सत्ता उपहासले जनता सताएको क्रुर कालखण्ड

समिक्षा : नेपालीका लागि सन् २०१६

आइतवार, पुस १७, २०७३

loading...


संभवतः विश्वकै मान्छेहरुमा नेपालीहरु मात्रै त्यस्ता खुसी जाती हुन जो पीडाका पहाडबीच पनि फिस्स हाँसिदिन सक्छन । नेपालीहरु अभाव, दवाव र तनावमा पनि रमाईदिन सक्छन । बिवाद संकट र वैमनस्यताकाबीच पनि मनहरुमा रमाईदिन सक्छन । खासमा दुखलाई साथी र पीडालाई नियति भनेर सहन गरिदिन्छन । त्यसैले त उनीहरु जीवन भोगाईका कष्टकर समयका तप्कालाई पनि खुसीमा बदलिदिन सक्छन ।

हो, गतिशील समयको प्रवाहसंगै बरालिन अभ्यस्त नेपाली जनमनहरुले समयको एक खण्ड फेरि बिताईदिएका छन, ‘यसैगरी बिताईदिन्छुु दुुई दिनको जीन्दगी आफूू आशुमा डुुबी’ भन्ने कर्णप्रिय गीती भाकाकै शैलीमा ।

भित्ता, टेबल र अनलाइनमा अंग्रेजी पात्रोका पानाहरु फेरिएका छन । आफन्त वा हितैषीहरुबीचमा केही थान शुभकामनाका शब्दहरुको सटही बजार गर्माएको छ ‘ह्याप्पी न्यू इएर’का शब्दावलीहरुका साथ । सामाजिक संजालको सहज पहुंचले धेरैबीच नजिकिने मेलो जुुराईदिएकै छ ।

हुने खानेहरुको न्यू ईअर ईभ र न्यू ईअर स्पेशल सेडुअल बिशेष छ, हुंदा खानेहरुका लागि उस्तै उस्तै हो बर्षारम्भ सन् २०१७  । कारण हरेक शीतकालिन ऋतुको अघिपछि लागेर आउने गेग्रोरियन क्यालेण्डरको  नयां बर्षको यो संस्करण उही भार, मार र पीडाहरुको पहाड हो, जो बर्ष २०१६ भरी नै कहर बन्यो, बनिरहयो औसत नेपालीका लागि ।

बर्षारम्भमा पनि दिल खोलेर रमाउने अवस्था किन रहेन भने बिदाई भएको बर्षसंग कतै जोडिन सकेन हर्ष । खासमा बर्ष २०१६ दुख, कष्ट, पीडा, प्रहार र क्षतीको एउटा अविष्मरणीय कालखण्ड हो ।

बर्षारम्भ २०१७ धेरै उर्जाशिल पौरखी नेपाली जनमनहरुको नयां सपना, संघर्ष र पौरख आर्जनको बिशेष घडी पनि हो, यस अर्थमा सबैले आआफ्नो गच्छे अनुसार शुभनव वर्ष भनेकै छन । तर बर्षारम्भमा पनि दिल खोलेर रमाउने अवस्था किन रहेन भने बिदाई भएको बर्षसंग कतै जोडिन सकेन हर्ष ।

खासमा बर्ष २०१६ दुख, कष्ट, पीडा, प्रहार र क्षतीको एउटा अविष्मरणीय कालखण्ड हो । किन यो पुस्ताले मात्रै र ? शायद जुग जुगले भुल्ने छैन शक्तिशाली भूकम्पले ध्वस्त पारेको जनमन, जीऊ धन र श्रीसम्पत्ति वा देशकै सम्पदा अनि निधिको अपुरणीय क्षती । कति भो भो नी खती ? अभिलेखमै क्षतीको हिसाव गर्दैमा सकियो सिंगै वर्ष । पुर्ननिमार्णको उधारो सरकारी सपना र गफ बिक्रीमै सीमित भयो पुरै वर्ष ।

भूकम्प प्रहार लगत्तैको करीब ५ महिने कालो नाकाबन्दीको कहरकाबीच कहालिएको जनजनकोे मन अझैं हुन सक्या छैन फेस्टिवल । यस अर्थमा जनताले खुुलेर मनाउन सकेन्न अझै पनि नयाँ वर्ष सन २०१७ ।
बर्षान्त १६ को पाना पल्टाउदै गर्दा शनिबार मात्रै देशका कार्यकारी सरकार प्रमुख प्रचण्ड आशाका ज्योति, मेलमिलाप र सहकार्यका प्रतिक होईन थप द्धन्द र कलहका केन्द्रीय पात्रकै रुपमा देखा परे ।

वीपिकै उत्तराधिकारी कांग्रेस सभापति शेरबहादुर देउवाले शनिवार उपत्यका बाहिर गएर विपक्षीको तेजोवध गर्ने बेला भने, के केपी ओलीले पहिले संविधान संसोधनको प्रश्तावमा दस्तखत गर्दा गाँजा खाएका थिए र ? एक महिनादेखि संविधान संसोधनको बिबादले संसद अवरुद्ध र सत्तापक्ष विपक्ष वीच तिव्र विवाद चर्किरहेका बेला यही हो सरकारले , सत्तापक्षले जनतालाई फेस्टिव खुसी दिन नसकेको अर्को ज्वलन्त उदाहरण ।

ऐतिहासिक संयोग नै परेछ सन २०१६ को अन्तिम दिन ३१ डिसेम्वर अर्थात १६ पुसमा जननायक वीपि कोईरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप नीतिको वर्षगाँठ थियो । तर वीपिकै उत्तराधिकारी कांग्रेस सभापति शेरबहादुर देउवाले शनिवार उपत्यका बाहिर गएर विपक्षीको तेजोवध गर्ने बेला भने, के केपी ओलीले पहिले संविधान संसोधनको प्रश्तावमा दस्तखत गर्दा गाँजा खाएका थिए र ? एक महिनादेखि संविधान संसोधनको बिबादले संसद अवरुद्ध र सत्तापक्ष विपक्ष वीच तिव्र विवाद चर्किरहेका बेला यही हो सरकारले , सत्तापक्षले जनतालाई फेस्टिव खुसी दिन नसकेको अर्को ज्वलन्त उदाहरण ।

मधेशी मोर्चा र सत्तारुढ दलको वैठक भैरहयो तर चुनाव घोष्णामा कुरै मिलेन । मेलमिलापको दिनमा बिबादका पहाड अरु अग्ला बन्दै बिते न्यूईअर ईभका पूर्वसन्धयाहरु । राजनीति नै जनताको खुसी खोस्ने अस्त्र हो भन्ने यहाँनेर पनि प्रमाणित भयो ।

जनजनका घरमा अझै पनि सुख , शान्ति र सम्वृद्धिको याचना अतृप्त तृष्णा बनेको छ । कालो नाकाबन्दीपछिको महंगीएको बजार, अभाव, औद्योगिक उत्पादनमा देखिएका समस्याहरुको समाधान त आएन नै त्यसका कारक र कारणहरुको कुनै संवोधन बिना नै सकिएको छ सन २०१६ । हो अघिल्लो वर्ष १२ वैशाख र २९ वा त्यस आसपासमा अर्थात वर्षको सुरुवातमै गएको विनाशकारी भूकम्प र भूकम्पको राप सेलाउन नपाउँदै सुरु भएको मधेस आन्दोलन एवं भारतीय नाकाबन्दीका कारण अति नै कष्टकर बन्यो २०१६ ।

नाकाबन्दी र बन्द हडतालका कारण २२ सय उद्योगहरु बन्द हुन पुगे । लगानीकर्ताको सातो लिएको, हतोत्साहित भएको, विदेशी लगानीकर्ता नभित्रिएको, निजी क्षेत्रले खर्ब बढी घाटा व्यहोरेको, नाकाबन्दीले अर्थतन्त्रको अंकगणीत नै तल झारेको र लाख बढी बेरोजगार भएको कालो साल त्यही हो २०१६ ।

blockade
अप्रत्याशित प्राकृतिक प्रहार र मधेशी दलका् आवरणमा छिमेकी भारतले गरेको कालो नाकाबन्दीले  जनजनका घर दैलो वा जीवन र जलविद्युत, हाउजिङ व्यवसाय र शिक्षण संस्था जस्ता सबै जसो निकायमा पुरयाएको ठूलो भौतिक क्षति अपुरणीय रह्यो । सरकारी निजी गरी करिव १७ अर्ब रुपैयाँको क्षति त जलविद्युतमा मात्रै हुदा जनताका बस्ती थप अध्यारा बने । निजी शिक्षण संस्थामा दुई अर्ब र हाउजिङ व्यवसायमा १५ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएका दावीहरुले दुखाएका् बर्ष हो सन २०१६ ।

करीब सांढे आठ हजारको ज्यानै लिएको र १४ जिल्लाका जनताको  छानो र मानो र सातो उडाएको मन नै टुटाएको भूकम्पको पीडामाथि सरकारले मल्हम पट्टी लाउदै नलाई  बित्यो बर्ष २०१६ ।

तर त्यो आपत र बिपतमा देशको राजनीति, सत्ता र नेतृत्व सहयोगी बनेर जनताका बस्तीमा पुुगेन वर्षभरी नै । जहाँ संकट त्यही तनाव त्यहिनेर भैरहयो वर्षभरी नै पीडित जनताका लागि । क्यालेण्डरमा आउने स्वभाविक परिवर्तनको मानक मात्रै हैन, बाजा नबजाई आउने प्राकृतिक प्रकोपको प्रहारको घाऊ, पीडा र क्षतीमा सरकारले मल्हम पट्टी नलाउदैमा बितेका कारण पनि सन २०१६ थप कष्टकर स्मरण हो ।

जनमनले बिर्सन चाहेर पनि बिर्सन नसक्ने वर्ष हो यो । सरकारले पुर्ननिर्माण प्राधिकरणको गठन गरयो तर जनताको बस्ती बनेन । भुुकम्प पीडितले पहिलो किस्ताको ५० हजार पाउनैमा  सिंगो वर्ष बित्यो । पुुर्न निर्माणको सरकारी घोषणा त चटकेका गफमा सीमित भए । हाल पुर्ननिर्माण प्राधिकरको नेतृत्व परिवर्तनमा देखिएको सरकारी हस्तक्षेप पीडित जनताका लागि अर्को सरकारी मजाक सावित हुदैछ ।

हालसम्म पनि पुर्ननिर्माण्को कुनै कामले गति नलिनु भूकम्प पीडितका लागि सरकारको ह्वाईट क्राईम झापट नै बन्यो । जनता बर्खामा झरीले पालमुनी भिजे, हिउदमा चैत्रे हुरीबताससंगै उडे, जाडोमा ठिहीले कक्रिए , अझै पनि त्यही कष्टर र पीडाको निरन्तरता छ । क्रमभंगता भएकै छैन । तर पनि तिनलाई सहायत गर्न देखिएन सरकार सक्रिय । र, यो क्रम तीन थान सरकार बदलिदा पनि यथावत नै रहयो । जुन पनि सरकार भूकम्प पीडितका लागि कानै चिरेका जोगीका भुुमिकामा रहे । यसै मानेमा यो पीडितलाई सरकारले नै पीडा थपेको बर्ष दरिन पुग्यो ।

उपलव्धीको एकथान संविधानको नेगेटिभ प्रडक्टमा आएको मधेश आन्दोलन, त्यसमा मारिएका ५८ निर्दोषको जीवन अनि त्यसैमा जोडिएर भारतद्धारा गरिएको क्रुर, कालो नाकाबन्दीको जगमा सन २०१६ सधैका लागि सबैका लागि एक नपुरिने घाऊको दुखद बर्ष रहयो ।

संयुक्त मधेशी मोर्चा लगायत केही जनजाती समुदायले अस्वीकार गरेको र धेरैले आलोचनात्मक समर्थन गरेको नयां संविधानलाई देशको दशककै युगिन उपलव्धी मान्दा मान्दै पनि यसको व्यवहारिक अनुभुति जनताको दैनिकीसंग एकाकार हुन नसक्नुले यसको पूर्णतामा स्थायी प्रश्न उठाईरहयो ।

उपलव्धीको एकथान संविधानको नेगेटिभ प्रडक्टमा आएको मधेश आन्दोलन, त्यसमा मारिएका ५८ निर्दोषको जीवन अनि त्यसैमा जोडिएर भारतद्धारा गरिएको क्रुर, कालो नाकाबन्दीको जगमा सन २०१६ सधैका लागि सबैका लागि एक नपुरिने घाऊको दुखद बर्ष रहयो । सरकारले मंसिर दोस्रो साता संसदमा दत्र्ता गराएको संविधान संसोधनको प्रश्ताव राजनीतिक कलहको अर्को वीऊ बनीरहेको वर्तमान कालो पाटो हो २०१६को ।यो कालो भविष्यको अर्को राजनीतिक दुर्घटनाको मूल र भुुल बन्ने त हैन भन्ने डर पनि अरु थपिएको छ ।

संविधान अनुसार तोकिएका चुनावहरु गरेर, कम्तीमा करीब २ दशकदेखि स्थगित स्थानीय चुुनाव मात्रै गर्ने काम पनि सरकारले तय गर्न सकेन । लोकतनत्रको नाममा ठूला दलको सहमतीतन्त्रको अभ्यासले जनताले आफ्नो मतदानबाट प्रतिनिधि छान्न पाउने हक वर्ष २०१६ मा यो वा त्यो बहानमा छिनियो, छिनियो, २०१७ मा पनि त्यो सुनिश्चित हुने कुनै ग्यारेन्टी भएन । त्यसैले त जनतालाई अरु बेबकुफ सावित गर्ने घृष्टता थपिएको वर्ष भन्न करैलाग्छ २०१६ लाई ।

ढिलो त पक्कै भएको छ तर पनि समय घर्कीसकेको छैन  । अझै पनि भूूकम्प पीडित जनताका लागि सरकार आक्रामक रुपमा सहयोगी बनिदियो भने, पुर्ननिर्माणमा राजनीतिक शक्तिहरु दलीय स्वार्थभन्दा माथि उठिदिएर काम गरे भने, संविधानले तोकेका सबै र पहिले स्थानीय सरकार बनाउने चुनाव मात्रै सम्पन्न गरिदिए भने पनि वर्षान्त २०१६को पीडा वर्षाराम्भ २०१७ मा केही हलुको हुनेछ । के त्यो सबै गरिदेला त सत्ताले, सरकारले, राजनीतिक नेतृत्वले ?

1168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv