गाजर घाँस समस्या र समाधान

आइतवार, साउन ६, २०७५



- डा. केदार कार्की- बरिष्ट पशु चिकित्सक डिभाइन भेटेरीनरी किल्निक सिनामंगल

अनावश्यक बोटविरुवाहरु जुन बिउ नछरि उम्रन छन् । अनी फाइदाजनक भन्दा बढी हानीकारक हुन्छन् तीनलाई झारपात भनिन्छ । बाली लगाउने ठाउँमा उम्रीने यस्ता झारपात मानिसका लागि प्राचिनकाल देखि नै समस्याको रुपमा रहेका छन् । लगाएको बोट विरुवा सँग देखिने यी झारपातले बालीनालीको उत्पादकत्व साथै गुणस्तरमा असर पार्दछन् । गाजर घास जस्ता झारपातले त मानिस तथा पशुपंक्षिको स्वास्थ्यमा समेत कतिपय घातक रोगका कारण प्रतिकुल असर पु¥याउदछन् ।
गाजर घास धेरै नै खतरनाक झारपात मानिन्छ । यस्को बैज्ञानिक नामपारथेनियम हिस्ट्रो फोरस हो ।

यो बाहेक यो झारपातकाग्रेस घास, सफेद टोपी घंदक चाँदनीको नामले पनि चिनिन्छ । भारतीय प्रायदिपमा सर्ब प्रथम यो घास इ.स. १९५५ मा भारतको पुनामा देखिएको अभिलेख पाइन्छ । त्यसताका भारतमा अमेरीका तथा क्यानाडाबाट आयात गरीएको गँहु सँग यो घास पनिभित्रिएको अनुमान गरीएको छ । आजको स्थीति सम्मआइपुग्दा यस्ले भारतमा मात्र लाखौ हेकटर जमीनमा फैली सकेको छ । यो घास मुख्य गरी खाली ठाउँ ,औद्योगीक क्षेत्रहरु सडक किनार नहरको किनार एवजंगल क्षेत्रमा पाइने गर्दछ । विश्वमा गाजर घाँस भारत बाहेक अमेरीका मेकसीको वेस्टइन्डीज नेपाल चीन भियतनाम तथा अष्ट्रेलीयाको विभिन्न भागमा फैलिएको स्थीति छ । नेपालमा पनि तराई चुरे शिवालीक उपत्यका तथा पहाडी क्षेत्रमा इ.स. १९६७ पछि बनजंगलमा समस्याको रुपमा देखिएको प्राज्ञिक अनुसन्धानको अभिलेखमा पाइन्छ ।

गाजर घासको पहिचान :

यो घास एक वर्षे विरुवा मानिन्छ । मरुभुमी बाहेक यो विरुवा अन्यत्र सजिलै हुर्कन सक्छ । फोहोर ठाउँ यसलाई खास मन पर्छ । यस्को बोट को लम्वाई १.० देखि १.५ मीटर सम्म हुन्छ । यस्का पातहरु गाजरका पात जस्तै हुन्छ जस्मा झुस्सी उम्रेको हुन्छ ।यस्को अधिकतम विउ अंकुरण २५ देखि ३० डिग्री सेन्टीग्रेड तापमानमा हुन्छ । गाजर घाँसको प्रत्येक ले करीब १५ हजार देखि २५ हजार अत्यन्त सुक्ष्म बीउ उत्पादन गर्दछ । यसका बिउ हलुका हुने हँुदा धेरै टाढा सम्म फैलीन सक्छन् । यो झारपातले ३ देखी ४ महिनामा आफ्नो जीबनचक्र पुरा गर्दछ । यो बिरुवा प्रकाश एवं तापक्रम प्रति उदास हुने हुदा यो वर्ष भरी उम्रीने र फल्ने फुल्ने गर्दछ । यस्का बीउ बडो कठोर किसिमका हुन्छन् कहिलेकाहि २–३ वर्ष सम्म माटो मा सुसुप्त अवस्थामा रहे पछि पनि उम्रन सक्छन । यो झारपात अम्लीय वा क्षारीय माटो सीचित अथवा असिंचित सवै परिस्थीतीमा सजीलै उम्रीन सक्दछ ।
गाजर घासको प्रसारण :

यो झारपात एक ठाउँबाट अर्को ठाउँ एक प्रदेश बाट अर्को प्रदेश वा एक देश बाट अर्को देश सजीलै आफ्नो यात्रा तय गर्दछ । किनकी यसको बीउ धेरै नै सुक्ष्म एव हलुका हुनुका साथै स्पंज जस्तो रौ भुत्लाका कारण टासिएर सजीलै प्रशारण हुने गर्दछ । यातायातका साधन पशुपंक्षि पैकेजीग सामाग्री पानी हावा आदीको माध्यमबाट सजीलै फैलिन्छ ।
गाजर घास किन बिनाशकारी :

गाजर घास सवै झारपात भन्दा विनाशकारी झारपात मानिन्छ । किनभने यो देखिने ठाउँमा कैयन किसीमका समस्या देखिन्छन् । यसका कारण बाली बिरुवाको उत्पादन ३०–४० प्र.स. कम भएर जान्छ । किन भने यो झारपातमा ऐयस्कयुटरपिन लेकटोन नामकबिषाकतपदार्थ पाइन्छ जस्ले विउको अंकुरण क्षमताएवं बोट बिरुवाको बृद्धि बिकाशमा असर प¥याउँछ । यसका परागकण तथा परपरागीत बोट बिरुवाको पोथी जनन अंगमा सकृय हुन पुग्दछन् । जस्ले गर्दा तीनको संवेदनहिनता सकिएर जान्छ र बीउबन्नपाउँदैन ।

यसले दालप्रजातीकाबिरुवा नाइट्रोजन स्थीरीकरण गराउने जीवाणुहरुको कृयाशीलता कम गराउँछन । गाजर घासले बोट बिरुवा बाहेक मानिस एवपशुहरुको लागी गंभीर समस्या मानिन्छ । यस झारपातको संपर्क माआउने मानिस पशु पंक्षिमा डरमेटाइटिस, एक्जीमाएलर्जी ज्वरो, दमतथापिनास जस्ता घातक विरामीहुन सक्छ । यो झार पातखाने पशुमाथुन सुन्नीने , अल्सर हुने अनी मृत्यु हुने सम्मको समस्याहुन सक्छ । यस्ता पशुबाट उत्पादनभएको दुध सेवनगर्दा मानिसमाएलर्जी हुने गर्दछ । यस झारपातको विषाक्तीको असर कलेजो एवं मृगोलामा पनि पर्न सक्छ ।
गाजर घासको नियन्त्रणका उपायहरु :

बीउ बीजनबाट यो झारका भित्रि ननसकोस कानुनी व्यवस्था हुनुपर्दछ । यो झारपात देखिने क्षेत्रमा फुल लाग्नु भन्दा अगावै बिरुवा उखाली नष्ट गर्ने । त्यस्तो गर्दा सुरक्षात्मक लुगाको प्रयोग जरुरी हुन्छ । झारपात नाशक औषधिहरु ग्लाइफोसेट, २–४ डि मेट्रीव्युजीन, एट्राजीन, सिमेजीन, एलाकलोर, डाइयुयन को प्रयोग गर्ने साथै एकीकृत शत्रुघास नियन्त्रण प्रणाली अवलम्वन पनि गर्न सकिन्छ ।

265 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank