उग्रभौतिकवादले भेट्न नसक्ने हिन्दु विज्ञान

सोमवार, भदौ २, २०७६



- ई-द्वारिका अधिकारी

पश्चिमाले समेत ५००० वर्षभन्दा बढी इतिहास भएको मानेको तर अनन्तकालदेखि अस्तित्वमा रहेको हाम्रो हिन्दु जीवनशैलीमा रहेका नमस्कारको सामाजिक, स्वास्थ्य अनि मनोवैज्ञानिक महत्व, महिलाहरूले खुट्टामा चाँदीको औँठी लगाउने चलन देखि लिएर उत्तर सिरानी गर्दा asymmetricity ले गर्दा हुने शारीरिक असरको आकलन, विवाहित महिलाको जीवनमा सिन्दूरको महत्व र सकारात्मक प्रभाव जस्ता दैनिक जीवनमा अनेकौँ वैज्ञानिक प्रयोग भइआएको थियो। द्वारिका जस्तो इन्जिनियर्ड सहर, पूर्वी भारत र श्रीलङ्का जोड्ने रामसेतु, रावणले स्वर्ग जान बनाएको भर्याङले आजको दिनको आधुनिक विज्ञानलाई समेत गिज्याइरहेको छ।

यस्तो विज्ञान र प्रविधियुक्त समाजका उपलब्धिलाई चरम भौतिकवादको नाममा चलिआएको वैज्ञानिक प्रयोगलाई दुरुत्साहित मात्र गरेन, उल्टै त्यसलाई ढोंग, पाखण्ड अनि सामाजिक कलङ्कको उपमा समेत दिँदै आफूसँग भएको वैज्ञानिक जीवन प्रणाली पश्चिमाको पोल्टोमा जिम्मा लगाएर तिनीहरूको सांस्कृतिक र वैज्ञानिक उपनिवेश स्विकारी दास मनोभाव अङ्गालेर पिछडिएको समाजमा उग्रभौतिकवादीको बिल्ला भिडेर मुतको न्यानोमा पछारिएका छन्। लेखेर भ्याई नसक्नु तथ्य छन् तर केही तथ्य प्रस्तुत गर्दै छु जसले हाम्रो समाज पहिला सभ्य, भव्य अनि वैज्ञानिक थियो भन्ने छनक दिन्छ।

हिन्दु दर्शनले बताए अनुसारको इतिहासमा प्रयोग भएको हतियारहरूको तुलना आज संसारमा देखिएका अस्त्रहरूसँग हुने सक्दैन। ब्रम्हास्त्र, पशुपतास्त्रलाइ आजको जमानाको आणविक बमसँग तुलना गर्न सकिन्छ भने ब्रम्हशिरा अस्त्र आणविक बमभन्दा कैयौँ गुणा घातक एवम् अविजित रहेको भेटिन्छ। हिन्दु वैदिक पुस्तकहरूमा युद्धको समयमा एउटा वाण सय वा हजारवटामा विभक्त भएर एक्कैपटकमा हजारौँ जनसङ्ख्यालाई नामेट बनाउन सक्थ्यो। अहिले प्रयोगमा रहेको रासायनिक, जैविक जस्तै त्यसबेलामा पनि आमविनाशकारी हतियारको प्रयोग हुने गर्थ्यो। आगो, पानी, रसायनयुक्त ती हतियारहरूले मान्छेलाई विख, ग्यास, जलन, डुबान र प्लाज्मा आक्रमण मार्फत डढाउने प्रविधि प्रयोग गर्थ्यो। कुनै कुनै हतियारले पुरै ताल र समुन्द्र सुकाउने, बरुण आस्त्रमार्फत अतिवृष्टि गराउने र पूर्णरुपमा अग्निस्त्रले डढाउने गर्थ्यो। प्रलायंकारी अस्त्रको रूपमा रहेका ब्रम्हास्त्र, ब्रम्हान्णास्त्र र ब्रम्हाशिरास्त्रले पृथ्वीभन्दा बाहिर गैर ग्रह, तारा मण्डल पनि नष्ट गर्न गराउन सक्ने क्षमता राख्दथ्यो भने पृथ्वीमा पुच्छ्रे ताराको वर्षा गराउन सक्ने क्षमता  समेत रहेको थियो।

शक्तिको हिसाबमा भन्नु पर्दा शिवको पशुपतास्त्र सर्वशक्तिमान् रहेको देखिन्छ । जसको पूर्ण क्षमताको प्रयोगले सम्पूर्ण सृष्टिको विनाश गर्न सक्छ भने भगवान् विष्णुको नारानास्त्रको प्रयोगले आकाशबाट अनेक प्रकारको प्रभावशाली हतियारहरूको वर्षा गर्न सक्छ। कुनै पनि ग्रहहरू टुक्राउन सक्ने, सुनामी ल्याउन सक्ने, ज्वालामुखी विस्पोठन गराउन सक्ने, भूकम्प ल्याउन सक्ने वा अन्य कुनै जलयुक्त क्षेत्र नै सुकाउन सक्ने, प्राकृतिक सम्पदा विस्थापन गर्न सक्ने र वायू नै गायब गर्न सक्ने जस्ता हतियारको प्रयोग एवम् आविष्कार हजारौँ वर्ष पुरानो हिन्दु धार्मिक ग्रन्थहरूमा लेखिएको छ। परशुरामको बन्चरो, इन्द्रको बज्र, विष्णुको सुदर्शन चक्र अमुक हतियारको रूपमा प्रयोग भएको देखिन्छ। महाभारतको युद्ध क्षेत्र ओरिपोरी बालुवा पग्लेको र पुरानो भग्नावशेषहरू पग्लेर जोडिएको भेटिनुले पनि परमाणु युद्ध भएको पुष्टि हुन्छ।

संसारको पहिलो टेस्ट ट्युब बेबी महाभारतका आचार्य द्रोण हुन् ।  जो ऋषि भारद्वाजका सुपुत्र हुन्। उनको जन्मको कथा रोचक छ: एकपल्ट ऋषि भारद्वाज भर्खर स्नान गरेकी अप्सरालाई देख्दा वीर्य स्खलन भयो र त्यसलाई ऋषिले माटाको भाँडो (द्रोणम्) मा हालेर अँध्यारोमा राखेको केही समयपछि द्रोणको जन्म भएको हुँदा द्रोणलाई संसारको पहिलो टेस्टट्युब बेबी भन्न सकिन्छ। अझ महाभारतमा भीष्मले आजीवन ब्रम्हाचार्य बस्ने प्रतिज्ञा गरेको र बिचित्रबिर्य बिना सन्तान उत्पादन भएकोले सत्यवतीले व्यासजीलाई दुई विधवा रानीहरू (अम्बिका र अम्बालिका) लाई आफ्नो विद्याद्वारा गर्भाधारण गराएको वर्णन छ । व्यासले सन्यासी जीवन व्यतीत गरिरहेकोले  भयानक र डरलाग्दो व्यक्तित्वले गर्दा नियोग क्रियाको क्रममा आँखा चिम्लिइन र धृतराष्ट्र  अन्धो जन्मिन पुगे। अम्बालिका डराइन र असिनपसिन भइन जसको कारण पाण्डु कमजोर जन्मिन पुगे भने दासीसँग कुनै डर, त्रास बिना सकारात्मक सोचका साथ नियोग क्रिया भएको कारण बुद्धिमान र स्वस्थ विदुरको जन्म भएको थियो। शारीरिक सम्पर्कबिना नै गर्भधारण गर्न सक्ने प्रविधि पहिला हिन्दु समाजमा रहेको देख्न सकिन्छ, जुन केही दशक अगाडी मात्र उत्तर आधुनिक समाजले देखेको थियो।

अर्को रोचक कुरा गान्धारीले शिवबाट १०१ वटा सन्तान पाउने वरदान पाएको तर धृतराष्ट्रले सुभाली नामको दासी बिहे गरेको कारण गान्धारीले आक्रोशका कारण भ्रूणलाई हानि पुर्याइन र मासुको पिण्डको खस्न पुग्यो । व्यासजीले त्यो पिण्डलाई १०१ टुक्रा बनाएर बोतलमा राखे पछि १०० जना कौरव छोराहरू र १ जना दुसल्ला नाम गरेकी छोरीको जन्म भएको हो। यस्तो खाले समानान्तर प्रविधि आजको आधुनिक युगमा देखिएको छैन। त्यस्तै पार्वतीले मयलबाट गणेशको सृजना गरेको इतिहास रहेकोले गर्दा DNA क्लोनिंगको प्रविधि व्यवस्थित थियो भन्ने बुझिन्छ र त्यही गणेशको टाउको काटेर पछि हात्तीको टाउको अनि दक्ष प्रजापतिको टाउको काटेर बोकाको टाउको जोडेको कथाहरूले अन्तरप्राणि अङ्ग प्रत्यारोपणको पूर्ण प्रविधि विकसित रहेको पाइन्छ।

ऋग्वेदको १०।२२।१४ ले पृथ्वी गोलो भएको र सूर्यको परिक्रमा गर्छ भनेर आदि काल देखि भन्दै आएको थियो भने पश्चिमी सभ्यतामा १७ औं  शताब्दीसम्म पनि यो तथ्य पत्ता लागेको थिएन। सूर्य र चन्द्रमाबाट पृथ्वीको दुरी पत्ता लगाउनु, सूर्य र चन्द्र ग्रहण र खगोलीय कर्महरू परापुर्वकाल देखिनै ठ्याक्कै ठम्याउनु, बिग ब्यांग थेयोरी र सृस्टिगोताब्दाबाट प्राप्त पृथ्वीको आयु लगभग बराबर देखिनुले अहिले भन्दा उच्चस्तरको प्राविधिक उपलब्धि थियो भन्ने प्रमाणित हुन्छ। हिन्दु संस्कृतिमा ‘माया’ भन्ने चिजको वर्णन पाइन्छ र त्यसैको आधारमा सबै चिज क्षणिक हो भनिन्छ। विज्ञानले प्रमाणित गरेको र विकसित गरेको साध्यहरूमा पनि मायाको प्रभाव रहेको पाइन्छ। जस्तै: स्थिर रहने सूर्य घुमेको देखिनु र घुमिरहेको पृथ्वी स्थिर देखिनु, भौतिक अस्तित्व नै नरहेको इन्द्रेणी ७ वटा रङ्गमा भएको देखिनु, धारले मान्छे छिनाउन सक्ने सिसा वास्तवमा तरल पदार्थ हुनु, सग्लो लट्ठीलाई पानीमा डुबाउँदा बाङ्गो देखिनु आदि। भौतिक विज्ञानले अहिले आएर रेडियोधर्मी पदार्थको मात्र नभई संसारमा भएको सम्पूर्ण पदार्थ क्षणिक हुन् भन्ने प्रमाणित गरिसकेको छ। तत्त्वभित्र रहने सबै भन्दा सानो प्रोटोनको पनि half life हुन्छ, जसको अर्थ कुनै निश्चित समयपछि संसारमा रहेको सम्पूर्ण भौतिक पदार्थको अस्तित्व नष्ट हुन्छ। पुष्पक विमानमा मानव, दानव अनि देवता यात्रा गर्ने देखि लिएर अन्तर्ध्यान हुन सक्ने क्षमता अभूतपूर्व थिए।

हिन्दु समाजको जीवनशैली वैज्ञानिक थियो। हतियार विज्ञान, चिकित्सा विज्ञान अनि इन्जिनियरिंगमा अब्बल उपलब्धि भएका हामी मध्ये अब्बल जीवनशैलीमा हुर्किएर अब्बल शिक्षा प्राप्त गरेका केही व्यक्तिहरूले यही वैज्ञानिक शैली र शिक्षालाई पुरातन, अवैज्ञानिकको बिल्ला भिडाएका छन्। पश्चिमाहरूले हाम्रो विज्ञानमा व्यापक लगानी गरेर धेरै प्रगति गरेका छन् र अझ प्रगति गर्ने सुरमै छन्। जति तिनीहरू बुज्छन, त्यसलाई आफ्नो उपलब्धि ठान्छन् भने बुझ्न नसक्ने विज्ञानहरूलाई अन्धविश्वासको नाम दिन्छन्। आजको दिनमा आफ्नो वैज्ञानिक ज्ञानलाई ‘बाझो उग्रभौतिकवाद’ को नाउमा कौडीको भाउमा नबेची नचाइएको परिमार्जन गरेर नयाँ अनुसन्धानमा वैज्ञानिक उपलब्धि हासिल गर्नु पर्ने टड्कारो आवश्यकता हो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata