेष्ठ नागरिकहरुको सवालका बारेमा सोच्दा नेपाल संक्रमणकालिन अवस्थामा रहेको छ कि जस्तो लाग्छ । एकातिर सरकार सामाजिक सुरक्षा भनी कर उठाउन थालेकोछ । सिँहदर्वारको दक्षिणी ढोकानेर यसको अफिसको साईनवोर्ड पनि देखिन सकिन्छ । तर त्यो अफिसले अप्थ्यारोमा बाँचेका जेष्ठ नागरिकहरुको लागि कस्तो खालको सामाजिक सुरक्षा प्रदान गरिरेकोछ जानकारी छैन । श्वास्थ्य बिमाको व्यवस्था देशभर लागू गर्ने घोषणा सरकारले गरेकोछ, तर जेष्ठ नागरिकहरुले त्यसको सुविद्या कसरी उपभोग गरिरहेकोछ भन्ने बारेमा जानकारी छैन । जेष्ठ नागरिकहरु बारेमा एकाध रुपमा चर्चा परिचर्चा भए पनि समग्रमा समस्याका बारेमा खोजी गरिएको पाईदैन । उनीहरुको बारेमा तथ्यांकले बोल्न सकेकोछैन ।

जेष्ठ नागरिकहरुको लागि सहि र सरल व्यवस्था हुन नसक्दा उनीहरुले विभिन्न खालका समस्याहरु झेल्न बाध्यछन् । जस्मा निम्नछन् ।
– मानसिक तथा शारिरीक असर पार्ने समस्याहरु जसमा तर्साउने, धम्क्याउने, कुटने, पिट्ने, हतोत्साहित पार्ने, सम्पति नष्ट गरिदिने,      परिवार, नातागोता भेट्नबाट बन्चित गरिदिने ।
– आर्थिक शोषण जसमा जेष्ठ नागरिकहरुमा पैसा, सम्पति, गैर कानूनी रुपले हड्पिने, लुटिने ।
– अति आवश्यक कुराहरुमा ध्यान नपु¥याई दिने वा उनीहरुका आधारभूत आवश्यकताहरु पुरा नगरि दिने, आवश्यक खाना, बास, लुगाफाटा, स्वास्थ्य उपचारको ख्याल नराखी दिने ।
– स्वास्थ्यसंग सम्बन्धित विषयहरुमा ध्यान नपु¥याई दिने, जस्तो घाउ दुखाई, मानसिक दबाब, दुख आदिमा बेवास्ता गरिदिने ।
– रक्त अल्पता, डिहाइडे्रसन, डिप्रेशन, अल्जाइमर जस्ता समस्याहरुमा ध्यान नगईदिने आदि ।

जेष्ठ नागरिकहरुको समस्या विश्वव्यापी रुपमा नै जटिल रहेको पाईन्छ । विश्व स्वास्थ्य संगठनले गरेको एक सर्वेक्षण अनुसार ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुको ११.६५ ले मानसिक शोषण, ६.८५ ले आर्थिक शोषण, ४.२५ ले बेबारिसे, २.६५ शारीरिक शोषण र ०.९५ ले यौनिक शोषण झेलिरहेका बताएकोछ । उक्त संगठनले यसतो समस्या झेल्ने जेष्ठ नागरिकहरुको संख्या बढ्ने सम्भावना रहेको र सन् २०५० सम्ममा यो संख्या ३२ करोड पुग्ने अनुमान गरेको छ ।

नेपालमा जेष्ठ नागरिकहरुको समस्या घट्ने होइन, बरु झन बढ्ने सम्भावना देखिन्छ । किनकि मानिसहरु गाउँले जीवनवाट शहरीया जीवनमा फेरिंदैछन् । ठूलो परिवार सानो परिवारमा रुपान्तरित हुँदैछ । विश्वव्यापीकरणको प्रभाव, महँगो शिक्षा, नयाँ नयाँ प्रविधि र उपभोग्य बस्तुहरुको बजारिकरणले मानिसहरुको खर्च गर्ने प्रबृत्ति बढ्दोछ । यसले बृद्धबृद्धाहरुको समस्यालाई अरु जटिल बनाइने अवस्थाछ । आशा गरुँ बृद्धबृद्धाको बढ्दो यो समस्या हल गर्न सवै क्षेत्रको ध्यान जाओस ।

1099 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank