मैदान र मुद्धा राप्रपाकोः गोल कांग्रेसको ?

कांग्रेसको हिन्दूराष्ट्रको कुरा

आइतवार, कार्तिक २६, २०७४

loading...


प्रदेश तथा संसदको चुनावको मुखमा काँग्रेस महामन्त्री शसाँक कोईरालाले ईतिहासमै आफ्नो दल यसपट्क कमजोर बन्दै प्रतिरक्षात्मक अवस्थामा पुगेको स्वीकारेका मात्रै छैन्न, हिन्दू राज्यका मुद्धामा चुनावपछि जनमत संग्रह गर्नुपर्ने पुरानै धारणा दोहोरयाएका छन । सारमा आफूलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा स्वयंद्धारा प्रस्तुत गर्नेगरी महामन्त्री कोईरालाको पछिल्लो धारणा सार्वजनिक भएको छ ।

काँग्रेसले वाम गठबन्धनका संभावित चुनावी विजय रोक्न अहिले रामवाणका रुपमा हरेक तुरुप खोजिरहेको छ । सभापति देउवाले वामराज्यमा रुन नपाईनेदेखि लोकतन्त्र खतरामा पर्नेसम्मका जुन हास्याष्पद त्रास देखाईरहेका छन, त्यो उनको विपक्षी वामप्रहारको प्रतिरक्षा मात्रै होईन, निम्न स्तरको राजनीतिक चेतनाको द्योतक पनि हो । तर महामन्त्री कोईरालाले हिन्दुत्व पुर्नस्थापनाका लागि चुनावपछि जनमत संग्रह गर्नुपर्ने भनेर हिन्दूत्वको नारालाई चुनावी कार्डका रुपमा क्यास गर्न खोजेका छन । यो चुनावलाई काँग्रेसले हिन्दूत्वको मुद्धामा जनमत संग्रहको वैशाखी मार्फत बाजी मार्न महामन्त्री कोईरालाको कथन सुनियोजित रुपमा आएको स्पष्टै बुझिन्छ । चुनाव लगत्तै उसले हिन्दूत्वकै मुद्धामा वाम एकतालाई चुनौति दिएर धार्मिक आडमा राजनीतिक खेत ीगर्ने संकेत गरेको छ ।

संस्थापक पार्टी नेता जननायक विपीका अनुयायी, छोरा र काँग्रेसका एकजना शक्तिशाली नेता तथा महामन्त्री शसाँक कोईरालाको पछिल्लो भनाई वाम एकतालाई टिट फर ट्याट भन्दा पनि घुमीफिरी काँग्रेस धार्मिक मुद्धाका आडमा अघि बढ्ने रणनीतिको दाउपेचका रुपमा देखा परिरहेको छ । उनले कम्युनिष्टहरुलाई साईजमा ल्याउनुपर्ने भन्दै गर्दा हिन्दू धर्मबारे जनमत संग्रह खोजे, त्यो पनि चुनावी मुखैमा । एक रेडियो अन्तरवार्तामा महामन्त्री कोइरालाले एमाले र माओवादी केन्द्रले साम्यवाद ल्याउँछु भनेको भन्दै कम्युनिष्टहरुलाई साइजमा ल्याउनुपर्नेमा जोड दिएका छन । उनले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा राखेका छन् । यदि एमाले माओवादी गठबन्धनले जिते र जनमत संग्रह गरिएन भने जनता आफैं उठ्ने कोइरालाले बताएका छन् । तर यसबारेमा थप रोडमयाप भने दिन सकेका छैन्न ।

काँग्रेसले प्रदेश र संसदको चुनाव जितेमा उसले हिन्दू राज्य फर्काउनका लागि जनमत संग्रहको नेतृत्वगर्नेछ भनेर देशैभरका मतदातालाई पुरानै मुद्धामा नयाँ ढंगले तरंगित गर्ने गरी महामन्त्री कोईराला हिन्दूत्वबारे पुनः बोलेका हुन । हिन्दूवादी मत पार्टीका पक्षमा तान्ने नियतले नै कोईराला वाणी दोहोरिएकोमा शंका छैन । पहिल्यैदेखि हिन्दूत्वको मुद्धामा पक्षपाती देखिदै आएका महामन्त्री कोईरालाले अहिले चुनावको मुखमा जनमत संग्रहको नारा दोहोरयाउने रणनीति चुनावी पासा वाम गठबनधनबाट जोगाउदै आफ्नो पक्षमा पल्टाउने योजना मुताबिक नै भएको हो ।हिन्दूत्वको मुद्धामा अब काँग्रेस र राप्रपाको एकस्वरहुनु र उनीहरु सम्पन्न उन्मुख चुनावमा एउटै मोर्चामा रहनु एउटा राजनीतिक संयोग र वाध्यता मात्रै पनि होईन, यो भित्री डिजाईन नहोला भन्न सकिन्न ।एमाले र माओवादी एकताको लहरले पार्टीलाई लपेट्ने, दपेट्ने खतराको प्रतिरोधका लागि काँग्रेस रणनीतिक रुपमा हिन्दूत्वको मुद्धामा जनताको प्यारो हुन खोजेको घट्नाक्रमहरुले देखाउछन ।

महामन्त्री कोइरालाले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा दोहोरयाएर राप्रपाको मुद्धामा काँग्रेसले गोल गर्ने चतुरयाई देखाउने कोशिस गरेका छन । काँग्रेसलाई हिन्दूत्वका पक्षमा फर्काउन वाम गठबन्धन आवरणको कारक देखिदैछ । यदि यसै भएमा एकै तलाउमा रहेका साना माछालाई ठूला माछाले निले जस्तै लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपालाई कााग्रेसले निलिदिने संभावना पनि खतराका रुपमा देखाएको छ । किन भने हिन्दुत्वको मुद्धा काँग्रेसले चार्ने हो भने राप्रपाको औचित्य समाप्त हुनेछ । कमल थापाको हिन्दूवादी कार्ड खत्तम हुन सक्छ । महामन्त्री कोईरालाका दाबीमा काँग्रेसले जितेमा मात्रै हिन्दू राज्य पुर्नस्थापनाका लागि जनमत संग्रह गर्नेछ । त्यसका लागि काँग्रेसले पहल गर्ने उधारो आश्वासनमा महामन्त्री हिन्दूवादी, राजावादी तथा कमल थापा विरोधीहरुको मत काँग्रेसको पोल्टोमा पार्न उद्यत देखिएका छन । महामन्त्री कोईरालाको यो रणनीति हो की नियत ? स्पष्ट हुन जरुरी छ ।

राप्रपा र काँग्रेसको गठबन्धन सिद्धान्ततः हिन्दू मुद्धामा कम्तिमा चुनावपछि पनि निरन्तर हुन सक्ने तर राजतन्त्रको मुद्धामा भने फरक फरक धारमा नै रहने संकेत देखिन्छ । अर्कोतिर काँग्रेसभित्रै पनि हिन्दूत्वको पक्षमा अबिराम संघर्ष गर्दै आएका नेता शेखर कोईराला, खुमबहादुर खड्का, पूर्व सभामुख तारानाथ रानाभाट लगायतका लागि भने महामन्त्री कोईरालाको पछिल्लो दृष्टिकोण नयाँ उर्जा बन्न पुगेको छ । नेतृ सुजाता कोईरालाले त २०४७ को संविधानको माग गरेको केही समय मात्रै बितेको छ ।

कुनै पनि नेता वा दलले हिन्दूराज्य पुर्नस्थापनाका लागि राजनीतिक मुद्धा बनाउनु अनयथा होईन । तर वाम एकताको काउन्टरमा नै काँग्रेस महामन्त्री कोईरालाको पछिल्लो कथन आएको हो भने उनले वा उनको दलले मोही माग्ने ढुंग्रो लुकाउने कुनै प्रवृत्ति देखाउनु हुदैन । काँग्रेसले यो मुद्धामा जादै गर्दा त्यसले ल्याउने परिणाम र पार्ने साईड ईफे्क्टुहरु सामान्य नै होलान र ? मुद्धा गंभिर छ । खासमा नेपाललाई धर्म निरपेक्ष देश घोषणा गर्दा कुनै विधि प्रक्रिया पुरयाइएको छैन । राजनीतिक दलले यो निर्णय लिदा सोचविचार नपुरयाएकै हुन । संविधान सभाले २०६५ जेठ १५ मा गणतन्त्र घोषणा गर्दा वा अन्तरिम संविधानमा धर्म निरपेक्षता घोषणा गर्दा एकातिर वैधानिक पद्धति अपनाएन्न भने अर्कोतिर संविधान लेखनका बेला जनताले हिन्दू राज्यका पक्षमा दिएको सुझावलाई रद्धीको टोकरीमा फ्याकेर अर्को भुल थपेका छन । देशमा हिन्दूहरुको बाहुलयता छ, संस्कार त्यही छ तर देश धर्मनिरपेक्ष छ, संविधानतः । यो गल्तीमा अहिले थप गल्तीहरु ग्रिन लागेको त होईन ?

धर्मनिरपेक्षताको विरोध भन्दा पनि नेपालीको हिन्दु हुनुको पहिचानलाई या त वैधानिक बाटोबाट विधि प्रक्रिया पुरयाएर मात्रै मेट्नु पर्ने थियो, या त अब त्यसमा कोर्स करेक्सन गर्न आवश्यक छ । होईन भने सधै यसरी राजनीतिक सुविधाका लागि हिन्दूत्वको मुद्धा कहिले कमल थापा जस्ता अवसरवादी सत्तालिप्सावादीको, कहिले शसाँक जस्ता काँग्रेसको वा कहिले खुमबहादुर खड्का जस्ता सर्टिफाईड भ्रष्टको मागी खाने भाडो बन्नु देशमा धार्मिक सहिष्णुता र धार्मिक एकतामा दर्रार ल्याउने खतरा नै हुन । यसमा बिट मार्न दलहरु र संसद वा सरकारले सिघ्र पहल गर्न जति आवश्यक छ, उति नै यदि हिन्दूवादी कार्डमा वाम एकतालाई काउन्टर दिने काँग्रेसी रणनीति हो भने पनि मोही माग्ने तर ढुंग्रो नलुकाउने आँट र साहस आवश्यक देखिन्छ नी । देखिदैन र ?

420 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv