नेपाल आमाले प्रचण्ड – लालध्वजहरु किन जन्माउने !

फरक-मत

मङ्लबार, पुस १९, २०७३

loading...


- दीपेन्द्र पाण्डे

केही समय पहिला भारतिय सेलीब्रेटी सैफ-करीनाले पुत्रलाभ गरे । उनीहरुको जीबनमा खुशी थपी दिने पुत्रको नामाकरण गर्दा  उठाईएको बिबादले  उनीहरुलाई मर्माहत बनाएको कुरा मिडियामा मधुरो स्वरले गुन्जीरहेका छन ।  सैफ -करीनाले पुत्रको नाम तैमुर सैफ अली खान पटौदी राख्ने बित्तिकै गर्माएको खबर हाम्रै नेपाली चेलीबेटीको कान सम्म पुगेको कुरो पङ्तीकारले सुन्दा  छाँगा बाट खस्न करै लाग्यो । जसले गर्दा केही अक्षर खर्च गर्ने निधो गर्दै उनीहरुको भलाकुसारी हुबहु पस्कने अनुमती माग्दछु ।

मैले साफ इन्कार गरिदिए । जे सुकै राख्नुस । प्रचण्ड र लालध्वज (दुबै नाम भारतले आफ्नो स्वार्थ पुरागर्न नेपालमा जन्माएको)  चैं हुँदैन । हैन किन त्यस्तो घृणा  ? प्रचण्ड र लालध्वज  प्रती । अली बढी  नै भएन र  ? तँ कुरै बुझ्दिनस । ल सुन बिस्तारमा ।

20161026131341-dipendra pandeyकती महिना भयो ? थाहा त भएकै  होला, छोरा कि छोरी ?  नाम के राख्ने सुर-सार छ ? दुई गर्भवती महिलाको भलाकुसारी सुन्ने पङ्तीकारको कान अचानकै तरङ्गीत हुन पुग्यो । उनीहरुको राजनैतिक चेतना र बिश्व राजनीतिको ज्ञान सुनेर । डेट त डाक्टरले दिइ सके तर के ठेगान छ र ? कुरै बुझिन, अर्कीले भनिन ।डाक्टरको डेट पनि ठेगान नहुने भए कसको हुन्छ त ? उनीहरुको ज्ञानको भण्डार बिशाल नै हुनुपर्छ । उनले हाँस्दै भनिन । खै प्रचण्डको संबिधान संसोधन प्रस्ताव जस्तै ढिला हुने हो कि ?  अर्कीले हास्दै भनिन । हैट मोरी, बच्चा पनि त्यस्तो हुन्छ ? यो त एस जयशकरलाई दिएको धम्की जस्तै हो । कस्ले रोक्न सक्छ ?

हुन त हो । प्राकृतिक नियमलाई राजनीतिले प्रभाव पारे पनि कयौं कुरा नभै छोडदैन । अनि भन त के छ पेटमा ? बाबु नै त होला नि  हो बाबु नै हो । डाक्टरले राम्रो छ भनेका छन । नाम के राख्ने ? बुढासंग सल्लाह गरिस त ? बुढा त खै छलाङ, सेबोटेज, क्रमभङ्ग, फ्युजन के के भन्दै  थिए । मैले साफ इन्कार गरिदिए । जे सुकै राख्नुस । प्रचण्ड र लालध्वज (दुबै नाम भारतले आफ्नो स्वार्थ पुरागर्न नेपालमा जन्माएको)  चैं हुँदैन । हैन किन त्यस्तो घृणा  ? प्रचण्ड र लालध्वज  प्रती । अली बढी  नै भएन र  ? तँ कुरै बुझ्दिनस । ल सुन बिस्तारमा ।

बिश्वमा धेरै मानिस यस पृथ्वीमा आए, गए । कसैले कसैलाई मतलब नगरिएका नाम त कती कती । तर दुनियामा लेना न देनाका मानिसको नाम हामी ले पढ्नै पर्ने जान्नै पर्ने कारणहरु उनीहरु बाट बिगतमा वा इतिहासमा भए गरेका कृयाकलाप  कै कारण हैन र ? हो, त्यसैले हरेक शिक्षित माता पिताले आफ्ना सन्तानको नाम राख्नु अगाडी  तिनीहरुको कर्म र कु-कर्म जान्नु आबश्यक छ ।

तैमुरको चिहान खन्दा प्राप्त दुई चेतावनी फेला परेको इतिहासले भन्छ । उनी कती क्रुर, भयानक र अपराधी थिए । तैमुरको शबसंगै भेटिएको लिखित चेतावनी, जब म आफ्नो मृत्यु पछी पुन्स् खडा हुन्छु तब यो दुनिया काम्न थाल्छ भन्ने धम्की संगै पाइएको शिला लेखको अर्को धम्की, जसले मेरो चिहान खन्दछ,  उ नराम्रो संग युद्धमा पराजीत हुन्छ भन्ने कुराको पुष्टी २२ जुन १९४१ मा हिटलरले  रुसलाई आकर्मण गरेको इतिहास रोचक नै लाग्दछ ।

एउटा देशको हिरो नाम, अर्को देशको भिलेन । यो कसरी सम्भब छ । उज्बेकस्तानमा एक नम्बरको हिरो तैमुर लंग ९ अप्रिल १३३६ -१८ फेब्रुअरी १४०५  (पछी शारिरिक रुपले अपाङ्ग हुन जाँदा तैमुर लंगडा) लाई सम्मानपूर्वक अमिर तैमुर भन्दै पुकार्थे । तिनै  तैमुर लंगलाई भारतीयहरु अपमानपूर्वक गाली गर्छन । भारतीयहरु तैमुरलाई हत्यारा, लुटेरा, अपराधी  र आक्रमणकारीको रुपमा लिन्छन ।

सामान्यतया: मुसलमानहरु आफ्ना छोराको नाम तैमुर राख्न गर्व गर्छन । तर भारतका मुसलमान तैमुर नाम प्रती घृणा गर्न बाध्य छन । तैमुर दिल्लीका जनताका हत्यारा थिए । उनी मुसलमान थिए तर दिल्लीमा आक्रमण गर्दा हिन्दू र मुसलमान भनेनन । उनले केवल आफ्नो रुप र कार्य एक आक्रमणकारी कै रुपमा सीमित राखे ।

इस्लाम धर्मका रक्षक बन्न चाहाने लाई गाजी भनिन्छ । तैमुर पनि गाजी बन्न चाहान्थे । एक अप्रिल १४०५ मा उज्बेकस्तानको समरकन्दमा बिभिन्न तेलको प्रयोग गर्दै गाडिएको उनको चिहान सन १९४१ मा स्टालिनले खन्ने आदेश दिए । तैमुरको चिहान खन्दा प्राप्त दुई चेतावनी फेला परेको इतिहासले भन्छ । उनी कती क्रुर, भयानक र अपराधी थिए । तैमुरको शबसंगै भेटिएको लिखित चेतावनी, जब म आफ्नो मृत्यु पछी पुुन: खडा हुन्छु तब यो दुनिया काम्न थाल्छ भन्ने धम्की संगै पाइएको शिला लेखको अर्को धम्की, जसले मेरो चिहान खन्दछ,  उ नराम्रो संग युद्धमा पराजीत हुन्छ भन्ने कुराको पुष्टी २२ जुन १९४१ मा हिटलरले  रुसलाई आकर्मण गरेको इतिहास रोचक नै लाग्दछ ।

तैमुर कै बाटो पछयाउँदै भारतमा शासन गर्न सफल बाबरलाई पनि भारतियहरु घृणाकै नजरले हेर्छन ।  भन्नेहरु त भन्छन, सम्राट  अशोक पनि हत्यारा थिए । उनको नाम पनि बदनाम नै हुनु पर्ने हो तर उनको नाम राख्नेहरु थुप्रै भेटिन्छन, हिन्दू समाजमा ।

दुनियाँमा  यस्ता कैयौं नामहरु छन जुन नाम आफ्ना  सन्तानलाई दिन  मानिसहरु रुचाउँदैनन । जर्मनहरु युद्धको पिडालाई भुल्नु पर्दा हिटलरलाई सम्झन पुग्छन । केवल घृणाको रुपमा । जब  जर्मनीका आर्य जनता नै  हिटलरलाई घृणा गर्छन भने यहुदीहरु जो उनको कार्यकालमा ६० लाख  मारिए भन्ने  आरोप छ । उनीहरु कसरी हिटलरको नाम  राख्न तयार होलान  र ?

गजब त यहाँ छ, तैमुर भारतमा बदनाम छन तर पनि सैफ् – करीना तैमुरको नाम राख्न लालायित छन । हाम्रै देशमा थुप्रै नेता जन्मीए जन्माइए । जसले देशमा  हिंसा मच्चाए, लुटपाट मच्चाए । उनीहरुलाई स्वीकार गर्ने नेपाली जनताहरु आज बडो धर्मसंकटमा उभिएका छन ।

धर्मशास्त्र रामायण कै कुरा गर्ने हो भने भारतमा कैकै जती बदनाम छिन । श्रीलंकामा त्यती नै रावण । तैमुर कै बाटो पछयाउँदै भारतमा शासन गर्न सफल बाबरलाई पनि भारतियहरु घृणाकै नजरले हेर्छन ।  भन्नेहरु त भन्छन, सम्राट  अशोक पनि हत्यारा थिए । उनको नाम पनि बदनाम नै हुनु पर्ने हो तर उनको नाम राख्नेहरु थुप्रै भेटिन्छन, हिन्दू समाजमा । यसको कारण गहिरो संग अध्ययन गर्ने हो भने उनको हिंसालाई समर्थन गर्दै कसैले आफ्नो सन्तानको नाम अशोक राखेनन् । जब उनले हत्याको  प्रायश्चित गरे तब मात्र अशोक नाम राख्ने बाढी आएको हो भन्ने पाइन्छ ।

अशोकले अत्याचार गरे । माफी मागे । उनको नाम राख्न मानिस तयार  नै छन । तैमुर, बाबर, राबण, हिटलरले अत्याचार गरे  । उनीहरु बदनाम छन । गजब त यहाँ छ, तैमुर भारतमा बदनाम छन तर पनि सैफ् – करीना तैमुरको नाम राख्न लालायित छन । हाम्रै देशमा थुप्रै नेता जन्मीए जन्माइए   । जसले देशमा  हिंसा मच्चाए, लुटपाट मच्चाए । उनीहरुलाई स्वीकार  गर्ने नेपाली जनताहरु आज बडो धर्मसंकटमा उभिएका छन ।

आप्रवासी हिटलरले पनि जर्मनी फुटाउने कुरा गरेन तर व्यक्तीगत स्वार्थले सत्ता र शक्तीको लागी बिदेशी नोकरको भूमिकामा प्रस्तुत हुँदै भारतबाट ढुङ्गा हान्न बिरगन्ज आउने आशिष रामलाई शाहीद  घोषणा गर्ने  प्रचण्ड नेपालका प्रधानमन्त्री किन, कसरी र कुन प्रयोजनको निम्ती बनाईयो ?

कुनै पनि देशका नेता जो देशका लागी मर्न मार्न तयार हुन्छ । बिदेशी दानापानी खाएर, बिदेशी भूमीमा बसेर स्वदेशका निर्दोश जनता  मारेर्, भौतिक संरचना ध्वस्त पारेर, बिदेशीकै एजेण्डा अनुसार देशलाई बिघटन गर्ने आधार  सिर्जना गर्ने कसरी देशका नेता हुन सक्छन ?  आप्रवासी हिटलरले पनि जर्मनी फुटाउने कुरा गरेन तर व्यक्तीगत स्वार्थले सत्ता र शक्तीको लागी बिदेशी नोकरको भूमिकामा प्रस्तुत हुँदै भारतबाट ढुङ्गा हान्न बिरगन्ज आउने आशिष रामलाई शाहीद  घोषणा गर्ने  प्रचण्ड नेपालका प्रधानमन्त्री किन ,  कसरी र कुन प्रयोजनको निम्ती बनाईयो ? सबै खुल्दैछन ।

भारतीय चाहानामा नेपाल भारतकै मुट्ठीमा राख्ने, नमाने देश नै बिघटन गर्ने प्रयोजनको निम्ती केवल नौ महिनाको आयूको   प्रचण्ड  सरकारको हर्कतले भारतीय चाल सबै खुली सकेकै छन । संबिधान कार्यान्वयन गर्ने र निर्वाचन गर्ने कामलाई मुल्तबीमा राख्दै नेपाली जनतालाई जुदाउने खेलको भित्री चाल  संबिधानलाई कागजी खोस्टोमा बद्ल्दै अन्तहीन द्वन्दमा देशलाई फसाउने भारतिय खेलकै एकहिस्सा हो भन्ने आधार गुज्रदै गरेको समयले बताउँदैछ  ।

आफूलाई माइनस गर्दै लालध्वजलाई  प्रधानमन्त्री बनाउने भारतीय चाहाना बुझ्ने बित्तिकै ललितपुरको खन्ना गार्मेण्टमा लालध्वजलाई  भारतीय कारिन्दा  देख्ने प्रचण्ड  अहिले आफै कसको कारिन्दा बन्दैछन ? 

कटुवाल काण्डले सडक आइपुगेका  प्रचण्ड अनेक बितण्डा मच्चाउँदै संबैधानिक सर्वोच्चताको लागी  आन्दोलन गर्दा नोकरसंग (माधब नेपाल सरकारसंग)  वार्ता नगर्ने सिधै मालिक संग (भारतसंग)  वार्ता गर्ने प्रचण्ड उद्घोष कसले भुलेको छ र ?  आफूलाई माइनस गर्दै लालध्वजलाई  प्रधानमन्त्री बनाउने भारतीय चाहाना बुझ्ने बित्तिकै ललितपुरको खन्ना गार्मेण्टमा लालध्वजलाई  भारतीय कारिन्दा  देख्ने प्रचण्ड  अहिले आफै कसको कारिन्दा बन्दैछन ?

पुर्वराजा ज्ञानेन्द्रले गरेको गल्तीको  सजाय राजतन्त्रलाई दिदै नेपाली सत्ता दिल्ली पुर्याउने  प्रचण्ड लालध्वज कुन प्रयोजनको निम्ती प्रयोग भएका थिए ?  नबुझ्ने मानिस को नै बाँकी होलान र ?  १७ हजार मानिस मार्दा गर्व गर्ने प्रचण्ड   र खुद आफैले स्वीकार गरेको डेकेन्द्र थापाका (दैलेखका पत्रकार जसलाई जिउँदै पुरिएको) हत्यारालाई करबाही नगर, सक्छौ भने मलाई जेल हाल भन्ने लालध्वज  पूर्वराजाले बोल्ने बित्तिकै धम्कीको भाषा बोल्ने उनीहरुको कर्तुतले सही मानेमा कसका लागी नेपालमा राजनीति गर्दैछन भन्ने प्रष्ट नै छ ।

सामान्य जनताको हैसियतमा रहेका पुर्वराजाले देशको चिन्ता गर्ने बित्तिकै राजदरबार  हत्याकाण्डको छानबिनको धम्की दिने निधि,  प्रचण्ड र लालध्वज   खुलेआम देश टुक्र्याउने धम्की दिने  राजेन्द्र महतो, महन्थ ठाकुर, सीके राउतलाई अशनको साँढे झै  छाडा छोड्न तयार हुनुले प्रचण्ड, लालध्वज, निधीहरुको सेवा कसको लागी हो भन्नै पर्छ र ?

नेपाली संविधानमा भारतको सेवा गर्न असमर्थ हुँदा सांसद  पद नै त्याग्ने लालध्वज  भारतको सेवा गर्ने अवसर  पाउने बित्तिकै प्रचण्ड  दूत बन्न राजी हुनुले उनको नाम नेपाली बच्चाले पाउनु नै खेदजनक छ भन्ने मेरो धारणा छ ।

एउटा निरक्षर राजा पृथ्बीनारायण शाहले गोरखाको डाँडोमा बसेर देखेको दुनिया जेएनयुको किताबले भत्काउने लालध्वज र प्रचण्ड कुन प्रयोजनको निम्ती  रक्तपिपासु  र बिध्वसंक बने ?  बुझ्दा बुझ्दै उनीहरुको नाम (भारत द्वारा निर्मित नाम)  म आफ्नो बच्चालाई दिने कल्पना पनि गर्न सक्दिन । आफ्नै जात ,धर्म र कुलको बिरुद्ध बिषबमन गर्न पछी नपर्ने प्रचण्ड र लालध्वजको नाम कुन मनले राख्नु र ?

अझ कठोर कुरा त यो छकी आप्रवासी हिटलरले (अस्ट्रियामा जन्मिएर जर्मनी बसाई सरेका) समेत जर्मनीमाथी नगरेको गद्दारी संबिधान  संसोधनको नाममा गर्न तयार प्रचण्ड र उनकै एजेण्डा बोकेर कमल थापा अनि महन्थ ठाकुरको दैलो सम्म पुग्ने  लालध्वज कसरी स्वीकार्य  हुन्छ ? नेपाली संविधानमा भारतको सेवा गर्न असमर्थ हुँदा सांसद  पद नै त्याग्ने लालध्वज  भारतको सेवा गर्ने अवसर  पाउने बित्तिकै प्रचण्ड  दूत बन्न राजी हुनुले उनको नाम नेपाली बच्चाले पाउनु नै खेदजनक छ भन्ने मेरो धारणा छ । बरु बिना नामको सन्तान ठिक तर भारतिय खेताला बदनाम प्रचण्ड र  लालध्वज नाम नामाकरण गरिदैन ।

तैमुर क्रियाकलापबाट प्रभावित नेपालकै कास्की र गोरखामा जन्मेका दिल्लीका लागी काम गर्ने तैमुर प्रबृतिका प्रचण्ड र  लालध्वजलाई आज दिल्लीले स्वागत गर्ने नेपालले दुत्कार्ने स्थीती आँउदै गर्दा म कसरी आफ्नो छोरोको नाम उनीहरुसंग मिल्दो जुल्दो राख्न सक्छु ?

तात्कालिन समयमा बिश्व जनसंख्याको पाँच प्रतिशत जनतालाई १७ मिलियन जनतालाई  (क्रुर तरिकाले मार्ने तैमुरले पनि बिदेशमा बसेर देशको गद्दारी गरेनन । नेपाललाई नयाँ मुलुक दिलाउने (बाँके, बर्दिया, कैलाली, कन्चनपुर)  जङ्ग बहादुरलाई संसदमा दलाल भन्दै गालीको बर्षा गर्ने भारतिय कारिन्दा प्रचण्ड  भारतकै गुरुयोजना अनुसार पहाडलाई तराई मधेशबाट अलग गर्न मरीहत्ते गर्दा  प्रचण्ड र  लालध्वजले दशवर्ष भारतमा खाएको भात र नुनको मुल्य मेरो नजन्मिएको छोराले किन तिर्ने ? तैमुर क्रियाकलापबाट प्रभावित नेपालकै कास्की र गोरखामा जन्मेका दिल्लीका लागी काम गर्ने तैमुर प्रबृतिका प्रचण्ड र  लालध्वजलाई आज दिल्लीले स्वागत गर्ने नेपालले दुत्कार्ने स्थीती आँउदै गर्दा म कसरी आफ्नो छोरोको नाम उनीहरुसंग मिल्दो जुल्दो राख्न सक्छु ?

आफ्ना नव आगन्तुक बच्चाको नामाकरण गर्न आतुर ती गर्भवती महिलाहरुको राजनैतिक चेतना तैमुर देखी प्रचण्ड (लालध्वजको गतीबिधी खुद प्रचण्ड) लालध्वज सम्म पुर्याउन सके यो लेखले सार्थकता पाउँथ्यो की ? एउटा सामान्य राष्ट्रवादी गर्भवती महिलाको मनमा रहेको नेपाल प्रेमले प्रचण्ड र  लालध्वजको भारत भक्तीलाई पखाल्न सफल भए निकट भबिष्यमा जन्मने बालकले उनीहरुको नाम प्रती,  हिंसा र घृणाको सहारा लिन नपरे नेपालको भबिष्य उज्जवल हुन्थ्यो कि ?

16809 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom