‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’

loading...

आइतवार, पुस १०, २०७३

- ज्ञान बहादुर क्षेत्री



आफ्नै समर्थन र अगुवाईमा बनेको केपी ओली नेतृत्वको सरकार बिस्थापित गरेर गत साउनमा आफ्नो नेतृत्वमा काँग्रेस समर्थनको मिलिजुुली सरकार गठन गर्दै गर्दा प्रचण्डले जोडतोडका साथ वाचा गरेका थिए की, उनले औपचारिक कार्यक्रममा समय कम दिने छन । उदघाट्न वा रिवन काट्ने काम प्रधानमन्त्रीका प्राथमिकता हुने छैन ।

सत्ता नायक हुुनुुको फाईदा उठाउदै महंगो हेलिकप्टर सयरमा उनले देश दौडाहा गरिरहेका छन, केवल औपचारिक कार्यक्रममा । जसको कुनै तुक छैन ।

करीब ५ महिना अघिका प्रचण्ड वाचाका विपरित आजकाल प्रचण्डका दैनिकी बित्छन, कम्तिमा आधा दर्जन औपचारिक कार्यक्रममा । सत्ता नायक हुुनुुको फाईदा उठाउदै महंगो हेलिकप्टर सयरमा उनले देश दौडाहा गरिरहेका छन, केवल औपचारिक कार्यक्रममा । जसको कुनै तुक छैन । अनि प्रचण्डकै पूर्व वाचा र प्रतिवद्धताहरुलाई मात्रै गिज्याईरहेका छन ।

थप तीन प्रतिवद्धता थिए, प्रचण्ड सत्तारोहणका । मधेश आन्दोलनको संवोधन र समाधान, भारत लगायतका विदेशीसंगको संवन्धमा सुधार र सन्तुलन अनि शान्ति प्रक्रियाका बाँकी कामको मैझारो सहित संविधान कार्यान्वयनका लागि तोकिएका निर्वाचनहरुको ग्यारेन्टी । काँग्रेस माओवादी गठबन्धनले यी तीन काम गर्ने कसम खाएर सत्ता हात लिएको ५ महिनाको उत्तरार्धमा सतहमा देखिएका यथार्थ हुन की चुनाव हुने कुरा भाषणमा सीमित छ, सुनिश्चित नै भएको छैन ।

सरकारी खर्चमा किन औपचारिक कार्यक्रममा रमाईरहेका छन त प्रधानमन्त्री प्रचण्ड ? किन की जसरी निभ्ने बेलाको बत्ति निकै तेजिलो उर्जायुक्त भएर चहकिलो रुपमा बल्छ, प्रचण्ड त्यसैगरी तेजिलो देखिने कोशीसमा देश दौडाहामा मस्त र व्यस्त छन त ?

मधेश आन्दोलनमा अल्पविराम मात्रै लागेको छ, संवोधन र समाधान असरल्लै छ । भारतसंगको सम्बन्ध थप बिग्रेको छैन, तर देशहितमा कति फलदायी भयो भन्ने कुरा इतिहासमा समीक्षित हुन बाँकी नै छ । उत्तरी छिमेक चीनसंगको सम्बन्ध सन्तुलनमा त कुनै प्रगति छैन, बरु असन्तुलनका थप आशंकाहरु बाक्लिएका छन ।

तैपनि सरकारी खर्चमा किन औपचारिक कार्यक्रममा रमाईरहेका छन त प्रधानमन्त्री प्रचण्ड ? किन की जसरी निभ्ने बेलाको बत्ति निकै तेजिलो उर्जायुक्त भएर चहकिलो रुपमा बल्छ, प्रचण्ड त्यसैगरी तेजिलो देखिने कोशीसमा देश दौडाहामा मस्त र व्यस्त छन त ? यसका केही महत्वपूर्ण आधार र कारण छन । प्रचण्डले दोस्रो पटकको सिंहदवार यात्रा ९ महिने म्यादी प्रधानमन्त्रीका रुपमा तय गरेको तथ्य काँग्रेस माओवादी सत्ता यात्राको साईनो जोडिदै ताका सार्वजनिक भएको हो ।

एनिटाईम डेन्जर जोनमा रहेका प्रधानमन्त्रीलाई लाग्दो हो, मौकामा चौका हानौं र देशैभर डुलौं । त्यसैले प्रचण्ड आफैले आफैलाई वाध्न जारी गरेका सबै आचारसंहिता र पूर्व घोषणाहरु विपरित डुलेरै समय कटाईरहेका छन ।

prachanda -s==

हाल आफ्नो सरकारको ६ महिने अवधि पुरा हुदै गर्दा प्रचण्डलाई लाग्दो हो, जनतामा पार्टीको प्रभाव देखाउन जाने अन्तिम अवसर यही हो । किन की सरकारी खर्चमा यसरी देशदौडाहा गर्ने अवसर अब धेरै बाँकी छैन । ६ महिनापछि मिलजिुली सत्ता जुनकुनै बेला ढल्न सक्छ । मानौं ६ महिनापछि सरकार नढले पनि ९ महिनापछि त सत्तासहयात्री काँग्रेसलाई सत्ता हस्तान्तरण गर्नु नै पर्छ ।  नत्र काँग्रेसले सत्ता समर्थन फिर्ता लिन सक्छ । एनिटाईम डेन्जर जोनमा रहेका प्रधानमन्त्रीलाई लाग्दो हो, मौकामा चौका हानौं र देशैभर डुलौं । त्यसैले प्रचण्ड आफैले आफैलाई वाध्न जारी गरेका सबै आचारसंहिता र पूर्व घोषणाहरु विपरित डुलेरै समय कटाईरहेका छन ।

आफ्नै वाचा भुल्ने र ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ गर्ने मुख्र्याई कम्तिमा प्रचण्ड जत्तिका जानकार नेताको तहबाट नहुनुुपर्ने थियो ।

नेपाल मात्रै सम्भवत; त्यस्तो देश हो, जहाँ शासकहरु सत्ता पाएपछि नैतिक आचरण र चरित्रलाई सिंहदरवारको गेट बाहिरै कतै सडक किनारामा फालिदिन्छन । होइन भने आफ्नै वाचा भुल्ने र ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ गर्ने मुख्र्याई कम्तिमा प्रचण्ड जत्तिका जानकार नेताको तहबाट नहुनुुपर्ने थियो । सजिलोमा गर्छु भन्ने र स्वार्थमा आफ्नै बोली धोती लाउने वस्त्र होईन आचारसंहिता र नैतिक वाचा भनेर यसरी नांगो उलंघन प्रधानमन्त्रीबाट हुुनुु नैतिक भ्रष्टाचार र आचरणमा आएको स्खलन मात्रै होईन, प्रकारान्तरले व्यवस्थाकै दीगो छवीमा दाग लगाउने धृष्टताहरु हुन ।

संसदलाई विजनेस दिएर बेफुुसर्दीलो बनाउने होईन, संसोधनको अड्कोमा राजनीतिक ध्रुुविकरण बढाउने नायक पात्र र सरकार र उसकै अडान तथा भुमिकाहरु हुुनुु भनेको अशुुभ परिणामका पूर्वअभ्यासहरु मात्रै हुन ।

prachanda-1

दोस्रो पटक प्रधानमन्त्रीका रुपमा परिपक्क भएर सिंहदरवार छिरेको भन्ने प्रचण्ड गर्जन एकादेशको कथा भैरहेको छ । उनले आफ्ना मुलभूत कार्य सूचिहरुलाई जानी बुुझीकनै या त छायामा पारेका छन वा तिनलाई बिवादास्पद बनाईरहेका छन । संविधान संसोधनका नाममा संसदलाई सत्तापक्ष र विपक्षीलाई आमने –सामने गराउने प्रचण्डको वर्तमान भुल निकै महङगो र खतरनाक हुने लक्षणहरु मंसिर १४ देखिको निरन्तर अवरुद्ध संसदले प्रमाणित गरिसकेको छ । किन भने देशलाई गणतन्त्र घोषणा गर्न सक्ने तथा संविधान लेख्न र जारी गर्न सक्ने जनप्रतिनिधिको सार्वभौम निकाय सत्तापक्ष र प्रतिपक्षिको रणभुमि र अनिर्णयको बन्दी बनिरहेको वर्तमान अन्ततोगत्वा संविधान नै कार्यान्वयन नहुने पूर्वाभ्यास शिवाय केही होइन । संसदलाई विजनेस दिएर बेफुुसर्दीलो बनाउने होईन, संसोधनको अड्कोमा राजनीतिक ध्रुुविकरण बढाउने नायक पात्र र सरकार र उसकै अडान तथा भुमिकाहरु हुुनुु भनेको अशुुभ परिणामका पूर्वअभ्यासहरु मात्रै हुन ।

देशलाई गणतन्त्र घोषणा गर्न सक्ने तथा संविधान लेख्न र जारी गर्न सक्ने जनप्रतिनिधिको सार्वभौम निकाय सत्तापक्ष र प्रतिपक्षिको रणभुमि र अनिर्णयको बन्दी बनिरहेको वर्तमान अन्ततोगत्वा संविधान नै कार्यान्वयन नहुने पूर्वाभ्यास शिवाय केही होइन ।

सरकारले विपक्षीको मैदान भनिने संसदलाई विकल्पपूर्ण समाधानमा हिडाउन नसक्नुुले सरकारको असक्षमतालाई उजागर गर्छ ।  कार्यकारी प्रधानमन्त्री प्रचण्ड नै त्यसका लागि जिम्मेवार ठहरिन्छन । विपक्षीको कुन माग र अडान सही र गलत भन्ने सवाल सहायक हो तर संसदलाई कुन विजनेस किन, कसरी दिएर कस्तो अवस्था आयो भन्ने पक्ष प्रधान र महत्वूर्ण हुन्छ । यस आधारमा हेर्दा पनि प्रधानमन्त्रीलाई संसदको सर्वोच्चता भन्दा पनि आफ्नो सत्ता आयुु र सुविधा प्रिय लागृको उनको भाषण र भ्रमणमुखी दैनिकीले सिद्ध गर्दछ ।

समग्रमा कुनै पनि वाचा र प्रतिवद्धता पुरा गर्न नसकेकोले समय बिताउन र विकासे चिन्तनको नयाँ प्रचार खेतीमा नै प्रधानमन्त्रीको निरर्थक व्यस्तता बढ्न थालेको छ । यो सरकार र उनकोे पार्टीकै लागि पनि भलोमतिको राम्रो गति होइन । सरकारले आफै ‘नाच्न नजान्ने तर आँगन टेढो देख्ने’ शैली, व्यवहार र संस्कार देखाएर विपक्षी र सत्तापक्षवीच जुन आरोप प्रत्यारोपको लडाई र संसद बन्धक हने स्थिति सृजना गरेको छ, यो प्रचण्ड सत्ताको हेपाहा र गैर जिम्मेवार कदम हो ।

सरकार प्रमुख नै उद्घाटनको मस्तीमा रमाउदा देशको राजनीतिले अरु सास्ती र कष्ट व्यहोर्ने दुुर्गती थपिनुु विडम्वनापूर्ण छ ।

संविधान संसोधनमा विपक्षीको चट्टानी अडानबाट पाठ सीकेर वैकल्पिक सहमतिको मार्ग खोज्न नसक्नुु सरकारको कमजोरी हो । निर्वाचन घोषणा गर्न नसक्नुु र निर्वाचनका लागि आवश्यक कानुुनहरुको तर्जुमा गर्न नसक्नुु अर्को अक्षम्य सरकारी कमजोरी हो । सरकारले शान्ति प्रक्रियाका कनै बाँकी काम गरेको जनताले थाहा पाएका छैनन् । सरकार प्रमुख नै उद्घाटनको मस्तीमा रमाउदा देशको राजनीतिले अरु सास्ती र कष्ट व्यहोर्ने दुुर्गती थपिनुु विडम्वनापूर्ण छ ।

कम्तिमा संविधान जारी गर्ने मुख्य तीन दल काँग्रेस, माओवादी केन्द्र र एमालेले एकमत भएर मधेशी मोर्चा र अन्य असन्तुुष्ट पक्षलाई सहमतिमा लिनुुपर्नेमा सरकारकै कारण तीन दल दुुईतिर र मोर्चा न यता न उता हुनुुले पनि सरकारको राजनीतिक निकास दिने क्षमता नरहेको प्रमाणित भैसकेको छ ।

अब कम्तिमा ठूलो संकट नआउदै प्रचण्ड सत्ताले आवश्यक करेक्सन गरेन भने सरकार नै भावी संकटको सूत्रपात नबन्ला भन्ने ग्यारेण्टी छैन । यहाँ प्रचण्ड सत्ता कमजोर भएकोमा होइन, सरकार समस्याको सूत्रधार बन्दै गरेको परिस्थितिप्रति सरोकारवाला सबैले गम्भिर बन्न आवश्यक छ ।

2252 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom