भारतीय ‘भरिया’ मधेशी मोर्चा र नेपालको भविष्य

फरकमत

मङ्लबार, चैत्र १, २०७३



- दीपेन्द्र पाण्डे

 

भारतीय सत्ताका चाहाना अन्तरिम संबिधान मार्फत बोक्न तयार मधेशी मोर्चा मार्फत भित्र्याइएको फाँसिवादको कारण तराई मधेशका जनताको भबिष्य ‘ताई को माछा भुङ्ग्रोमा’ भने जस्तै बन्दैछ ।


 

एमालेले आफ्ना लागि बिशेष महत्व राख्ने दिन फाल्गुन २१ लाई रोज्दै झापाबाट सुरु गरेकोको मेची महाकाली अभियान सप्तरीको सदरमुकाम राजबिराज आइपुग्ना साथ फाँसीबादी मधेशी मोर्चाको अबरोधको कारण तीन दिन स्थगीत हुन पुग्यो । पूर्वघोषित कार्यक्रम लिएर अभियानमा उत्रिएको (ओली )एमालेलाई रोक्ने लोकतान्त्रीक तागत मधेशी मोर्चा र वर्तमान गृहमन्त्री नीधिसंग छँदै थिएन । जसको फलस्वरुप ओली यात्रा रोक्न हिंसाको सहारा लिइनेछ भन्ने खुलेआम फरमान जारी हुँदै गरेको अवस्थामा एमाले यात्रा राजबिराज पुगेको सबैले जाने बुझेकै कुरो हो ।

तराई मधेशको राजनीतिलाई राम्रोसंग चिनेका, जानेका र बुझेका ओली तराई मधेशमा किन धाराशयी बनाइए ? क्रिकेटका खेलाडी नभए पनि राजनीतिको हरेक खाले पिचमा सतक ठोक्न माहिर ओली तराई मधेशको अनुभवी पिचमा किन हिट विकेट भए ? फाँसीवादको अभ्यासमा उत्रीएको मधेशी मोर्चाको बलिङले ओली हिट विकेट हुँदा एमाले र देशको राजनीति कसरी अघी बढला भन्ने गम्भिर चासो र उत्सुकता जताततै सुनिदैछ ।


पहिलो विश्व युद्धपछी खुलम खुला आफुलाई फासिस्ट र तानाशाह घोषणा गर्नेहरुको उदेश्य साम्यवादको बिरुद्धमा राष्ट्रवादको नारा दिंदै आफ्नो फासिष्ट विचारलाई जबर्जस्ती लाद्नु फाँसीवादको काम थियो । इटालीका फासिस्ट मुसोलीनी र जर्मन नाजी (जातीवादी) हिटलर मार्फत मच्चाइएको फाँसीवाद,मधेशी मोर्चा मार्फत नेपालको तराई मधेश सम्म आइपुगेको छ ।


 

फाँसीवादको पृष्ठभूमी
रुसको अक्टोबर क्रान्तीपछी साम्यबादी विचारलाई जनतामाझ जान रोक्ने उदेश्यले भरमार प्रयोग गरिएको फाँसीवादको जन्म युरोपबाट भएको हो । व्यक्ती वा समुहले आफ्नो शासनको निम्ती असहमत विचारहरुलाई प्रबेश गर्न वा प्रचार गर्न रोक्दै तानाशाही लादनुलाई फाँसीवाद भन्दा सजिलो संग बुझ्न सकिन्छ । पहिलो विश्व युद्धपछी खुलम खुला आफुलाई फासिस्ट र तानाशाह घोषणा गर्नेहरुको उदेश्य साम्यवादको बिरुद्धमा राष्ट्रवादको नारा दिंदै आफ्नो फासिष्ट विचारलाई जबर्जस्ती लाद्नु फाँसीवादको काम थियो । इटालीका फासिस्ट मुसोलीनी र जर्मन नाजी (जातीवादी) हिटलर मार्फत मच्चाइएको फाँसीवाद,मधेशी मोर्चा मार्फत नेपालको तराई मधेश सम्म आइपुगेको छ ।
२०४७ सालको परिवर्तन संगै तराई मधेशको राजनीतिमा सदभावना नामको राजनैतिक पार्टी मार्फत मधेशी नश्लवाद जन्माईयो । पहाडि नश्लवादको बिरोधमा जन्माइएको गजेन्द्र नारायण सिंहको काम मधेशी नश्लवादको जगेर्ना गर्ने रणनीति अन्त कतै बनेको प्रमाण बिस्तारै खुल्दै थियो । गिरिजा मार्फत पुरा गर्ने भारतीय स्वार्थमा तात्कालिन दरबार र एमाले बाधक बन्दै गर्दा माओवादी नामको ध्वंस मार्फत सिंहदरबार कमजोर गर्ने रणनीति बनाइयो ।


भारतीय सत्ताका चाहाना अन्तरिम संबिधान मार्फत बोक्न तयार मधेशी मोर्चा मार्फत भित्र्याइएको फाँसिवादको कारण तराई मधेशका जनताको भबिष्य ‘ताई को माछा भुङ्ग्रोमा’ भने जस्तै बन्दैछ ।


 

दिल्ली दरबारद्वारा पालित पोषित माओवादी ध्वंस र फोरम नामको (उपेन्द्र यादवको) एनजियो मार्फत नश्लवादको राजनीति एकैपटक सिर्जना गरिएको पहिलो मधेश आन्दोलन हेरे धेरै कुरा बुझ्न सकिन्छ । ०६२ र ०६३ को आन्दोलन पछी तराई मधेशमा पहाडी समुदाय माथी जानाजान गरिएको फाँसीवादको प्रयोग गिरिजा र प्रचण्डको सत्ता लोभमा थिचिदा झन झन मौलाउँदै गइरहेको देखीदैछ । भारतीय सत्ताका चाहाना अन्तरिम संबिधान मार्फत बोक्न तयार मधेशी मोर्चा मार्फत भित्र्याइएको फाँसिवादको कारण तराई मधेशका जनताको भबिष्य ‘ताई को माछा भुङ्ग्रोमा’ भने जस्तै बन्दैछ । वाद, जाती, धर्म हुँदै क्षेत्रको नाममा मधेश आइपुगेको फाँसीवादको असली मकसद बिदेशीको सेवा गर्दै मधेशी जनता, मधेश र नेपाललाई हानी नोक्सानी पुर्याउनु हो भन्ने खुल्न अब केही समयमात्र बांकी छ ।
कसले गर्दैछ फाँसीवादको संरक्षण ?
पञ्चायती कालरात्रीमा समेत देशका कुना काप्चा पुगेको तात्कालिन माले (वर्तमानको एमाले) लोकतन्त्रमा आफ्ना विचार लिएर तराई मधेश जान निषेध गर्ने मधेशी मोर्चा कहाँ बाट सञ्चालित छ ? लोकतान्त्रीक व्यवस्थामा आफ्ना विचार लिएर मुठभेड निम्त्याउन ओली र उनको पार्टी मधेश किन गए ? भन्दै मधेशी मोर्चाको फाँसीवादलाई सही भन्ने कथीत बुद्धीजीवी र मिडिया बाजहरुको दानापानीको श्रोत कहाँ छ ? नबुझ्ने नेपाली सायदै होलान ।


भारतीय दानापानीमा हुर्कीएको मधेशी मोर्चाले राजनैतिक र आर्थिक रुपमा तराई मधेशमा प्रत्यक्ष फाइदा लिने र हिन्दूत्वको नाममा भारतीय सत्ताले सिंहदरबारको शक्तीमाथी कब्जा गर्ने भाजपा नीति नेपालको तराई मधेशमा फाँसीवादको संरक्षक बनी रहेको कुरा भारतीय पत्रकार आनन्दस्वरुप बर्मा मार्फत खुली सकेकै छ ।


 

मधेशी मोर्चाको हरेक नाजायज मागलाई संबिधानमा समाबेश नगरे सम्म तराई मधेष जान हुँदैन भन्ने कर्पोरेट मिडियाबाजीको रोदन भित्रको असलीयत कती खतरनाक छ ? वर्तमान सरकारको क्रियाकलाप हेरे प्रष्ट बुझिन्छ । भारतीय दानापानीमा हुर्कीएको मधेशी मोर्चाले राजनैतिक र आर्थिक रुपमा तराई मधेशमा प्रत्यक्ष फाइदा लिने र हिन्दूत्वको नाममा भारतीय सत्ताले सिंहदरबारको शक्तीमाथी कब्जा गर्ने भाजपा नीति नेपालको तराई मधेशमा फाँसीवादको संरक्षक बनी रहेको कुरा भारतीय पत्रकार आनन्दस्वरुप बर्मा मार्फत खुली सकेकै छ ।

फाँसीवाद कर्पोरेटको रथमा सवार भएर आउँछ भन्ने बर्माको भनाई नेपालको सन्दर्भमा हु बहु मिलेको प्रमाण मधेशी मोर्चाको राजबिराज हत्याकाण्डको जिम्मा ओलीलाई लगाउनुले पुष्टी भैरहेकोछ । भारतीय कर्पोरेट ब्यापारीले मिडियामा लगानी गरेको कारण तीनै फाँसीवादीहरुलाई प्रोत्साहन गर्न र जनतालाई गुमराहमा राख्दै आफ्नो स्वार्थ पुर्ती गर्न हो भन्ने नाङ्गो सत्य देखीदैछ ।


मधेशी जनता मर्दा दुइचार आँप झरेको भन्ने, समथर जती मधेश देख्ने हो भने बिहार जाउ भन्ने, मधेशी जनताको मानव साङलोलाई माखे साङलो भन्ने ओली मधेश बिरोधी हुन । त्यसैको आक्रोश राजबिराजमा पोखीएको हो । राजबिराज काण्ड स्वत स्फुर्त हो ।


 

राजबिराज हत्याकाण्ड
पटक पटक धम्कीको भाषा प्रयोग गर्ने, काठमाण्डौसंग सम्बन्ध तोडने, बन्दुक उठाउने जस्ता अराजक, हिंस्रक र अराजनैतिक भाषा प्रयोग गर्दै सौदावाजीको राजनीति गर्ने मधेशी मोर्चासंग झुक्दै नझुक्दै ओली कदमले मुर्छित मधेशी मोर्चाको न्वारन देखीको बल राजबिराजमा पोखिदा अनाहकमै मानविय क्षती (प्रहरीको गोली प्रहार मार्फत चार जनाको मृत्यु र थुप्रै घाइते) व्यहोर्न बाध्य बनाइयो । नियोजीत रुपमा घटाइएको राजबिराज घटना पछी प्रायोजीत मिडिया बाजी मार्फत राजबिराज हत्या काण्डको दोषी ओली बनाइएका छन । ओलीको बिगत र बोली नै राजबिराज काण्डको बिउ देख्नेहरु लोकतन्त्रमा आफ्नो धारणा शान्तीपुर्ण रुपमा देशको कुनै पनि भू भागमा बिना रोकटोक राख्न पाइन्छ भन्ने पाना नै पढ्न बिर्सदैछन ।


ओलीबाण बाट घाइते मधेषी मोर्चा र बर्तमान गृहमन्त्री नीधि ओलीलाई कुनै पनि हालतमा मधेश छिर्न नदिने घोषणा गरी सकेका थिए । के स्वत स्फुर्त आन्दोलनको लागी ‘फतवा’ जारी गर्नु पर्छ ? ओली विचारसंग लड्नको लागी तराई मधेशका सोझा जनतालाई पेट्रोल बम कसले दिन्छ ?


 

मधेशी जनता मर्दा दुइचार आँप झरेको भन्ने, समथर जती मधेश देख्ने हो भने बिहार जाउ भन्ने, मधेशी जनताको मानव साङलोलाई माखे साङलो भन्ने ओली मधेश बिरोधी हुन । त्यसैको आक्रोश राजबिराजमा पोखीएको हो । राजबिराज काण्ड स्वत स्फुर्त हो । राजबिराज घटनाको जिम्मा ओलीले लिनुपर्छ भन्दै प्रायोजित मिडिया बाजी गर्नेहरु के कुरा भुल्दैछन भने ओली सुटुक्क राजबिराज गएका हैनन, थिएनन । उनी दुइ महिनाको तयारी पछी पुरै पार्टी साथ तराई मधो ओर्लीएका थिए ।
ओलीबाण बाट घाइते मधेषी मोर्चा र बर्तमान गृहमन्त्री नीधि ओलीलाई कुनै पनि हालतमा मधेश छिर्न नदिने घोषणा गरी सकेका थिए । के स्वत स्फुर्त आन्दोलनको लागी ‘फतवा’ जारी गर्नु पर्छ ? ओली विचारसंग लड्नको लागी तराई मधेशका सोझा जनतालाई पेट्रोल बम कसले दिन्छ ? दिनभरी कालो झण्डा देखाएर थाकेका आन्दोलनकारी साँझ पर्दै गर्दा स्वत स्फुर्त क्रान्तिकारी कसरी बन्न पुग्छन ? फाँसीवादको अभ्यास गर्ने मधेशी मोर्चासंग कुनै तर्क र आधार नै फेला नपर्दा बिचित्रको स्थिीतीको सामना गर्दैछन ।
अनेकौं अवरोधका बाबजुद गजेन्द्र नारायण औद्योगीक क्षेत्रमा आमसभा गर्न सफल ओली र एमालेलाई रोक्न असफल मधेशी मोर्चा बिक्षिप्त बन्दै फाँसीवादी शैलीमा गरिएको आक्रमणको जिम्मेवारी ओलीको थाप्लोमा हाल्नु नियोजीत थियो भन्ने प्रष्टै देखिन्छ । आफै सरकारको जन्मदाता भएको तथ्यलाई बिर्सदै एमालेको शान्तीपूर्ण गतीबिधी माथी धावा बोल्ने मधेशी मोर्चाको हर्कतलाई फाँसीवाद उन्मुख कार्य भन्न कुन सिद्धान्तले रोक्छ ?
आफै रचित राजबिराज घटना पछी दाहाल सरकारलाई दिएको समर्थन तुरुन्तै फिर्ता लिने बक्तब्य बाजी गर्ने मोर्चा छीमेकी दूताबासको फोन आउने बित्तिकै १८० डीग्रीको फन्को मार्दै सातदिने अल्टीमेटम दिन पुग्छ । अझ उदेक लाग्दो कुरा त यो छ की चुनाब स्थागीत गरे राजबिराजमा मरेका मानिसको रगत बिर्सन तयार हुनुले राजबिराज काण्ड चुनाब रोक्नको निमित्त मधेशी मोर्चा द्वारा रचित षडयन्त्र थियो भन्न के ले रोक्छ ?


बाबुरामको भारतीय स्थान ओगट्दै सुरुङ युद्धबाट लम्पसारवाद सम्म पुग्ने प्रचण्ड कला फाँसिवाद को सहयोगी बन्नु पूर्वनियोजीत थियो भन्ने आधार रातारात कर्मचारी परिवर्तन गर्नुलाई मान्न सकिन्छ । सबैतिर नाङ्गीएका प्रचण्ड, बाबुराम, उपेन्द्र यादव, नीधि र मधेशी मोर्चाको भविष्य केवल षडयन्त्र, फाँसीवाद र लम्पसारवादमा पुर्याउने ओली अभियानको कारण राजबिराज हत्या काण्ड रचिएको हो भन्ने हरुको तर्कमा वजन देखिन्छ ।


 

वर्तमान संबिधानलाई मार्न कस्सिएको भारत, हिन्दूबादी, राजावादी र पृथकतावादीको आड भरोषामा घटाइएको राजबिराज काण्डको मतियार फाँसीवादी मधेशी मोर्चाको कुत्सित चाहाना, इच्छा र षडयन्त्रको पर्दाफास गर्न ढिला गरे सम्पुर्ण लोकतन्त्रवादीहरुको एकै चिहान हुने दिन ढिला छैन । संबिधान जारी गर्ना साथ माओवादी पार्टी त्याग्दै मधेष झरेका बाबुराम रणनीति रामोसंग बुझेका प्रचण्ड, ओली कित्तामा उभीदै राष्ट्रवादको नाटक किन थियो ? सबैले देखी, भोगी , बुझी सकेकै कुरा हो ।

बाबुरामको भारतीय स्थान ओगट्दै सुरुङ युद्धबाट लम्पसारवाद सम्म पुग्ने प्रचण्ड कला फाँसिवाद को सहयोगी बन्नु पूर्वनियोजीत थियो भन्ने आधार रातारात कर्मचारी परिवर्तन गर्नुलाई मान्न सकिन्छ । सबैतिर नाङ्गीएका प्रचण्ड, बाबुराम, उपेन्द्र यादव, नीधि र मधेशी मोर्चाको भविष्य केवल षडयन्त्र, फाँसीवाद र लम्पसारवादमा पुर्याउने ओली अभियानको कारण राजबिराज हत्या काण्ड रचिएको हो भन्ने हरुको तर्कमा वजन देखिन्छ ।
माओवादी बन्दुकको दबदबा र मधेशी मोर्चाको सडक हिंसालाई दोश्रो संबिधान सभाको चुनावले अस्वीकार गरेको कुरा बुझ्न माओवादीलाई केही समय लाग्यो भने मधेषी मोर्चालाई बुझ्नै दिइएन । गिरिजा कालमा उचित अनुचित सबै मागमा अफेन्सिभ मधेशी मोर्चा दोश्रो संबिधान सभा चुनावपछी संधै डिफेन्सिभ अवस्थामा पुग्यो । मोर्चाको हरेक अनुचित मागमा कडा रुपमा प्रस्तुत हुने ओली शैलीले चिढिएको मधेषी मोर्चा भारतको साथ लिंदै सिमानाका पुग्दा पनि रित्तोहात फर्कन बाध्य पार्ने ओली कलासंग आक्रोसित थियो ।

त्यही पुरानो आक्रोसलाई फाँसीवादी शैलीमा पोख्दै घटाईएको हत्याकाण्ड नै राजबिराज घटना हो भन्ने पुष्टी खुद मधेशी मोर्चाले जान अन्जान मै स्वीकार गरीसकेका छन । आफ्नो नाङ्ले पसल र सटर बन्द गराउने ओली अभियानको राजनैतिक प्रतिवाद गर्न नसक्ने मधेशी मोर्चा र गृहमन्त्री निधीको आन्तरिक साँठगाँठमा चालिएको घटनाको असर कम हुँदा अर्को महाभारतको तयारी गर्दै गरेको खुला धम्की उपेन्द्र यादव मार्फत प्रवाहित गर्नुको असली अर्थ फाँसीवादीको भबिष्य समाप्त हुने भय नै हो भन्ने देखिन्छ ।

ओली एमाले किन तारो बन्दैछ ?
संबिधान जारी गर्दै गर्दा र संबिधान जारी पश्चात ओली र एमाले एकै पटक स्वदेशी र बिदेशी तारो किन बन्यो वा बनाईयो ? हरेक राष्ट्रवादी नेपालीले बुझ्नु जरुरी भैसकेको छ । भारतिय स्वार्थलाई संबिधान मार्फत संबोधन गर्न नचाहाने एमाले अडानले चिढीएको सर्ब्बिदितै छ । महाकाली सन्धीमा भारतको सेवा गर्दा पार्टीनै फुटेको बिगतबाट पाठ सिक्दै राष्ट्रवादको निम्ती एक ढिका हुने बर्तमानको एमाले निर्णयले मर्माहत भारत मधेषी मोर्चा मार्फत आफ्ना माग संबोधन गराउन चाहान्थ्यो ।


संधै अमुर्त कुरा गर्दै एमाले मधेश बिरोधी पार्टी हो । त्यसैले एमाले मुक्त मधेष निर्माण गर्नुपर्छ भन्ने मधेशी मोर्चा राजनैतिक बहसमा उतर्नुको साटो फाँसीवाद उन्मुख हुनुले थाहा लाग्छ । वास्तवमा उनीहरु एजेण्डा बिहिन छन । अन्त कतैबाट निर्देशित छन । उनीहरुको असलीयत एमालेको मेची महाकाली अभियान मार्फत तराई मधेष पुग्दा सम्पुर्ण जनताले थाहा पाउने र बुझ्ने हुँदा एमालेको बिरुद्ध टुपी देखीको बल लगाउन बाध्य भएका हुन भन्ने ओलीको धारणा रही आएको छ ।


 

बाबुरामलाई माओवादीबाट निकाल्दै तराई मधेश पठाउँदा पनि कुनै सकारात्मक परिणाम तत्काल हात नलाग्ने देख्दा प्रचण्ड देउवा मार्फत स्वार्थ सिद्धी गर्न लागेको प्रमाण बर्तमान लम्पसार बादी प्रचण्ड सरकार हेरे आफै थाहा लाग्छ । उता पहाडी नश्लवादको धुँवादार बिरोध गर्ने मधेशका जमिन्दारहरु संघीयता मार्फत आफ्नो रोटी सेक्न कम्मर कसेर लाग्दै गर्दा एमाले उनीहरुको स्वार्थको बीच उभिन आइपुग्दा आतंकित थियो ।
तराई मधेशको समस्याहरु गरिबी, बेरोजगारी, अशिक्षा, पछौटेपन, छुवाछुत, अन्धविश्वास, कुरीती, दाइजो कुप्रथा, बोक्सी, कुप्रथा, जमिन्दारी लगायत थुप्रै समस्याबाट ध्यान अन्तै मोडदै फेरी आफ्नो चंगुलमा पुर्याउदै शोषणको नयाँ शृखला सुरु गर्न चाहान्थे । उनी हरुको योजनामा एमाले बाधक भएर प्रश्तुत हुँदैगर्दा ओली र एमालेलाई मधेश बिरोधी देखाउँदै आफ्नो स्थान सुरक्षित गर्न चाहान्छन भन्ने कही कतै छीपेकै छैन । संधै अमुर्त कुरा गर्दै एमाले मधेश बिरोधी पार्टी हो । त्यसैले एमाले मुक्त मधेष निर्माण गर्नुपर्छ भन्ने मधेशी मोर्चा राजनैतिक बहसमा उतर्नुको साटो फाँसीवाद उन्मुख हुनुले थाहा लाग्छ । वास्तवमा उनीहरु एजेण्डा बिहिन छन । अन्त कतैबाट निर्देशित छन । उनीहरुको असलीयत एमालेको मेची महाकाली अभियान मार्फत तराई मधेष पुग्दा सम्पुर्ण जनताले थाहा पाउने र बुझ्ने हुँदा एमालेको बिरुद्ध टुपी देखीको बल लगाउन बाध्य भएका हुन भन्ने ओलीको धारणा रही आएको छ ।

माओवादी सिध्याउन हिजोको फोरमलाई प्रयोग गर्दै गौरहत्या काण्ड घटाइनु , प्रहरी प्रशासनको मनोबल गिराउन अमरेश कुमार सिंह (काँग्रेस) राजेन्द्र महतो (सदभावना ) उपेन्द्र यादव (संघिय समाजबादी फोरम) लाई प्रयोग गर्दै कैलाली हत्या काण्ड घटाइनु र एमाले सिध्याउन मधेशी मोर्चा प्रयोग गरिनुको भित्री रणनीतिका योजनाकार एकै हुन भन्नेमा कुनै संका नपाले हुन्छ । गौर, कैलाली, राजबिराज घटना पछीको अन्तीम सिकार खुद मधेशी मोर्चा नै बन्ने बनाइने तयारी सिके राउत, ज्वाला सिंह, जयकृष्ण गोइत मार्फत गरिदैछ भन्ने संकेत भीम रावल मार्फत बाहिर आइसकेको छ ।

4292 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank