अझै कति गोविन्द गौतमहरु मारिने हुन ?

आइतवार, फाल्गुन २९, २०७३



भारतीय बिस्तारवाद विरुद्धको कथित मुद्धामा जनयुद्धको कथित मान्छे मारा राजनीतिक भुल गरेका प्रचण्ड नै देशका कार्यकारी प्रमुुख भएका बेला बिनाकारण मारिएका आनन्द गौतम त प्रचण्डको नक्कली र स्खलित राष्टवादी चेहराका द्योेतक नै हुन । प्रचण्डको देशभक्तिको छदम चेहरा उघार्न गौतमको हत्या काफी उदाहरण हो ।


 

‘अचानोको चोट खुुकुरीलाई के थाहा’ भने जस्तै हो सिंहदरबारमा सत्ताको स्वादमा रमाउनेहरुका लागि देशका सीमा क्षेत्रका बासिन्दाका लागि हुने छिमेकी दमन र अतिक्रमणका दृष्कर्म र दृष्टान्तहरु । एउटा कहालि लाग्दो सत्य हो की सिंहदरबार इतिहासदेखी वर्तमानसम्म पनि सीमावती भूगोलका जनताका लागि पीठयूँ फर्काएर उभियो । ती सीमा भेगका रैथाने सीमारक्षक जनताका लागि सरकार कुन चरीको नाम हो भने जस्तै भयो, हुने गरेकै छ । माटो र मुुटु रक्षाका लागि जती सास्ती खेप्छन सीमाक्षेत्रका जनता त्यति वास्ता हुुन्न सिंहदरबारका शासकलाई । यो दुुखद सत्यको पुर्नरोदघाटन हो कन्चनपुरको आनन्दबजारमा मारिएका स्थानीय गोविन्द गौतमको पछिल्लो भारतीय अतिक्रमण, हत्या ।

सत्तापक्ष र विपक्षका राजनीतिक दलका नेताहरु सत्तालिप्साका खेलहरुमा लिप्त भैरहदा फागुन २६ को दिनमा एक नेपालीले देशको सीमामा उभिएर मृत्युुवरण गर्नुु परयो । पश्चिम कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाउदा स्थानीय गोविन्द गौतमले अनाहकमा मृत्युुवरण गर्नु परेको छ । देशको भुुगोलको रक्षार्थ विदेशी र खासगरी भारतीय सीपाहीको गोेली थाप्ने गौतमको शाहसको शव्दमा जति प्रशंसा गरे पनि अपुरै हुन्छ ।


दुखद संयोग कथित क्रान्तिकारी विरासत बोकेका प्रधानमन्त्री प्रचण्ड पनि कन्चनपुरमा गोविन्द गौतमले गोली खादै गर्दा सिंहदरवारमा २०६३ को जनआन्दोलनका दमनकत्र्ता प्रतिगामी पथका खलनायक कमल थापालाई उपप्रधानमन्त्री बनाउन मस्त र व्यस्त थिए ।


 

सीमा क्षेत्रमा भारतीय सुरक्षा बल (एएसबी)को ज्यादतीको कहिल्यै नसल्टिने पुरानो रोग छ हाम्रो खुल्ला सीमाको तीन तिरको विशाल छिमेक भारतसंग । देशमा भएका कैयन राजनीतिक परिवर्तनहरु सीमा क्षेत्रमा हुने गरेका एएसबीका ज्यादतिहरु रोक्ने, छेक्ने र निमिटयान्न पार्ने खालका कहिल्यै हुन सकेनन । दुखद संयोग कथित क्रान्तिकारी विरासत बोकेका प्रधानमन्त्री प्रचण्ड पनि कन्चनपुरमा गोविन्द गौतमले गोली खादै गर्दा सिंहदरवारमा २०६३ को जनआन्दोलनका दमनकत्र्ता प्रतिगामी पथका खलनायक कमल थापालाई उपप्रधानमन्त्री बनाउन मस्त र व्यस्त थिए ।
गत सोमवार मात्रै प्रहरीद्धारा सप्तरीमा ५ सर्वसाधारणको हत्या भएको बेला छिमेकी देशका सुरक्षाकर्मीको गोलीले निर्दोष नागरिक गोविन्द गौतम मारिदा दिनभर सरकारले घट्नाको सत्य, तथ्य पस्कने आँटसम्म गरेन दिनभरै । रोम जलिरहदा निरो बाँसुरी बजाउन मस्त भएजस्तै प्रचण्ड सत्ता बाँसुरी बजाउन र सत्ता आयुु लम्ब्याउने खेलमा मस्त हुुँदा रोदन, आशुु, हिसाँ र अपुुरणीय जीवन क्षतीमा डुबिरहयो आनन्दबजार । अपुुरणीय क्षतीमा शोकमग्न थियो गोविन्द गौतमको परिवार, बरखी बार्ने छिमेकी अतिक्रमणको शिकार थियो सिंगो पश्चिम सीमाको भुुगोल, जनता र देश ।
हरेक भाषणमा राष्ट्रवाद र देशभक्तिका गीता पाठ गर्ने कुनै पनि सरकार र दलका नेताहरु जनताको मृत्युप्रति कति संवेदनाहीन हुन सक्छन भन्ने तथ्य बुुझन गोविन्द गौतमको परिवारजनमा भारतीय एसएबीले गराएको बज्रपातबाट बुुझ्न सकिन्छ । त्यो लक्का जवान दिनदहाडै विदेशी सुुरक्षाकर्मीबाट मारिनुु संयोग मात्रै होईन, बरु हो त अघोषित सधैको नियति ।


रोम जलिरहदा निरो बाँसुरी बजाउन मस्त भएजस्तै प्रचण्ड सत्ता बाँसुरी बजाउन र सत्ता आयुु लम्ब्याउने खेलमा मस्त हुुँदा रोदन, आशुु, हिसाँ र अपुुरणीय जीवन क्षतीमा डुबिरहयो आनन्दबजार ।


 

देश सिंहदरबार र त्यसको सत्ता शक्तिखेल मात्रै हो भन्ने भ्रमबाट दल र तिनका नेता मुक्त छैनन । सरकारले गोविन्द गौतमको मृत्युमा देखाएको ढिलोसम्मको प्रतिक्रिया बिहिनताले त्यही देखायो । कुनै दोष थिएन आन्नदबजारबासीको । उनीहरु केवल आफ्नो माटोको खातिर संघर्षमा थिए । माटोमाथिको विदेशी धावा विरुद्ध जाई कटक होर्ईन, झिकी कटक गर्न विवश पारिएका थिए । घटना विवरण अनुसार भारतीय एसएसबीका जवानहरु नै नेपालको आनन्द बजार क्षेत्र प्रवेश गरे, बिना अनुमति ।

भारतीय एसएसबीले नै नेपालीलाई कुटपिट गरे एक्कासी । अनि त्यो भारतीय सुरक्षाकर्मीको दादागिरी र गुण्डागर्दीकोे विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिदा उल्टो धर्तीपुत्र गोविन्द गौतम भारतीय गोलीको शिकार भए । देशका जनतासीमा क्षेत्रमा कतिसम्म असुुरक्षित छन भन्ने भीमकाय पहाड चियाउने यो सानो ऐना पनि हो । तर यो भारतीय एसएसबीको ज्यादति अवश्य पनि न पहिलो हो, न अन्तिम नै । हो त सधैको नियति ।
सत्य तथ्यअनुसार भारतीय गोली थाप्नुु पर्ने कुनै गल्ती गोविन्द गौतम वा आनन्दबजारवासीको छर्दै थिएन । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्ने हास्याष्पद तर्क गर्दै एसएसबीले काम रोक्न धम्की दिएर आफै विवाद झिकेको थियो । आफै बोक्सी आफै धामी हुने द्धैध चरित्र देखाउने पनि भारतीय सुरक्षा फौज नै थियो । नो म्यान्सल्याण्डमा मात्रै होईन, नेपाली भुमिमा नै प्रवेश गरेर नेपालीलाई गोली दाग्ने पनि भारतीय सुरक्षा फौज नै थियो ।


राजधानीका सुकुुलगुण्डा राष्टवादी मुुकुुण्डो मात्रै हुन । त्यसमाथि भारतीय बिस्तारवाद विरुद्धको कथित मुद्धामा जनयुद्धको कथित मान्छे मारा राजनीतिक भुल गरेका प्रचण्ड नै देशका कार्यकारी प्रमुुख भएका बेला बिनाकारण मारिएका आनन्द गौतम त प्रचण्डको नक्कली र स्खलित राष्टवादी चेहराका द्योेतक नै हुन । प्रचण्डको देशभक्तिको छदम चेहरा उघार्न गौतमको हत्या काफी उदाहरण हो ।


 

आफ्नो भुमिमा भारतीय सुुरक्षाकर्मीको यो स्तरको दादागिरी र बलमिच्याई सहन अस्वीकार गर्ने आनन्दवजारवासी नै असली देशभक्त हुन । मृत्युु व्यहोर्न विवश गोविन्द गौतम नै हुन असली देशभक्त सपुत हुन । एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाउदा र एकको ज्यानै जादा पनि सरकार दिनभर जसो किन बेखबर रहेर उसले अलोचकहरुकै शव्दमा लम्पसारवादको नग्न उदाहरण देखायो दिनभर । यसैले देखउाछ की नेपालमा भारत विरोधी नारा लगाउने सबै राष्टवादीहरु कथित हुन । राजधानीका सुकुुलगुण्डा राष्टवादी मुुकुुण्डो मात्रै हुन । त्यसमाथि भारतीय बिस्तारवाद विरुद्धको कथित मुद्धामा जनयुद्धको कथित मान्छे मारा राजनीतिक भुल गरेका प्रचण्ड नै देशका कार्यकारी प्रमुुख भएका बेला बिनाकारण मारिएका आनन्द गौतम त प्रचण्डको नक्कली र स्खलित राष्टवादी चेहराका द्योेतक नै हुन । प्रचण्डको देशभक्तिको छदम चेहरा उघार्न गौतमको हत्या काफी उदाहरण हो ।

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिदासम्म पनि सरकारी वा राजनीतिक साथ स्थानीयले पाएन्न । काठमाण्डुुको यो भन्दा उपल्लो स्तरको उपेक्षा के हुन सक्छ स्थानीयका लागि ? स्थानीय आनन्दबजारवासीले भारतीय सुुरक्षाकर्मीको हस्तक्षेपविरुद्ध नाराबाजी गर्दा समेत, प्रदर्शन गर्दा पनि एकलै रहे दिनभर र अरु केही दिन पनि । किन कोही काठमाण्डौंको उम्दा राष्टवादी दल वा नेता त्यहाँ एक्यवद्धता जनाउन जान सकेन वा उसले आफ्नो शक्ति त्यहा परिचालित गरेन ? भारतीय एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका नेपालीलाई कुटपिट गरुन्जेलसम्म पनि मौन सरकार वा राजनीतिक दलहरु गोविन्द गौतम मारिदासम्म पनि बेखबर रहे । तब त स्थानीयलाई पनि भन्न करै लाग्छ, सीमाका जनताका लागि सरकार छैन ।

तै पनि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा गरेरै भारतीय सुरक्षा बलसंग जुधेका छन, लडेका छन । आनन्द गौतमको मृृत्युु हुदासम्म आनन्दबजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टर तहको सुुरक्षा कमाण्डको सुरक्षाकर्मी परिचालित हुुनुुले गृहमन्त्रालयको गैरजिम्मेवारी वा सरकारको लाचारीलाई उदांगो बनायो । निर्दोष नेपाली नागरिक गोविन्द गौतम उसका सुरक्षाकर्मीबाट माएिको भोलिपल्ट भारतले उक्त घट्नाका बारेमा थप अनुसन्धान भैरहेको जनाएर आफ्नो कालो दागी मुहार देखायो । अन्यथा बिहिबार काठमाण्र्डौस्थित भारतीय दूतावासले भारतीय सुरक्षा बलले गोली चलाएको भन्ने तथ्यलाई अस्वीकार गर्दै जो चोर उसैको ठूलो स्वर गरेर मरेतुुल्य भुमिकामा निरिह देखिएको प्रचण्ड सत्तालाई राम्रै झापड दिएको थियो ।

नेपालका गृहमन्त्री विमलेन्द्र निधि र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतद्धारा भारतीय अधिकारीसँग फोन वार्ता गरिएको नाटय शैलीमा मात्रै रमाए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार खजित डोबलले प्रधानमन्त्री प्रचण्डसंग फोन वार्ता गरेर पानी माथिको ओभानो हुने कुचेष्टा मात्रै देखाए । तर सरकारले भारतलाई माफी मगाउने गरी न कुटनीतिक पहल गरयो, न त राजनीतिक कसरत नै । यही नेर सरकार छैन देशमा भन्ने सत्य छताछुुल्ल भो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले दोस्रो दिन शुक्रवार पनि कञ्चनपुरको आनन्दबजार क्षेत्रमा ज्यादती जारी राख्दा पनि सरकार निर्णयक प्रतिरोधमा उत्रेन । शुक्रवार पनि भारतीय सुरक्षा बलले नेपालीमाथि हवाई फायर र अस्रु ग्यास प्रहार गर्दा सरकार रक्षामक सम्म बनेन । बरु स्थानीयवासीले सीमा नाकामा कडा विरोध प्रदर्शन गरे ।


प्रधानमन्त्री प्रचण्डले मृतक आनन्द गौतमको परिवारलाई १० लाख क्षतीपूर्ति सहित शहीद घोषणा गर्नुु त फगत औपचारिकता शिवाय केही पनि होईन । स्व. गौतमको सम्मानपूर्ण अन्त्यष्टी त गर्नु नै थियो, त्यो सरकारको कुनै बहादुरी होइन नै ।


आफ्नो भूमि मिचेको विरोधमा उत्रेका नेपालीमाथि बिहीबार गोली चलाएको भारतीय फौजले भोलिपल्ट पनि हवाई फायर गरेपछि स्थानीयवासी झन बढी आक्रोशित हुदा पनि सरकार आफ्ना जनताको रक्षार्थ किन उभिएन ? हजारौँको संख्यामा नेपालीहरु उत्रेर राष्टिय झण्डासहित कडा प्रदर्शन गर्दा जनतालाई एक्लो पारयो सत्ताले किन ?

यसै विषयमा संसदमा पनि साँसदहरुले तीव्र विरोधका नाममा सनातनी वरोध बाहेक विशेष खेद प्रश्ताव पारित गर्न सकेन । सरकार वा संसदले भारतले माफी माग्नुु पर्ने एकमतको निर्णय पनि गराउन पहलै गरेन र यही हो जनताले धिक्कार गर्नुु पर्ने लुते सरकार र संसदीय हर्कतको नग्नता । प्रधानमन्त्री प्रचण्डले मृतक आनन्द गौतमको परिवारलाई १० लाख क्षतीपूर्ति सहित शहीद घोषणा गर्नुु त फगत औपचारिकता शिवाय केही पनि होईन । स्व. गौतमको सम्मानपूर्ण अन्त्यष्टी त गर्नु नै थियो, त्यो सरकारको कुनै बहादुरी होइन नै ।

यस क्षतीपूर्ण भारतीय ज्यादतीले अब भारतीय सीमा सुरक्षामा पुर्नविचार र पुर्नयोजनाको गंभिर सबक सिकाएको छ देश, सत्ता र जनतालाई । अब राजनीतिक दलहरुले नयाँ शीराबाट सीमा रक्षा र भारतीय बिस्तारवादको, सीमा अतिक्रमणको विरुद्ध जाग्ने, जुध्ने बेला भएको छ । जनता त यसका लागि तयार छन । दल, तिनका नेता र दक्षिणमुखी सत्ता पनि तयार छ त ? अझै कति गौतमहरु मरिनुुपर्ने हो त सरकार तिम्रो चेत खुल्नलाई ? यही हो जनजनको अनुुत्तरित प्रश्न ।

872 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank