जननेता स्व. मदन भण्डारीको विप्लवलाई चिट्ठी

आइतवार, जेष्ठ ४, २०७७



- डा. रामकुमार अधिकारी

प्रिय कमरेड विप्लव जी,
म पृथ्वीमा नभए पनि मेरो मातृभूमि नेपालमा र विश्वमा भएका घटनाहरू नजिकबाट हेरी रहेको छु, देखी रहेको छु र सुनिरहेको छु । मेरो एउटै लक्ष्य थियो “नेपाललाई संसारको विकसित मुलुक मध्यको एक बनाउनु । स्वाधीन, अग्रगामी, मुलुक बनाउनु र नेपाली जनतालाई विश्वका विकसित मुलुकका नागरिक सरह भएको देख्ने इच्छा हुनु ।” यो उद्देश्य पुरा गर्न मैले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तको प्रतिपादन गरेको हुँ।

भौतिक, रसायनिक, जैविक पदार्थका जुनसुकै रूपमा पनि तत्त्व, यौगिक हुन्छन् । तत्वका सबभन्दा साना कणलाई ‘एटम’ भनिन्छ । एटमभित्र भिन्न गुण भएका ‘बहु’ सूक्ष्म कणहरू हुन्छन् । एटमको केन्द्रमा धनात्मक “प्रोटोन“ हुन्छ भने केन्द्रको बाहिरी कक्षहरूमा ऋणात्मक “इलेक्ट्रोन“ घुमिरहेका हुन्छन्। यसरी सजीव वा निर्जीव सबैको सबैभन्दा सानो कणमा नै ’द्वन्द्व’ छ । अझ गहिराइमा जाँदा इलेक्ट्रोन घुमी रहेको कक्षहरूका साना सब-अर्बैटलहरु हुन्छन् र तिनीहरू एस, पी, डी, एफ मा बाँडिएका हुन्छन्। एटमबाट सधैँ अल्फा, बेटा, गामा जस्ता किरणहरू निस्की रहेका हुन्छन् । तसर्थ सबै सजीव, निर्जीवका आधार संरचना गतिशील छ र त्यही गतिले गर्दा आधार संरचना परिवर्तन भइरहन्छ। आधार संरचनाबाट उपरिसंरचना बन्ने हुनाले प्रत्येक मानिसको विचार, चेतना, रुचि , दृष्टिकोण, क्रियाकलाप फरक हुन्छ र त्यो कुरा समय क्रममा एक वंशबाट अर्को वंशमा सर्दै जाँदा अझ फरक हुँदै जान्छ र नयाँ रूप, नयाँ विचारको जन्म हुन्छ ।

चाल्र्स डार्वीनको यही तथ्यलाई समर्थन गर्दै कार्ल मार्क्सले समाज शास्त्रका अनेकौँ सिद्धान्तहरूको विकास गरे र मैले पनि यही शाश्वत सत्यलाई गहिरोसँग अध्ययन गरेर यो सिद्धान्त प्रतिपादन गरेको हुँ। तसर्थ एउटै वर्गमा पनि धेरै राजनैतिक पार्टीहरू जन्मन्छन् । विज्ञानको एक आधारभूत चरित्र निरन्तर विकास भई रहनु हो । मार्क्सवाद एक विज्ञान हो । विज्ञानको सूत्र परिवर्तनशील छ र विज्ञान पनि पूर्ण हुँदैन । न्युटन, आइनस्टाइनका पनि बिस्तारै परिवर्तन हुन्छन्, भइरहेका छन्। विज्ञान आफ्नो गतिमा विकास भइरहेको छ भने मार्क्सवाद वा कुनै पनि वाद आफ्नो गतिमा विकास र परिवर्तन भई रहन्छ । पदार्थ परिवर्तनशील भए पछि मार्क्सवाद अनुसार परिस्थिति, समय स्वतः परिवर्तनशील छ । कार्ल मार्क्सको वेलाको उत्पादन, वितरण, विनियम र उपभोग अहिले फरक भइसकेको छ । तसर्थ अरूलाई निषेध गर्न खोज्नु, एकछत्र शासन चलाउन खोज्नु, कुनै पनि नाममा, चाहे सर्वहाराको नाममा, कम्युनिष्टको नाममा, राजतन्त्रको नाममा, संस्कृतिको नाममा, परम्पराको नाममा एकदलीय व्यवस्था सञ्चालन गर्नु विज्ञानसम्मत हुँदैन । संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, कानुनको शासन इत्यादि मानव जातिले समाज विकासक्रममा आर्जन गरेका जीवन्त र मूल्यवान् उपलब्धिहरूलाई अँगालेर उत्पादक शक्तिको अभूतपूर्व विकास गर्दै, उत्पादक शक्ति र उत्पादन सम्बन्धबिचको दुरीलाई साँघुरो बनाउँदै लोककल्याणकारी कार्यक्रमहरू अगाडि बढाउँदै नेपाललाई संसारको विकसित मुलुक मध्येको एक बनाउन समाजवाद र बिस्तारै साम्यवादको बाटोमा अगाडी बढ्ने मार्ग निर्माण गर्न प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद हो। जीवन र जगतको यो भन्दा वैज्ञानिक विवेचना के हुन सक्छ विप्लव जी ?

मित्र विप्लव जी,
सिद्धान्त जीवनको लागि हो, जीवन सिद्धान्तको लागि होइन। जनआन्दोलन र जन युद्धका उपलब्धिहरू सहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था अँगालेर देशलाई विकसित, समृद्ध बनाउन पट्टी लाग्नु पर्ने वेलामा तपाई फेरी जनयुद्धको जगमा जनविद्रोह वा विद्रोहात्मक धक्का जस्ता कार्यदिशा अङ्गालेर अस्थिरता मच्चाई शान्तिकामी नेपाली जनतालाई भ्रम छर्ने काम गरी रहनु भएको त छैन? द्वन्दवादको अनिवार्यता र सर्वव्यापकतालाई सिद्धान्ततः स्वीकार गर्ने तर व्यवहारिकता बहुलवादलाई स्वीकार नगर्ने आधार के हो ? सृजनात्मकता, सुझाव भन्दा विरोधको मुद्दालाई सजिलै समर्थन गर्ने, तर यथार्थ धरातलमा टेकेर भविष्यको उपयुक्त विकल्पको छनौट नगर्ने, विरोधको राजनीतिले बढी महत्त्व पाउने, परिवर्तन छिटो हुन्छ, विकास छिटो हुन्छ भन्ने चिन्तन भएको नेपाली समाजमा अझै क्रान्तिकारी रोमाञ्चकता बाँकी छ । बेपत्ता, शहीदका परिवारजन, घाइते एवं अपाङ्ग योद्धाहरूले उग्रनारा पुनः सुन्ने छन् र क्रान्तिकारी रोमाञ्चकताको कारणले विप्लव प्रवृत्तिको वृद्धि र विकास त केही हुने नै छ । तर दक्षिण एसियाको सामरिक, राजनीतिक, आर्थिक र समाज रचनाले अन्तरविरोध र क्रान्तिका स्वरूपमा ठुलो प्रभाव पार्नुका साथै प्रधानरुपमा आन्तरिक कारणले उक्त उग्र विचार अवशेषमा परिणत हुने निश्चित प्रायः छ ।

मित्र विप्लव जी,
सबै तहको सरकारले आफैँ कानुन बनाउन सक्ने भएकोले धेरै असमानता, शोषण, उत्पीडनलाई आवश्यक कानुन बनाएर सम्बोधन गर्न सकिन्छ भने किन सशस्त्र वर्ग सङ्घर्ष,जनविद्रोह, हत्या, हिंसाको जरुरी पर्यो ? शक्ति आर्जन गरी बार्गेनिङ क्षमता बढाएर एकता प्रक्रियामा आउने विचार हो ? फेरी धक्का, क्रमभङ्ग, छलाङ, महाविपत्तिको सृजना, आफ्नो टाउकोमा आगो लगाउने, दक्षिण एसियाली सोभियत फेडेरेसन, ढाडमा टेकेर टाउकोमा हान्ने जस्ता शब्दहरू सुनिने दिन नआओस्,फेरी सुरुङ युद्धको नाममा खाल्डा र दुलाहरु खनिने दिन नआओस्, भन्नेमा विश्वस्त छु। कुनै पनि हिंसा र युद्धमा कसैको जित हुँदैन। हिंसा र युद्ध अन्तिम वासलातमा कसले कति धेरै हा¥यो भन्ने मात्र हिसाबकिताब हुन्छन्।

माफियाहरू दोहोरो हतियार बेच्न चाहन्छन् । ती शक्तिहरू पुनः नेपालमा गृह युद्ध होस् भन्ने कामना गर्दछन्। जनयुद्धलाई मलजल गर्न आतुर छन्। युरोप, अस्ट्रेलिया, अमेरिका जाँदा यी नेपाली गरिब छन्, यहीँ लुक्छन्, फर्कन्नन् भनेर एयरपोर्टमा नेपालीलाई अपमान गर्छन् । दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानी जनताले २४ घण्टामा १८ घण्टा काम गरेर संसारलाई जापानी को हुन भनी देखाई दिए जस्तै ३ करोड नेपाली मिलेर २ दशकमा युरोपको सबैभन्दा विकसित मुलुकलाई हामी उछिन्ने कसम खाएर हामीले नेपाललाई स्वाधीन, अग्रगामी, समृद्ध मुलुक बनाएर नेपाली जनतालाई विश्वका विकसित मुलुकका नागरिक सरह बनाएर संसारलाई देखाइदिन समृद्धिको युद्ध लड्नु पर्ने बेलामा नेपालमा फेरी जनयुद्ध सुरु भएमा नेपालमा कोही युवा बस्ने छैनन् । कसैले नेपालमा लगानी गर्ने छैन र हामी नेपालीको शिर कहिल्यै ठाडो हुने छैन । नेपाली श्रमजीवी जनताको हृदयमा एक गहनतम पिडा सुरु हुनेछ ।

लेनिनका अनुसार कम्युनिष्टलाई समस्त पूँजीवादी, उदारवादी विश्वले ठुलो शत्रुता र घृणा दर्शाउँछ र कम्युनिष्टलाई एक प्रकारको अहितकर सम्प्रदायको रूपमा हेरिन्छ । तर अब विश्वले नेपालको अवस्था हेरेर पूनर्विचार गर्नेछ । त्यस्तै आज चीनबाट ऋण लिएर आफ्ना कर्मचारीहरूलाई तलब खोइरहेकाछन् ती पूँजिवादीहरु । यो युग निषेधको युग होइन, बरु सहमति, सहकार्य, कम्प्रोमाईजको युग हो । सौहार्दता र शिष्टताको यूग हो । उदारता, त्याग, माया, प्रेम, सद्भावले पनि धेरै ठुला काम गर्न सकिन्छ । कुनै पनि देशमा इतिहासको खास खास काल खण्डमा खास खास व्यक्तिहरूको ऐतिहासिक भूमिका हुने गर्छ, नेपालमा कम्युनिस्ट पार्टीहरू एकीकरण गर्ने नेताहरूको नाम नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । कमरेड बामदेव गौतम दुई ठुला कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्न जुन अत्यन्त महत्त्वपूर्ण भूमिका निभाउनु भएको छ, त्यसमा म कमरेड बामदेव गौतम लाई हार्दिक धन्यवाद दिन चाहन्छु। म आज पनि कमरेड किरण र विप्लवलाई पनि एकता प्रक्रियामा ल्याउन हार्दिक आह्वान गर्दछु। सरकार भएकोले कतिपय कुराहरूमा कम्प्रोमाइज गरेर भने पनि एकता प्रक्रियामा सहयोगी भूमिका निभाउनु पर्दछ। प्रभावकारी सञ्चारले जस्तोसुकै कुरा मिलाउन सकिन्छ । यो नेकपाको ठुलो सफलता हुनेछ । संसारका कम्युनिष्टहरु खुसीले गद्गद् उनेछन् । युवा कार्यकर्तामा सयौँ गुणा जाँगर पलाउनेछ । यो एकता, उल्लास, उमङ्ग र शक्तिको श्रोत हुनेछ । कम्युनिष्टहरुले विगतलाई कोट्याउनु भन्दा सुन्दर भविष्यको निर्माण गर्नु पर्छ । हामी एकदमै अल्पकालीन सोचमा नअल्मीलिऔ । प्राप्तिको महाअभियानमा अन्यदलहरु बिचको सद्भाव र एकताको पनि आवश्यकता पर्दछ भने अन्य कम्यूनिष्ट पार्टीहरूको सद्भाव र एकता निरन्तर रहनु पर्छ कि पर्दैन ?

प्रिय कमरेड विप्लव जी,
देश र जनताको लागि जीवन अर्पेका, निष्ठा र त्यागका प्रतिमूर्ति नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का नेताहरूले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता लगायत संविधानका प्रमुख उपलब्धि नेपालमा ल्याउने कामको नेतृत्व गर्नु भएको छ। केपी ओलीको नेतृत्वको सरकारले करिब दुई वर्ष भन्दा केही बढी समयमा नेपालको इतिहासमै परिणाममुखी राम्रा कामहरू गरेको छ, इतिहासमै अभूतपूर्व राम्रा परिणाम निकालेको हामीले देखी रहेका छौँ । देश संविधान कार्यान्वयनको पूर्णता तिर गएको, स्थिरता, शान्ति सुव्यवस्था, कानून् – विधिको शासन, पृथकतावादको अन्त्य, गुणस्तरीय पूर्वाधार, डिजिटल अर्थतन्त्रमा मुलुक अगाडि बढेको छ। शताब्दी शताब्दी देखिको बिग्रेको संयन्त्र, थिति, परम्परागत अभ्यास र आचरण परिवर्तन गर्न सरकार क्रियाशील छ । ७६१ वटै सरकार संस्थागत भएको छ। सरकारले लोकतन्त्रका मानकहरूलाई सुदृढ गर्दै लगेको छ। इतिहासमै नेपालको विदेश नीति दुई ढुङ्गाबिचको तरुलको कूटनीतिबाट दुई तरुल बिचको नयाँ सृजनात्मक अवस्थामा पुगेको छ। विश्व आर्थिक महाशक्ति चीनका शक्तिशाली राष्ट्रपति सी जिन पेङको नेपाल भ्रमणले विश्वमा नेपालको गौरव बढेको, संसारभर नेपालको शिर उँचो भएको छ ।

मुलुकले अनेक क्षेत्रमा छलाङ मारेको तथ्याङ्क छ । देश औद्योगिकीकरण तर्र अघि बढेको देखिन्छ । दिगो विकास लक्ष्यका २३१ सुचांकहरु मध्य धेरै सूचांक सकारात्मक दिशा तर्फ गइरहेको, दण्डहीनताको अन्त्य यो सरकारले गरेको छ। नेपाललाई यो सरकारले ल्याण्ड लक्ड देशबाट ल्याण्ड लिङ्क देशमा परिवर्तन गरेको हो कि होइन ?

खेलकुदका पूर्वाधारमा दक्षिण एसियाली खेलकुदमा उल्लेखनीय प्रगति सरकारको सफलताको उदाहरण हो। सरकारले युगीन महत्त्वका शताब्दी शताब्दी महत्त्व राख्ने काम गरेको। नेपाल च्ष्कष्लन कतबच या धयचमि को रूपमा उदाएको भनेर विश्वले भनेका छन् । यी सबै कुराको पृष्ठभूमिमा सरकारको समृद्ध नेपाल, सुखि नेपाली भन्ने नारा पनि सफलीभूत हुने कुरामा म विश्वस्त छु। भूकम्प र नाकाबन्दीले शिथिल अर्थतन्त्रका धेरै सूचकहरू(सकारात्मक दिशामा बढेका समयमा कोरोना महामारीको कारणले विश्व मै आर्थिक प्रभाव परेकोलाई केपी ओलीको सरकारलाई दोष दिन मिल्छ ?

प्रिय कमरेड विप्लव जी,
तपाईँले पनि अन्य प्रतिपक्ष ले भन्दा बढी यो सरकारलाई आलोचना गर्नु भएको छ। लेख्न, बोल्न, आलोचना गर्न धेरै सजिलो छ, कुरा काट्नमा आनन्द आउँछ । तर आलोचनाको पनि निश्चित विधि, सीमा हुन्छन् होइन र ? आलोचना र विरोध स्वतन्त्र न्यायमा आधारित हुनु पर्दछ कि पर्दैन ? जनभावना क्रमशः निराशामा परिणत हुँदै जानुमा अनावश्यक भ्रम र मिथ्या आलोचना जिम्मेवार छैन ?

समाजवादको आधारभूत चरित्रलाई दृढता पूर्वक कायम राख्दै अरू आवश्यक क्षेत्रमा समय सापेक्ष सुधार एवं परिवर्तन गर्दै अघि नबढ्नाले वा आवधिक रूपमा जन अनुमोदित नहुनाले लाखौँ ट्याङ्क र लाखौँ सेना द्वारा सुसज्जित तात्कालिक सोभियत सङ्घ र पूर्वी युरोपका समाजवादी सरकारहरू एउटा बन्दुक नपड्कीकन किन ढल्यो ? यसको निर्ममता पूर्वक समीक्षा हुनु पर्छ कि पर्दैन विप्लव जी ?

राज्यलाई हेर्ने दृष्टिकोण,राजनैतिक कार्य दिशा, जीवन पद्धति, वर्ग दृष्टिकोण र प्रधान अन्तर्विरोधमा तपाईँको फरक दृष्टिकोण हुनु अन्यथा होइन, तर तपाईँले गर्न खोजेको कार्यदिशा सफल भएमा पनि सुरु गर्ने काम त राष्ट्रिय पुँजीको अभूतपूर्व विकास गर्ने नै होइन र ? क्रान्तिको सिद्धान्त, नीति र कार्यक्रम कुनै शास्त्रीय रचनाबाट वा विशिष्ट नेताको कल्पना बाट तय हुने विषय हो र ? नेपाली समाजको विशेषता र विशिष्टतामा आधारित रहेर मार्क्सवाद र लेनिनवादको सृजनात्मक प्रयोग गर्ने काम नै व्यवहारिक होइन र ? हिंसाको कायरतापूर्ण बाटोको सट्टा लोकतन्त्रको कठिन बाटो हिँडेर नै तपाईँले आजको अवस्थामा राजनीतिक स्थान बनाउन सक्नु हुन्न र ?

अन्तमा,
प्रिय मित्र,
“त्यो दिन सम्पूर्ण मानव जातिले ’क्रान्ति’ भन्ने शब्दलाई घृणा गर्ने छ“ – दोरा
तात्कालिक रुसको राजा जारलाई कारमा बम हान्ने जिम्मा पाएकी छापामार दोराले कारमा बच्चा देखेर बम नहानी फर्के पछि सहयोद्धा इस्तेफान द्वारा गरिएको आलोचनाको प्रत्युत्तरमा दोराले भनेको अभिव्यक्ति आज पनि सान्दर्भिक छ किनकि भर्खरै रोल्पामा बम विस्फोट बाट बच्चाहरू मारिएका छन् ।
दशक भन्दा लामो द्वन्द्व ब्यहोरेको देशमा अझै सच्चा कम्युनिस्टको नारा घोकाएर अभाव र गरिबीको कारण आफ्नो भाग्यरेखा तय गर्न चुकेका युवाहरूको ऊर्जा र उत्तेजनालाई अवसरको रूपमा प्रयोग गर्दै, फेरी पनि द्वन्दलाई राजनीतिक अभिस्ट पुरा गर्ने माध्यम नबनाइयोस्। शिक्षाको पहूँच भन्दा बाहिर रहेका अभाव, दबाब र प्रभावबाट ग्रसित यूवा वर्ग तपाईँको जनसङ्घर्षको निसानामा नपरोस्।
नेपालका ठुला ठुला उद्योगहरू स्थापना हुन नदिने, लगानी मैत्री वातावरण हुन नदिने, नेपालीलाई गरिब देख्न चाहने, नेपाललाई परनिर्भर बनाई राख्न चाहना राख्ने शक्तिहरूले पुनः नेपालमा अस्थिरता छाओस् भनेर प्रार्थना गरिरहेका छन् । तिनीहरू नेपालको आर्थिक अवस्थालाई ध्वस्त पार्न चाहन्छन् । तिनीहरू अत्यन्त उज्ज्वल भविष्य भएको, संसारलाई उदाहरण भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई निमिट्यान्न पार्न चाहन्छन् । त्यही अस्थिरता चाहने अदृश्य शक्तिहरूले नै म र कमरेड जीवराज आश्रितको हत्या गरेका थिए । म कार्ल मार्क्सलाई आज सम्मका मानव जातिको सर्वश्रेष्ठ विचारक, चिन्तक भनेर मान्ने व्यक्ति हुँ ।

मलाई विश्वास छ, अत्यन्त सुसङ्गठित, समाजको जरासम्म भिजेको लाखौँ कार्यकर्ता र जनताको साथ रहेको, कम्युनिस्ट पार्टीलाई एकीकरण गर्न सक्ने, सामन्तवादलाई सधैँको लागि हटाएर जनतालाई वास्तविक सार्वभौम बनाउने आन्दोलनको नेतृत्व गर्ने के पी ओली, प्रचण्ड लगायतका नेताहरू सहितको नेकपाले देशलाई बर्बादी, अस्थिरतातिर लैजान षड्यन्त्र गर्ने तत्त्वहरूलाई सफल हुन दिने छैनन्। किरण, विप्लव लगायतका कम्युनिस्ट पार्टीहरू र अन्य देशभक्तहरूलाई एकीकृत गर्न सफल हुनुहुनेछ। तबमात्र मेरो आत्मा खुसी हुने छ।

(आज ज्येष्ठ ३ गते विश्व कम्युनिस्ट आन्दोलनमा नवप्रवर्धन ( क्ष्ललयखबतष्यल ) का रूपमा नयाँ सिद्धान्त “जनताको बहुदलीय जनवाद“ प्रतिपादन गर्ने नेपाली कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व जननेता कमरेड मदनकुमार भण्डारी र कुशल संगठक कमरेड जीवराज आश्रितको २७ औँ स्मृति दिवस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकताको दोस्रो वर्ष गाँठ को अवसरमा लेखिएको आलेख )
लेखक ः डा. अधिकारी धादिङ २ (१) बाट निर्वाचित नेकपाका सांसद हुन् । उनी महाराजगन्ज मेडिकल क्याम्पसबाट एजम् गर्ने पहिलो व्यक्ति र ल्ब्क्त् बाट वैज्ञानिकको रूपमा पुरस्कार प्राप्त गर्ने व्यक्ति हुन।

– डा. रामकुमार अधिकारी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments