डुब्यो देउवा एण्ड कम्पनी !

आइतवार, फाल्गुन १, २०७३

loading...


- दीपेन्द्र खड्का

राष्ट्र र जनताप्रतिको गैरजिम्मेवारीपनको पराकाष्टा हो । नेताले बनाउने त विधी हो । विधी भयो भने मात्र देश बलियो हुन्छ भन्नुपर्नेमा क्षेत्रियतावादमा फस्नु आफैमा धिक्कारजनक छ ।

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको कार्यकाल घर्किदै जाँदा उनको उत्तराधिकारीका विषयमा पक्ष र विपक्षमा बहस चल्न सुरु भएको लामै समय भयो । बहस र विवादको केन्द्रमा थिए, आईजीपीका दावेदार मानिएका नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी । अर्याल र भण्डारीको तुलनामा सिलवाल र चन्द खरो प्रतिश्पर्धामा उत्रिएका थिए । दुवै डिआईजीले राजनीतिक दलका नेताहरुको ढोका देखी प्रभावशाली संचारमाध्यामका प्रकाशक, सम्पादक र पत्रकारहरुलाई समेत लबिङका लागि प्रयोग गरे ।विषेशगरी काँग्रेस र त्यस मध्यमा ‘सुप’ अर्थात सुदुरपश्चिमका काँग्रेस नेताहरु एक भए र चन्दलाई भेगीय नाता तथा राजनीतिक निकटताका आधारमा आईजीपी बनाउन कम्मर कसेर लागे । मिडिया र बाहिरी माहौल भने सिलवालको पक्षमा देखियो ।


‘जयबहादुर चन्द मेरा मान्छे हुन । अझ मेरै छिमेकी हुन । विगतमा काँग्रेसलाई सहयोग गरेका थिए । यदी उनी आईजीपी नभए यो सरकार पनि एक मिनेट बाँकी राख्दिनँ ।’ बालुवाटार बैठकमा देउवाको मुखबाट अप्रत्याशित फायरिङबाट कान खोलेका प्रधानमन्त्रीले हुन्छ वा हुन्न भन्नै नपाई देउवाले ल अहिले म लागेँ ।


आईजीपी बढुवा प्रकरणमा सुरुमा मौन बसेका काँग्रेस सभापति देउवाले अन्तिम फायर खोल्दै प्रधामन्त्री पुष्पकमल दाहालको काँधमा बन्दुक राखेर भने ‘जयबहादुर चन्द मेरा मान्छे हुन । अझ मेरै छिमेकी हुन । विगतमा काँग्रेसलाई सहयोग गरेका थिए । यदी उनी आईजीपी नभए यो सरकार पनि एक मिनेट बाँकी राख्दिनँ ।’ बालुवाटार बैठकमा देउवाको मुखबाट अप्रत्याशित फायरिङबाट कान खोलेका प्रधानमन्त्रीले हुन्छ वा हुन्न भन्नै नपाई देउवाले ल अहिले म लागेँ । कुन बाटो रोज्ने हो, आफै निर्णय गर्नु भन्दै हिडेको प्रधानमन्त्रीकै सचिवालयका कर्मचारीहरु बताउँछन् ।

यसबाट के बुझ्नुपर्छ भने देउवा विधीलाई बलियो बनाउने, सुशासन कायम राख्ने र समग्रमा राज्य संयन्त्रलाई बलियो बनाउने भन्दा त्यसलाई भत्काएर आफ्नो स्वार्थ पुरा गर्ने लोभी मानिस हुन । देउवाले देशलाई भलो गर्लान भन्ने विश्वास रत्तिभरका मानिसहरुलाई पनि छैन ।

देउवामा रहेको क्षेत्रिय र ठकुरी अहङकारवादी घेरा
प्रहरी आफैमा संवेदनशिल संगठन हो । यसको आफ्नै क्षेत्राधिकार छ । राजनीति गर्ने मानिसहरुले अझ सिङगो देशको तीन तीन पटक प्रधानमन्त्री भैसकेको र अहिले देशकै पहिलो पार्टीको नेता समेत रहेका देउवाले नातावाद, कृपावाद, रङगवाद, जातीवाद र क्षेत्रियतावादलाई मलजल गर्दा त्यसको परिणाम के होला ? यती साँघुरो घेरामा बस्न रुचाउने नेतालाई पार्टी सभापतिकै पगरी गुथाउने काँग्रेसजनहरुले यस विषयमा पुर्नरविचार गर्ने बेला भयो की भएन ? अब भन्नुहोस, जतिसुकै योग्य भएपनि देउवाले ‘सुप’ मात्र देख्छन् भने उनलाई पार्टीको नेता बनाउन पुर्व ताप्लेजुङको काँग्रेस कार्यकर्ताले किन भोट दिने ?

देउवा सुदुरपश्चिमको डडेल्धुराका ठकुरी बाबु साहेब हुन । डडेल्धुरा आसपासमा उनको परिवार तुलनात्मक रुपमा खानदानी मानिन्छ । त्यसैले २०२५ सालतिर काठमाडौँ आए । नेपाल बिद्यार्थी संघको पहिलो अध्यक्ष बने । त्यतिबेला ‘सुप’ मा नेताको खडेरी परिरहेको थियो । वीपी र किसुनजीको आर्शिवादमा राजनीतिमा जमे । किसुनजीकै सहयोगमा पढ्न बेलायतसम्म पुगे । राजनीतिमा देउवाको फलिफाप हुनुमा तत्कालिन काँग्रेसको राजनीति थियो । कोईराला परिवार भर्सेज गणेशमान सिंह, किसुनजी लगायत । देउवाले सिंह र किसुनजीको लाईन समाते । त्यही लाईनमै बसेर प्रधानमन्त्री भए । अहिले पार्टी सभापति बनेका छन् ।

उनको पारिवारिक नाता राणा खलकसंग छ । तत्कालिन अमेरिकी राजदुत जुलिया चाङले जुराईदिएको वैवाहिक नाता उच्च घरानियाँ राणा परिवारसंग भएकोले पनि उनको व्यवहार र सोचाईमा सामन्तीपन छ । उनले गर्ने प्रत्येक निर्णयहरु फरियावाद अर्थात श्रीमति आरजु राणाको प्रत्यक्ष निर्देशनबाट निर्देशित हुने गरेको काँग्रेसकै नेताहरु दावी गर्छन ।


पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु अलग गर्ने प्रस्तावमा देउवाले काँध थाप्ने आधार के हो ? यो त आफ्नो हात खल्तिमा राखेर अरुको हात आगोको भुङग्रोमा राखिदिएको जस्तो भएन र ?


 

कैलाली- कञ्चनपुरलाई माया अन्यलाई उपेक्षा
देउवा एक किसिमको गम्भिर विरोधाभाषमा रहेका नेता हुन भन्ने कुरा संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावले स्पष्ट बनाउँछ । विगतदेखी नै तराईलाई पहाडबाट अलग गर्न नहुने तर्कका आधारमा थारु बहुल कैलाली र कञ्चनपुरलाई सात नम्बर प्रदेशबाट अलग गर्न नहुने अड्डी लिदै आए ।

तर माओवादी केन्द्रसंगको सहमतिमा प्रधानमन्त्री बन्न पाउने भएपछी कैलाली र कञ्चनपुर बाहेक त्यसयताको भूमिमा पहाडका जिल्लाहरु विखण्डन गर्ने सहमतीमा हस्ताक्षर गरे । खुशीयाली मनाए । के एउटा राष्ट्रिय चेत भएको नेताले यसरी दोधारे र स्वार्थी काम गर्न मिल्छ ? पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु अलग गर्ने प्रस्तावमा देउवाले काँध थाप्ने आधार के हो ? यो त आफ्नो हात खल्तिमा राखेर अरुको हात आगोको भुङग्रोमा राखिदिएको जस्तो भएन र ?

 


कार्यसम्पादनको मुल्याङकन नै नहुने हो भने किन गर्नुपर्यो त्यो ? सबैले राजनीति गरे भैहाल्यो । अकुत पैसा कमाएर नेताको खल्ति भरिदिए भैहाल्यो । अझ प्रहरीमा पनि दलीय संगठन खोल्न पाउने अधिकार दिए सबैभन्दा राम्रो !


 

सर्वोच्चबाट तुहियो देउवाको सपना
शक्तीलाई दुरुपयोग गर्दै जयबहादुर चन्दलाई नेपाल प्रहरीको आईजीपीमा नियुक्त गराउन सफल देउवाको सपना निर्णय भएको पाँच घण्टामै तुहिएको छ । सर्वोच्चले उनलाई नै आईजीपी बनाउनुपर्ने आधार मागेर विधीमाथी गरिएको अत्याचारको बचाउ गरेको छ । यसको सर्वत्र प्रशंसा भैरहेको छ । सुन तस्करी, गुण्डागर्दी लगायतका दर्जनौँ अपराधमा प्रशंसनीय अनुसन्धान गरेका क्षमतावान डिआईजीलाई पन्छ्याउदै तेस्रो वरियताका चन्दलाई बनाउन दवाव दिनु आफैमा लज्जाजनक कार्य हो । राष्ट्र र जनताप्रतिको गैरजिम्मेवारीपनको पराकाष्टा हो । नेताले बनाउने त विधी हो । विधी भयो भने मात्र देश बलियो हुन्छ भन्नुपर्नेमा क्षेत्रियतावादमा फस्नु आफैमा धिक्कारजनक छ ।

सिलवालका लागि आईजीपी बन्ने बाटो खुलेकै हो ?
सर्वोच्चको आजको आदेश अनुसार प्रचलित विधीका आधारमा नवराज सिलवाल नेपाल प्रहरीको २५ औँ आईजीपी बन्नेमा शंका नरहेको अधिवक्ता भिमार्जुन आचार्यको तर्क छ । कार्यसम्पादनको मुल्याङकन नै नहुने हो भने किन गर्नुपर्यो त्यो ? सबैले राजनीति गरे भैहाल्यो । अकुत पैसा कमाएर नेताको खल्ति भरिदिए भैहाल्यो । अझ प्रहरीमा पनि दलीय संगठन खोल्न पाउने अधिकार दिए सबैभन्दा राम्रो !
इमान्दारिता र क्षमताको कदर नहुने देशमा केही हुन्छ भनेर युवाहरुलाई भन्ने ठाउँ दिनका लागि पनि पहिलो वरियताका सिलवाललाई आईजीपी बनाएर राजनीतिज्ञहरुको शेखी झार्नु पर्छ ।

16176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv