लिङ्ग छुट्टिएको एमाले !

फरकमत

मङ्लबार, पुस २६, २०७३

loading...


- दीपेन्द्र पाण्डे

कांग्रेसले एमालेलाई थाङ्नामा सुतायो । दरवारले पनि सुतायो, हुँदा हुँदा माओबादीले पनि भन्दै गर्दा पछी त एमालेलाई थाङ्नामा सुत्ने बानी नै परी सक्यो पनि भनियो । अझ एककदम बढ्दै भनियो, आजकल त  एमाले आफै थाङ्ना लिएर हिड्दैछ । लौन मलाई थाङ्नामा सुताइ देउ पनि भनियो  ।

तत्कालिन नेकपा (मार्क्सबादी) का नेता मनमोहन अधिकारीलाई अध्यक्ष स्वीकार गर्दै  युवाहरुले नेकपा (माले) र नेकपा (मार्क्सबादी) लाई मिलाउँदै नेकपा (एमाले) निर्माण गरे । बिश्व राजनीतिमा कम्युनिष्टहरुले खाएको धक्कालाई जनताको बहुदलिय जनवाद (जबज) मार्फत नेपालमा परास्त गर्ने अभियानको कमाण्ड मदन भण्डारीले लिए । तर  उनले अल्पआयुमै रहस्यमयी  दासढुङ्गा दुर्घटनामा जीवन गुमाए ।

आफ्ना दिग्गज नेताहरु गुमाएको पिडालाई एमालेले सामुहिक नेतृत्व  मार्फत छिट्टै पार लगाउन सफल भयो ।  संसदीय राजनीतिको अनुभव नभएका एमाले युवा नेताहरु  नेपाली कांग्रेससंग पटक पटक धोका खान बिवश बनाइए । हरेक धोकापछी नेपाली राजनीतिमा एमाले नेताहरुको राजनैतिक क्षमता र दुरदर्शिता माथी प्रश्न चिन्ह लगाइयो ।

गहन  विषयबस्तुको उठान गर्ने र लचकताको नाममा बिचैमा छोडी दिने कार्यले उसलाई लिङ्ग बिहिनताको स्थीतिमा पुर्यायो । एक जमानाका माओवादी नेता वावुुरामले त  सार्वजनिक रुममै एमाले पार्टीलाई लिङ्ग बिहिन पार्टी पनि भन्न पछी परेनन । हरेक चोक,  गल्ली, चिया पसलमा तात्कालिन समयमा एमालेमाथी अनेक ढ्ंगबाट खिसिटियुरी गरिने आम कुरा नै भयो ।

baburam2

कांग्रेसले एमालेलाई थाङ्नामा सुतायो । दरवारले पनि सुतायो, हुँदा हुँदा माओबादीले पनि भन्दै गर्दा पछी त एमालेलाई थाङ्नामा सुत्ने बानी नै परी सक्यो पनि भनियो । अझ एककदम बढ्दै भनियो, आजकल त  एमाले आफै थाङ्ना लिएर हिड्दैछ । लौन मलाई थाङ्नामा सुताइ देउ पनि भनियो  । सुन्दा जोक जस्तो लाग्ने एमालेको बिगत आज कसरी बदलिदैछ ?  रोचक नै मान्नु पर्ने देखिन्छ ।

सफलता  असफलता :

संख्यात्मक रुपमा सभसद, मन्त्री र प्रधानमन्त्री बनाउन सफल एमाले नेतृत्व र राजनीति कहिले आन्तरिक त कहिले बाह्य राजनीतिको चपेटामा परी रहँदा उनीहरु माथी लाग्ने अस्थीर, ढुलमुले  र पदलोलुपताको आरोप ओली सरकार बने संगै बदलिन शुरु भैरहेको हामी पांउँछौ ।

चार अंकमा सभासद र तीन अंकमा मन्त्री जन्माइ सकेको एमालेले चार जना प्रधानमन्त्री जन्माउने तागत उसको भुमीगतकालिन संगठन हो भन्न कन्जुस्याई गर्नु पर्दैन । एमालेका तर्फबाट प्रधानमन्त्री बनेका  मनमोहन अधीकारी  र केपी ओलीलाई षडयन्त्रपूर्वक सरकारबाट किनारा लगाउने राजनीति बाहेक बनेको माधव नेपाल  र झलनाथ खनाल सरकार तात्कालिन अवस्थामा माओवादी कोपभाजनको सिकार भयो भन्दा अतिशयोक्ती नहोला ।

संख्यात्मक रुपमा सभासद, मन्त्री र प्रधानमन्त्री बनाउन सफल एमाले नेतृत्व र राजनीति कहिले आन्तरिक त कहिले बाह्य राजनीतिको चपेटामा परी रहँदा उनीहरु माथी लाग्ने अस्थीर, ढुलमुले  र पदलोलुपताको आरोप ओली सरकार बने संगै बदलिन शुरु भैरहेको हामी पांउँछौ । सरकारमा जान र सरकार बनाउँन मरीहत्ते गर्ने एमाले सत्ता टिकाउन त्यती मेहनत नगर्ने उसको बानीले हरेक कुरामा संख्या थप्न त सफल भयो संगसंगै असफलता र दोषको भारी बोक्न बाध्य  भयो वा बनाईयो ।

एमाले चुकेको ठाउँ :
लोकतन्त्र , जनजीविका र राष्ट्रवाद्लाई मुलमन्त्र मान्दै ब्यवहारमै उतार्दा सम्म एमाले नेपाली जनताको ढुकढुकी नै थियो । आफ्ना नीति, घोषणापत्र र सिद्धान्तलाई तिलान्जली दिंदै कुर्सी मोहमा फस्दै जोसंग  जहाँ पनि मिल्दै सरकारमा जाने र बव्यक्तीगत फाइदाको लागी एमाले पार्टीलाई प्रयोग गर्ने  कार्यले उ माथी लाग्ने आरोपलाई जायज नै मान्नु  पर्दछ ।

mahakali-bridgeराष्ट्रियतामा  चिप्लदै   महाकाली सन्धी  (सन १९९६ मा भारत संग गरिएको सन्धी) मा  एक खर्ब बिस अर्बको हिसाब किताब निकाल्दै गणित शिक्षकमा परिणत हुन पुग्यो । अली पछी  त राजा ज्ञानेन्द्रको प्रतिगमन पनि आधा सच्चीयो भन्ने नयाँ  सिद्धान्तको जन्मदाता हुन तयार भयो ।

राष्ट्रियतामा  चिप्लदै   महाकाली सन्धी  (सन १९९६ मा भारत संग गरिएको सन्धी) मा  एक खर्ब बिस अर्बको हिसाब किताब निकाल्दै गणित शिक्षकमा परिणत हुन पुग्यो । अली पछी  त राजा ज्ञानेन्द्रको प्रतिगमन पनि आधा सच्चियो भन्ने नयाँ  सिद्धान्तको जन्मदाता हुन तयार भयो ।

क्रेडिट लिन चुक्ने नेतृत्व :

देशमा चर्काइएको चर्को दमन र माओबादी ध्वंसबाट पार लगाउन एमाले नेतृत्वले गरेको सारा दौड धुपहरु रोल्पा, सिलगुढी देखी दिल्ली सम्मको यात्राको क्रेडिट लिन चुक्ने  तत्कालिन नेतृत्वको कमजोरीले पहिलो संबिधान सभा चुनावमा ठुलो धक्का लाग्नु स्वभाबिक थियो ।

rolpa2

शान्ती प्रक्रीयामा एमालेको योगदानलाई माइनस गर्दै गिरिजा र पुष्पकमल दाहालको मात्र सही हुनुले थाङ्नामा सुताउने क्रम नरोकिएको मान्नु पर्ने हुन्छ । शान्तिको नाममा आफ्नो (लिङ्ग्) पहिचान त्याग्ने तात्कालिन नेतृत्वले चुनावी हार व्यहोर्दै नैतिकताको आडमा पद नै त्याग्न बाध्य हुँदा माओवादी ज्यादती देशमा फैलिनुमा केही हद त एमाले जिम्मेवार हुनै पर्थ्यो । भयो पनि ।

संबिधान निर्माणमा अग्रणी भूमिका :
दोश्रो संबिधानसभाको चुनाबी परिणाम पछी देशलाई छिटो भन्दा छिटो राजनैतिक निकास दिनु पर्छ भन्ने एकमात्र उदेश्य तय गर्दै आफ्नै प्रतिस्पर्धी शक्तीसंग सरकारमा संगै बस्दै सहकार्य गर्ने एमाले नीति सही थियो भन्ने प्रमाण संबिधान जारी हुनुले प्रमाणित भैसकेकै छ ।

भारतीय नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने  वा नरुचाउने नेपाली काँग्रेस र भारत द्वारा गरिएको नाकाबन्दीलाई सिमानामा बसेर सहयोग गर्ने मधेशी मोर्चाको आन्तरिक  बाध्यता नबुझ्ने नेपाली को नै बाँकी होलान र ?

आफ्नै  नेतृत्वमा सरकार निर्माणको खेलबाट पर रहदै सबैदल संबिधानसभा प्रती केन्द्रीत हुने वातावरणको अगुवाइ एमालेले गर्‍यो भन्दा बिमती राख्नु पर्ने कारण नै छैन । फलस्वरुप  बिभिन्न शक्तीकेन्द्रका स्वार्थलाई लत्याउँदै संबिधान जारी गराउन एमालेको अग्रणी भूमिका थियो भन्न कसैले जिब्रो कमाउनु पर्दैन ।

तात्कालिन समयमा  प्रमुख  दलका शिर्ष नेतृत्वले  सम्भाबित खतरालाई नजर अन्दाज गर्दै भैसकेको भद्र सहमती  (सत्ताको बाँडफाँड)  टुटाउने भारतीय खेलको  असली मकसद खुली सकेकै छ । भारतीय नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने  वा नरुचाउने नेपाली काँग्रेस र भारत द्वारा गरिएको नाकाबन्दीलाई सिमानामा बसेर सहयोग गर्ने मधेशी मोर्चाको आन्तरिक  बाध्यता नबुझ्ने नेपाली को नै बाँकी होलान र ?

ओली उदय :
kp-pm2भारतीय नाकाबन्दी कै बिचमा निर्माण गरिएको ओली सरकारलाई भारतिय सत्ताले अनेक प्रलोभन र दवाव मार्फत उनीहरुको दीर्घकालिन स्वार्थलाई संबिधानमा समाबेश गराउन कुनै कसर बाँकी राखेन । सतामा पुग्न भारतलाई लगाएको गुनले सत्ता झन झन टाढा पुर्याइदिने भारतसंग  बदला लिने ओली (महाकाली सन्धी) र (दाहाल कटुवाल काण्ड) को भित्री साँठ गाँठ  सफल भैसक्दा चतुर ओली पुनः भारतसंग चुक्ने कारण नै थिएन । नेपाली जनताको ६५ बर्षको चाहाना अनुसार संबिधानसभाबाट  जारी संबिधानलाई नोटिसमा राख्दै लादिएको नाकाबन्दीले ओली सरकारलाई समेत राष्ट्रबादी बनाई दिने मोदी सत्ता आंशिक धन्यबादका पात्र हुन ।

भारतीय सत्तालाई देखाइ दिने जगमा चिनसंग पारवहान सन्धी गर्न सफल ओली राष्ट्रबादको नारा दिंदा नेपाली राजनीतिमा उदाउँन सफल भए । झुकेर सत्ताको  आयु बढाउनु भन्दा राष्ट्रबादको नारामा भबिष्य देख्ने ओली सोच नै एमालेको छबीमा नयाँपन दिने आधार हुँन  भन्नेहरुको मुल्याङकनलाई सही मान्नु पर्ने देखिन्छ ।

ओली राष्ट्रबाद:
भारतीय राजनीति अनेक  जालझेल र षडयन्त्र मार्फत नेपाली राष्ट्रबाद कमजोर बनाइदै थियो । नेपाली जनताको ६५ बर्षको चाहाना अनुसार संबिधानसभाबाट  जारी संबिधानलाई नोटिसमा राख्दै लादिएको नाकाबन्दीले नेपाली सरकारलाई समेत राष्ट्रबादी बनाई दिने मोदी सत्ता आंशिक धन्यबादका पात्र हुन ।

यदी भारतले  रियालाईजेशन  गरेको हो भने ओली सरकार हटाउँदै दाहाल सरकार निर्माण गर्ने बाटोमा भारतीय सत्ता किन लाग्यो ? दाहाल मार्फत संबिधान संसोधनमा गरिएका सारा चाललाई उनीहरुको बैचारिक स्तरले नेपाली राष्ट्रबादको परिभाषा नै बदल्न पछी पर्दैनन ।

मोदी सत्ताले जगाइ दिएको नेपाली राष्ट्रबादले एमाले   ओलीलाई नेताको रुपमा प्राप्त गर्दै गर्दा उनीद्वारा गरिएका काम, कुरा र भाषणलाई अनेक राष्ट्रबादको नाम दिने नेपाली छापा पनि धन्यबादका पात्रनै छन ।

नेपालमा आजकल  चर्चामा  ल्याइएका अनेक राष्ट्रबादहरुमा ओलीप्रती लक्षित खोक्रो राष्ट्रबाद, आडम्बरी राष्ट्रबाद हुँदै प्लट राष्ट्रबादले एकपटक एमाले र ओलीलाई मुलधारको राजनीतिमा ल्याइदिने तीनै आरोपी पङ्तीकार पनि धन्यबादका पात्र भएका छन  ।

घुमाउरो भाषामा भारतले गल्ती गर्‍यो तर उनीहरुले रियालाईजेशन गरीसके  भन्नेहरु  नेपाली राजनीतिमा हाल भैरहेको भारतिय हस्तक्षेपलाई आँखा चिम्लन्छन । यदी भारतले  रियालाईजेशन  गरेको हो भने ओली सरकार हटाउँदै दाहाल सरकार निर्माण गर्ने बाटोमा भारतीय सत्ता किन लाग्यो ?  दाहाल मार्फत संबिधान संसोधनमा गरिएका सारा चाललाई उनीहरुको बैचारिक स्तरले नेपाली राष्ट्रबादको परिभाषा नै बदल्न पछी पर्दैनन ।

विकासको कुरा गर्‍यो हावादारी, लोकतन्त्रको कुरा गर्‍यो  कम्युनिष्ट  अधिनायकबादी, अनी राष्ट्रबादको कुरा गर्‍यो की खोक्रो, प्लट राष्ट्रबाद भन्नुले कस्को सेवा गर्दैछन ? हिजो एमालेलाई बिना लिङ्गको देख्ने बाबुराम देखी अनेकौ बिद्धवान  कलमहरु आज फेरी ओली राष्ट्रबाद र एमाले प्रती आक्रामक हुनुले कुरो प्रष्ट बुझिन्छ ।

नेपालका बिद्धवानहरुको भारत भक्ती कसरी र कुन रुपमा मुखरित भैरहेको छ ? नेपाली राष्ट्रबादका शत्रुहरु नेपाली नेताकै कुर्सी मोह र भारतीय बिस्तारबादको रणनीति हुन भन्ने बुझेका ओलीले कुर्सी त्याग्दै भारतीय रणनीतिसंग जुध्दै गर्दा उनी चर्चित भएका छन, नेपाली माझ ।  उनका  पछिल्लो राष्ट्रबादी अडानले राष्ट्रबादको नारामा देशी बिदेशी सबैको मुखुण्डो उतार्न सफल ओली धन्यबादका पात्र भएका छन ।

एक समय आफ्नै कारणले अस्थीर एमालेले पाएको  लिङ्ग बिहिनताको उपाधीलाई मिल्काउँदै राष्ट्रबादको नारामा आफ्नो लिङ्गको पहिचान गर्न सफल एमाले फेरी नेपाली जनताको आषा र भरोषाको केन्द्र भएको छ ।

लिङ्गको पहीचान:
मधेसी मोर्चालाई शिखण्डी बनाउँदै दाहाल-देउवालाई मोहरा बनाएर नेपाली राष्ट्रबादलाई किस्ताबन्दीमा धराशयी बनाउने भारतीय चाललाईएमालेले चिन्नु नै उस्को लिङ्गको  पहिचान भएको मान्ने जमातहरु जताततै भेटिन्छन् । एक समय आफ्नै कारणले अस्थीर एमालेले पाएको  लिङ्ग बिहिनताको उपाधीलाई मिल्काउँदै राष्ट्रबादको नारामा आफ्नो लिङ्गको पहिचान गर्न सफल एमाले फेरी नेपाली जनताको आषा र भरोषाको केन्द्र भएको छ ।

हिजो एमालेलाई लिङ्ग  बिहिनताको आरोप लगाउनेहरु आज आफै नपुँसक हुन बाध्य भएका छन । एमालेलाई उडाउँदै थाङ्नाको  कथा हाल्नेहरु आज आफ्नै  कथा  पढ्न बाध्य हुँदै गर्दा  मनमनै उनीहरु भन्दैछन । यो देशको राष्ट्रीयता कसैले बचाउँछ भने एमालेनै हो, नत्र नेपाल र नेपालीको भबिष्य अन्धाकारमा छ । उनीहरुको एउटै मात्र शंका यो छ कि फेरी पनि एमाले  सत्ता राजनीतिले चिप्लने त हैन ?

पौष २२ गतेको एमाले शक्ती प्रदर्शनमा ओली हुँकार अनुसार कुनैपनि मुल्यमा संबिधान संसोधन प्रस्ताब बिफल बनाइनेछ भन्ने आधार लिङ्ग छुट्टीएको एमालेको  आत्मबाल र पुँजी हो भन्नु बान्छानिय   देखिन्छ ।

लिङ्ग छुट्टिएको एमालेको भाबी रणनीति :
सर्वोच्च अदालतको फैसला अनुसार एमालेलाई संसदीय राजनीतिमा नयाँ भूमिकामा प्रस्तुत हुन नैतिक दबाब जरुर परेको छ । सत्तामा हुँदा भारतसंग नझुकेको एमाले  राष्ट्रबादलाई संसदिय राजनीतिको जोड घटाउ अनुसार परास्त गर्ने भारतिय  चाललाई चिर्ने नयाँ दबाब आईलागेको छ ।

राष्ट्र र राष्ट्रियतालाई मजबुत बनाइ राख्न कुनै जमानामा  (लिङ्ग बिहिन भएको समय) स्वीकार गरिएका अनुपयुक्त राजनैतिक उपलब्धीलाई जनचाहाना अनुसार करेक्सन गर्ने रणनीति तय गरेमा एमाले प्रती सहानुभूती राख्ने समुदाय र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान  हुनेछ ।

पौष २२ गतेको एमाले शक्ती प्रदर्शनमा ओली हुँकार अनुसार कुनैपनि मुल्यमा संबिधान संसोधन प्रस्ताब बिफल बनाइनेछ भन्ने आधार लिङ्ग छुट्टीएको एमालेको  आत्मबाल र पुँजी हो भन्नु बान्छानिय   देखिन्छ । संसदीय खेलमा हुँने किन बेचलाई मध्यनजर राख्दा ओली हुँकार कुनै मानेमा पराजीत हुने छैन भन्ने कामना गर्नुका साथै किनबेच हुने संभाबित सभासदहरुप्रती जनस्तरबाटै  खबरदारी गर्नु आजको प्रमुख आबश्यकता हो ।

राष्ट्रको भबिष्यले चिन्तीत, राजनीतिबाट निरास भएको ठुलो जमातलाई राष्ट्रबाद संगसंगै बिकाश र लोकतन्त्रसंग आफूलाई अब्बल बनाउँदै अगाडी बढ्ने ओली रणनीतिले निरन्तरता पाउनु अत्याबश्यक भैसकेको छ । राष्ट्र र राष्ट्रियतालाई मजबुत बनाइ राख्न कुनै जमानामा  (लिङ्ग बिहिन भएको समय) स्वीकार गरिएका अनुपयुक्त राजनैतिक उपलब्धीलाई जनचाहाना अनुसार करेक्सन गर्ने रणनीति तय गरेमा एमाले प्रती सहानुभूती राख्ने समुदाय र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान  हुनेछ ।

राजनीतिक टिप्पणीकारका रुपमा परिचय बनाएका पाण्डे नेपालपाटी अनलाइनमा प्रत्येक मंगलबार फरकमत स्तम्भ लेख्ने गर्छन ।

17517 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom