समस्या नीतिमा होइन-राजनीति र नेतामा छ

अस्थिरता नै बिकासको बाधक

मङ्लबार, चैत्र १५, २०७३



- डा. गोबिन्दबहादुर थापा

उपलब्धि देखाउने हो धुर्मुस—सुन्तलीले पैसा पाउँन सक्दछन् भने राज्यले नपाउने कुरै आउदैन । उनिहरुले काम गरेर देखाए र पाए तर राज्य गफ मात्र गर्दछ, त्यसैले पाएको पैसा पनि कि फिर्ता जान्छ, कि थुपारेर राख्दछ, कि दुरुपयोग गर्दछ ।

नेपालमा राम्रा अर्थ मन्त्री पनि आए, राम्रा बजेट पनि बनाईए । राम्रा प्रधानमन्त्री पनि आए र बिकासका राम्रा कुरा पनि गरिए । राम्रा आवधिक योजना पनि बने । राम्रा क्षेत्रगत दीर्घकालीन रणनीति र योजना पनि बने । त्यस अतिरिक्त पार्टीका चुनावी घोषणा पत्र र अन्य दस्तावेजहरु पनि लेखिए, भिजनहरु पनि बने । तर न राम्रा अर्थमन्त्रीले निरन्तरता पाए, न राम्रा प्रधान मन्त्रीले निरन्तरता पाए । त्यसले गर्दा न बजेट र आवधिक योजनाहरुको राम्रोसंग कार्यान्वयन् भयो न क्षेत्रगत दीर्घकालीन रणनीति र योजनाहरुको ठीक ढङ्गले कार्यान्वयन् भयो ।

कसैले पनि निरन्तरता पाएनन्, कुनै येजनाको पनि ठीक ढङ्गले कार्यान्वयन् भएन । हुँदा हुँदा संकलित राजस्व नै खर्च गर्न नसक्ने अबस्थामा राज्य पुग्यो । त्यसैले ऐले बजेट, योजना र रणनीति तर्जुमा गर्ने जोश, जाँगर र उत्शाह मरेर गएको छ । कार्यान्वयन् नहुने बजेट, योजना र रणनीति बनाउँदा बनाउँदा कति जनाको उमेर ढल्की सक्यो, कपाल झरी सक्यो । तर देशको अबस्था झन् बिग्रदो छ, सुधारको लक्षण छैन । त्यसैले समस्या राजनीतिमा छ, दलहरुमा छ, नेताहरुमा छ । समस्या बजेट, योजना, भिजन र रणनीतिमा होईन ।

हाम्रा बर्षौको छलफल र अभ्यासबाट छानिएका प्राथमिकताहरु छन्, राष्ट्रिय गौरवका आयोजनाहरु छन्. । तिनमा बिबाद छैन, बजेटको पनि अभाव छैन, हुदैन । उपलब्धि देखाउने हो धुर्मुस—सुन्तलीले पैसा पाउँन सक्दछन् भने राज्यले नपाउने कुरै आउदैन । उनिहरुले काम गरेर देखाए र पाए तर राज्य गफ मात्र गर्दछ, त्यसैले पाएको पैसा पनि कि फिर्ता जान्छ, कि थुपारेर राख्दछ, कि दुरुपयोग गर्दछ ।

बिकासको लागि व्युरोक्रेसी बाधक भयो भनिन्छ । बिकासमा ल्यायपालिका सहयोगि भएन भनिन्छ, भ्रष्टाचारले देश खाईसक्यो भनिन्छ, राजनीतिक भागबण्डाले देश बिगार्यो भनिन्छ, राम्रा होईन हाम्रा मान्छे भनेर देश बन्दैन भनिन्छ । यी सबै कुरा राजनीतिले नै ल्याएका कुरा हुन् । त्यसैले यी सबै कुरा सुधार्ने दायित्व पनि राजनीतिकै हो, पार्टीहरुको हो, नेताहरुको हो । त्यसैले बिकासको लागि यी कुराहरुमा सुधार गर्नु जरुरी छ । तब मात्र बिकासले गति लिनेछ ।

हामी बिकासमा पछि परेको बजेट, योजना, भिजन र रणनीति अगतिला भएर होईन, राजनीति र त्यसको अस्थिरताको कारणले हो । त्यसैले यो अस्थिरताको निरन्तरता टुटाउनमा ध्यान केन्द्रित गर्नु पर्दछ । अस्थिरताको श्रोत कसरी बन्द गर्ने हो त्यतातिर लाग्नु पर्दछ ।

बिगतमा कर्णाली जलबिद्युत आयोजनाको लागि भनेर ३०० जना युवाहरुलाई र्ईन्जियर पढ्न भारतको रुड्की पठाईयो तर कर्णाली आयोजना बनेन, पढेर आएका ईन्जिनियरहरु सबै लाखापाखा लागे, कति बिदेशिए । त्यसैले काम गर्ने अनुकुल बाताबरण बनाईएन भने उत्पादन गरिएका प्राबिधिक जनशक्ति पनि बिदेशिन्छन् ।

बाताबरण अनुकुल बनेमा बिदेशिएका पनि स्वदेश फर्कन्छन् । साथै भारतमा ‘साईनिङ्ग ईण्डिया’ को नारा लगाईए जस्तै साईनिङ्ग नारा दिएर मात्र हुदैन । हामी कहाँका दलित, सुकुम्बासी, अल्पसंख्यक र छिडिएका समुदायहरुलाई मुलप्रबाहीकरण र सबलीकरण गर्ने तर्फ पनि उत्तिकै ध्यान दिनु पर्दछ ।

(चैत्र १४ गते सोमबार एमाले अध्यक्ष तथा पूर्व प्रधान मन्त्री के.पी. ओलीले ललितपुरको होटल हिमालयमा एक बृहत् बिद्वत सम्मेलनको आयोजना गर्नु भएको थियो । सो सम्मेलनमा डा थापाले व्यक्त गरेका बिचारहरु )

—000—

1029 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank