काँग्रेसलाई नेकपाको चिन्ता !

फरकमत

बिहिबार, साउन १७, २०७५



- दीपेन्द्र पाण्डे

मतपत्रको माध्यम बाट नेकपालाई पाँच बर्षको निम्ती सिंहदरबार सुम्पने जनताको निर्णयले मर्माहत लोकतन्त्रको एक मात्र ठेकेदार पार्टी नेपाली काँग्रेस सडकमा बस्न बाध्य छ । २०४६ को राजनैतिक परिवर्तन पछी अपबादमा बाहेक सत्तामा रहेको काँग्रेस जनताको पछिल्लो जनादेशलाई आत्मसाथ गर्न हिच्किचाई रहेको मान्ने आधार काफी छन ।

देउवा नेतृत्वमा रहेको बर्तमान काँग्रेस बनी बनाउ एजेण्डा सहित साउनको झरीमा सडकमा उफ्रने कार्यले उसलाई लोकतन्त्रवादी मान्नेहरु रक्षात्मक बन्न बाध्य भएका छन । मिलीजुली खान खप्पिस देउवा  नेतृत्वको काँग्रेस प्रतिपक्षी भूमिकामा प्रस्तुत हुँन नजान्दा  अनुपयुक्त समयमा सडक तताउने कार्य काँग्रेस पार्टीको निम्ती झनै नोक्सानदायी हुने राजनैतिक बिश्लेशकहरुको निचोड छ ।

नेकपाको ओली सरकार समृद्धिको सपनामा झुमेको छ । जनताको जनादेश मार्फत प्राप्त शक्तीको कारण ओली सत्ताको कार्यशैलीबाट अधिनायकबाद जन्मने सपनाले काँग्रेसलाई दिन रात सताउँदै छ । २००६ साल देखी नेपाली जनतालाई देखाईएको साम्यबादको सुन्दर परिकल्पनामा आधारित समाज निर्माणको निम्ती समाजवादको आधार तय गर्ने नाराको साथ जनताको रोजाईमा परेको वाम सरकार भन्दा चर्को समाजबादी र क्रान्तीकारी बन्न बाध्य भएको देउवा काँग्रेस नेकपाको सरकारलाई अधिनायकवादी किन देख्दैछ ? के ओली सत्ताले साँच्चिकै अधिनायकबाद लादन आँटेकै हो त ? अथवा के ओली सत्ता अधिनायकबाद लादन सफल हुन्छ वा चाहान्छ वा सक्छ त ? तमाम सवालको जवाफ काँग्रेससँग हुँदा हुँदै किन देउवा काँग्रेस आफ्नो खुट्टामा बञ्चरो हान्दैछ ? बुझ्न काँग्रेसको बर्तमान अवस्था , नेतृत्व र विगतको शासन तिर एक नजर फ्याँक्नु अनिबार्य देखिन्छ ।

२०४६ को परिवर्तनसँगै २०४८ को पहिलो आम निर्बाचन मार्फत बहुमत प्राप्त नेपाली काँग्रेसको सरकारले बाटो बिराएको सजाय नेपाली जनताले भोगेको मान्न काँग्रेस आज सम्म राजी छैन । गिरिजा सरकारले सुरु गरेको आर्थिक उदारिकरणको नाममा अन्धा ‍- धुन्ध सुरु गरेको निजीकरण र कर्मचारी आन्दोलन दबाउन गिरिजा सरकारको तात्कालिन गृहमन्त्री शेरबहादुर देउवाको शासन काल सम्झने देख्ने , भोग्ने र सम्झने मानिसहरु बर्तमानको देउवा काँग्रेसको छटपटी ओली सत्तालाई धक्का दिन नभई सभापती पद जोगाउने उपाय हो भन्न सकिन्छ । धमिजा काण्ड , लाउडा काण्डबाट अत्यन्त प्रभावित पूर्वप्रधानमन्त्री देउवा, गिरिजाको विरासतलाई पछ्याउँदै सत्तामा बस्दा म्यानपावरवाली राजदूत बनाउँन मरीहत्ते गर्ने , केवल कुर्सीको निम्ती प्रचण्डलाई बोकेर प्रचण्ड पुत्री जिताउन चितवन सम्म पुग्ने , निर्वाचनसँग लक्षित हुँदै नेपाल प्रहरी संगठन भित्र नाङ्गो नाच गर्ने , अदालतको हुर्मत लिन लोकतन्त्रको मुल्य मान्यता बिर्सन पछी परेनन । सत्ता प्राप्तिको निम्ती प्रचण्डलाई बोक्न तम्सिएको घटना पछी खुल्दै गरेको कमजोरी लुकाउन रचिएको पछिल्लो सडक नाटक काँग्रेस कार्यकर्ताको मनोबल जिबित राख्नको निम्ती मात्र हो भन्ने ठोकुवा गर्न सकिन्छ ।

मुखले प्रजातन्त्रबादी काम र व्यवहारले निरंकुशताबादी काँग्रेस आफ्नो शासनकालमा गरिएको ज्यादति देख्नै सक्दैन । आठ बर्षे अनिश शाक्य देखी सत्तरी बर्षिय बसिर मिँया अन्सारी समेतलाई बिना कारण गोली ठोक्ने देउवा , सामान्य झै – झगडाको निहुँमा समेत झुट्टा मुद्धा दर्ता गर्दै दुख दिने , रोल्पा रुकुमको सामान्य घटना दबाउन चरम प्रहरी दमन गर्दै किलो सेरा टु र रोमियो अपरेशन सञ्चालन गर्ने ,  पार्टी आदेशलाई लत्याउँदै संकटकाल लम्ब्याउँने र प्रजातन्त्र दरबारमा बुझाउने अक्षम देउवा काँग्रेस लोकतन्त्रको निम्ती कुन रुपमा दर्ज छन ? तमाम लोकतन्त्र बादीले छातीमा हात राखेर सोच्ने बेला भइसकेको छ । बहुलवाद , लोकतान्त्रीक समाजबाद र बीपीको सपनामा बाँचेको काँग्रेस केवल पाँच महिना सत्ता बिहिन हुँदा जताततै अधिनायकबाद देख्न पुग्ने दृष्टिदोष नेपाली जनता लक्षित नभएर पश्चिमा शक्तीलाई सुनाउँन मात्र खेलिएको सडक नाटक ओली सत्ताले नजर अन्दाज गर्दा नेकपाको निम्ती नयाँ समस्या बनेर देखा परेको मान्नु जायज देखिन्छ ।

निर्वाचन घोषणापत्र , नीति तथा कार्यक्रम र जनताको चाहानालाई एकातिर थनक्याउँदै रेल र पानी जहाज भन्दा कम सुन्न नचाहाँने ओली सत्ताको कारण देउवा काँग्रेसले पाएको मसला सडक नाटकको निम्ती कती जायज छ ? सोचनिय भए पनि देउवा काँग्रेसलाई सस्तो मनोरञ्जन दिइरहेको सजिलै बुझ्न देखिन्छ । अझ रोचक पक्ष के देखिदै छ भने देउवा निर्देशित पछिल्लो सडक नाटकले आफ्नो सिद्धान्त र बीपीलाई समेत भुल्ने काँग्रेस रातारात मदन भण्डारीको चिन्तामा डुबेको छ । सामान्य काम देखाउँदा पनि अत्यन्त हर्षित हुने नेपाली जनताले ओली सरकारलाई पास मार्क दिन नमानी रहेको कारणहरु  हवाई उडान , ठुला ठुला गफ , तल्लो स्तरको घोचपेच , मंहगी र अनुपयुक्त करको भार घटाउन ओली सत्तालाई  सडक मार्फत दिएको जानाकारी सुन्ना साथ नेकपाको कार्यकर्ताले देउवा काँग्रेसको चिन्ता र छटपटीलाई धन्यबाद दिनै पर्ने देखिन्छ ।

687 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank