हजुरआमाको मृत्युको खवरमा नातिनीको प्रतिक्रिया : ‘ओ नो व्याडलक भएछ है’

मानविय संवेदनशिलता हराउदै गएको नेपाली समाज

शनिबार, फाल्गुन २१, २०७३



हाम्रो समाजमा  मुख्यतः तिनवटा जेनेरेसन विद्यमान छन । एउटा जेनेरेसन ५० वर्ष माथिको छ,  अर्को जेनेरेसन ३५ बर्षमाथिको छ र आधुनिक जेनेरेसनको रुपमा २५ बर्ष सम्मका लाई लिन सकिन्छ । यि तिनै जेनेरेसनका विचमा रहनसहन , खानपीन, हिंडाइ, बसाइ एवं वैचारिक भिन्नताहरु पाइन्छ । माथिल्लो जेनेरेसन र तल्लो जेनेरेसन विच त यहाँ निक्कै  ग्याप देखिन्छ ।  विचको २५ देखि ५० सम्मको जेनेरेसनले यि तीनवटैै जेनेरेसनमा पुलको काम गनुपर्ने तर त्यो हुन सकिरहेको छैन । कारण विचको जेनेरेसनहरु न पुराना मूल्य मान्यताहरु पूर्ण रुपले आत्मसाथ गर्दे अघि वढ्न सक्छन् न नयाँ आधुनिक जिवनशैलीमा नै  आफुलाई ढाल्न सक्छन् ।  तसर्थ आजको नेपाली समाजको अत्यन्तै उत्पिडित जेनेरेसन भनेको मध्यम जेनेरेसन हो ।

नेपाली समाजमा बावु आमा मर्ने बेलामा छोराछोरीले मुख हेर्ने संस्कार रहेको पाइन्छ ।  प्रत्येक आमा बुबाले आफ्नो सन्तानको भलो चाहेका हुन्छन ।  सबै सन्तानको उन्नती देख्दै सन्तानकै काखमा प्राण त्याग गर्न पनि चाहन्छन् ।  कतै आजको आधुनिक नेपाली समाजले उनिहरुलाई यो चाहनाबाट बन्चित गरिरहेको त छैन ?  

मध्यम जेनेरेसनको पीडा त छँदैछ नै यसैबीच तेस्रो जेनेरेसन भने अत्यन्तै आधुनिक भइरहेका छन् । यो लेटेष्ट जेनेरेसनलाई समाजका मुल्य,मान्यता र संस्कारको पनि त्यति ज्ञान छैन । उनीहरुमा आफूलाई जन्म दिने बावुआमाप्रतिको कर्तव्य निभाउनुको त आशै नगर्दा हुन्छ  सामान्य संवेदनहशिलता समेत हराइरहेको पाउन सकिन्छ । यसै लेटेस्ट जेनेरेसनको बारेमा एउटा चाख लाग्दो प्रसंग छ ।  काठमाण्डौ देखि वाहिरको कुनै जिल्लावाट आफ्ना पिताजीको मृत्युको खवर सुनेर एकजना मानिसले उनकी छोरी र श्रीमतीलाई सुनाएछन । छोरी हाम्रोे हजुरआमा राती स्वर्गिय हुनु भएछ , अव हामी घर जानु पर्ने भयो । यसको प्रतिउत्तरमा तिनको प्रतिक्रिया त्यति आश्चर्य जनक नआएको देख्दा तिनको बुबा अचम्ममा परेछन् वा केहि भन्न नसकी अवाक् परेछन । अनि सोच्न थालेछन यिनको लालनपालन र संस्कारमा हामिले के कमी गरेका रहेछौ । तिनलाइ कस्तो संस्कार दिएछौ । तिनको प्रतिउत्तर के रहेछ भने तिनले मात्र यति भनिछन ‘ओ नो ब्याड लक भएछ है’ । बस यति मात्र भनेर तिनि आफ्नो काममा लागिरहिछन ।घरमा मानिस मर्नु पक्कै गुड लक होइन मान्छे मर्ने जस्तो संवेदनशिल बिषयलाई गुड लक र व्याड लक भनेर तुलना गर्नुभन्दा पनि यसको भिन्दै प्रतिक्रिया आउनु पर्दथ्यो । तर आधुनिक भनाउदा मानिसहरुको मनभित्रबाटै संवेदनशिलता हराएका सहजै भान गर्न सकिन्छ ।

आधुनिक भनाउदाहरुको हाम्रो थर्ड जेनेरेसनको नियति यस्तै छ । जहाँ आफ्नै हजुरआमा मर्दा नातिनीको मनमा चोटको अलिकति पनि अनुभुति हुदैन । जसले ति नातिनीको दिसा, पिसाव स्याहार्ने देखि लिएर तिनी विरामी हुँदा कति रात नसुति बसेहोला, तिनलाई खुवाउने शिलशिलामा कयौ दिन भोकभोकै बसिन होलान ।  आज तिनैको मृत्यु हुँदा तेस्रो जेनेरेसनको यस्तो प्रतिक्रिया आउनुमा ति केटाकेटीको मात्र दोष छैन । त्यसमा हाम्रो घर, परिवार एवं समाजकोे पनि दोष छ ।  किन हामीले तेस्रो जेनेरेसनलाई उचित संस्कार दिन सकेनौ ? जसको प्रभावले गर्दा उनिहरु यती धेरै आधुनिक बन्न पुगे कि आफ्नो नजिकैको आफन्तको मृत्युलाई समेत सामान्य रुपमा लिन थाले ।

हुन त मृत्यु अकाट्य छ,  यस सन्सारमा जन्म लिएपछि हरेका मानिसले एक न एक दिन त मर्नैपर्छ । तैपनि मृत्यु पनि सुखमय हुनु जरुरी छ । नेपाली समाजमा बावु आमा मर्ने बेलामा छोराछोरीले मुख हेर्ने संस्कार रहेको पाइन्छ ।  प्रत्येक आमा बुबाले आफ्नो सन्तानको भलो चाहेका हुन्छन ।  सबै सन्तानको उन्नती देख्दै सन्तानकै काखमा प्राण त्याग गर्न पनि चाहन्छन् ।  कतै आजको आधुनिक नेपाली समाजले उनिहरुलाई यो चाहनाबाट बन्चित गरिरहेको त छैन ? अवश्य पनि, आजको नेपाली समाजमा हरेकका  बा– आमाहरु आफ्ना सन्तानको   विदेशीने र आधुनिकीकरणका कारण बेवास्ता गर्ने  कारणले सन्तानको मुखै नहेरी मर्न बाध्य छन् । आफ्ना सन्तानको उन्नती प्रगति र सुख सयल हेर्ने त हरेक बावुआमाको इच्छा होला तर, सन्तानको मुखै नदेखि मर्ने रहर कस्लाई होला खै ?
उदाहरणको रुपमा   तपाई हाम्रै टोल छिमेकको घटना लाइ हेर्न सकिन्छ । छोरा जापान, बुहारी अष्ट्रेलिया र अनि श्रीमान लण्डनमा भएकी एउटा वृद्ध आमा नेपालमा हुन्छिन यहाँ एक घुट्को पानी खान दिने मानिस पनि हुन्नन । घरमा काम गर्ने मान्छेको भर पर्नु पर्छ । उनले आफ्नो सन्तानको काखमा प्राण त्याग्ने त उनको अधुरो सपना मात्र हुनेछ । त्यसो भए के का लागि विदेशिएका छन् त ? यिनका छोराबुहारीको करौडौ पर्ने महल के का लागी ? पजेरो गाडी के का लागी ? यदि जिवनमा आत्मसनतुष्टि नै छैन भन्ने बाकी भौतिक सुख सयलले मान्छेको जिन्दगीमा थोरै पनि खुशी राख्न सक्दैन ।

वास्तवमा सबै जेनेरेसनले बुझ्नु पर्ने कुरा के छ भने वृद्ध अवस्थामा धन सम्पति सुख सयल आदी भन्दा पनि परिवारको माया ममता स्नेह र हेरचाहको खाँचो पर्दछ । आजको आधुनकि जेनेरेसनलाई यस्तो भनिरहँदा उनिहरु के भन्छन् भने उहांहरुलाई खान लाउन दिएकै छ,।  काम केहि गर्न लाएको छैन, त्यहाँ भन्दा के गर्ने त ? तर यी सव सोच गलत हुन् ।   कुकुरले पनि दुई छाक मजाले खाइरहेको छ अनि उसमा पनि आफ्नो परिवार प्रति माया ममता हुन्छ । त्यसो भए मानिस र जनावरमा के भिन्नता छ ? तसर्थ आधुनिक जेनेरेसनका व्यक्तिले बुझ्नुपर्ने कुरा के हो भने  बेलाबेलामा आफ्नो वृद्धा– बुबा आमा लाई पनि समय दिएर उनीहरुका भावना बुझनु पर्दछ । यसो गर्न नसकि आफ्नो मात्र भौतिक सुख सुविधा र स्वार्थको  पछि लाग्यौ भने मर्ने बेलामा बावुआमाले सराप दिएर मर्नेछन ।

लेखकसँग सम्पर्क गर्न चाहनुभएमा इमेल तथा फेसबुक ठेगाना यस प्रकार रहेको छ :

[email protected],facebook :https://www.facebook.com/poudeljanardan

3809 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank