नयाँ शक्ति पार्टीः डा.बाबुरामको राजनीतिक जुवा

विचार विश्लेषण

शुक्रबार, माघ १४, २०७३

loading...


- डा.गोविन्द बहादुर थापा


अहिले नयाँ शक्तिमा अग्रपंक्तिमा देखिएका मानिसहरु उच्च सरकारी ओहोदामा बसेर सवै किसिमको सुबिधा भोगेका, एयर कण्डिशन विना रहन नसक्ने, जनतासंग कुनै सम्बन्ध नभएका र जनताले पनि शासकको रुपमा हेरेका, थाकेका, जीवनमा धेरै कुरा हासिल गरिसकेका र अव केही पाउन थप दुख गर्न नसक्ने खाल्का र एमाले र काँग्रेसमा अटाउन नसकेका उमेर पाकेका मानिसहरु छन् । यस्ता मानिसहरु लिएर डा. भट्टरार्ईले आफ्नो पार्टीको नाम नयाँ शक्ति राख्नु पनि सुहाउने कुरा होईन ।

डा.बाबुराम भट्टराई एकाएक माओवादी पार्टी छोडेर नयाँ शक्ति नामको छुट्ट पार्टी खोल्ने अभियानमा लागे । उनि माओवादी पार्टीका बरिष्ट उपाध्यक्ष थिए, त्यही पार्टीले नै उनलाई अर्थमन्त्री र प्रधानमन्त्री समेत बनायो । त्यही पार्टीको तर्फवाट उनि संबिधान बिबाद समाधान समितिको संयोजक पनि बनाईए । तर संविधान जारी भईसकेपछि एकाएक पार्टी त्यागको घोषणा गरी उनि त्यो पार्टीवाट बाहिरिए । उनको यो कदमलाई धेरैले अप्रत्याशित माने । पार्टी त्यागपछि मधेशवादी दलहरु र थारु समुदायको समर्थन लिन उनी जनकपुर र टीकापुर जान खोजे तर ती समुदायले उनलाई सहजतापूर्वक स्वीकार गरेनन् । उनिहरुले भने कि उनिहरुको मागको उपेक्षा गरेर संविधान वनाउने काममा महत्वपूर्ण भूमिका खेल्ने अनि तिनै समुदायसंग साखुल्ले वन्न आउने कुरा स्वीकार्य हुन सक्दैन । त्यो स्वभाविक पनि थियो ।

माओवादी पार्टीवाट देशको राजनीतिक व्यक्तित्व र छवि निर्माण गरेपछि र सरकार संचालन गर्ने केही अनुभव पनि संगालेपछि त्यो पार्टी छोडेर छुट्टै पार्टी निर्माणमा लाग्ने डा. भट्टराईको कदम्ले देशको राजनीतिलाई केही समय केही तरंगित अवश्य पार्यो । तर त्यसरी पार्टीवाट अलग हुँदा माओवादी पार्टी विभाजित गरी गएको आरोप नलागोस् भन्ने कुरामा उनि सचेत देखिए ।

तर बाबुरामले यसो गर्नुको कारण, उद्देश्य र पे्ररणाको श्रोत को र के हो भन्ने सम्बन्धमा बजारमा नानाथरीका अड्कलवाजी भए र अहिले पनि भईरहेका छन् । के बाबुराम नयाँ पार्टीको माध्यमवाट आफ्नो उद्देश्य हासिल गर्न सफल होलान् भन्ने सम्बन्धमा पनि उत्तिकै आशंका गरिएको छ । अनि हिजोसम्म सशस्त्र द्धन्दको माध्यमवाट सत्ता कव्जा गर्न हिँडेको पार्टीका वरिष्ट नेतामा राजनीतिक सिद्धान्त र वादको पूर्ण स्खलन भएछ भन्ने सम्बन्धमा पनि चर्चा परिचर्चा भईरहेका छन् ।

यी विविध प्रश्नमा निम्न बमोजिमका विचारहरु आएका छन्ः
(१) डा.भट्टराई अति नै महत्वाकांक्षी व्यक्ति भएको र मातृपार्टीमा रहँदा पार्टी अध्यक्ष हुने सम्भावना नदेखेकाले उनले त्यो पार्टीवाट अलग भई आफ्नो छुट्टैै पार्टी गठन गर्ने निर्णयमा पुगेका हुन् ।

(२) मधेशवादी दल, थारु र आदिवासी जनजातीहरु यो संविधानवाट असन्तुष्ट भएकाले तिनको मुद्धा उठाई तिनको समर्थनवाट राष्ट्रिय नेता वन्ने उद्देश्यले उनले माओवादी पार्टी त्यागेर आफ्नो छुट्टै पार्टी गठन गरेका हुन् ।

(३) नेपालमा भारतको विश्वाशिलो पार्टी निर्माण गर्न डा. भट्टराई उपयुक्त पात्र भएकाले उनलाई अघि सारिएको हो । भारतकै आड भरोसामा डा.भट्टराईले यस्तो निर्णय गरेका हुन् ।

(४) उनले नेपालका ठुला पार्टीहरुको कार्यशैली, संस्कृति र विगतको अनुभव हेर्दा यी पार्टीवाट तीव्र रुपमा देशको विकास हुने सम्भावना नदेखेकाले त्यसको लागि आफै अघि सर्नु पर्ने निष्कर्षमा उनि पुगेका हुन् ।

(५) द्धन्दकालमा भएका हत्या हिंसाको दोष र सम्भाव्य कारवाहीबाट बच्न बाबुराम त्यो पार्टीबाट अलग भएका हुन् ।

(६) काठमाण्डौका सडक फराकिलो पार्ने त्यतिखेरसम्म विगतका कुनै पनि सरकारले गर्न नसकेको कामको नेतृत्व गरी अनुभव र आत्मविश्वास आर्जन गरेको र नेपालको अवको प्रमुख कार्यभार दु्रुत गतिमा आर्थिक विकास गर्ने भएकोले आफु त्यसको लागि उपयुक्त व्यक्ती भएको तर माओवादी पार्टीमै रहँदा आफुले त्यो जिम्मेवारी पाउने सम्भावना नदेखेकोले उनले छुट्टै पार्टी गठन गरेका हुन् ।

डा. भट्टराईले यसरी आफ्नो मातृ पार्टी त्याग गरी अलग्गै पार्टी गठन गर्नुको पछाडि माथि उल्लेखित कारण मध्ये कुन चाँहि खास कारण हो भन्ने कुरा उनि बाहेक अरुले जान्ने कुरा भएन । तर के उनि आफ्नो अभीष्टमा सफल हुन सक्लान् ? के उनमा राजनीतीक सिद्धान्तगत आस्था पखालिएकै हो त ? भन्ने सवाल भने सवैको चासो र उत्सुकताको विषय हो ।

जहाँसम्म नयाँ शक्ति पार्टी देशका प्रमुख पार्टी मध्ये एक हुन सक्ने सम्भावनाको कुरा छ यसमा सचेत नागरिकहरुमा गम्भिर आशंका छ । देशको प्रमुख पार्टी वन्न देशव्यापी रुपमा पार्टीलाई पुर्याउन सक्नु पर्दछ । हिमाल, पहाड र तराईमा पार्टीलाई पुर्याउन सक्नु पर्दछ । किसान, मजदुर, महिला, युवा, विद्यार्थीहरुमा पार्टीलाई पुर्याउनु पर्दछ । सवै जातजाती, समुदाय र धर्ममा पार्टीलाई पुर्याउनु पर्दछ । र, यी कुनै पनि क्षेत्र खाली छैनन् ।

राष्ट्रिय पार्टी रहरले वा लहडमा बनाउन सकिने कुरा होईन । त्यसको लागि धेरैको धेरै बर्षको धेरै त्याग, तपस्या र बलिदानको आवश्यकता पर्दछ, जुन नयाँ शक्तिमा लागेका मानिसहरुवाट उमेर र अरु कुराको दृष्टिले पनि सम्भव देखिदैन ।

त्यहाँ एमाले, काँग्रेस र अलिअलि माओवादी केन्द्र पहिलेदेखि नै जरा गाडेर वसेका छन् । यी पार्टीका त्यँहा स्थानीय कमिटि छन् र तिनले वडा अधिवेशनसमेत गर्ने गरेका छन् । देशमा कि त राजनीतिमा रुचि नभई स्वतन्त्र रहेका मानिसहरु र व्यवसायीहरु छन्, कि राजनीति गर्न निषेध गरिएकाहरु छन् र कि कुनै पार्टीवाट असन्तुष्ट भई पलायन भएका मानिस छन् । त्यसैले नयाँ पार्टीले त्यस्ता मानिसहरुलाई आकर्षित गर्न सक्नु पर्दछ र त्यसमा पनि एमाले, काँग्रेस र केही मात्रामा माओवादीसंग त्यसको लागि प्रतिश्पर्धा गर्नु पर्दछ । साथै अरु साना पार्टी पनि छन् र तिनीहरुको पनि केही खास पकेट क्षेत्रमा बलियो पकड छ ।

राष्ट्रिय पार्टी रहरले वा लहडमा बनाउन सकिने कुरा होईन । त्यसको लागि धेरैको धेरै बर्षको धेरै त्याग, तपस्या र बलिदानको आवश्यकता पर्दछ, जुन नयाँ शक्तिमा लागेका मानिसहरुवाट उमेर र अरु कुराको दृष्टिले पनि सम्भव देखिदैन ।

साथै देशको प्रमुख राजनीतिक पार्टी बन्न दुई, चार जनाको दुई चार बर्षको मेहनतबाट सम्भव हुने कुरा होईन । एमाले र काँग्रेस दुई, तीन पुस्ताको संघर्ष, बलिदान र त्यागवाट बनेका पार्टी हुन् । हजारौ हजार नेता, कार्यकर्ता र समर्थकहरुले जीवन न्यौछावर गरेर वनाईएका पार्टी हुन् । एक सय  चार बर्षको जहाँनिया राणा शासन र ३० बर्षको निरंकुश पंचायत बिरुद्ध लडेर तिनलाई परास्त गरी जनताको मनमा स्थापित भएका पार्टी हुन् । आ-आफ्नो राजनीतिक सिद्धान्त र नीतिमा जनतालाई चित्त बुझाएर र जनतालाई दुख कष्ट पर्दा साथ दिई तिनको विश्वास जितेर बनेका पार्टी हुन् । राष्ट्रिय पार्टी रहरले वा लहडमा बनाउन सकिने कुरा होईन ।

त्यसको लागि धेरैको धेरै बर्षको धेरै त्याग, तपस्या र बलिदानको आवश्यकता पर्दछ, जुन नयाँ शक्तिमा लागेका मानिसहरुवाट उमेर र अरु कुराको दृष्टिले पनि सम्भव देखिदैन । स्वतन्त्र मानिसहरु, व्यवसायीहरु, युवा, बिद्यार्थीहरु, किसान मजदुरहरु, अरु पार्टीका कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा त्यत्तिकै के देखेर हाम्फाल्ने ? ती सवैले डा. भट्टरार्ईले जस्तै हारिने लगभग निश्चित भएको राजनीतिक जुवा खेल्नेछन् भनी सोच्नु गलत हुन्छ ।

अहिले नयाँ शक्तिमा अग्रपंक्तिमा देखिएका मानिसहरु उच्च सरकारी ओहोदामा बसेर सवै किसिमको सुबिधा भोगेका, एयर कण्डिशन विना रहन नसक्ने, जनतासंग कुनै सम्बन्ध नभएका र जनताले पनि शासकको रुपमा हेरेका, थाकेका, जीवनमा धेरै कुरा हासिल गरिसकेका र अव केही पाउन थप दुख गर्न नसक्ने खाल्का र एमाले र काँग्रेसमा अटाउन नसकेका उमेर पाकेका मानिसहरु छन् । यस्ता मानिसहरु लिएर डा. भट्टरार्ईले आफ्नो पार्टीको नाम नयाँ शक्ति राख्नु पनि सुहाउने कुरा होईन । त्यसैले बाबुरामको पार्टीको नाम र त्यसमा आवद्ध मानिसहरु बीच मिसम्याच भएको छ । स्वयम् डा. भट्टरार्ई कपाल तिल- चामल भई सकेका व्यक्ति हुन् । त्यसैले उनले पनि अव कति नै मेहनत र दौडधुप गर्न सक्लान् र ?

डा. भट्टराईलाई लागेको होला कि उनि नेपाली राजनीतिमा अत्यन्त लोकप्रिय छन् । त्यसैले उनि उपस्थित हुनासाथ उनका कुरा सुन्न जनताको ओहिरो लाग्नेछ र तिनले उनको पार्टीको पक्षमा मतदान गर्नेछन् । उनको सोचाई होला कि अवको नेपाली राजनीतिमा राजनीतिक वाद वा सिद्धान्तको स्थान छैन । जनता विकास र समृद्धि चाहिरहेका छन् । त्यसैले विकास र समृद्धिको चर्चा गर्दा जनता आकर्षित हुनेछन् । तर वास्तविकता यस्तो छैन । न उनि नेपाली राजनीतिमा उनले सोचेको जस्तो लोकप्रिय छन् न त अवको नेपाली राजनीति सिद्धान्त विहीन हुनेछ ।

यो यथार्थ हो कि उनको शैक्षिक पृष्ठभूमि अव्वल दर्जाको छ, उनी अध्ययनशील र चिन्तनशील पनि छन् । यसमा कसैको विमति छैन होला । तर राजनीतिमा र त्यसमा पनि नेपालको समसामयिक राजनीतिमा शैक्षिक प्रमाणपत्र मात्र लोकप्रियताको मापदण्ड हुदैन । यसका लागि अरु अझ महत्वपुर्ण मापदण्ड छन्, जस्मा उनि नेपालका अरु नेताभन्दा निकै कमजोर छन् ।

उनको भारतसंगको सम्बन्ध अत्यन्त रहस्यमय र गहिरो भएको विश्वास गरिन्छ । उनमा गम्भिर किसिमको भारतीय पक्षधरता रहेको पाईन्छ । भारतले पनि नेपालमा उनलाई आफ्नो सवैभन्दा नजिकको वफादार विश्वास पात्र ठान्दछ भन्ने विश्वास जनतामा रहेको पाईन्छ । पार्टी अध्यक्ष मौजुद हुँदाहुदै पार्टीका दोश्रो नेता रहेका डा. भट्टराई प्रधानमन्त्री बन्नु भारतकै पहल र जब्बरर्जस्त हस्तक्षेपवाट सम्भव भएको बिश्वास गरिन्छ ।

स्वतन्त्र मानिसहरु, व्यवसायीहरु, युवा, बिद्यार्थीहरु, किसान मजदुरहरु, अरु पार्टीका कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा त्यत्तिकै के देखेर हाम्फाल्ने ? ती सवैले डा. भट्टरार्ईले जस्तै हारिने लगभग निश्चित भएको राजनीतिक जुवा खेल्नेछन् भनी सोच्नु गलत हुन्छ ।

प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जाँदा नेपालमा कसैसंग र उनकै भ्रमण टोलीमा संगै गएका आफ्नै पार्टीका उपाध्यक्ष तथा परराष्ट्र मन्त्रीलाई समेत सुईकोसम्म नदिई भारतसंग विप्पा सम्झौता गरेवाट पनि उनको गहिरो भारतीय पक्षधरता प्रष्ट हुन्छ । यो उनको राजनीतिक जीवनको सवैभन्दा ठुलो खोट हो । नेपाली जनताले उनको अनुहार पछाडि भारत देख्दछन् । उनको राजनीतिक जीवनमा उनले यसको मुल्य चुकाउन सक्ने छैनन् ।

उनको दोश्रो कमजोरी हुन् उनकै पत्नी हिसिला । नयाँ शक्ति पार्टीमा पनि हिसिलाको स्थान माथिल्लै तहको हुने हुनाले उनि नयाँ शक्ति पार्टीमा पनि उनको गतिविधि विगतको जस्तै हुनेछ भन्ने मानिसहरुको बुझाई छ । यो कारणवाट पनि यो पार्टीले मानिसहरुको आकर्षण आर्जन गर्न सक्ने स्थिति छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्तिपछि र त्यसलाई संविधानवाट संस्थागत गरिसकेपछिका उनका गतिविधिहरु आँकलन गर्दा त अव उनि कम्युनिष्ट पनि नरहेको निष्कर्ष निकाल्नु पर्ने हुन्छ । तव के माक्र्सवाद, लेनिनवाद र माओवाद भन्ने कुरा अपेक्षित राजनीतिक परिवर्तन हासिल गरिसकेपछि असान्दर्भिक हुन्छन् ?

प्रश्न पार्टी चलाउने खर्चको पनि छ । कम्तीमा देशका प्रमुख जिल्ला र सहरमा पार्टी कार्यालय हुनै पर्यो । कार्यालय संचालन गर्न घर वा कोठाहरुको भाडा तिर्नु पर्यो, फर्निचर, विजुली, पानी, टेलिफोन, पत्र पत्रिका, मसलन्द आदि खर्च र कम्तीमा दुई तीन जना कर्मचारी हुनु अनिवार्य भयो ।

यो सवै खर्च एक दुई ठाउँ र एक दुई महिनाको लागि मात्र होईन धेरै ठाउँमा सधैंका लागि चाहियो । यसलाई विस्तार गर्दै पनि लैजानु पर्यो । पूर्व उच्च पदस्थ सरकारी कर्मचारीहरुले एक दुई पटक केही सहयोग गर्लान्, सधैभरी पक्कै गर्ने छैनन् । पार्टीको भविष्य अनिश्चित भएकाले उद्यमी, व्यापारीहरुले पनि उनलाई धेरै चन्दा नदेलान् । हुन त बाबुरामलाई पार्टी चलाउने पैसाको के अभाव होला र ? भन्ने मानिसहरुको संख्या पनि ठुलै छ । तर त्यो पनि जोखिम रहित छैन ।

डा. भट्टरार्ई सत्ता प्राप्ति बन्दुकको नालबाट हुन्छ भन्ने सिद्धान्तवाट दिक्षित नेता हुन् भन्ने कुरा भनिरहन पर्दैन । तर शान्ति प्रकृयामा आएर दुईरदुईवटा संसदीय प्रकृतिका निर्बाचन लडेर यही व्यवस्था अन्तर्गत प्रधान मन्त्रीसम्म भएपछि उनको क्रान्तिकारिता समाप्त भई सकेको मान्नु पर्दछ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्तिपछि र त्यसलाई संविधानवाट संस्थागत गरिसकेपछिका उनका गतिविधिहरु आँकलन गर्दा त अव उनि कम्युनिष्ट पनि नरहेको निष्कर्ष निकाल्नु पर्ने हुन्छ । तव के माक्र्सवाद, लेनिनवाद र माओवाद भन्ने कुरा अपेक्षित राजनीतिक परिवर्तन हासिल गरिसकेपछि असान्दर्भिक हुन्छन् ?

त्यसो हो भने चीन किन कम्युनिष्ट राज्यकै रुपमा रहेको छ त ? तव के माक्र्सको साम्यवादको परिकल्पना हावामहल नै हो त ? आर्थिक प्रणालीको दृष्टिले पुँजिवाद नै अन्तिम सत्य हो त ? डा. भट्टराईका वैचारिक तथा व्यवहारगत गतिविधिवाट यिनै प्रश्न खडा हुन्छन्, जुन सचेत नागरिकहरुको निमित्त स्वीकार्य हुन सक्दैनन् । यस किसिमको वैचारिक स्खलनको कारणले पनि नयाँ शक्ति पार्टी आकर्षणको विषय हुन सक्दैन । त्यसैले उनको राजनीतिक यात्रा निर्मम असफलतातर्फ उन्मुख छ भन्न हिच्किचाउनु पर्दैन ।

1213 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv