महिला मुक्ती आन्दोलनको प्रवृती

बिहिबार, फाल्गुन २४, २०७४



- सत्य पहाडी

एउट कालखण्ड थियो त्यो बेला समाजमा मातृ सत्ता थियो । (देविदेवताको काल )  श्रम विभाजन र निजि सम्पतीको थालनीसंगै क्रमश मातृ सत्ताको ठाउँ पितृ सत्ताले लियो ।  पितृ सत्ताले महिला जैविक हिसावले कमजोर हुँने भनि व्याख्य गरियो ।  बौद्धिक हिसावले पनि कमजोर हुन्छन्, भनि दोस्रो तहमा राख्ने भनि व्याख्य गरियो ।  राजनीतिमा बाध्य, आर्थिक गतिविधीमा होईन, घरेलु र अनुत्पादक ठाउँमा सिमित गरिँदै लगियो । मत्ताधिकार लगाएतबाट बन्चित गरियो ।

ख) क्रमश मताधिकारको माग गर्दै महिलाहरुले संगठित आन्दोलनको सुरुवात गरे । (सन् १९०८) सन् १९१७ ताका रुसमा गाँस र बासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तराष्ट्रिय महिला आन्दोलनको रुप ठुलो बन्दैगयो । अन्ततः सन् १९१० मा क्लारा जेड्किन रोजालग्जवर्गको अगुवाईमा कोपेनहेगनमा भएको दोस्रो अन्तराष्ट्रिय श्रमिक महिलाहरुको सम्मेलनले ८ मार्च लाई आन्तराष्ट्रि श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो । सो सम्मेलनमा १७ देशका १ सय भन्दा बढी महिलाहरु सहभागी भएका थिए ।

नेपालमा सन् १९७५ देखि अन्तराष्ट्रिय महिला दिवस मनाउदै आईएको छ ।
नेपालमा महिला समस्या र समाधानलाई वुझ्ने सम्वन्धमा मुलभुत प्रवृती

१, पुरातनवादी दृष्ट्रिकोण महिलाहरु प्राकृतिक हिसाबलेनै कमजोर छन् । दोस्रो दर्जाका हुँन् र पुरुषकै सेवाका लागि जन्म भएका हुँन् भन्ने जस्ता मान्यता राख्दछन् । उनीहरु महिला समानता र अधिकारको कुरा गर्न अनाआवश्यक हो भन्ने ठान्छन् । यद्यपी अहिले यो मानसिकता खुम्चिदै आएको छ ।

यथार्थवादी सोच, उदारवादी सोच
महिला अधिकार र सामनताका कुरा गर्ने तर त्यसका लागि राजनीतिक तथा आर्थिक प्रणालीमा परिवर्तन आउँनु पर्छ भन्ने आवश्यक ठान्दैन्न । सांस्कृति अधिकारको कुरा गर्दै आशिंक अधिकारको कुरा गर्दछ । प्रजन्न, शिक्षा, रोजगारीको कुरा मात्र गर्दछन् । यो पनि उपदेश मुलक कुरा मात्र जस्तो हुँदै आएको छ ।

माक्सवादी नारीवादी सोच
राज्यसत्तबाट महिलाहरु उत्पीडित भएकाले महिला अधिकारको सुनिश्चितता समानताका लागि राजनीतिक र आर्थिक प्रर्णालीनै मुख्य समस्या बनिरहेको छ भन्छन् । पितृसत्ता कारक त हो तर यो मातहतको समस्य हो । शोषणमा आधारित समाज व्यवस्था मुख्य समस्या हो भन्ने मान्यता राख्र्दछन् । त्यसका लागि सवै उत्पीडित मिलेर मुक्ती खोज्नु पर्दछ भन्ने सोच माक्सवादी नारीवादले राख्र्दछ ।

र्याडिकल नारीवाद भन्ने पनि गरिएको छ ।
पितृसत्ता नारीवादको मुख्य समस्या हो ।
अहिले सम्म जति विचार, सिद्धान्त प्रतिपादन भएका छन्, ती सबै बेकार छन्, केबल नारीवादी हुनुपर्छ भन्ने सोच र्याडिकल नारीवाद हो । त्यसैले पूँजीवाद, समाजवाद नारी हितमा छैन्न केबल महिलाले मात्र महिलाको बारेमा सोच्नुपर्दछ भन्ने सोचनै र्याडिकल नारीवाद हो ।

नेपालको सन्दर्भमा
हामीले, महिला समस्या र समाधानको सन्दर्भमा समानुपातिक, समावेशी व्यवस्था लागु गरेका छौँ । ३३ प्रतिशत

अनिवार्य उपस्थितीको व्यवस्था
महिला मुक्ती आन्दोलनमा नयाँ आयाम समेत थपिएको छ । महिलाहरुको समस्या समाधानका लागि महिला मात्रले पनि पुग्दैन् र महिला स्वंयम सहभागी नभएर पनि हुँदैन भन्ने हामीले अविलम्वन गरेको अभ्यासको सार पनि हो । अहिले प्राप्त अधिकार समाजका बाँढाटाठाका लागि मात्र हो । अब आर्थिक, सामाजिक रुपान्तरण विकास सुशासन र संविधानको व्यावहारिक कार्यान्वयन हुनुपर्दछ ।  केबल कोरा समानताका कुरा गरेर मात्र हुँदैन् , जागरण पनि चाहिन्छ । राज्यको नीति, विधीमा व्यवहारिक कार्यान्वय हुनुपर्दछ ।

महिला उत्पादन र आर्यआर्जनमा अनिवार्य सहभागिता गराउनु पर्दछ र रोजगारीको उचित व्यवस्था गरिदिनुपर्दछ ।
संविधानमा अधिकारको उपभोग गर्न सक्ने क्षमता वृद्धी पनि गर्नु जरुरी छ । अधिकारको कुरा गर्दा कर्तव्य पनि भुल्न हुदैन । हातमा ठेला उठेका महिलाहरुको रोग, भोग र सोक मुक्त गर्ने अठोटनै आज अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा गर्नुपर्ने नयाँ संकल्प हो ।

१०८ औ, ८ मार्चको नारा — प्राप्त उपलव्धिको रक्षा प्राप्त समानताका लागि अघि वढ्यौ । १०८ औ अन्तराष्ट्रियश्रमिक महिला दिवस भव्य रुपमा मनाऔँ भन्ने रहेको छ ।

454 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank