के हामीसँग सम्वृद्दिको खाका छ त ?

सोमवार, असार ११, २०७५



- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र

निकै लामो समय सम्मको स्थानिय तहको राजनीतिक नेतृत्वको खालीपन (ग्याप) पूरा गर्दै पुनः निर्वाचन प्रकृयाबाट स्थानिय तहको निर्वाचन भएको पनि लगभग एक वर्ष पूरा भइसक्यो । त्यस्तै त्यो भन्दा भाथिका राजनीतिक संरचनाहरूको राजनीतिक नेतृत्व गर्ने निकाय प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न भएको पनि आठ महिना नाघि सक्यो । बहुमत या बलियो सरकारको स्वरूप र काम देख्ने नेपालीको कल्पनीय सपना संविधानले व्यवस्था गरेका विविध कानुनी प्रावधानमा टेकेर बहुमत हैन दुई तिहाईको नयाँ राष्ट्रिय र नयाँ संरचनाको संघीय सरकार बनेको पनि सय दिन नाघि सक्यो ।

यसरी बनेका सबै तहमा नीति, कार्यक्रम, वजेट विनीयोजन सहितको वजेट अधिवेशन अथवा बजेट भाषण भनौ या वार्षिक बजेट पनि तयार गरेर पास पनि गरिसकेको अवस्था देखिन्छ । यी र यस्ता आन्तरिक तर मुलुकको विकास र सम्वृद्दीलाई सम्बोधन गर्ने काम गर्दा राष्ट्रिय रूपमा तय गरिएको सम्वृद्द नेपाल र सुखि नेपाली बनाउने मुल कार्यक्रमलाई हामीले कति छुन र छाम्न सक्यो ? नारालाई कसरी कार्यक्रमिक स्वरूपमा ढाल्न या बनाउने भनेर पढ्न,बुझ्न र उद्देश्य बनाएर कार्यक्रम दिन सक्यौं ? एक पटक गमेर सोच्नु पर्ला कि जस्तो लाग्न थालेको छ ।

यस्ता नाराहरू बनी रहदा मुलुकको दिगो विकाससँग जोडेर सोच्नु पर्ने अधिक नागरिकको आवश्यकताका आधारभुत तहका विषयहरूलाई पहिचान गरेर ल्याएका कार्यक्रमहरू हेर्दा र बुझ्दा ठुला हुन सक्छन तर परिणाम मुखि छन कि छैनन् भनेर लेखाजोखा गर्न जरूरी हुन्छ होला । त्यस्तै अहिले नै तिनले प्रभाव पार्ने पनि हुनसक्दछन । त्यो र त्यस्ता कुरा राष्ट्रिय बजेटमा ठूलो कुरा होमा, ठूलो कुरा त्यो हो जस्ले मुलुकको सम्वृद्दीको लागि हेर्दा साना, अल्प समयमा राहात दिने दिर्घकालमा प्रभाव देखाउने तर मुलुकको सम्वृद्दिसँग जोडिएर आएको हुनुपर्छ भनेर बजेट बनाउने कुरा चाहिँ महत्त्वपूर्ण होला ।

मेरो विचारमा अहिले सरकारले ल्याएको सम्वृद्द नेपाल र सुखि नेपालीको नारा भित्रका विकासका कार्यक्रम, विकास र निर्माणका काम, बाटो,पुल र भौतिक संरचना निर्माण गर्ने कामलाई मात्रै विकास ठानेयौं भने फेरि पनि हामीले देशको विकासलाई अधुरै छोड्ने छौ कि जस्तो लाग्छ ।

राजनीतिक बदलावका लागि हिजो गरिएको १०४ वर्षे राणा शासनको विरोध र परिवर्तनको आन्दोलनले सोचेको सपना, पञ्चायतले बुनेको गाउँ फर्क र भुमिसुधारको तानाबाना,वि. स. २०४६ साल पछिको अनेकौ विकासका विषेश योजना र व्यवस्था गरेका नीति नियम र निर्देशनहरू पढ्ने हो भने हामी विकासमा मात्रै होइन सम्वृदिमा पनि विश्वको अघिल्लो सुचिमा नै दर्ज हुन सक्छौं ।

तर ती र त्यस्ता कुराले हामी र हाम्रा आनी, व्यवहारमा कति बदलाव ल्यायो त ? राजनीति परिवर्तन र त्यो परिवर्तनले हाम्रा सामाजिक आर्थिक र सास्कृतिक पक्षहरूलाई सुधार गर्न साथै नयाँ ढाँचामा विकास गर्न कति प्रयत्न गरियो भन्ने चाहिँ अहिलेको अवस्थामा महत्वपूर्ण कुरा हो जस्तो लाग्छ ।
यसरी कुरा गर्दा हामीले सोचेको सम्वृदी के हो त ? त्यस अनुसारको खाका, योजना हामीले बनाउन सकेका छौ कि छैनौं भन्ने प्रसङ्ग चाहिँ निकै मनन् गर्ने विषय हो कि ? जस्तो लाग्छ तर हाम्रो ध्यान र मन त्यता लगाउन सकेका छौ त ? एक पटक समीक्षा पनि गरौ कि !

अहिले सम्मको अध्ययनलाई विश्लेषण गर्दा सम्वृद्दी भनेको सबै वर्ग र तहका मानविय आवश्यकताहरूको पनि सम्पुर्ण पक्षको सम्पन्नतालाई हामीले सम्वृदि भनेर बुझ्न जरूरी छ जस्तो लाग्छ । यसरी जोडिएका मानविय आवश्यकताहरूलाई पनि हाम्रो दैनिकीसगँ जोड्ने हो भने यसका अन्य पक्षको पनि चर्चा गर्न आवश्यक देखिन्छ । जस्तै सामाजिक पक्ष भित्र पर्ने जात,जाती,भाषा,सस्कृति,रिति रिवाज सहितको व्यक्तिको पहिचान , पहुँच र शक्तिको आर्जनले उ र उसको आनी,वानी र व्यवहारमा देखिएको वा दैनिकीमा ल्याएको बदलावलाई नै सम्वृद्दीको पहिलो सुचकका रूपमा लिन सकिन्छ होला ।

यी सब कुराको परिणाम देखिन पहुँच बाहिर रहेको वर्गको सम्पुर्णताको विकास , उत्पादन र नीति निर्माणमा हुने सहभागिता,सकृयता र अवसरमा वृद्दि हुने पहुँच निर्मार्णको कुरासगँ , उसको घर,परिवार र समाजमा उसले र अरूले गर्ने या देखाउने देनिकीसगँ जोडिएर आएका या देखीएका व्यवहारगत कुराहरूबाट मापन गर्न सकिने या देखिने विषय हुन भनेर हेर्न र बुझ्न सक्नु पर्छ र मात्रै सम्वृदी प्राप्त गर्न सकिन्छ नत्र हामी गन्तव्य हिन यात्री हुन सक्ने खतरा पनि त्यतिकै रहन्छ कि ? त्यसैले बेलैमा यी र यस्ता कामहरूको अल्पकालीन र दिर्घकालिन उदेश्य सहितका कार्यक्रमहरू बनाउन र सोही अनुसारको कार्यनयन गर्न वैकल्पिक कार्यनयन संरचनाको अवधारण पनि त्यतिकै जरूरी छ जस्तो लाग्छ ।

त्यस्तै अर्को पक्ष आर्थिक स्वाभलम्वनको छ । आर्थिक स्वाभलम्वन भित्र पर्ने आर्थिक विकासको अवधारण भन्दा टाढा र फराकिलो छ आर्थिक सम्वृद्दीको विषय । आर्थिक सम्वृद्दीको पुर्वाधारका रूपमा रहेका राष्ट्रिय पुँजी, पुँजीको नियमितता, पुँजीको स्थायित्व, पुँजीको नयाँ मार्गचित्र ,सुशासन , मानिवय आवश्यकताहरूको पहिचान, सबै क्षेत्रमा उत्पादन र वितरण प्रणाली , बनेका प्रणालीको स्थायित्व, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारको व्यवस्था, मानव श्रोत र संसाधनको समुचित व्यवस्थापन , भएको मानव श्रोतको पहुँच र क्षमताको अभिवृद्धि , वितिय प्रणाली र विविध क्षेत्रमा अनायस रूपमा देखिने विश्वाव्यापी करणको प्रभावले मुद्रा लगायतमा ल्याएको फैलावट र संकुचनबाट पर्ने अल्पकालीन र दिर्घकालिन प्रभावले ल्याउने चुनौति र फाइदा आदीको विषय पनि सोचनिय विषयमा होला ।

सास्कृतिक रूपमा रहेका हाम्रा चालचलन, रितिरिवाजहरू कुनै बेला समाजको विकासका लागि आवश्यक संस्कार थिए होला तर अहिले ती र त्यस्ता परम्पराहरू अनावश्यक या बोझिला भएका छन । त्यस्तै कतिपय चालचलनमा वैज्ञानिक तथ्य या आधारहरू भेटिदैनन् । कतिपय प्रचलनले मानिस मानिसमा विभेद गरेको छ । मानविय परिचय र अस्तित्वलाई लोप गराएको छ ।

हेलाहोचो र अर्गेलो गर्न गराउन उद्दत देखिन्ने प्रकारका प्रचलनहरू छन । कार्यस्थलमा कार्य गर्न गराउन या सेवाग्राहि प्रति बेफाइदा हुने देखिन्छन या व्यक्तिको चौतर्फी विकासका बाधक छन भने ती र त्यस्ता परम्परागत कुराहरू रूपान्तरित हुन या गर्न जरूरी हुन्छन । यी र यस्ता विषयमा पनि राज्यले विषेश अभियान मार्फत परिवर्तन गर्न थाल्नु पर्दछ । त्यसैले यी र यस्ता विषयहरूलाई पनि सम्वृदीका कार्यक्रम बनाउनु पर्दछ ।

अहिले हामी दलिय व्यवस्थामा छौ । दलयी व्यवस्थामा दलहरूको भुमिका निकै महत्त्वपूर्ण हुने गर्छ । दलको सरकार बनेको बेलामा त झनै संसदीय जिम्मेवारीले दल र दलीय संरचनालाई थप ओजिलो र बोझिलो बनाएको हुन्छ । यस्तो बेलामा यी र यस्ता विषय खोजी खोजी चर्चा गर्न , सचेतना जगाउदै राजनीतिक कार्यक्रम र विषय बनाउदै सरकार सञ्चालन गर्ने जिम्मेवारी पाएकाहरूलाई पृष्टपोषण दिन सकिएन भने सुशाशन कायम गर्न सकिन्न । अहिले दुई तिहाईको सरकार त बनेको छ तर राजनीतिक सक्रमणको प्रभावबाट माथी उठ्न सकेका छैन ।

आम नागरिकको दैनिकी निकै अव्यवस्थित छन । समयको महत्त्व बुझेर पनि बुझ पचाउने प्रवृत्ति भाथि देखि तलसम्म प्रसस्तै देखिन्छन । हामी हाम्रो विज्ञतालाई विज्ञका रूपमा हैन आमदानीको अवसरका रूपमा विकाउन पनि पछि पर्दैनौ ।

त्यस्तै विद्दताको दलीयकरण गरिदिन पनि निकै माहिर छौ । हामी मानिसको क्षमताको कदर होइन नमस्कार ,चाकडी र भलाकुसारीमा रमाउदा आनन्दित हुन खोज्छौ । हामीले प्राप्त गर्ने पद, पैसा र प्रतिष्ठालाई शक्ति परिचालनको केन्द्र र सम्बन्ध बनाउन निकै माहिर पनि छौ । इमान्दारीताको मन्त्र जपेर कठपुतलीहरूलाई सजिलै पदमा पुर्याउछौ । त्यसबाट काम र नँया आयाम होइन आपनो अरनखटनमा जुटाउछौ र आफ्नो स्वार्थ पूरा गर्छौ ।

उसले प्राप्त गरेको पदबाट सर्वसाधारणले के पाए या पाएनन् , पाउनु पर्थ्यो या पर्दैनथियो । भन्ने कुराबाटै व्यक्ति प्रति शंकास्पद वातावरण बन्ने अवस्था आउँछ । काम गर्नेको आत्मसम्मानमा चोट पुग्छ । काम या जिम्मेवारीमा विभेद देखिए पछि व्यक्तिमा घात र अन्तर घातको कारण अन्तर विरोध जन्मन्छ । अन्तरविरोधको बढोत्तरीले कामलाई बाधा पुर्याउछ । यस्ता विधि व्यवहार प्रतान्त्रीकीकरणका विरूद्द छन तर हामीले पहिचान गर्न ढिला गर्दा या नसक्दा सस्थागत हानी या अहित गर्छ भन्ने कुरा बेलैमा राजनीतिक नेतृत्वले बुझ्न जरूरी हुन्छ ।

त्यस्तै प्रकृतिका यी र यस्ता समस्याहरू आफ्नै नेतृत्वको असक्षमताका कारण जन्मेको हो या काम र कार्यशैलीको कारण जन्मेको हो अथवा सहकर्मी र समान पेसाका पेसाकर्मिको कारण सृजना भएको हो भन्ने कुरा पनि पहिचान गर्न सक्नु पर्छ । नत्र सस्था सस्था विचको संगठन,सांगठनिक संरचनाका कारण या जीवन शैलीमा कार्यक्रमिक अन्तरविरोधहरू जन्मेर योजनाहरूको कार्यनयन, समायोजन र संयोजन नभएको कारण काम हुन नसक्ने हो पत्ता लगाउन कठिन हुन सक्छन ।

यस्ता हेर्दा सामान्य लाग्ने तर जनताको दैनिकीमा मानसिक तनाव सृजना हुने र गर्ने , व्यक्तिगत तथा सस्थागत काममा बाधा पुग्ने खालका समस्याहरू जस्तै खानेपानीको वितरण प्रणालीमा देखिएको असमानता , असन्तुलन र गुणस्तरीयताको ह्रासले नागरिकको दैनिकीमा ल्याउन समस्या, बालबालिका र जेष्ठ नागरिकलाई नभइ नहुने खाने पानी , दूध, खाध्यनमा देखिएको अखाद्य मिसाबट र विषादीको प्रयोग , यातायातमा देखिएको अभद्र व्यवहार, गाली गलौज, अस्पतालमा पैसातिरेर जादा पनि उपचारकालागि देखिएको सम्वेदनहीनता , वर्षों विद्यालयर विश्वविद्यालय पठाएर अन्तिमा नानीहरूको नतिजामा असफलता, कार्यलयी काममा ढिला सुस्ती र अराजकता, कर या अन्य राजस्व बुझाउन जादाको कार्यलयिय व्यवधान , कामकाजको फाईल सदर बदर या खारेजीका काममा जोडिएको टेवुल मुनिबाट लिइनै खुस, राज्यको बजेटबाट सञ्चालन हुने विकास निर्माण र खरिदबिक्रीमा काममा अन्तर कुन्तर सहितको सोझो र बाङ्गो कमिसनका कारण काम र सेवामा हुने र गरिने गुणस्तरहीनता जस्ता र आदि इत्यादी विषयहरूमा गम्भीरता पुर्वक जति सक्दो छिटो सम्बोधन गर्न होस पुगोस् नत्र हाम्रो सम्वृद्दिको सपना सपना मात्रै हुने खतरा त्यतिकै चुनौतीपूर्ण अवस्थामा देखिन्छ ।

यी र यस्ता लगायत माथी उठाइएका विषयहरू जस्तै अरू थुप्रै विषयहरूका बारेमा सत्ताधारी दल साथै प्रतिपक्षिय दलहरूले नयाँ नेपाल र नेपाली जन जीवनको सुख र सम्वृद्दिसगँ जोडेर सोच्न र राजनीतिक विषय बनाएर आफ्ना तल्ला निकाय सम्म छलफल गर्न पनि त्यतिकै जरूरी देखिन्छ ।यस्ता विषयहरूमा स्वतन्त्र सोच विचार , छलफल अन्तर्क्रिया, गोष्ठी आदी गर्ने,विषय विज्ञहरूको रोष्टर बनाउन र सहयोगी कक्ष सहितका कार्यक्रम बनाउन अब ढिला हुनलाग्यो कि भनेर बाटो देखाइदिने कुरा अहिलेको अति आवश्यक कुरा हो कि !  यतापटि राजनीतिक नेतृत्वले सोच्ने बेला वित्न लाग्यो कि ? अब यस्ता कुरामा हामी सबैको ध्यान जान जरूरी देखिन्छ । नत्र हामीले सोचेको सम्वृद्द नेपाल र सुखी नेपाली को कल्पना अघिल्ला कालखण्डमा देखेका सपना मात्रै बन्ने या हुने हो ?  सरोकारीत सबैमा ध्यानाकर्षण होस जस्तो लागेको छ ।

343 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank