पेय जल, स्वच्छता र जनस्वास्थ्य

बिहिबार, बैशाख २६, २०७६



- डा. केदार कार्की

प्रति आठ सेकेण्डमा एउटा बच्चा पानी सङ्ग सम्बन्धीत रोगको कारण मर्छ । हर साल पचास लाख मानिस अशुद्ध पिउने पानी अशुद्ध घरेलु वातावरण र मलमुत्रलाई अनुचित ढङ्गले व्यवस्थापन गर्न सँग जोडिएको बिरामीहरुबाट मर्ने गर्दछन् । विकासशील विश्वमा आधा भन्दा बढी मानिस जल आपुर्ति तथा स्वच्छतासँग सम्बन्धीत छ । प्रमुख मध्ये कुनै एक वा धेरै रोगहरु एस्कैरीस, ड्राकुकुलियासीस अंकुष कमी, सिस्टोसो मियासीस, ट्राइकुरीसबाट ग्रसीत हुने गर्दछन् । यस बाहेक स्वास्थ्य बोझ कयौं करोड भन्दा बढि वार्षिक प्रदुषित स्राेतहरुबाट पानी ओर्सान समय वरवाद गर्ने र मेहनत गर्न सामिल छ । आजपनि लगभग एक चौथाई मानिस उचित जल स्वच्छताको सुविधा बिना बाचि राखेका छन् ।

जल आपूर्ति तथा स्वच्छतालाई तीन परस्पर सकृय तत्वहरुको प्रकृयाको रुपमा हेर्न सकिन्छ । यी तत्वहरुको सबभन्दा महत्वपूर्ण पक्ष सुरक्षित जलको उपलब्धता र मलमुत्र व्यवस्थापनको स्वच्छ व्यवस्थापन मानिन्छ । यसको मतलब यो हो कि प्रति दिन प्रति व्यक्ति २० देखि ४० लिटर पानी घरबाट उचित दुरीमा उपलब्ध हुनु आवश्यक छ । सुरक्षित पानीमा जल स्राेतहरुको संरक्षणका साथ साथै यसको समुचित परीवहन व्यवस्था र घरमा भण्डारणको उचित बन्दोवस्त पनि सामील छ ।

यसको तात्पर्य नुहाउन लुगा र भान्साको भाडा माझ्ने सुविधाहरु पनि हो जसलाई स्वच्छ र समुचित नालिदार हुनु पर्नेछ । मलमुत्र व्यवस्थापन र व्यस्क र बच्चा दुबैको दिशालाई टाढा ठाउँमा व्यवस्थापन गरिनु पर्दछ । जसले गर्दा  जल स्राेतहरु भोजनमा मानिसको सम्पर्कमा नआओस । पिसावबाट सम्बन्धीत रोगहरुको संरचणाको श्रृङ्खलालाई तोड्नका लागि व्यक्तिगत तथा घरेलु स्वच्छताको राम्रो गुणस्तरको हुनु अनिवार्य छ । जुन सोच पछि राम्रो सीत हाथ धुनेबाट शुरु हुन्छ ।

जल तथा स्वच्छताको विकास प्रकृयामा दोस्राे तत्व पानी र स्वच्छता सुविधाहरुको उपभोग गर्नु र तीनको देखभाल गर्ने मानिन्छ । मानिसलाई यीनमा निहित्त स्वास्थ्य लाभहरु प्राप्त गर्नका लागि यी सुविधाहरुलाई ठिक ढङ्गले प्रयोग गर्नुपर्ने हुन्छ । यसको अर्थ हा कि समुदायका मानिसले यो जान्नुपर्छ कि कुन कस्तो प्रकारले पानीलाई सुरक्षित रुपमा संरक्षित गर्ने र त्यसको भण्डारण गर्ने व्यक्तिगत तथा घरेलु सफाई देखरेख गर्ने र कसरी अस्वच्छ पर्यावरणको अवस्थाबाट बचाउने अथवा यसलाई कम गर्ने ज्ञान हस्तारण व्यवहार परिवर्तन तथा व्यक्तिगत जिम्मेदारी यसका महत्वपूर्ण कारक हुन् ।

परस्पर सकृय तत्वहरुमा तेस्राे तत्व समुदायहरु विकास एजेन्सीहरु सरकारको नीतिहरुबाट प्राप्त संस्थागत साहायता हो जुन पानी र स्वच्छतामा सुधारको लागि एक रुपरेखा प्रदान गर्दछ । अनुभवहरुबाट थाहा भएको छ कि समुदाय आधारित प्रयास चाहे त्यो एउटा सानो गाउँमा गरिएको होस अथवा कुनै ठूलो महानगरमा मानिसहरुको आवश्यकताको पहिचान गर्न र तिनलाई पुरा गर्नमा सबैभन्दा बढी प्रभावीत हुने गर्दछन् । विशेष रुपबाट क्षेत्रीय तथा राष्ट्रिय स्तरमा पानी तथा स्वच्छतामा सुधार गर्ने संगठनको तुलनामा विकास प्रकृयामा सहायता प्रदान गर्ने संगठनको रुपमा बढी प्रभावकारी हुन्छन् ।

मानिसमा रसायनिक अथवा औद्योगिक अपशिष्टबाट दुषित पानी पिउँदा वा यस प्रकारको जलसँग शारीरिक सम्पर्क हुँदा अनेक संचारी रोग फैलिन सक्छ । मानव तथा पशुमा वा रोगजन्य बैक्टेरीया भाइरस मुक्त मलबाट दुषित पानी पिउनका कारण जल जनित रोग लाग्न सक्छ । यीनमा हैजा, टाइफाइड, अमीवीय र जीवाणु पखाला एवं अन्य अतिसारीय रोग सामिल छन् । धुने सँग सम्बन्धित रोग यी रोग राम्रो सति व्यक्तिगत स्वच्छतामा ध्यान नदिदा र दुषित पानीले छाला आँखा धुनुका कारण उत्पन्न हुन्छन । यीनमा लुतो, टेकोमा, उपिया जुम्रा र किर्ना जनित रोग सामिल छन् ।

जल आधारित रोग यी पानीमा रहने मध्यवर्ती जीवहरुमा पाइने परजीविका कारण हुन्छन् । यीनमा ड्राकुन कुलियासीस, शिस्टोसोमीयासीस तथा अन्य रोगाणु सामिल छन् । जलसँग सम्बन्धीत रोग यी रोग पानीमा प्रजनन गर्ने सम्वाहकबाट फैलिन्छ । यीनमा डेंगु फायीलेरिया, मलेरीया आनको सेरासियासीस ट्रिपाने, सेमीइसीस र पीत ज्वरो, चलो फिभर सामिल छन् ।

सुरक्षित पेय जल तथा मानव मलमुत्रको समुचित व्यवस्थापनको तुलनामा कुनै प्रकारको हस्तक्षेपको राष्ट्रियमा विकास र सार्वजनिक स्वास्थ्यमा अधिक समग्र प्रभाव परेको छैन । परिष्कृत जल तथा स्वच्छता सेवाहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव जलसँग सम्बन्धित रोगहरुको मामलाहरुमा देख्न सकिन्छ । जसको जन्म संदुषित जल र भोजनमा सामिल किटाणुहरु अथवा जलसँग सम्बन्धित अन्य रोगहरु सँग हुन्छ । राम्रो र शुद्ध परिष्कृत जल र स्वच्छताबाट यी मध्ये धेरै जसो रोगहरुबाट हुने मृत्यु दरलाई २० प्रतिशत देखि ८० प्रतिशत सम्म कम गर्न गराउन सकिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata