सत्ता आयु सकिएकै हो त प्रचण्डको ?

विचारः वरीयता बिवाद

आइतवार, चैत्र २७, २०७३



काँग्रेस माओवादी गठबन्धनका प्रधानमन्त्री प्रचण्डको सत्ता आयुु सकिएको सरकारकै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको खुलासाले अरु कुुरामा जनतालाई उतिसोरो चासो र चिन्ता छैन । तर आगामी वैशाख ३१ का लागि निर्धारित स्थानीय तहको चुनाव भाँडिने भयले भने सताएको छ । चुनाव आउन करीब ५ साता मात्रै बाँकी रहँदा सत्ता गठबन्धनमा आउन सक्ने संभावित उतारचढाव २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनलाई ओझेलमा पार्ने षडयन्त्र त हैन भन्ने आशंकाहरु बढेको छ । यसले वर्तमान सत्तासमीकरणमा असरदार धक्का दिएमा कांग्रेसको सत्ता अवसर गुम्ने खतरा पनि उत्तिकै छ । यद्यपि यो, मन्त्री निधिको निजि आवेग हो की काँग्रेसको संस्थागत निर्णय भन्ने एकीन हुन बाँकी नै छ ।

आफैँ वरिष्ठताको बिवादका कारण अर्का सत्ता सहयात्री कमल थापाका झगडिया बनिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एक टेलिभिजन अन्र्तवार्तामा आफ्नो सरकारका नेता तथा प्रधानमन्त्री प्रचण्डको सत्ता आयुुनै समाप्त भएको खुलासा गरेर सत्ताराजनीतिको वर्तमान समीकरणमा नयाँ तरंग सृजना गरेका छन् । यो तरंग उनले कमल थापाभन्दा आफूमाथि बस्ने वातावरण तयार गर्नका लागि गरे की साच्चै चुनाब बिथोल्ने नियतले गरे भन्ने चाहि बुझ्न बाँकी नै छ ।

राप्रपाका अध्यक्ष कमल थापालाई सरकारमा ल्याउने र आफूभन्दा उच्च वरियतामा राख्ने पार्टी सभापति शेरबहादुर देउवा सहितको समर्थनको प्रधानमन्त्री प्रचण्डको कदमबाट रुष्ट बनेका उपप्रधान तथा गृहमन्त्री निधिले स्थानीय चुनाव हुन करीब ५ साता बाँकी हुदा मात्रै किन सरकारको आयू नै चैत्र मसान्त रहेको तथ्योदघाटन गरे भन्ने निकै रहस्यमयी छ । किन भने चुनाव सम्पन्न गरेपछि सत्ता हस्तान्तरण नै आफ्नो कार्यलक्ष्य रहेको माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले बारबार भन्दै आएका हुन । र काँग्रेसकै सभापति देउवाले पनि चुनाव हुुन्छ भने केही महिना बढी प्रचण्डले सरकारको नेतृत्व लिदैमा केही नबिग्रने बताउदै आएका छन ।

गत साउनमा काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको तथ्य किन स्थानीय चुनावकै मुखमा मात्रै उपप्रधानमन्त्री निधिले खुलासा गरे भन्ने कुराले काँगे्रसमा भन्दा बढी तरंग माओवादीमा ल्याएको छ । माओवादीको पछिल्लो पटक सम्पन्न केन्द्रीय कार्यालयको वैठकले पनि खास समीक्षाको विषय मन्त्री निधिको भनाइलाई बनाएबाट यो सत्तासमीकरणमा पक्का पनि चिसोपना बढेको पुष्टि गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री प्रचण्डले चैत मसान्तमा सरकार छोडने र बैशाख १ गतेदेखि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने लिखित सहमति काँग्रेस र माओवादी केन्द्र वीच भएको रहस्यको पोको खोल्ने बेला यो सही थिएन भन्नेमा माओवादी नेताहरु आन्तरिक समीक्षा मात्रै गरिरहेका छैन्न, त्यसको प्रतिरक्षा र विकल्पमा विपक्षी एमाले र विजय गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरमसंग अनौपचारिक संवादमा छन । काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा प्रचण्ड गत साउन १९ गते व्यवस्थापिका संसदबाट बहुुमतिय प्रणालीबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गर्न काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेको थियो । त्यो सत्तासमीकरणका एक डिजाईनर पनि निधि समेतको अगुुवाईमा नै भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेका कारण सो निर्वाचनको अवधिसम्म यहि सरकार कायम रहने काँग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरुले बताईरहेका र त्यो कुरालाई आफैले पनि अस्वीकार गर्न नसक्दै उपप्रधानमन्त्री निधि प्रचण्डविरुद्ध खनिनुुलाई माओवादी वृत्तमा सावधानीपूर्वक हेरिदै छ । प्रधानमन्त्री प्रचण्डले नै स्थानीय तहको निर्वाचनपछि आफू देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न तयार रहेको बताउँदै आएका बेला सरकारको आयुु सकिएको उपप्रधानमन्त्री निधिको उदघोषले सत्ता राजनीति फेरि चुनावबाट नयाँ सरकारको गोलचक्करमा फस्ने आशंकाहरु बढाएको छ । कामकुरो एकातिर वरिष्ठताको बिवादले सत्तालिप्सा बोकी निधि कुद्ने सरकार फेर्नेतिर भन्ने किन कसको ईशारामा गर्दैछन भन्ने कुरा निकै पेचिलो बनेको छ ।
उसै पनि दिल्लीका दाहिना मानिएका निधि अहिले दिल्लीले नेपालको चुनाव नरुचाएको भनिएका बेला दिल्लीबाट फर्केका केही सातापछि नै सत्ताको आयुु खेलमा लागेका छन । संयोग पनि कस्तो भने संयुुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वर्तमान सत्ता प्रमुख प्रचण्डलाई दिएको समर्थन फित्र्ता लिने घोषणका कारण नै प्रधानमन्त्री प्रचण्डले ३७ सिटवाला राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीमा नियुुक्त गर्दा उपप्रधान तथा गृहमन्त्री निधि भारत भ्रमणमा रहेका थिए । निधि चाहदैन्थे कमल थापाको सत्ता सहयात्रा सुरुदेखि नै । तर मोर्चाको समर्थन गुमेको बेला थापाको सत्तायात्रा प्रधानमन्त्रीका लागि त्राण बनेको थियो । यही मौकामा थापा सरकारका वरिष्ठ उपप्रधानमन्त्रीको कुुर्सीमा आसिन भए । निधि दिल्लीमा हुदा थापाको सत्तारोहण हुनुु नै प्रचण्डका लागि बिझाउदो वाध्यता हुुन पुुग्यो । तर मुख्य ठूलो सत्ता साझेदार काँग्रेसका सभापति देउवालाई सोधेरै थापालाई प्रचण्डले सत्तामा भित्रयाएका थिए । तर अहिले त्यही विषय निधिले निुहुुँ खोज्ने मसला बनेको छ ।

यसले सबैभन्दा बढी ईगो हर्ट उपप्रधानमन्त्री निधिलाई नै भयो । उनी प्रचण्डसंग यति धेरै रिसाउदै गए की अहिले त प्रधानमन्त्रीकै आयुु सकिएको उदघोष गरे । यसले उपप्रधानमन्त्री निधिले एकातिर कमल थापाको रिस प्रधानमन्त्री प्रचण्डमाथि पोखेको देखाउछ भने अर्कोतिर उनले आफू कमल थापाको वरिष्ठता कायम भए यो सरकारमा नै रहन तयार नरहेको पनि स्पष्ट पार्छ । साथै निधिले अब सरकार प्रमुखमा प्रचण्डलाई निरन्तरता दिन नचाहेको पनि उनको वाणीले स्पष्ट पार्छ । तर बिर्सन नहुुने तथ्य के हो भने निधि नै काँग्रेस माओवादी वर्तमान सत्तासमीकरणका एकजना मुुख्य रचनाकार हुन । साथै यो सत्तासमीकरण काँग्रेस र माओवादीको पार्टीगत तहको लिखित संझौताको उपज हो । हाल दुुबै दलले सत्तासमीकरणको परिवर्तनबारे कुनै औपचारिक निर्णय लिएका छैन्न । तर मन्त्री निधि भने निकै आक्रामक रुपमा अघि सरेका छन र पार्टी सभापति देउवालाई प्रधानमन्त्री बनाउन कस्सिएका छन । तर यसका लागि निधि भन्दा बढी शक्तिशाली, निर्णायक र जिम्मेवार प्रचण्ड भएको तथ्यलाई पनि निधिले भुलेको प्रतित हुदैछ ।

अर्को महत्वपूर्ण कुरा को हो भने मुुख्य विपक्षी एमाले चुनावको मुख्य पक्षपाती देखिएको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड पनि जसरी पनि आफ्नै नेतृत्वमा स्थानीय तह चुुनाव सम्पन्न गर्ने एकसूत्रिय कार्यलक्ष्यमा समर्पित छन । यदि काँग्रेसले निधि वा अन्य कसैका कारण प्रचण्डलाई दिएको समर्थन फित्र्ता लिए वा यो सत्ता गठबन्धनमा कुनै संकट आएमा एमाले र माओवादीको नयाँ सत्तासमीकरण बनेर काँग्रेस नै सत्ताखेलबाट अलग हुन सक्ने खतरा प िसामुुुन्नेमा छ । प्रचण्ड यति चतुर नेता हुन की उनी आफ्नो स्वार्थका लागि काँग्रेस वाधक भयो भने एमालेसित पुरानो सत्ता सहयात्राको संवन्ध पुर्नजीवित गर्न जान सक्छन । एमालेका शीर्ष नेताहरुले नै संकटमा प्रचण्डलाई एमालेले साथ दिन्छ भन्दै आएका छन ।

यस पृष्ठभुुमिमा उपप्रधानमन्त्री निधिले कमल थापाको रिसले मात्रै प्रचण्डको सत्ता आयुु सकिएको बताएका भए त्योे स्वभाविक पदीय अहंकारको आक्रोश हुन सक्छ । तर स्थानीय तह चुनाव नै प्रभावित हुने गरी सत्तासमीकरणको खेलमा उनी उत्रन लागेका हुन भने चुनाव मात्रै भाँडिने हैन, काँग्रेसकै हात आउनै लागेको सत्ता अवसर पनि गुुम्न सक्छ ।

खासमा निधिको घुर्की बेमौसमको सत्ता बाजा हो । देश पर्खिरहेको छ स्थानीय तहको फिल निर्वाचन । जनताले अब काँग्रेसले वा निधिहरुले नचाहे पनि उनीहरुलाई लतारेर स्थानीय चुुनावमा होम्नेछन । किन भने जनताको सार्वभौम अधिकारको सम्मान, संघीय गणतन्त्र नेपालको प्राण र संविधानको कार्यान्वयनको लागि वैशाख ३१ को निर्वाचन अपरीहार्य मात्रै छैन निर्विकल्प पनि छ ।

629 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank