दैनिक हजारौं मजदुर श्रमिकहरुकाे सहारा बन्दै गोरखनाथ आश्रम

सोमवार, बैशाख १५, २०७७



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा मानब जीवन अस्तव्यस्त बनिरहेको अबस्थामा कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्रपरेका पिडितहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी राखेको छ ।

हाँडीगाउँ पञ्चेधारा स्थित आश्रमले बिगत २४ दिनदेखि वीर अस्पताल अगाडिको हाल खाली बसपार्क, वसन्तपुर, थापाथली राममन्दिर, कलंकी साथै कोटेश्वरमा दैनिक अलपत्र परेका पीडित मजदूरहरुलाई खानाको व्यवस्था गर्दै आएको यस अभियानका संयोजक महाराज योगी विश्वनाथ सन्तले बताए ।जहाँ–जहाँ खानाको अभाव, त्यहाँ त्यहाँ गोरखानाथ आश्रम भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदूुरहरुलाई खाना खुवाउँदै गरेको सन्तकाे भनाइ छ ।   योगी विश्वनाथका अनुसार दैनिक दुई सय केजी चामल, ५० केजी आटा, एक सय केजी दाल, ५० केजी सब्जीको व्यवस्था हाम्रो आश्रमले गरेको छ ।

94033055_842568919594817_7849106652459433984_n

युवा समाजसेवी स्वयंसेवकहरु र गोरक्ष सेवक लगायत संचारकर्मी सुर्य चन्द र नेपालको पहिलो महिला चलचित्र निर्देशक, संचारकर्मी एवम् समाजसेवी सुचित्रा श्रेष्ठले सुरुवाती दिन देखि यस अभियानमा सक्रिय भूमिका निर्बाह गर्दै सहयोगको साथमा सहभागी भएर दैनिक रुपमा खाना खुवाउने कार्यमा निरन्तर सेवा गर्दै आएको कुरा योगी विश्वनाथ बताए ।

94516080_247012753158633_6650537196048613376_n

जागो गोरक्ष जागोका गोरख सेवकहरुको समूहले दैनिक अहोरात्र खटेर खाना बनाउने र वितरण गर्ने कार्य गर्दै आएको र पछिल्लो समय काठमाडौँ महानगरपालिकाले समेत खाद्यान्न सयहोग गर्दै आएको यस अभियानका सदस्य जनक ढुंगाना बताए । यसैगरी अन्य विभिन्न समाजसेवी व्यक्तित्व लगायत एकीकृत ग्रामीण बिकास केन्द्र, नेपाल प्रहरी श्रीमती संघ द्वारा संचालित आसरा केन्द्र रानी बारीले समेत केहि खाद्यान्न, तरकारी सहयोग गरेको कुरा ढुंगानाले जानकारी दिए ।

94380043_279682096361661_6622022783616417792_n

पवित्र सेवाभावले सुरु गरिएको खाना खुवाउने यस अभियानमा कुनै पनि अन्य संघ संस्थाहरुको सहकार्य नभएको र गोरखनाथ मठ हाँडीगाउँबाट मात्र संचालित भएको कुरा अर्का सामाजिक अभियन्ता शिब अग्रवाल जनाएका छन । “आश्रमले श्रमिक मजदुरहरुलाई मात्र नभएर अलपत्र परेका, पिडित दुखि र राहत नपाएका भोकाहरु सम्पूर्णलाइ काठमाडौँको विभिन्न स्थानहरु बाट खाना वितरण गर्ने गर्दै आएको र लकडाउन अवधीभर यस खाना खुवाउने कार्यलाई निरन्तरता दिने कुरा संचारकर्मी कलाकार तथा समाजसेवी सुर्य चन्दले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments