पिएम र सिएमका सेतुपात्र अर्थात नेपत्थ्यका नायक शक्ति

सन्दर्भ वाम एकताः

आइतवार, अशोज २२, २०७४

loading...


तत्कालिन काँग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री स्व. शुसील कोईराला त्यसको विपक्षमा उभिए मात्रै होईन पुनः प्रधानमन्त्रीको प्रत्याशि बने, ओलीका विरुद्ध ।

२०७२ असोज ३ मा संविधान जारी भएपछि नयाँ सरकार गठनको गोलचक्करमा फसेको राजनीतिले नयाँ निकास खोज्दै थियो । नेकपा एमाले अध्यक्ष केपी ओलीको चाहना काँग्रेस समेतको समर्थनमा प्रधानमन्त्री हुने थियो । तर तत्कालिन काँग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री स्व. शुसील कोईराला त्यसको विपक्षमा उभिए मात्रै होईन पुनः प्रधानमन्त्रीको प्रत्याशि बने, ओलीका विरुद्ध । एमाले अध्यक्ष ओलीलाई पूर्व राजनीतिक वचनवद्धता अनुसार राजनीतिक ईमानका आधारमा प्रधानमन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्ड सम्पूर्ण पार्टी शक्ति सहित लागि परे । नभन्दै संविधान जारीपछिको वाम गठबन्धनको केपी ओली सरकार ९ महिना सत्तामा रह्यो ।

उतिबेला पनि वाम गठबन्धनको सत्तासहयात्रा कम्तिमा एक दशकको लागि हुने भद्र सहमति थियो । त्यो समझदारी निर्माणका लागि एमालेबाट वामदेव गौतमहरु सक्रिय भए जस्तै माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र शक्तिबहादुर बस्नेतहरु सक्रिय थिए । भलै ९ महिनापछि सरकारको आलोपालो प्रणालीको समस्या र मधेश शक्तिको निरन्तरको विरोधको आलोकमा त्यो वाम गठबन्धनको सरकार दीर्घजीवि भएन ।

तत्कालिन एमाले माओवादीका सत्ता यात्राका शक्तिशाली पात्र थिए माओवादी केन्द्रका नेता शक्ति बस्नेत । ओली सरकारका गृहमन्त्री । तत्कालिन गृहमन्त्री बस्नेतलाई प्रधानमन्त्री ओलीलाई जस्तै चौतर्फी दबाब थियो । खासगरी मधेश आन्दोलनका आवरणमा अकारण थोपरिएको भारतीय नाकाबन्दीको सामना गर्नु प्रधानमन्त्री ओली र गृहमन्त्री बस्नेत समान दबाबमा थिए । बढी दबाबमा थिए, गृहमन्त्रीका रुपमा शक्ति बस्नेत ।

उतिबेला गृहमन्त्रीबारे हुने टिप्पणीमा भनिन्थ्यो गृहमन्त्री शक्तिको शक्ति सिएम र पिएमको चेपुवामा छ । हुन पनि सिएम अर्थात माओवादी अध्यक्ष प्रचण्ड र पिएम अर्थात प्रधानमन्त्री ओलीको सत्तासहयात्रीदेखि फरक फरक भुमिकाको समन्वयमा काम गर्नु तत्कालिन गृहमन्त्री बस्नेतका लागि अग्नीपरीक्षा नै थियो । त्यो पेचिलो समयमा सिएम, पिएम दुबै रिझाएर, कामले संतुष्ट बनाउने नाकाबन्दीकालिन संकटका सफल गृहमन्त्री उनै बने शक्ति बहादुर बस्नेत ।

माओवादीका एक जुझारु नेता शक्तिबहादुरको सत्ताकालिन गृहमन्त्रीको तत्कालिन शक्ति समन्वय पनि अहिले असोज १७ मा एमाले र माओवादीको चुनावी तालमेल तथा पार्टी एकता अभियानको एक कडी हो । यो तथ्य प्रचारमा कम आयो, तर भित्र भित्रै त्यही सिएम र पिएमलाई रिझाउने शक्ति अहिले दुई ठूला दलको एकता अभियानको एक प्रमुख कडीका रुपमा सफल रहयो ।

ओलीको प्रधानमन्त्री कालको मुख्य सफलता उनको राष्टवादी अडान थियो । ओली एक्लै लोकप्रिय भएका थिएन्न । उनलाई बलियो साथ र समर्थन थियो तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतको । शक्तिबहादुरका शक्ति स्रोत थिए पार्टीबाट अध्यक्ष प्रचण्ड लगायत । ओलीको राष्टवादी अडान गलत नरहेको तर त्यो अपूर्ण रहेको ठम्याई र निष्कर्ष थियो, तत्कालिन गृहमन्त्री तथा माओवादी नेता शक्ति बहादुर बस्नेतको ।

नभन्दै शक्तिको निष्कर्ष जस्तै ओलीको राष्टवादी अडानको विन्दुमा अहिले आएर माओवादी पार्टी सहमत भयो । सहमत मात्रै भएन, ओलीसंग चुनावी तालमेल र पार्टी एकताको युगिन निर्णय गर्ने विन्दुमा नै माओवादी आईपुग्यो । गृहमन्त्री शक्ति बहादुर बस्नेत मात्रै होईन, उर्जामन्त्री टोपबहादुर रायमाझी र आपूर्तिमन्त्री गणेशमान पुनहरु ऋोली सरकारका नाकाबन्दीको संकटका सारथी मन्त्रीहरु थिए ।

माओवादीका तत्कालिन मन्त्रीहरुले ओलीको विश्वास जितेका थिए ।। उनीहरुले उतिबेला ओलीको साथ र एमालेसंगको सहकार्यमा क्रमभंग गर्नुहुन्न भन्नेमा सफलता नपाए पनि अहिले भने सफलता पाएका छन । यसअर्थमा अहिलेको एमाले माओवादीको चुनावी तालमेल र पार्टी एकता अभियान तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतहरुले सुरु गरेको माओवादी एमाले सत्तासहकार्यको निरन्तरता र एक तहको सफलता हो भन्दा अतिशयोक्ति हुदैन ।

पूर्व गृहमन्त्री बस्नेतको निचोड जस्तै ओलीको राष्टवादी अडान र स्वाभिमानी सरकारको अर्को उदयका लागि हालको एमाले र माओवादी एकता अहिले नयाँ जग बनेको छ । हुन पनि हो ओलीको राष्टवाद सही छ, तर माओवादी नेता बस्नेतको ठम्याई जस्तै अब त्यसलाई थप पूर्ण बनाउनु छ । त्यसको पूर्णताका लागि अब माओवादीका शक्तिहरु र प्रचण्डहरु एमालेका ओलीहरुको एकतावद्ध सार्थक सामुहिक अभियानको खाँचो छ नै ।

जाजरकोटबाट प्रत्यक्ष चुनाव जितेका र जित्ने संभावना सधै जीवन्त राखेका शक्तिबहादुर बस्नेत माओवादी अध्यक्ष प्रचण्डका पूर्व स्वकीय सचिव पनि रहेको पुरानो पार्टी ईतिहासले उनको प्रचण्डसंगको निकटता र विश्वासको गहिराई तथा उचाईलाई झल्काउछ । प्रचण्डको स्वकीय सचिव भएकै बेला कोटेश्रमा उनले गोली निशाना आफै बनेर पनि पार्टीको हितका लागि गरेको योगदान र संघर्षले उनी जनयुद्धदेखि शान्तिकालसम्म, पार्टीदेखि सरकारसम्म पार्टीको हितका लागि कति धेरै संघर्षशील रहे भन्ने देखाउछ ।

ओली प्रचण्डको संवन्धका असली सेतु पात्र शक्तिबहादुर ओली सरकारका संकटका सारथी थिए भने प्रचण्डका पार्टी संकटका सबैभन्दा भरपर्दा सारथी हुन ।

पार्टी बलियो भए, अध्यक्ष प्रचण्ड शक्तिशाली भए मात्रै संतुष्ट हुने शक्तिबहादुरको पार्टी नीति छ । माओवादी शान्ति राजनीतिमा आएपछि अध्यक्ष प्रचण्ड विरोधी दलको निशानामा मात्रै परेन्न । उनलाई पार्टीभित्रै अल्पमतमा पार्ने वा सिध्याउने षडयन्त्रहरु बरम्वार भए । धोबिघाट होस वा खरीपाटीमा भएका माओवादी पार्टीका आन्तरिक षडयन्त्रहरु माओवादीबाट ऋध्यक्ष प्रचण्डलाई कमजोर बनाउने खुल्लम खुल्ला षडयन्त्रका असफल अभ्यास थिए ।

तर ती र त्यस्ता सबै अध्यक्ष विरुद्धका षडयन्त्रहरुका विरुद्धमा र अध्यक्ष प्रचण्डका पक्षमा सधै शतिशाल जस्तै खडा रहे शक्तिबहादुर बस्नेत । मुलतः खरीपाटी भेलाको संकटमा एक्लो बनाईएका बेला अध्यक्ष प्रचण्डका पक्षमा एक्लो वृहष्पति बनेर प्रचण्डको रक्षाकवच बन्ने पात्रै उनै थिए शक्तिबहादुुर बस्नेत । संकटमा प्रचण्ड सारथी बन्ने र लाभका अवसरमा वास्ता नगर्ने शक्तिसूत्रले नै उनले प्रचण्ड चाहना बिपरित ओली सरकारपछि बनेको माओवादी काँग्रेस गठबन्धनको वर्तमान सरकारमा दोहोरिन चाहेन्न । उनले ओलीको माओवादी विरोधको पुरानो उग्रतालाई मत्थर पार्दै दुई पार्टी एक हुने तहसम्म भित्र भित्रै रसायनको रुपमा काम गरे दुई दलका सिएमको सेतुपात्रात्रका रुपपा ।

वास्तवमा अघिल्लो वर्ष सत्तासहयात्रीका रुपमा ओली सत्ताका सारथीका रुपमा शक्तिबहादुरहरुले बाटेको डोरी अहिले पार्टी एकताको दाम्लो बनेको छ । शक्तिबहादुरहरुले एमाले माओवादीको कसेको साईनोको जुईनोमा एमाले माओवादीको साईनो पार्टी एकताको तहमा विकसित भएको छ । शक्तिबहादुरको संकटमा पार्टीभित्र प्रचण्डलाई खरीपाटी जस्ता प्रहारमा र ओलीलाई नाकाबन्दीका कहरमा दिएको हात, साथ र सहकार्य अब वाम सहकार्यको रुपमा झाँगिएको छ । ओली र प्रचण्डको यो एकता ओलीकालिन दुई पार्टीका शक्तिबहादुरहरुले राखेको जगको पूर्णता पनि हो । यसै मानेमा आफू ओझेल परेर पनि वृहत वाम एकताका सारथी बनेका शक्तिबहादुर बस्नेतहरु यो वृहत वाम एकताका नेपथ्यका नायक हुन भन्ने ओपन सेक्रेट भएको छ । वधाई यसै मानेमा एकताका सूत्रधार, नायकहरुलाई ।

1078 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv