राष्ट्रिय युवा परिषदः दुई वर्षको उपलब्धी

सन्दर्भः अन्तराष्ट्रिय युवा दिवस

शनिबार, साउन २८, २०७४

loading...


- सरोजदिलु

हाम्रो बिरासतको संस्कृति यस्तै छ– नेतृत्वका लागि सामुहिक वा राष्ट्रिय स्वार्थभन्दा ब्यक्तिगत स्वार्थका लागि खल्तिबाट नेतृत्व चुनिन्छ । जसकारणले समस्याको बैठान कहिल्यै हुनसक्दैन । परिणामतः आज मामाको श्राद्ध खान पाएजस्तो राज्यले प्रदान गरेको श्रोतसाधन युवा समक्ष पुरयाउँने दायित्व निर्वाह गर्नेभन्दा गाडी–घोडा, ऐशआराम, सुखसुविधामै बढी लालची हुने परम्परागत धर्म परिषदमासमेत देखिन थालेको छ ।

करिव २०६५ सालदेखि युवा नेताहरुले परिकल्पना गरेको परिषदले करिव ७ वर्षपछि सार्थकरुप पायो । युवा नेताहरुको सपनाले सार्थकता पाएको २ वर्ष बितिसकेको छ । यो २ वर्षमा करिव १ अर्व रुपैंया युवाको नाममा सरकारले विनियोजन गरेको छ भने त्योभन्दा अधिक श्रोतहरु सरकारभन्दा वाहिर खर्च भइरहेका छन् । तर परिषदका २÷४ जना वाहेक धेरैलाई परिषदका श्रोतहरु कहाँ कसरी विनियोजन र खर्च भएका छन्, थाहा छैन । युवाका अभियन्ता हौं भन्नेहरु धेरैलाई चासो पनि छैन । तिनीहरुले आफूले पाउने सुखसुविधा वाहेक युवाको लागि खर्च हुने वजेटको सोधिखोजी समेत गरेका छैनन् । सारमा २ वटा वर्षको विश्लेषण गर्दा परिषद बनाएर करौडौं युवाको वृहत्तर विकास गर्ने सपना देख्नेहरुका सपनाहरु मर्दैगएका छन् । तिनले आफ्नो लडाईंको औचित्य आफैसंग सोध्नथालेका छन् ।

हुन त, हाम्रो बिरासतको संस्कृति यस्तै छ– नेतृत्वका लागि सामुहिक वा राष्ट्रिय स्वार्थभन्दा ब्यक्तिगत स्वार्थका लागि खल्तिबाट नेतृत्व चुनिन्छ । जसकारणले समस्याको बैठान कहिल्यै हुनसक्दैन । परिणामतः आज मामाको श्राद्ध खान पाएजस्तो राज्यले प्रदान गरेको श्रोतसाधन युवा समक्ष पुरयाउँने दायित्व निर्वाह गर्नेभन्दा गाडी–घोडा, ऐशआराम, सुखसुविधामै बढी लालची हुने परम्परागत धर्म परिषदमासमेत देखिन थालेको छ ।

हामीले पुर्वज् नेताहरुको सपनालाई एक कदम सघायौं । परिषदको ऐनमा थोरवहुत काम गर्ने मौका पायौं । परिषदको नीतिको पुनरावलोकन गर्यौं । परिषदको रणनीतिक कार्यनीति युथभिजन २०२५ निर्माण गर्यौं । राष्ट्रिय युवा परिषदका सदस्यहरुको तुलनामा हाम्रो दायित्व साह्रै नै झिनो हो । तर सानै भएपनि हामी सदस्यको त्यसवेलाको गरिमा भने उच्च थियो । दिनमा हामी पाचैजना कतै न कतै भ्याइनभ्याई हुन्थ्यौं । संयोजकको गरिमाको तुलना नगरौं, सदस्यहरुको समेत महत्व अर्कै थियो । गैरसरकारी क्षेत्रका साथीहरुले दिनमा ३।४ वटा कार्यक्रमहरुमा अतिथी बनाउँथे । सरकारी निकायका फोकल मिनीस्टरीहरुमा हामीलाई छुट्टै मानसम्मानले हेरिन्थ्यो । तर परिषद बन्यो, सदस्यहरु छन् । तिनलाई एउटा गैरसरकारी संस्थाले चिन्दैन । सदस्यहरुलाई होइन, प्रमुखले समेत आसेपासे, ब्यक्तिगत नाता–सम्वन्धका वाहेक खासै महत्व पाएको देखिन्न । अन्य मन्त्रालयहरुका युवा फोकल युनिट्ले परिषदलाई टेर्दैनन् । दाताहरुलाई हामीले एक वचन भन्दा मन्त्रालयको श्रोतभन्दा २।३ गुणा श्रोत दिन तयार हुन्थे । तर परिषदले राज्यको विनियोजित वजेटसम्म खर्च गर्नसक्दैन । यसैले एउटा ठुलै महत्वले स्थापना गरिएको परिषदको महत्व र परिणाम कमजोर देखिएको छ ।

अघिल्लो आ.व.को वजेटमध्ये करिव ७२ प्रतिशत फ्रिज भएको मन्त्रालयले जनाएको छ । अर्थात परिषदले आफैले श्रोतसाधन जुटाइ भिजन २५ ले निर्देश गरेका कार्यहरुको कार्यसम्पादन गर्नुपर्ने थियो, तर सक्दैन । श्रोत छ, साधन छ, म्यानपावर छ, युवा तयार छन्, तर सरकारले दिएको वजेटको एकतिहाई समेत खर्च हुँदैन । कसको असक्षमता हो ? यसको जिम्मेवारी सम्वन्धित निकाय प्रमुखले लिने नैतिक दायित्व पो हो कि ?

केही जिम्मेवार साथीहरु वर्षमा ३ वटा गोष्टी गर्दा र गोष्ठीमा झोला बाढ्दैमा छाती फुलाएर भन्दैछन्– २।३ वटा राष्ट्रियस्तरका सभ्य र भब्य गोष्ठी गर्यौं । अरे बाबा, त्यस्ता गोष्ठी त साधारण एन्जीओले वर्षमा १२।१३ वटा गर्दछन् । गोष्ठी र सेमीनार गर्ने काम भनेको तिनै एन्जीओहरुको हो । गैससहरुले ब्याग मात्र होईन, ज्वाईँ–छोरी पाले झैं रिर्सोट्मा राखेर छाताजुत्ता नै दिने पनि गरेका छन् । एउटा भाडाको घर खोज्यौं, कुर्सी टेवल जोड्यौं, कारपेट् ओछ्यायौं, झ्यालढोकामा पर्दा हाल्यौं अनि केही कर्मचारीलाई ती कुर्सी टेवलामा राख्यौं, युवामा नाममा जनताका कर खाने कर्मचारीहरु देश–विदेश घुम्यौं मात्र भनेर गर्व गर्ने हो भने त्यो नैतिकहिन हुन्छ । त्यसैले सक्षम नेतृत्वको जिम्मेवारी भनेको राष्ट्रिय युवा नीति २०७२ ले निर्देश गरेका कार्यहरु सम्पादन गर्नु र भिजन २०२५ कार्यान्वयनमा लैजान सक्नु हो । यसो गर्ननसक्ने हो भने परिषद गठन हुनुको अर्थ दिदैन । लामो संघर्षबाट युवा नेताहरुले बगाएको रगत–पसिनाले निर्मित परिषदलाई सार्थक बनाउन नसक्नु भनेको परिषद नेतृत्वको कमजोरी हो ।

परिषदको कार्यक्षेत्र वृहत्त छ । परिषदले युवाको नयाँ भविश्य निर्माणको दायित्व वहन गर्ने हो । परिषदको स्पष्ट बाटो भनेको भिजन २५ ले तोकेका ५ स्तम्भहरु र राष्ट्रिय युवा नीतिको धारा १० ले निर्देश गरेको कार्यनीतिहरु हुन् । ती नीति र स्तम्भहरुमा कार्यशाला र गोष्ठी गर्ने भनेर कहि लेखिएको छैन । वरु गुणस्तर र पहुँचयोग्य शिक्षा, स्वास्थ्य, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा, सशक्तिकरण, नेतृत्व विकास र सहभागिता, कला, साहित्य, मनोरञ्जन र खेलकुद, राष्ट्रनिर्माणका स्वयंसेवी परिचालन, अपराधमुक्त युवा समाज, विज्ञान–प्रविधिमा युवाको पहुँच तथा समविकास र साझेदारी आदि हुन् । २ वर्षको दौरानमा यी कार्यनीति मध्येका कुन चै काम परिषदले गर्यो ? अनि २ वर्षभित्र कोठाभित्रका ३ वटा भाषणभुषण र गफगाफले सन् २०२५ सम्म भिजन २५ ले तोकेका कति काम सम्पन्न होलान् त ??

यो गतिले भिजनको दिर्घकालिन लक्ष्य मुताविकको (लक्ष्यः आगामी १० वर्षभित्र राष्ट्रिय समृद्धि, समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई अति कम विकसित राष्ट्रबाट दु्रत विकासशील राष्ट्रमा पु¥याउन सक्षम जनशक्ति तयार गर्ने ।) युवा जनशक्ति तयार गर्न सकौला त साथी हो ?? यसवाहेक परिषद वाहिरका श्रोतसाधनहरुलाई एकद्धार प्रणालीमा ल्याउदै तिनै युवा गैससलाई साझेदार बनाउँदै कार्यन्वयनमा जाने युवा नीति (दफा ११ को ख) को रणनीति हो । तर युवाका लागि आउने र खर्च भइरहेका श्रोतहरु कहाँ छन्, कसरी खर्च भइरहेका छन्, तिनको अनुसन्धान र अनुगमनमा परिषद कतिको लागिपरेको छ त ? आफैले आफैलाई मुल्यांकन पनि गरौं ।

अझ हामीले भिजन २५ मा नेपाली युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्व विकासमार्फत आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने कल्पना गरेका छौं । यो अवधिमा कति युवालाई प्रतिष्पर्धी बनाउन खोज्यौ, कतिलाई कुन क्षेत्रमा सहभागिता गर्ने गराउने प्रयाश गर्यौं, के–कतिको नेतृत्व विकास भयो त ?? के हामी न्यायपूर्ण र आधुनिक र अनि समृद्ध नेपालको बाटोतिरै उन्मुख छौं कि राज्यको श्रोत पनि खर्च नसक्ने अनि गाडी–घोडा, सुखसुविधा मात्रै रोज्ने चिन्तनमै छौं ? आम युवाले मुल्यांकन गर्ने वेला भएको छ । जवकि, ऐन–कानुनभन्दा वाहिर रहेर राज्यको श्रोत दुरुपयोग गर्नु अपराध हो भने राज्यको श्रोत–साधनको पहुँच र प्रतिफलबाट सम्वन्धित लक्ष्यित समुहलाई वञ्चित गर्नु–गराउनुलाई पनि सार्वजनिक अपराध नै मान्नुपर्दछ ।

अतः सवै विचार समुह र असन्तुष्ट पक्षहरुलाई साथमा लिएर हिड्नसक्ने कला र इच्छाशक्ति पनि चाँहिदो रहेछ, नेतृत्वमा । हामी १० युवा संगठनमा (अन्तरपार्टीमा) रहँदा होस् या मन्त्रालयको टास्कफोर्समा, हामीवीचमा पानी वारावारको स्थिती कहिल्यै बनेन । वरु राजनीतिक युवादेखि गैसस क्षेत्रका विपक्षी युवा नेताहरुलाई समेत साथमा ल्याएर संगै काम गर्नसक्यौं । हाम्रो एकता र सहकार्यको परिणाम पनि हो– युवा परिषदको ऐनमा सहमती हुनु, राष्ट्रिय युवा नीति आउनु, युथभिजन २०२५ मा सवैको समर्थन हुनु । तर यतिवेला कलामा निःपुणता नभएको हो कि इच्छाशक्तिमा, एउटा ठूलो हिस्सा परिषदभन्दा वाहिर परिषदलाई चुनौति दिएर बसेको छ । त्यसले परिषदमा अपनत्व ग्रहण गर्न पाएको छैन । तिनको असन्तुष्टी सम्वोधन गर्ने दायित्व समेत परिषद नेतृत्वकै हो कि ?

यसैले साथीहरु, परिषदलाई पार्टीगत स्वार्थभन्दा अलि पर राखौं । अर्थात सवै पार्टी वा पार्टीभन्दा वाहिरका १६–४० का नागरिकहरु पनि युवा नै हुन् भन्ठानौं । पार्टीमा एउटा अखडा भेट्टायो कि गफमा दिन बिताउन पाईन्छ । एउटा नेताको गुणगान गायो कि पद लाभ हुनसक्छ । तर परिषदभित्रको जिम्मेवारी त्यस्तो नहुनुपर्ने हो । परिषदमा दिल, दिमाग र दक्षताले काम गर्नुपर्दछ । गुणगान गाएर कुर्सी मेरै त हो भन्नेभन्दा पनि यो कुर्सीमा म केका लागि आएँ भन्ने कुरा अहम् हो । नत्र वरीपरीका २।४ जना युवाले त गाडी–घोडा चढुन्जेल “वाहवाह मेरे भाई” त भन्लान्, तर १ करोड ७ लाख युवा (१.४% जनसंख्या वृद्धिदरले ६ वर्षमा करिव १ करोड २० लाख) ले चै निकम्मा, असक्षम भनेर थुक्छन् है ।

283 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv