जनादेशमा अस्वीकृत माओवादी सुध्रीएला ?

आइतवार, साउन ८, २०७४



सामाजिक सन्जालमा चुनाव अघि एक नारा व्यापक थियो की, यसपालिको चुनावमा कंग्रेस हाफ र माओवादी साफ । तर परिणाम त्यो सामाजिक सन्जालको नारा जस्तो मात्रै नहुदैमा माओवादी मख्ख परेको देखियो ।

उसको पछिल्लो चुनावी समीक्षा सुध्रीनेमा भन्दा अरूलाइ दोष दिएर नेतृत्व भने पन्छिने खालको देखिन्छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको भन्ने नेकपा माओवादी केन्द्रको वैठकको निष्कर्ष निकै घतलाग्दो थियो । शहरी इलाकामा निकै हताश हुने गरी बढारिएको मतादेशका वीच पनि उ निकै सन्तोष किन मानिरहेको छ ? भन्ने निकै रोचक सवाल अहिले सम्पन्न सचिवालय वैठकमा उठिरहयो । अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको हेडक्वार्टर बैठकले पहिलो निर्वाचनको नतिजा अपेक्षाकृत भएको निष्कर्ष निकाल्दै गर्दापार्टी एकता भएपनि संगठन व्यवस्थित बनाउन नसकेको र अस्तव्यस्तताकाबीच निर्वाचनमा होमिएर पनि सन्तोषजनक जनमत पाएकोमा खुसी मनाए पनि दोस्रो चरणको नतिजाले त्यो खुसीमा व्रेक लगायो ।

उसले शहरी इलाका र खासगरी महानगरहरुमा पाएको लगभग शून्य भन्दा केही माथिको मात्रै मतादेशको कारण र कारकको सुक्ष्म अपरेशन भने पछिल्लो वैठकबाट गरेको पाइएन भलै बहस निकै गरमा गरम भएकै छ । बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा पाँच सय भन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै ती ठाउँमा आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको थियो । तर मनको लड्डु भने जस्तै यी थोरै मतान्तरका हारका नमुना उसले देशका चार ठुला महानगरमा पाएको मतादेशको राजनीतिक र रणनीतिक अर्थ खोज्न पर्याप्त भने छैन्न ।
संख्याका दृष्टिले दलहरुले प्राप्त गरेको सिट संख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकाले पनियो पनि देशभरका गाउपालिकाका तुलनामा होला तर उसले धेरै नगरपालिकामा जितेको छैन । शहरी क्षेत्र र बढी नगरपालिका क्षेत्रमा माओवादी की त निकै कमजोर देखिएको छ की त निकै रक्षात्मक मात्रै । यसको भित्री चुरो कुरो खोज्न भने पार्टी वैठक चुकेको देखिन्छ ।

पार्टी अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रीत अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जीत भएको पुरानो भनाइ देहोरयाएका छन। यो त सही हो । तर यसैका जगमा किन उसले मतादेशबाट जितको ताज पाउन सकेन भन्नेतिर भने उसले थप समीक्षा गर्न पर्ने देखिन्छ । मुद्धाको जीत र व्यवस्थाको दीगोपनका लागि जग हाल्दैमा उसले स्थानीय सरकारमा पार्टीले जितेको ठान्नु र मतादेशमा चाहि पहिलो हुन वा त्यसका लागि हकदार हुन नसक्नु अलग अलग पक्ष हुन ।

पहिलो चरणको निर्वाचनमा देखिएका कमीकमजोरीको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने उसको निर्णय पनि असार १४ को दोस्रो चरणको करारी हार सरहको चुनावी नतिजाले गलत साबित गरिसकेको छ। उसले सन्तोषजनक मानिरहेकै तहमा भने उसलाइ हाल दुइ चरणमा मिलेको मतादेश पक्कै पनि नयाँ शक्ती वा विवेकशील र साजा पार्टीका तुलनामा मात्रै विशाल होला तर एमाले र कांग्रेसको तुलनामा चुनैतिपुर्ण नै हो । पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा माओवादी पुरै नहारेको सत्य हो तर जीत पनि परयाप्त नभएकै हो ।सत्ताको नेतृत्वदायी दल नेकपा माओवादी केन्द्रले राजधानीका तीन शहर काठमाण्डौं , ललितपुर र भक्तपु्रमा हात धोए सरह निराशाजनक मत हासिल गरेर शहरी मतादेशमा निकै पछारियो । मोफसलको महानगर पोखरा लेखनाथमा उ हराएको छ भने चितवन भरतपुरमा निकै चोटीलो सङघर्मा न यता न उता अदालती फैसलाको पर्खाइमा देखिएको छ ।

महाअभियोग र अइजीपी परकरणले नै डुबायो भ्यालीमा माओवादीलाइ । लोडसेडिङ अन्त्यको सिधा लाभ लिएका राजधानीका जनता किन माओवादीतिर नरम भएन्न भन्ने निकै सरल तर गम्भिर समीक्षाको सवाल हो माओवादीलाइ । उनले निकटतम प्रतिद्धन्दी हुन त परै जाओस, तेस्रो स्थानमा पनि पकड जमाउन सकेन । 

भ्याली माओवादी खालीः
पहिलो चरणको चुनावमा माओवादीको शक्ति परीक्षा राजधानीको मतदानलाई मात्रै मान्ने हो भने उसले मतादेशबाट जनताको विश्वास जित्न नसकेको प्रमाणित भैसकेको छ । मेयरका पराजित उम्मेद्धवार सवोर्तमान डङ्गोलकै शब्दमा महाअभियोग र अइजीपी परकरणले नै डुबायो भ्यालीमा माओवादीलाइ । काठमाण्डौं महानगरपालिकाको सुरुवाती चुनावी नतिजामा माओवादी केन्द्रका मेयर प्रत्याशी सर्वोत्तममान डंगोलका लागि साह्रै अत्याशलाग्दो आईरहदा नै उनले हार स्वीकार गरेर महानता देखाए । लोडसेडिङ अन्त्यको सिधा लाभ लिएका राजधानीका जनता किन माओवादीतिर नरम भएन्न भन्ने निकै सरल तर गम्भिर समीक्षाको सवाल हो माओवादीलाइ । उनले निकटतम प्रतिद्धन्दी हुन त परै जाओस, तेस्रो स्थानमा पनि पकड जमाउन सकेन ।

संसदको तेस्रो ठूलो दल माओवादीका मेयर प्रत्याशी डंगोलले विवकशील नेपाली दलकी रन्जु न्यौपाने र साझा पार्टीका किशोर थापा समेतलाई नजिकबाट पछयाउन नसकिरहनुकाकारणहरूको बस्तुनिष्ठ खोजी नै माओवादीका लागि ठूलो शिक्षा हुनेछ । राजधानीको सबैभन्दा पुरानो र सम्पन्न महानगरपालिका काठमाण्डौंमा माओवादी केन्द्रको पार्टी राजनीति रक्षात्मक मात्रै होईन निकै टीठलाग्दो अवस्थामा तल झरिसकेको प्रमाणित भैसक्या छ । पार्टीको राजधानीमा जनतासंगको साईनो र संवन्ध कति कमजोर रहेछ भनेर मापन गर्ने उन्नत विधि नै स्थानीय चुनाव भएकोले राजधानीमा माओवादीको पार्टीपंक्तिले स्थानीय मतदातालाई आकर्षित गर्न चुकेको स्पष्ट नै छ । काठमाण्डौंसंग जोडिएको ललीतपुर महानगरपालिकामा पनि माओवादीले केही न केही राहत हुने जीत निकाल्न सकेन ।

काठमाण्डौंमा भन्दा ललीतपुरमा तेस्रो स्थानमा पछयाउन सक्नु पनि माओवादीका लागि उपलव्धी जस्तो हुन पुगेको छ । नहुनु मामा भन्दा कानो मामा जाती भन्ने उखान जस्तै यो पनि उसलाइ मन शान्तीको मेलो मात्रै हो । राजधानीकै अर्को प्राचिन शहर भक्तपु्रमा त माओवादीको उल्लेख्य उपस्थिति नै देखिएन माओवादीले प्राथमिकता नराखेको क्षेत्र भक्तपुर उसै पनि थिएन, जसमा उसले नेपाल मजदुर किसान पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस जस्ता पार्टीलाई चुनौति दिन त के पछयाउन पनि सकेको देखिएन । बिहानले दिनको संकेत गर्छ भनेर मान्ने हो भने काठमाण्डौं उपत्यका माओवादीका लागि कम्तीमा पहिलो र दोस्रोचरणको स्थानीय चुनावअफापसिद्ध भएको भएको देखिन्छ । माओवादीलाइ भोट भन्दा बढी चोट नै मिलेको नै सत्य हो । आ(आफ्ना बिचाररदृष्टीकोणको आधारमा हरेकको फरक तर्क,बिश्लेषण र संश्लेषणलाई अस्वभाविक नमाने पनि शहरी इलाका माओवादीलाइ नफापेको भने स्पष्ट छ ।

उपलव्धी धेरै प्रचार शून्यः
यसपट्क सत्तामा रहेर हासिल गरेका उपलव्धीको बजारीकरण गर्न माओवादीले सकेन । यो सत्य हो कि, माओबादी केन्द्र नेतृत्वको सरकार हुँदा काठमाण्डु लगायतका शहरमा लोडसेडिङ हटाईयो । देशका विभिन्न ठाउँमा केही उल्लेखनिय बिकास योजनाका कामहरु भए। राष्टिय गैरवका अयोजनामा तीव्रता ल्यायो । अर्थीक वृद्धिदरमा फड्को नै मार्या ।तर त्यसको जस लिने चुनावी रेसमा उ बिफल भयो । फास्ट टर्याक सेनालाइ बनाउन दिनेदेखि चीनसङग गरेको ऐतिहासिक वान वेल्ट वान रोड सहमतिको जस पनि माओवादीले भोटमा लिन सकेन । भारतसङगको सन्तुलित सम्वन्ध र मधेशी दललाइ चुनावसम्म ल्याएको उपलव्धी पनि जनताको नोटिसमा किन परेन भन्ने माओवादीका लागि निकै महङगो शिक्षा हो ।

के होला असोज २ मा ?
मत परिणामको आधारमा जनतामाथि आक्रोशको वर्षा होईन बरु आत्मसमिक्षा गर्न जरुरी ठानेको पछिल्लो वैठक सही नै हो । उ परिपक्क दल हुदै गएको सङकेत हो । तर कतै यो अनपेक्षित हार ब्यहोर्नुका पछाडी कारणहरु नखोजी र तिनको समाधानको सूत्र नभेटी अब उसले असोज २ को चुनावमा केही जित्ला र ? थप शिक्षा लिए नलिएको जाँच हुन त बाँकी नै छ । असोज २ को मोफसलको तराइ मधेशको चुनावी सङघर्ष त उसलाइ थप पेचिलो बनिरहेको छ । उपलव्धीका चाङवीचको यो रक्षात्मक जीतमा मात्रै माओवादी रमाउने की थप जीतको लागि अघि बढने भन्ने उसको भावि नीति र रणनीतिमा निर्भर हुनेछ ।

941 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank