सिक्किम, लेण्डुप र ‘रअ’ को नेपाल गतिविधी

loading...

मङ्लबार, मंसिर २८, २०७३

- दीपेन्द्र पाण्डे



इतिहासमा नेपाल अनेकौँ समस्यासंग लड्दै–भिड्दै आफ्नो गौरवपुर्ण छबी निर्माण गर्दै विश्व राजनीतिक मञ्चमा शिर ठाडो पार्दै बाँचिरह्यो । अनेक बाधा, व्यवधान, षड्यन्त्रलाई सफलतापुर्वक पराजित गर्दै आफ्नो मान,सम्मान र स्थान कायम राख्न कुनै कसर बाँकी राखेन । हरेक कठिन घडीमा आफ्नो मौलिक छबीलाई अक्षुण्ण राख्दै सार्वभौमिकतालाई जिवित राख्ने दर्जनौँ सरकार निर्माण गर्न सफल भएकै हो । संविधान कार्यान्वयन गर्ने समयमा भारतको आर्शिवादले सिंहदरवारको कुर्षीमा पुग्न सफल दाहाल सरकारको गतिविधी देश र जनताको पक्षमा नदेखिनुले नेपाली राजनीतिको संक्रमणकाल अझै लम्बिने निश्चित छ ।

lendup-sapathसंविधानको सर्वस्वीकार्यताको नारा दिदै भारत स्वीकार्यताको संशोधन प्रस्ताव संसदमा ल्याउने दाहाल क्रियाकलापले निम्त्याएको नयाँ द्धन्द्ध झन झन चर्कदै छ । तराईको समस्या समाधान गर्न पहाडमा समस्या सिर्जना गर्ने दाहाल गतिविधी आफ्नो छबी कलंकित बनाउने मार्गतिर अग्रसर हुँदै गर्दा उनका अभिव्यक्तिले देशमा नयाँ समस्या सिर्जना हुने पक्का पक्की नै छ ।

आफ्नो धन र ज्यान बचाउन देशको धन र ज्यानमाथी धावा बोल्ने पुष्कमलका पछाडी कस्को हात छ ? आफ्नो जीवनकै निरिह कालमा दाहाल किन र कसरी उनिहरुबाट प्रयोग भैरहेका छन् ? यस्को अन्तीम परिणाम के हुन सक्छ ? बुझ्न र जान्न हाम्रै छिमेकी मुलुक भारतको कालो पोतिएको अनुहार हेर्नुपर्ने जरुरत आई लागेको छ । हाल नेपालमा भैरहेका राजनीतिक षड्यन्त्रहरु र भोलीको निम्ती बुनिएका तानाबानाहरु बुझ्न एकपटक सिक्किमको विगत र दुरर्दशा बुझ्नैपर्ने देखिन्छ ।

भारतीय सेनाको नेपाल आगमण संगै सिआईएबाट तराई मधेशमा गराउने जातिय–क्षेत्रिय लडाईको सुत्राधारका रुपमा सिके राउत अहिल्यै मौजुद भईसकेको घटनाले ‘मिशन रअ’  र सिआईए गतिविधी नेपाल राष्ट्रको सुरक्षाको निम्ती अति नै घातक छ ।

सिक्किमः
नेपाल, चीन, भुटान र भारतबीच सात हजार छयानब्बे वर्गकिलोमिटरमा फैलिएको सानो देश सिक्किम १६मे १९७५ भन्दा अघी एक राजतन्त्रात्मक सार्वभौम मुलुक थियो । लिम्बु, लेप्चा, नेवार, गूरुङ, मगर, शेर्पा, तामाङ र सुनुवारहरुको बसोबास भएको सिक्किमको राजतन्त्रात्मक उदय सन् १६४२ देखी भएको पाईन्छ । अर्गानिक राज्य सिक्किम बौद्ध धर्मालवम्बीहरुको स्वर्गभूमी बनाउने कार्यको योगदान आठौँ शताब्दीका बौद्ध धर्मगूरु पद्मसम्भबालाई जान्छ । भुटान र नेपालसंग लड्दै भिड्दै चीनको सहयोगमा आफ्नो अस्तीत्व बचाउन सफल सिक्किम सन् १८१४ मा नेपालसंग युद्ध गर्न बाध्य हुँदा ब्रिटिश इस्ट इण्डिया कम्पनीको सहयोगले जोगिन पुग्यो । फलस्वरुपः सन् १८१७ मा नेपाल र इस्ट इण्डिया कम्पनीबीच भएको सन्धीले गर्दा सिक्किम बेलायती अधिनमा पुग्यो । सन् १९४७ मा बेलायतीहरुको भारत फिर्तिपछी सिक्किम भारतीय युनियनको अंग बन्न इन्कार गर्दै स्वतन्त्र मुलुकका रुपमा रहने इच्छा जाहेर गर्यो । सन् १९५० मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसंग सुरक्षा, संचार, कुटनीति र वैदेशिक मामिला भारतलाई जिम्मा लगाउँदै इण्डो–सिक्किम सन्धी गर्न राजी भयो । सन् १९५३ मा स्टेट काउन्सील बनाउने अधिकार पाएको सिक्किमको स्वतन्त्र अस्तीत्व १६मे १९७५ सम्म रह्यो ।

बेल्जियन पिता र जर्मनी माताबाट जन्मिएकी स्कटिस पतिकी पत्नी एलिसा मारियासंग बैवाहिक जिवन गाँस्न पुगेका लेण्डुप सन् १९७४ मा भएको चुनावमा आफ्नो पाटी सिक्किम नेश्नल कंग्रेसलाई ३२ मध्य ३१ स्थानमा भारी जीत दिलाउन सफल भए ।

को हुन लेण्डुप ?

११ अक्टोवर १९०४ lendupमा पाकयोङ इस्ट सिक्किममा जन्मिएका काजी लेण्डुप दोर्जे १९४५ मै सिक्किम प्रजा मण्डलका प्रमुख बनिसकेका थिए । १९५३ देखी १९५८ सम्म सिक्किम स्टेट कँग्रेस प्रमुख हुदै १९६२ मा सिक्किम नेश्नल कंग्रेस बनाउँदै राजनीतिमा जम्दै थिए । भारतीय कंग्रेससंग विषेश सम्बन्ध निर्माण गर्न सफल लेण्डुप २१ सेप्टेम्बर १९६८ मा भारतीय प्रधानमन्त्रीको माताहतमा रहने गुप्तचर संस्था ‘‘रिसर्च एण्ड एनालाइसिस  विङ (रअ)’  संग पनि उस्तै सम्बन्ध गाँस्न पुग्नुले उनीभित्र लुकेको द्रव्य र सत्ता मोहको जानकारी मिल्दछ । जसले गर्दा  ‘रअ’को आर्थिक सहायताले सन् १९७३ को सिक्किम परिषदको चुनावमा आफ्नो दललाई प्रमुख बनाउन उनी सफल भए । बेल्जियन पिता र जर्मनी माताबाट जन्मिएकी स्कटिस पतिकी पत्नी एलिसा मारियासंग बैवाहिक जिवन गाँस्न पुगेका लेण्डुप सन् १९७४ मा भएको चुनावमा आफ्नो पार्टी सिक्किम नेश्नल कंग्रेसलाई ३२ मध्य ३१ स्थानमा भारी जीत दिलाउन सफल भए ।

भारतीय खुफिया संस्थाको आर्थिक, राजनीतिक समर्थनमा हुर्किएका लेण्डुप दोर्जे सिक्किमको प्रधानमन्त्री पदमा पुग्ने आधार चुनावको परिणामले तय गरिदिएकै थियो । ‘रअ’ को योजना मुताविक १६ मे १९७५ मा सिक्किमको औपचारिक भारत विलयपछी भारतको २२ औँ प्रान्त सिक्किमको मुख्य मन्त्रीको सपथ लिने लेण्डुप १९७९ सम्म सत्ता र शक्तीमा रहे । उनको उपादेयिता समाप्त गर्दै १९७९ को चुनावमा शुन्य सिट दिलाउँदै राजनीतिबाट मिल्काईएका लेण्डुप जीवनभर भारतकै निगाहमा बाँच्न विवश बनाईए । फलस्वरुपः सिक्किमको भारत विलयको निम्ती सन् २००२ मा पद्मम्भुषण र २००४ मा सिक्किम रत्नले विभुषित हुँदै २८ जुलाई २००७ मा कालिङपोङ पश्चिम बङगालमा जिवन गुमाउन पुगे ।

चोग्याल सत्ताको पतन र सिक्किमको भारत विलयः

chogyal-and-indira-gandhi
सन् १९६३ मा टासि नाम्ग्यालको मृत्युपछी राजा चोग्याल (पाल्देन थोनदुप नामग्याल) २२ वर्षिय अमेरिकन श्रीमति होप कुकसंग विवाह गर्दै सिक्किममा राज गर्दै थिए । सिक्किमकै काजी लेण्डुप दोर्जेकी बेल्जियन श्रीमति एलिसा मारिया र चोग्यालकी श्रीमति होप कुकको आन्तरिक शक्ती संघर्षले सिक्किमको राजतन्त्र आन्तरिक रुपमा कमजोर बन्दै थियो । भारतीय सत्ताको आर्थिक लगानीमा जन्माइएका, हुर्काइएको काजी लेण्डुपेको राजनीतिक पार्टी सिक्किम नेश्नल कंग्रेसका गतिविधीबाट अनभिज्ञ राजा चोग्याल नेपाली राजा विरेन्द्रसंग भएको काठमाडौ भेटघाटबाट रुष्ट भारतीय सत्ता अनेक षड्यन्त्रका तानाबाना बुन्दै थियो ।

सिक्किममा बसोबास गर्ने बुद्धिष्ट र अरु जातिको बीचमा बिद्रोह गराउन भारतीय खुफिया एजेण्ट तेजपाल सेन अथाह पैसा लेण्डुप मार्फत लगानी गर्दै थिए । भारतीय सेनालाई सिभिल ड्रेसमा प्रयोग गर्दै सिक्किमबासी हिन्दुहरुलाई सिक्किमको विभिन्न ठाउँमा विरोध गराउने ‘रअ’ को नीति अनुसार लेण्डुप दोर्जे र तेजपाल सेन अहोरात्र खटिदै जाँदा सफलता प्राप्त गर्दै थिए । भुटानले संयुक्त राष्ट्रसंघको सदस्यता लिई सक्दा पनि सिक्किमलाई अझै तयार नबनाउने लेण्डुप पत्नी र चोग्याल पत्नीको क्रियाकलाप झन शंकास्पद बन्दै थियो । जसको कारण भारतीय ‘रअ’ले ‘मिसन सिक्किम’ बनाउने सफलता पायो । ‘रअ’ले १९७१ मा निर्माण गरेको रणनीति ‘मिसन सिक्किम’बाट अन्जान चोग्याल सत्ता कसरी भारतमा गाभियो ? राम्रोसंग बुझ्न अशोक रैनाद्धारा लिखित पुस्तक ‘इनसाईड रअ’ (१९८१ जनवरीमा भारतबाट प्रकाशित) मा उल्लेख छ ।

६ अप्रिल १९७५ मा गान्तोकमा भारतीय सेना उतार्दै चोग्याल दरवारको गेटपाले १९ वर्षिय वसन्तकुमार क्षेत्रीको हत्या गर्दै दरवार सुरक्षामा खटिएका दुई सय ४३ सुरक्षा गार्डलाई पाँच हजार भारतीय सेनाले कब्जामा लियो । यसरी विना रत्तपात सिक्किमभर एक लाख भारतीय सेनालाई उपस्थीत गराउँदै औपचारिक रुपमा सिक्किमको भारत विलयलाई सम्पन्न गराईयो ।

छिटफुट रुपमा बुद्धिष्ट भेदभावको विरुद्ध सुरु गरिएको सिक्किम विद्रोहलाई उचाईमा पुर्याउन ‘रअ’ को योजना अनुसार २७ मार्च १९७५ को क्याबिनेट बैठकमा लेण्डुप सरकारले भारतीय संसदमा निवेदन दिने निर्णय गराउने सफलता प्राप्त गर्यो । सिक्किमलाई भारतीय युनियनको २२ औँ प्रान्त गराउन भारतीय संसदमा परेको निवेदनलाई स्वीकार गर्दै भारतीय सेना सिक्किम प्रवेश गर्दा पनिlendup-with-wife चोग्याल सत्ताले थाहा नपाउनु झनै उदेयकलाग्दो स्थितीले ‘रअ’को काम विना रोकतोक अगाडी बढ्ने अवसर मिल्यो । ६ अप्रिल १९७५ मा गान्तोकमा भारतीय सेना उतार्दै चोग्याल दरवारको गेटपाले १९ वर्षिय वसन्तकुमार क्षेत्रीको हत्या गर्दै दरवार सुरक्षामा खटिएका दुई सय ४३ सुरक्षा गार्डलाई पाँच हजार भारतीय सेनाले कब्जामा लियो । यसरी विना रत्तपात सिक्किमभर एक लाख भारतीय सेनालाई उपस्थीत गराउँदै औपचारिक रुपमा सिक्किमको भारत विलयलाई सम्पन्न गराईयो ।
सन् १९७१ मा ‘रअ’बाट तय गरिएको ‘मिशन सिक्किम’को समाप्ती सिक्किमलाई भारतको २२ औा प्रान्त बनाउँदै गरियो । सत्ता र शक्तीको निम्ती देश नै बेच्न तयार बन्ने लेण्डुपलाई पुरस्कार स्वरुपः त्यहीँकै मुख्यमन्त्रीमा आशिन गराईयो । सन् १९७९ को चुनावपछी नाटकिय ढंगबाट लेण्डुपको पतन गराईएको कुरा १९८४ मा सुनन्दा के दत्ता रे द्धारा लिखित ‘Smash and Grab : Annexation of Sikkim’ पढ्दा प्रस्ट हुन्छ ।

भारतीय ‘रअ’को नेपाल प्रवेश र लेण्डुपहरुको खोजीः
हिमालयलाई भारतको सीमाना बनाउनुपर्छ भन्ने नेहरु नीतिबाट प्रभावित उनकै छोरी इन्दिरा गान्धी मौकाको ताकमा थिईन । सन् १९६२ को चीन–भारत युद्धमा सिक्किमको सीमाबाट चिनियाँ घुषपैठ देख्ने इन्दिरा आँखले दक्षिण एशियाको हिमालय रेञ्जमा तीन वटा राजसंस्थालाई रुचाउने कुरै थिएन । भुटान, सिक्किम र नेपाललाई मिल्ने मनसुभा स्वरुपः २१ सेप्टेम्बर १९६८ मा आफ्नै (प्रधानमन्त्रीको) माताहत रहने गरी ‘धर्मो रक्षती रक्षित’को मुलमन्त्रमा चल्ने खुफिया एजेन्सी ‘रअ’को स्थापना गर्नुको असली मकसद् बुझ्न बङगलादेश निर्माण र सिक्किम विलय देख्दा नै थाहा हुन्छ । भूटानले आन्तरिक रुपमै भारतसंग त्वम् शरणम् गरेपछी उनको कदम नेपाल लक्षित हुदै थियो । नेपालमा रहेको राजसंस्थालाई कमजोर बनाउने, विभिन्न राजनीतिक दल मार्फत् भारत समर्थित नेता निर्माण गर्ने, उसको सम्पुर्ण आर्थिक चाँजोपाँजो मिलाउने, देशसलाई आर्थिक रुपले भारत निर्भर बनाउने, नेपालभित्र विभिन्न इथिनिक जातजातिहरुमा अन्धोपनको पहिचान जगाईदिने, संधै राजनीतिक अस्थिरता उत्पन्न गराउँदै नेपाली संस्थाहरुलाई कमजोर बनाउने, नेपालभित्र विभिन्न वौद्धिक व्यक्तीलाई भारतभक्त बनाउने जस्ता कार्यमा ‘रअ’ नेपाल केन्द्रीत हुँदै थियो । यि सबै काम गर्न नेपाली सेना, दरवारभित्र मानिसहरु र विभिन्न वौद्धिक अपाङगहरुको निर्माण गरिदै थियो । नेपालमा गराईने हरेक गडबडीमा भारतीयहरुको संलग्नता बढाउन आप्रवासी भारतीयहरुको नेपाल प्रवेश रणनीतिक रुपमा गराईदै थियो ।

भारतीय ‘रअ’को कार्यबाट चिन्तीत तत्कालिन दरवार आफनै पारिवारिक झमेलामा फस्दै थियो । राजा विरेन्द्रको लोकप्रिय छवीले दरवारलाई जनताको साथ रहेको उनिहरुको मुल्याङकनले ‘मिशन नेपाल’ झन झन टाढा धकेलिदै थियो । जसको कारण नेपालमा राजनीतिक अस्थिरता बढाउन उचित मोहोराहरुको खोजी तिब्र पारिदै थियो ।

लेण्डुप प्रवृक्तीको नेपाल आगमनः

सत्ताले दिलाउने पैसा र पैसाले दिलाउने सत्ताको निरन्तरतालाई चाहिने विदेशी सहयोग मार्फत् स्वदेशी जनतामाथी शासन र कुशासन लाद्ने मनोदशा नै लेण्डुप प्रवृक्ती हो । नेपालमा लेण्डुप प्रवृक्तीको प्रवेश कहिले देखी भयो ? नेपाली इतिहास पढ्दा यसको मिति २०३६÷०३७ र सर्जक सुर्यबहादुर थापा हुन भन्ने भेटिन्छ । पैसाको प्रयोग कहिले, कहाँ र कसरी गर्ने साथै पैसा को बाट  र कसरी प्राप्त गर्ने भन्ने राम्रोसंग बुझेका प्रथम खेलाडी उनै हुन भन्दा अतिश्योक्ती नहोला ।
२०४६सालको परिवर्तनपछी लेण्डुप प्रवृक्तीको सवैभन्दा बढी प्रयोग गर्ने व्यक्ती गिरिजाप्रसाद कोईराला थिए भन्ने प्रमाण भारतमै शिक्षित तथा दिक्षित डा. वावुराम भट्टराईको लेख ‘राष्ट्रवाद र लेण्डुप संस्कार’ पढे थाहा हुन्छ । सर्पले सर्पको खुट्टा देख्छ भनेजस्तो गिराजामा लेण्डुप संस्कार देख्ने वावुरामलाई भारतसंग विप्पा सम्झौतापछी अर्का डाक्टर प्रकाशचन्द्र लोहनीले कान्तिपुर दैनिकमा ‘लेण्डुप प्रवृक्तिको नेपाल प्रवेश’ शीर्षकको लेख लेख्दै धज्जी उडाँउदा सवैभन्दा खुशी हुने त्यतिबेला भट्टराईकै पार्टीको अध्यक्ष रहेका पुष्पकमल दाहाल थिए भनिन्छ । विडम्वना नै भन्नुपर्छ, अहिले खुद पुष्पकमल लेण्डुप प्रवृक्ती बोकेर सिंहदरवारको कुर्सीमा बस्दै पैसा र शक्तीको निम्ति लेण्डुप प्रवृक्तीः एक सरुवा रोगको पछिल्लो कडी बन्दै छन् ।

तराई मधेशमा पहाड विनाको प्रदेश निर्माण गर्दा हिन्दी भाषालाई सजिलै सरकारी कामकाजको भाषा बनाउन सकिने भारतीय ‘रअ’को रणनीति रहेको देखिन्छ । कालान्तरमा नेपाली भाषी पहाडी र हिन्दी भाषी तराई मधेशसंग भाषिक द्धन्द्ध खडा गराउने रणनीतिमा ‘रअ’ क्रियाशिल रहनेछ ।

२०४६को परिवर्तनपछी धेर–थोर सवै पार्टीहरुमा प्रवेश गरेको सरुवा रोग लेण्डुप प्रवृक्ती यसरी बढ्दै छ की अब खुद लेण्डुप बन्ने हतारोमा शेरबहादुर देउवा आईपुग्नु ‘रअ’ को ‘मिशन नेपाल’ सफलता उन्मुख छ भन्नुपर्ने दिन नजिकिदै छ । बङगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दीभ्स र नेपाललाई संधै राजनीतिक रुपले अस्थिर राख्दै यि देशको प्राकृतिक साधन, स्रोत र बजार कब्जा गर्ने साथै वैदेशिक नीति भारतीय इच्छा तथा चाहाना अनुसार सञ्चालन गर्दै संयुक्त राष्ट्रसंघको स्थायी सदस्य राष्ट्र बन्ने लालसामा स्थापित संस्था ‘रअ’आफ्नो मिशनमा कति सफल हुँदैछ भन्न माथि उल्लेखित देशहरुमा भएका राजनीतिक अस्थिरता हेरे पुगिहाल्छ ।

राजनीतिक नेतृत्व, इथिनिक समुह, आर्थिक दीवालियापन,वौद्धिक अपाङगता, मनोवैज्ञानिक त्रास, आप्रवासीको डरलाग्दो घुषपैठ र राजनीतिक अपराधिकरणको प्रयोग गर्दै नेपालको राजनीतिलाई आफ्नो पकडमा राख्ने मिशनमा निरन्तर सक्रिय भारतीय खुफिया संस्था ‘रअ’ मिशन नेपाल अन्र्तगत कथित संविधान संशोधनको नाममा आफुद्धारा निर्मित लेण्डुपहरु र आप्रवासी मधेशीहरुको प्रयोग नाङगो रुपमा गर्दैछ । २०४६ पछी केवल चार वर्षै मात्र गरिएको प्रजातान्त्रीक अभयासलाई खराव व्यवस्था देखाउन २०५२ सालदेखी पुष्पकमल–वावुराम जन्माउने ‘रअ’ को योजना तात्कालिन दरवारले बेलैमा नबुझ्दा कालान्तरमा राजतन्त्र नै गुम्न पुगेको घटनाबाट शिक्षा लिदै हाल प्रमुख प्रतिपक्षिद्धारा चालिएको कदमले केही पछी हट्न बाध्य हुँदैछ ।

नेपाल राष्ट्रको एकतालाई जोगाई राख्ने राष्ट्रवादी जनताको स्वतस्फुर्त आन्दोलनलाई वितण्डावादी देख्ने पुष्पकमलको लेण्डुपे आँखा नेपाली हुँदै होइन । ‘रअ’ को दानापानी खाएर सत्ता र कुर्सीसंग आफ्नो स्वाभिमान बेच्ने पुष्पकमल लेण्डुप प्रवृक्तीका मात्र होईनन्, लेण्डुपे अवतारमा प्रस्तुत हुनु बडा दुखलाग्दो र डरलाद्यगो स्थिती हाम्रो सामु उपस्थित छ ।

तराई–मधेश र पहाड अलग्याउने ‘रअ’ नीतिः
भारतीय ‘रअ’ र सिआईएको स्वार्थ अनुरुप नेपाली राजसंस्थालाई विदा गरेपछी यि दुईको वर्तमान मिशन तराई मधेशलाई पहाडबाट अलग्याउने रणनीतिको असली कारण खोज्नुपर्ने हुन्छ । बेलायतीहरुले १९४७ मा धर्मको आधारमा भारत विभाजन गराएको घटनाबाट शिक्षा लिदै भाषाको आधारमा बङगलादेश निर्माण गर्न सफल ‘रअ’ नेपालमा यिनै हत्कण्डाहरु प्रयोग गर्ने तयारी स्वरुप भारतीय आप्रवासीहरुको नेपालीकरण र संघियता स्थापित गर्न सफल भैसकेका छन् ।

पहाडसंग तराई मधेश जोडिए आर्थिक, सामाजिक, भाषिक र सांस्कृतिक रुपमा सवल हुन जाने र प्रदेशको काठमाडौ सम्बन्ध प्रगाढ हुन जाने खतरालाई आजै रोक्न चाहान्छ । तराई मधेशमा पहाड विनाको प्रदेश निर्माण गर्दा हिन्दी भाषालाई सजिलै सरकारी कामकाजको भाषा बनाउन सकिने ‘रअ’को रणनीति रहेको देखिन्छ । कालान्तरमा नेपाली भाषी पहाडी र हिन्दी भाषी तराई मधेशसंग भाषिक द्धन्द्ध खडा गराउने रणनीतिमा ‘रअ’ क्रियाशिल छ । तराईमा आफ्ना हिन्दी भाषी भारतीय आप्रवासीलाई काठमाडौले दमन गर्यो भन्दै अन्तराष्ट्रियकरण गर्दै हिन्दी भाषी जनताको समर्थनमा भारतीय हस्तक्षेपलाई अनिवार्य बनाउने खेल जर्जियाको ओसेटिया र अफगाजिया  क्षेत्रमा रुसी सरकारले रशियन भाषी जनताको सुरक्षाको निम्ती सैनिक हस्तक्षेप गरेको घटनासंग मिलाउने प्रपञ्च आजै रचिदै छ । भारतीय सेनाको नेपाल आगमन संगै सिआईएबाट तराई मधेशमा गराउने जातिय–क्षेत्रिय लडाईको सुत्राधारका रुपमा सिके राउत अहिल्यै मौजुद भईसकेको घटनाले ‘मिशन रअ’  र सिआईए गतिविधी नेपाल राष्ट्रको सुरक्षाको निम्ती अति नै घातक छ ।

सिक्किम भारतमा गाभेको विरोध गर्ने चिनियाँ राष्ट्रपति जियाङ जमिनले तिब्बतको बारेमा भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई मनाउने बित्तिकै सन्२००३ मा सिक्किम भारतकै अभिन्न अङग मान्नुले ठुला देशहरु केवल आफ्ना स्वार्थ मात्र सोच्छन् भन्ने पुष्टि भैईसकेको छ । हाल नेपालमा ‘रअ’ र सिआईए मार्फत् खडा गरिएको राजनीतिक अस्थिरताभित्र पुष्पकमल र वावुराम दुई कित्तामा बस्दै नेपाली संविधानको संशोधन मार्फत् देशलाई अन्तहिन द्धन्द्धमा पुर्याउने रणनीति बहुतै खतरनाक रहेको केही समयपछी प्रमाणित हुने नै छ ।

भारतीय ‘रअ’ र सिआईएको षड्यन्त्रलाई परास्त गर्दै नेपालको भविष्य सुन्दर बनाउने एक मात्र उपाय भनेको वर्तमान संविधानको अन्र्तवस्तु संघियता र धर्मनिरपेक्षतालाई केही वर्षको निम्ति निलम्बन गर्ने वा तत्काल जनमत संग्रहमा जानु नै हो ।

संविधान संशोधनको पाण्डुरा बाकस खोल्ने वित्तिकै सुरु हुने जनजाती आन्दोलन र कहिल्यै पुरा नहुने मधेशी मोर्चाको मागलाई निहुँ बनाउँदै गरिने कार्यले नेपाल र नेपाली अस्तीत्व समाप्त गरिने रणनीतिसंग सम्बन्धीत छ भन्ने बुझ्नु जरुरी भैसकेको  छ । भारतीय ‘रअ’ र सिआईएको षड्यन्त्रलाई परास्त गर्दै नेपालको भविष्य सुन्दर बनाउने एक मात्र उपाय भनेको वर्तमान संविधानको अन्र्तवस्तु संघियता र धर्मनिरपेक्षतालाई केही वर्षको निम्ति निलम्बन गर्ने वा तत्काल जनमत संग्रहमा जानु नै हो । हालको लेण्डुप प्रवृक्तीको सरकारबाट हुन जाने राष्ट्रघातको विरुद्ध ‘रअ’ र सिआइृएको नेपाल गतिविधीलाई विफल बनाउन तत्काल लोकतन्त्रवादी, गणतन्त्रवादी र सम्पुर्ण देशभत्त र राष्ट्रवादीहरुको मोर्चा बन्नु अत्यावश्यक भैसकेको छ । अन्यथा, लेण्डुप प्रवृक्तीको नेपाली अवतार सफल हुँदा नेपाल र नेपालीले सदियौँसम्म स्वतन्त्रताको लडाई लड्नुपर्ने निश्चित छ ।

13555 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom