कस्ले जन्माउँछ सीके राउतहरु !

फरकमत

मङ्लबार, फाल्गुन ३, २०७३



- दीपेन्द्र पाण्डे

तात्कालिन समयमा (सन २०१४ मा) डलरको गुन तिर्दै बक्तब्यबाजी गर्नेहरु पद्ध्मरत्न तुलाधर, दमननाथ ढुङ्गाना, बिरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सिके लाल, मल्ल के सुन्दर, कृष्ण भट्टचन, कृष्ण हाछेथु, बिजयकान्त कर्ण, पासाङ शेर्पा, राजेन्द्र महर्जन, धिरेन्द्र प्रेमर्शी, गणेश कुमार मण्डल, बिमल अर्याल, तुलानारायण साह, अनुभब अजीत, उज्ज्वल प्रसाइ, युग पाठक, चिरन मानन्धर र राजेश अहिराजहरु अहिले किन चुपचाप छन ? रातारात दाहाल, नीधि र अदृश्य शक्ती बिच कसले सेटिङ मिलाई दियो ? जनता जान्न आतुर छन ।


विजयकुमार पाण्डेको वचनलाई सापटी लिने हो भने बर्तमान समय बैश्य युग नै हो भन्ने मान्न सकिने आधार दिन प्रतीदिन प्रमाणित हुँदैछ । संसारमा सबै मानिस बिकाउ छन, मोल मात्र फरक फरक । यो भनाइको प्रयोग नेपालमा भरमार गरी सकिएको नबुझ्ने मानिस पाउन मुश्किल भैसकेको छ । डलरमणी र नुनप्रसादहरुको बिग बिगीले थिल थिलो बनाइएको नेपाली राजनीतिले चुरोट बनाउनेहरुलाई राज्यले कर तिरेको बहानामा खुलेआम सम्मानित गर्ने र चुरोट पिउनेलाई रोगी र दोषी बनाउँदै जेल बस्ने स्थीती निर्माण गर्ने लोकतन्त्रको अभ्यास गरिदैछ,नेपालमा ।

गर्छु भनेको काम नगर्ने, गर्नै पर्ने काम समयमा नगर्ने, घटेको शक्ती बढाउन आफ्नो कद झन घटाउने रोगी मानसिकताले जेलिएका सत्ता पिपासुहरु ‘घर पोलेर खरानीको ब्यापार’ गर्न उद्धत छन । पैसा र शक्तीको निम्ती जोसंग र जहिले पनि मिल्ने अनैतिकताको पराकाष्टा नाघेको बर्तमान सरकार आफ्नालाई बिझाउने बिदेशीलाई रिझाउने एक मात्र फर्मुलामा टिकेको सम्पुर्ण नेपालीले बुझी सकेकै हो ।


६५ बर्षिय पूर्व शिक्षक स्वेताम्बर राउतका सुपुत्र सीके राउत सप्तरी जिल्लाको महदेवा निवासी हुन । इन्जीनियरिङ्ग क्याम्पस पुल्चोकबाट इलेक्ट्रोनिक्स बिषयमा स्नातक राउत मोनबूशो स्कलरशीप अन्तर्गत जापान गए । अध्ययनको दौरानमा बेलायतको क्याम्ब्रीज युनीभर्सिटी पुगेका राउत विद्यावारिधीबाट शुसोभित हुँदै अमेरिका पुगेका हुन ।


संबिधानको कार्यान्बयन महायज्ञमा होमिनु पर्ने सरकार अनेकौ बहानाबाजी गर्दै कसैको इसारामा संबिधान मार्न बचनबद्ध छ । जनताको अगाडी अझै चुनाबको भ्रम दिन नचुक्ने दाहाल मजाकलाई जनताहरु खप्तड राष्ट्रिय निकुन्जमा गैंडा खोज्ने कोशीससंग तुलना गर्दैछन ।

आफु पूर्णतया बदनाम र असफल भएको जानकार प्रधानमन्त्री दाहाल चौतर्फी घेराबन्दीमा परेको महशुस गर्दैछन । आफ्नो पखालिएको छबीमा केही मेकअप गर्न सकिन्छ की भन्ने कदम नै सिके राउत पक्राउ प्रकरणलाई मान्ने जनसमुदाय दक्षिणले पश्चिम माथी हात हाल्दा हैरान छन ।

अनुपयुक्त समयमा गरिएको राउत पक्राउ लाई कसैको इसारा कै उपज मान्ने नेपाली अबाज मुखरित भएको देख्दा यो नाटकको पर्दा कसरी खुल्छ ? हेर्न र जान्न आतुर नेपालीको सख्या दिनानु दिन बढदैछ । चुनाव टार्ने बहाना बाजीसंग राउत पक्राउ प्रकरण जोडिन्छ कि निषाना अन्तै मोडिन्छ ? त्यसमै दाहालको भबिश्य टिकेको देख्ने हरुलाई नयाँ सरकार बन्ने संकेतको रुपमा बुझ्दा गलत हुँदैन भन्न सकिन्छ ।

को हुन डाक्टर सीके राउत ?

६५ बर्षिय पूर्व शिक्षक स्वेताम्बर राउतका सुपुत्र सीके राउत सप्तरी जिल्लाको महदेवा निवासी हुन । इन्जीनियरिङ्ग क्याम्पस पुल्चोकबाट इलेक्ट्रोनिक्स बिषयमा स्नातक राउत मोनबूशो स्कलरशीप अन्तर्गत जापान गए । अध्ययनको दौरानमा बेलायतको क्याम्ब्रीज युनीभर्सिटी पुगेका राउत विद्यावारिधीबाट शुसोभित हुँदै अमेरिका पुगेका हुन ।

युबा इन्जीनियर पुरस्कार, महेन्द्र बिद्धाभुषण, कुलरत्न गोल्ड मेडल लगायत थुप्रै मान पदवीले सम्मानित राउत सन २००६ भन्दा अघी राजनीतिबाट कोसौं टाढा थिए । नेपाल, जापान र बेलायतको अध्ययनको सदुपयोग गर्दै अमेरिकामा आफ्नो निजी जीवन सुधार्दै गर्दा सन २००६ को मधेश आन्दोलनले प्रभाव पारेको देखिन्छ । अचानक मधेशी हक हितको निम्ती तेश्रो आँखा खुलाईएका डाक्टर राउत गैर आवासिय मधेशी संघ अमेरिकाको अध्यक्ष बन्दै प्रकट हुनुलाई अर्थपुर्ण थियो भन्ने हालै हुँदै गरेका उनका गतीबीधीले छनक दिन्छन ।


सन २०१४ मा नेपाल आमालाई मोरङ्ग्को रङ्गेलीमा तथानाम गाली गर्दैगर्दा राउत पक्राउ परे । नेपालका डलरमणी र नुन प्रसादहरु (जो राजनीति र मानव अधिकारबादीको मुखुण्डो भिर्दै आफ्नो चुलो तताउँछन) रुन कराउन थाली हाले ।


मधेश आन्दोलन कै समयमा मधेश अधिकार एवम् स्वतन्त्रता गठबन्धन स्थापना गरेका राउतले नेपाली उपनिबेश र रंगभेदको अन्त्यको लागी स्वतन्त्र मधेश देश निर्माण गर्नुपर्ने वकालत गर्दै आइरहेका छन । मधेशीको समुचित अधिकार र मधेशीको स्वतन्त्रताको प्राप्ती र गणतान्त्रिक मधेश स्थापना राउतका मुल एजेण्डा हुन । अमेरिकाबाट सन २०११ मा मिशनका साथ नेपाल पठाइएका राउत नेपाल आमालाई बेश्या भन्दै अलग मधेश राष्ट्रको वकालत गर्दैछन, नेपालको तराइ मधेशमा ।

अलग झण्डा र मधेश राष्ट्रगानको सुरुवात गर्दै आफ्नो इन्जिनियरिङ्ग अध्ययनको भयङकर दुरुपयोग गर्दै स्पाइडर प्रोगाम तयार गरी बिभिन्न ब्यक्तीहरुलाई गलत सुचना प्रवाह गर्दै छन । उग्रबिचार, गतीबीधी र लेखन मार्फत सर्बसाधारण तराइबाशी जनताको ध्यान खिच्न सफल राउत बिगत केही दिन देखी पुलीस कस्टडी पुर्याइएका छन ।


संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै शान्तीपुर्ण सभा, सम्मेलन, संगठन गर्न पाउने संबैधानिक अधिकारको हवाला दिंदै राउतलाई रिहा गर्न अपिल जारी गरे । देश बिखण्डन गर्ने खुलेयाम कृयाकलाप गर्दै रहेका राउतले केवल बोलेको हतियार नबोकेको भन्दै उनलाई तुरुन्त रिहा गर्न जोडदार दबाब दिने तात्कालिन डलरमणीहरु कसको सेवा र आदेश पालन गर्दै थिए ?


को हुन राउतलाई तराइ मधेशको मुक्तीदाता बनाउने ?

राजनीतिमा प्रबेश मार्ग फेला नपार्नेहरुले त्यती बेला सम्म बेश्याबृतीको बारेमा बिरोध गरिरहे, जब सम्म बेश्यासंग उनीहरुको भेट हुन सकेन भनेजस्तो हाम्रो बर्तमान स्थीति छ । सन २०१४ मा नेपाल आमालाई मोरङ्ग्को रङ्गेलीमा तथानाम गाली गर्दैगर्दा राउत पक्राउ परे । नेपालका डलरमणी र नुन प्रसादहरु (जो राजनीति र मानव अधिकारबादीको मुखुण्डो भिर्दै आफ्नो चुलो तताउँछन) रुन कराउन थाली हाले ।

संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै शान्तीपुर्ण सभा, सम्मेलन, संगठन गर्न पाउने संबैधानिक अधिकारको हवाला दिंदै राउतलाई रिहा गर्न अपिल जारी गरे । देश बिखण्डन गर्ने खुलेयाम कृयाकलाप गर्दै रहेका राउतले केवल बोलेको हतियार नबोकेको भन्दै उनलाई तुरुन्त रिहा गर्न जोडदार दबाब दिने तात्कालिन डलरमणीहरु कसको सेवा र आदेश पालन गर्दै थिए ? राउतको मुक्तीदाता बन्न तयार नेपालका मानव अधिकारबादीहरुलाई एकपटक नेपाली जनताले जान्नु र चिन्नु बान्छनिय हुन्छ भन्ने पङ्तीकारको धारणा रहदै आएको छ ।

तात्कालिन समयमा (सन २०१४ मा) डलरको गुन तिर्दै बक्तब्यबाजी गर्नेहरु पद्ध्मरत्न तुलाधर, दमननाथ ढुङ्गाना, बिरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सिके लाल, मल्ल के सुन्दर, कृष्ण भट्टचन, कृष्ण हाछेथु, बिजयकान्त कर्ण, पासाङ शेर्पा, राजेन्द्र महर्जन, धिरेन्द्र प्रेमर्शी, गणेश कुमार मण्डल, बिमल अर्याल, तुलानारायण साह, अनुभब अजीत, उज्ज्वल प्रसाइ, युग पाठक, चिरन मानन्धर र राजेश अहिराजहरु अहिले किन चुपचाप छन ? रातारात दाहाल, नीधि र अदृश्य शक्ती बिच कसले सेटिङ मिलाई दियो ? जनता जान्न आतुर छन ।

नेपाल बिघटनको तेश्रो चरण
२०४६ को राजनैतिक परिवर्तन संगै नेपालमा बिदेशी प्रभाब झ्याल बाट हैन ढोकाबाटै पसेको खुला सत्य राजनीतिमा दख्खल राख्ने हरुले राम्रै संग बुझ्दछन । प्रजातन्त्रको आबरणमा भित्रीएको राजनीतिकरण र भ्रष्टिकरणलाई मलजल गर्दै नेपाल बिघटनको तानाबाना बुनिएको नेपाली नेताले बुझ्दै बुझेनन वा बुझ्नै चाहेनन । फलस्वरुप उनीहरुको मुक्ती र सम्पन्नताको साधन प्रजातन्त्र नेपालमा भने नेतातन्त्र, लुटतन्त्र बन्न बनाउन उनी हरुनै सहयोगी बनी रहे । जसको कारण नेपालको हरेक क्षेत्रलाई निकम्मा बनाउने खेल रणनितिक रुपमै सम्पन्न गरियो ।


अफगानिस्तान, बलुचिस्तान, कश्मिर हुँदै नेपालको मधेशमै डेरा जमाउन सफल भए कालान्तरमा भारत र तीब्बतमा चलाईने स्वतन्त्रता आन्दोलन मार्फत हतीयारको ब्यापार बुलन्द हुने उसको मनसुवा नेपालको निम्ती निकै महगो पर्ने देखिन्छ ।


पहिलो चरणमा पार्टी र कर्मचारीलाई निकम्मा बनाइयो भने दोश्रो चरणमा देशमा चरम राजनैतिक द्वन्दलाई बढाबा दिदै स्थापित राजनैतिक सस्थालाई धारासाही बनाइयो । धर्म , परम्परा , संस्कृती र भाषापछी अब जात-जाती, क्षेत्र हुँदै लिङ्गमा हात हाल्दै सफल हुंदैछन । अब तेश्रो चरणमा भुगोलको बिभाजन गर्ने कामलाई अन्जाम दिने मनसुवामा नेपालकै राजनैतिक पार्टी र पदाधिकारीहरु तयार हुनुले देश अकल्पनिय द्वन्दको भुमरीमा फस्ने फसाउने खेल अन्तीम चरणमा पुर्याइदैछ ।

सीके राउत जन्माउने को हो ?

भारतीय रणनीतिलाई नजिकबाट नियाली रहेको अमेरीकी खुफिया संस्था सिआइएले नेपालमा बढिरहेको भारतिय र चिनिया प्रभाबको सही आँकलन गर्दै थियो । राजतन्त्रलाई बिदा गर्ने भारतिय मनसुवा र अंगीकृत आप्रबाशीको संख्याको रणनितिक महत्व बुझ्न पुग्दा स्वतन्त्र मधेशको रणनीति सिआइए रचित हो भन्ने नेपाली जनता को संका दिन प्रतिदिन बढनुले अनेकौं बजार हल्ला सुन्न बाध्य छौ ।

मधेश मुक्तीको नारा दिने बेदानन्द झा , गजेन्द्र नारायण सिंह देखी बर्तमान मधेषी मोर्चाका नेताहरुको कुर्षी मोह र आशक्ती हेर्दा डाक्टर राउत मधेशी जनताको मुक्तीको खाँतिर अमेरिका त्याग्दै नेपाल आए भन्ने आधार नै संकाको घेरामा पर्नु उनीहरुको बिगत र बर्तमान नै हो । अझ राउतद्वारा उठान गरिएका बिषय बस्तु उनकै आफ्नै हुन भन्ने आधार नहुनुले अमेरीकी नीतिप्रती शंका गर्ने हरुलाई दरिलो जग मिलेको मान्नु पर्ने देखिन्छ । संसार भरकै मानिसको चारधाम मानिने अमेरिकी चकाचौधलाई त्याग्दै नेपाल प्रबेश गरेका राउतको मनशाय शंकाको घेरामा पर्नु आफैमा जायज नै मान्न सकिन्छ ।

सीआइए किन मधेश द्वन्द चाहान्छ ?

वास्तबमा अमेरिका भारत र चिन बलियो भएको देख्न चाहादैन ।दक्षिण एसियामा उदियमान शक्तीहरु चिन र भारतको भू राजनैतिक महत्व राम्रो संग बुझ्दछ । तिब्बतियन धार्मिक नेता दलाई लामालाई भारतको धर्मशालामा पाल्दा पनि चिनलाई निर्णायक असर पुर्याउन असफल हुँदा नयाँ ढंगले सोच्दैछ ।अरब सागर र मध्य पूर्वमा उसको घटदो ब्यापारले चिन्तित अमेरिका अनेक बहानामा हतीयारको नयाँ बजार खोज्नु उसको पुरानो नीति नै हो ।

हाल सत्तामा आएको ट्रम्प सरकारको चन्दा दाताहरुले निकट भबिश्यमा ट्रम्प सरकारलाई हतीयार बजारको निम्ती दबाद दिएमा दक्षिण एसिया मलिलो र उर्बर भूमी बनाउन सक्ने प्रबल सम्भाबना बढ्दो छ । ट्रम्प प्रशासनको आक्रामक रबैया हेर्दा निकट भबिश्यमा अफगानिस्तान , बलुचिस्तान , कश्मिर हुँदै नेपालको मधेषमै डेरा जमाउन सफल भए कालान्तरमा भारत र तीब्बतमा चलाईने स्वतन्त्रता आन्दोलन मार्फत हतीयारको ब्यापार बुलन्द हुने उसको मनसुवा नेपालको निम्ती निकै महगो पर्ने देखिन्छ ।
राउतमा जागेको महत्वकांक्षा र उनको नियती
पुर्बी टिमोरका नेता गुज्माओ बन्ने सपना देखेका डाक्टर राउत काठमाण्डौ प्रती घृणाको भाबना जगाउदै मधेषको इतिहास, बैराग देखी बचाव सम्म जस्ता किताब लेख्दै नेपाली राजनैतिक मन्चमा उदाउने कोशिस  गर्दैछन । बिगतको प्रयोगबादबाट प्रभाबित राउतमा जागेको महत्वकांक्षाले उनी र नेपाल दुबैलाई नोक्सान पुग्ने तथ्यलाई अन्देखा गर्नु झन बिचित्र नै मान्नु पर्ने हुन्छ ।

अमेरिकी सत्ताले बिभिन्न देशमा गरेको प्रयोगमा उनी जस्ता महत्वकांक्षी मानिस अर्को प्रयोगबादको सिकार भएमा कुनै अनौठो नमान्न हाम्रै दश बर्षे बिगत हेरे थाहा लाग्छ । प्रयोगबादकै मोहराहरुको सरकार रहेको बर्तमान नेपालमा राजनैतिक बेश्याहरुले पनि तबसम्म स्वागत गरेनन जबसम्म उनीहरुले आफ्नो कमिनापन देखाउन ढिला गरे भन्ने शैलीमा राउत पक्राउलाई लिनु सान्दर्भिक छ ।

भनिन्छ, राम्रा नराम्रा मानिस मध्य राम्रो मानिस छान्न वा चुन्न सजिलै सकिन्छ तर दुइ खराब मानिसमा एउटा चुन्न अती नै मुस्किल हुन्छ भन्ने स्थीतीमा तराइबाशी नेपाली पुग्नु के नै अनौठो मान्नु र रु डाक्टर उपाधी लिंदा पनि नखुलेको राउतका तेश्रो आँखालाई छिटो भन्दा छिटो खुलाउन नेपालबाशीले ढिलो गरे नेपाल बिदेशी रणनीतिको रणमैदान बन्ने निश्चित छ ।

युवा राजनीतिक विश्लेषक पाण्डे नेपालपाटी अनलाइनमा प्रत्येक मंगलबार फरकमत स्तम्भ लेख्दै आएका छन् ।  

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments